ritthe
Replies to this thread:
More by ritthe
What people are reading
Subscribers
Please log in to subscribe to ritthe's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 572]
[VIEWED 238743
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-08 5:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत -- चौतारी -९९ -- चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' **********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
दौंतरी
श्री स्वस्थानी व्रतकथा! चौतारीवासीहरूको पूरा नाम र गाम १)श्री भउत भाई भन्डारी----कन्नीडाँडा२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम)श्री राहुलभाई राजभन्डारी--- फिला दे फिया५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम६)श्री पुन्टेन्द्र प्यारा परियार--- नयाँ खर्क७)श्री मदनवा महतो--- ८)श्री च्याङ्बा चामलिङ---९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम११)श्री सुन्तलमान स्थापित--- मध्य पश्चिमाञ्चल१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया१६) सुश्री किरेजी क्राफोर्ड---१७) श्री दिपेन्द्र दङ्गाल---१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम१९) श्री दादागिरी दवाडी--- जापुन२०)श्री गौतमबिक्रम गोतामे--- जापुन२१) श्री गालबेन्द्र गिरी--- जापुन२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम२३) श्री हरि हर हाडा--- ओखलढुंगा२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम २८) काली केटी कार्की---२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम३३) सुश्री शबनम सुनुवार---३४) सुश्री रुइना रुपाखेती---३५)सुश्री लप्पु लुइँटेल---३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ३७) श्री गुन्टे गैह्रे---३८)श्री निशान्त निरौला---३९) श्री विवश विश्वकर्मा---४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया४१) याम बहादुर यमी--- बाटो नभाको देश४२) बिस्टे राम विष्ट---तानसेन गाम४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा४५) फेवा ताल फुँयाल---४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर ४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम४८) सोमनाथ सिग्देल --- झापा
गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ
चौतारीका दौंतरीहरूभ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस् गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!! 
|
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-11-08 1:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन ए यो झिल्के कहाँ कहाँ पुगिसकेच, पारी गाउ गर आउछु भन्थ्यो, गाई खाने देश पुगी सकेछ
बज्या त, ल् लु रमाइलो गर केरे त्यता तिर सप्पै लाई सोध्या छ् भन्दिनु
Last edited: 11-Feb-08 01:43 PM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-11-08 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वाह झिल्के वाह! दामीऽऽऽऽ फोटू टाँसेछौ। इस्टोनिया, लाट्भिया र लिथुवानिया मध्ये कहाँ को हो त्यो? खतरा आर्किटेक्चर रहेछ। अलि अलि जर्मनीको आर्किटेक्चर सँग नि मिल्दो रहेछ है? गोथिक आर्किटेक्चर हो कि रेनेसेन्स हो त्यो वास्तुकला? अरू पनि फोटु टाँस ब्रो! अनि भिलिनस, तल्लीन कहाँ कहाँ घुम्यौ, बेलिबिस्तार लगाउ है फर्केपछि?
हो रिट्ठे, अब चिलीम बहिष्कार पार्टी खोल्ने हो, तिमीहरूको पार्टीको प्रमुख प्रतिपक्ष!
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-11-08 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेरि कुरो के भन्देखुन हर्के, तो बोसो बोसो भए नि केइ थेन, ह्याकुलो छुटेछ तेसइले भन्या! लु लु एक भाग मइँले लिने भएँ। बरु भाग कतिको हो धार्नीको कि बिशौलीको? बिसौलीको भ' दुइ भाग मलाई! बरु तो ह्याकुलो ह्याकुलो राख न मिल्ने भ' चमाप्न त दाँतले दिँदैन तैपनि एसि गिजाले खेला'र भ' नि खान्छु म त सारै तिर्सना लाइरा' छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-11-08 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो रिट्ठे, असली काम को असली सुरुवाट गर्ने यो भन्दा राम्रो साइत के हुन्छ? उता मुन्नभाई ले तेश्रो शादी बनाएछ आजै। लौ भन त चित्रे महाराज, देब देवी लाई खुशी पार्न मान्छे किन धूप बाल्छन? धूप बाले खूब धुंवा आउछ। देव देवी धुंवा पिउछन, अल्छि भएर आँफै न सल्काइ भक्तजनलाई सल्काउन लागि दुंवापान गर्ने गर्छन्। हामी त स्वाबलम्बी , आँफै सल्काउछौ, आँफै धुवा पान गर्छौ। कुरो सुन्दा, महादेब बिरोधी जस्तो पो देखियो, चित्रे भैया त। शंकरले पिएर लट्ठिएर लम्पसार पर्दा नि देब हुने, हामी ले पिउदैमा अदेब हुने? न्याय संगत भएन, कसो रिट्ठे?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-11-08 1:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ हाम्रो झिल्के त सात गाउ डुल्न निस्किसकेछ, फोटो नि टासेछ, ल रमाइलो गर मिन्स्क नि पुग्छौ कि कसो? लु हाम्लाई बिर्स्या रहेनछौ, खुशी लाग्यो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-11-08 1:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lu tyo hyakuloma chai aankha nalaguta buda.. aaba timi budo bhayi sakeu,, pahilako jawana chhaina kya,, pahila pahila gaauma bhanthe tyo birkhele "ekkai chotima euta singai boko khanchha bhanera" aaba hamro jawana chha kya buda.. timi chai rakti bhutera khau,, ani mashu mashu matrai khau ,, aaba hyakulo chai haami lakka jawan haarule khane ho kya..
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-11-08 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ठुल्दाइ, बात सोर्है डलर सहि कृष्णले १६००० गोपिनी सँग डेट गर्दा चाँही लीला ? हाम्ले १-२ जना सँग गर्दा चाँही क्यारेक्टर ढिला? यो चाँही मान्दैन रिट्ठे
Last edited: 11-Feb-08 01:24 PM
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-11-08 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब म धारा साराको कुरालाइ झ्यालबाट फुत्त फालेर हाँस्यव्यंग्यको बारेमा लेख्न चाहन्छु, मूड चेन्ज भो मेरो। 
तपाइहरूलाइ भैरव अर्यालका हाँस्यव्यंग्यात्मक निबन्धहरू मध्ये कुन सबैभन्दा बढी मन पर्छ? पक्कै पनि अधिकांशले भन्नुहोला 'जय भुँडी' या 'महापुरूषको संगत'। मेरो चैं कक्षा ९ मा पढ्दासम्म 'चन्द्रलोक कस्को?' निबन्ध सबभन्दा प्रिय थियो, जस्मा अर्यालले भविष्यको वर्णन गरेका छन्, अत्याधुनिक वैज्ञानिक कुराहरू लेखेका छन्, सबै मानिसहरू चन्द्रमामा जानको लागि एकले अर्कोको खुट्टा समातेर रकेटमा झुन्डिएर गैरहेका हुन्छन् माथि। झुन्डिने मध्ये एकले चन्द्रलोक कस्को? भनी जोडले चिच्याउँछन्, अनि झुन्डिरहेका सबैले दुबै हात उठाएर 'मेरोऽऽ' भन्दा त सबै जना खस्छन् तल।
तर ९ कक्षामा पढ्दा लाइब्रेरीबाट यौटा हाँस्यव्यंङ्ग्य निबन्ध संग्रह ल्याएर पढें, जस्मा देवकोटाको खै के खच्चर भन्ने निबन्ध नि थियो क्यारे! त्यसमा नामको बारेमा नि एकदम हसाउने निबन्ध थियो, मलाइ सबभन्दा मन परेको चैं भैरव अर्यालको 'ए! ज्या भुसुक्कै!' भन्ने निबन्ध हो, जुन निबन्ध त्यो बेलादेखि मेरो लागि उत्कृष्ट हाँस्य निबन्ध बन्यो। उक्त निबन्धमा अर्यालले मानिसको दिमागलाइ बिग्रन लागेको, प्वाल प्वाल परेको, मक्किएको पुरानो भित्तासँग दाँजेका छन्। पुरानो घरमा कौसीतिर जाने भित्तालाइ राम्ररी स्याहार गरिंदैन नि, कुना काप्चामा, प्वालतिर कतै भाँचिएको टुट बुरूस कोचिएको हुन्छ, कतै बिग्रिएको खेलौना। किराले खाएर धुजा धुजा परेको कागज कतै कोचिएको हुन्छ। हाम्रो मस्तिष्क नि त्यस्तै हो, कुन बेला कुन चीज या सूचना भेटिन्छ र दिमागको मक्किएको भित्तामा यादै नगरी कोचिदिन्छौं हामी। पछि त्यो सूचना निकाल्न चैं उत्तिकै धौ धौ! कहाँ राखियो थाहा छैन, भन्ने बित्तिकै के चीज कहाँ छ सम्झनै नसकिने। के कुरा कहिले गर्नु पर्ने हो त्यो नि थाहा छैन, अनि हामी भन्न बाध्य हुन्छौं, 'ए! ज्या भुसुक्कै!"
यो निबन्ध 'जय भुँडि' संग्रहमा छैन, त्यसैले धेरै गाम्लेले पढ्नुभाको छैन होला। मैले नि निक्कै भुलिसकेछु, 'ए! ज्या भुसुक्कै!"
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-11-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खै खै ? भन्ने केशब राज पिंडालीको बारेमा के धारणा छ, चित्रे महाराज?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-11-08 1:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
haamile chai kachhyaa 10 ma tauko bhanne nibandha padeka thiyem.. aahile ta maile tyo paani birshi sake.. SLC ma 15 number ko question sodhthiyo jahile ghokiyeko thiyiyo teti bela aahile ta birshiyo.. aa. jaa bhusukkai..
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-11-08 1:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे राहुलदाइ, अब देवी देवताहरूले गरे जस्तो गर्ने हो भने त मान्छे पनि हजारौं वर्ष बाँच्नु पर्यो, हिमालमा, स्वर्गमा बस्नुपर्यो। देवी देवताहरूले त बच्चा नि जन्माउँदैनन्, कता कताबाट जादू गरेर सृष्टी गर्छन्। देवताहरूसँग कम्फुटिसन् गरेर पनि साध्य हुन्छ भन्या मान्छेले?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-11-08 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>"SLC ma 15 number ko question sodhthiyo jahile ghokiyeko thiyiyo teti bela aahile ta birshiyo"<<< lol! हन हर्के दाई, कती पटक घोक्नु पर्यो भन्या हौ?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-11-08 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
haina byakaran milara padhna hau.. testo milara lekhna janne bhayeta SLC ekkai chotima pass gari halinthyoni.. tara teti bela chai guide baata ghokiyeko thiyyiyo..
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 02-11-08 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ जिम्मी सुड्डो! अस्ति आइरिश आतंकवादको बारेमा लेख् भनेकोले लेख्या, बुडाले पढ्या हुन् कि हैनन् चूँक्क बोलेनन्। लु फेरी याँ टाँसिदिया छु, फर योर ईन्फर्मेशन!
आयरल्यान्ड भन्ने टापूमा ३२ वटा काउन्टि मध्ये २६ वटा रिपब्लिक अफ आयरल्यान्ड र ६ वटा बृटेनको अधीनमा छ। तर यौटै टापूमा भएर पनि उत्तरी आयरल्यान्ड अर्को देशको अधीनमा भएकोमा आइरिशहरूलाइ ठूलो रीस छ। त्यसो हुन सक्नुको कारण चैं क्याथोलिक र प्रोटेस्टेन्ट क्रिस्चियनहरू हुन्। रिपब्लिक अफ आयरल्यान्डमा ९७% क्याथोलिक छन्, तर उत्तर आयरल्यान्डमा ५०% भन्दा बढी प्रोटेस्टेन्ट छन्, जस्को कारण त्यहाँका प्रोटेस्टेन्टहरू बृटेनको अधीनमा बस्न रूचाउँछन् किनकि बृटेनमा अधिकांश प्रोटेस्टन्ट छन्। तिनीहरूलाइ लोयलिस्ट भन्छन् क्यारे जस्का नेता इयान पसले (प्यासले) हुन्। तर उत्तरी आयरल्यान्डका क्याथोलिकहरू, अझ दक्षिणतिरकाहरू समेत उत्तरी आयरल्यान्डलाइ रिपब्लिक अब आयरल्यान्डमा गाभ्नुपर्छ भन्छन्। तिनीहरूका नेता चैं मार्टिन म्याकगिनिस हुन्।
आयरल्यान्डमा 'सिन फेन' नामको पार्टी छ जसको मिलिटरी विङ्ग आइ आर ए(आइरिश रिपब्लिकन आर्मी) हो। 'सिन फेन' ग्यालिक शब्द हो जसको अर्थ 'हामी आफैं' भन्ने हुन्छ। यस पार्टीका नेता जेरी आडम्स् लाइ मैले डब्लिनको यौटा किताब पसलमा देखेको थिएँ, जो उनको बारेको यौटा पुस्तकमा हस्ताक्षर गर्दै सयौं लाइनमा बसिरहेका उनका प्रसंशकहरूलाइ दिंदै थिए। सिन फेनको आर्मी आइ आर ए र उत्तरी आयरल्यान्डको लोयोलिस्ट आर्मीबीच लामो समय गृहयुद्द चल्यो। ७०, ८०, ९० दशकमा सयौं मानिस मारिए। कैयौं बम पड्काइए, ७० को दशकमा उत्तरी आयरल्यान्डमा बृटिशहरूले आइ आर एको आशंकामा कैयौं आइरिशलाइ मारे, जुन 'ब्लडि सन्डे'को रूपमा चर्चित छ। चर्चित आइरिश ब्यान्ड यु २ ले नि त्यो ब्लडि सन्डे नामको गाना गा'छन् क्यारे!
लेट ९० तिर, बृटेनका टोनी ब्लेयर, अम्रिकाका बिल क्लिन्टन र आयरल्यान्डका प्रधानमन्त्री (टीशक भन्छन् आइरिश भाषामा) बर्टी अहर्नको प्रयासले आइ आर ए ले युद्ध विराम गर्यो। अहिले बिस्तारै हतियार त्याग्दैछन् क्यारे तिनीहरू। यसरी यौटा रक्तपातपूर्ण गृहयुद्धको अन्त हुँदैछ, तर युध्दले छोडेर गएका घाउहरू अझै केही बाँकि छन्। ई यूको सहायताले आयरल्यान्डले द्रुत गतिमा विकास गर्दैछ, विश्वको तेस्रो चाँडो आर्थिक वृध्दिदर छ। प्रति व्यक्ति आयमा अमेरिकालाइ जित्नलागिसक्यो। मानव विकास सूचकमा टप टेनमा पर्छ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-11-08 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ चिलिम ब्रेक को ट्याम भयो। भक्तजनहरु! आफ्नो मार्काको चिलिम सल्काइ केही क्षण यो भौतिक दुनियाँबाट अद्यात्मिक दुनियाँको सयर गरौं।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-11-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे, आयरल्यान्डको बारे मा थप जानकारी को लागि धन्यवाद,इन्ट्रेस्टिङ रछ लु त ठुल्दाइ म पनि झरे चिलिम ब्रेकाँ
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-11-08 2:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lu gaamle ho ma ghar tira lage. saarai busy bho kaam maa. see ya guys
|
|
|
Nepe
Please log in to subscribe to Nepe's postings.
Posted on 02-11-08 2:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रेले ज्ञानगुनका कुरा ल्याएर सबैलाई गुन लगाएको छ । चौतारीमा बेलाबखत "ज्ञानगुन ब्रेक" भए यसको वैविध्य र आकर्षणमा बढोत्तरी नै हुनेछ भन्ने मानिचु ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-11-08 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ चिलिम ब्रेक को दर्मियान नेपे दाईको प्रबेश!
तारेमाम दाई। हो , चित्रे भाई ले सबैलाई गुण लगाएकै छ। अब देखी ज्ञान ब्रेक पनि राख्ने गरौं, यसमा सबैले ध्यान दिऔं।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-11-08 3:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो हाम्रो नेपे दाजुको सवारि चलेछ चौतारीमा आज नमस्ते दाजु चित्रेको ज्ञान गुनका कुरा रमाइलो छ, नथाकौ है चित्रे बेलाबखतमा लेख्दै जाउ
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ChatSansar.com Naya Nepal Chat |
Conservative discussions |
सालीको चाक |
tesla stock OMG !! |
Looking for girl |
Who is hottest nepali female? |
TPS for Nepal likely to extend next week |
I hope all the fake Nepali refugee get deported |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
Those who are in TPS, what’s your backup plan? |
Venezuela TPS lawuit |
interesting fact about sajha. |
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans |
Embassy of Nepal might be able to help extend TPS for Nepal |
TPS for Venezuela is terminated, only 60 days extension for transition period |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
To Sajha admin |
ICE kidnapping people off the streets over op eds |
If you got nothing to lose, fight tooth and nail explore every avenue |
|
Looking for girl |
Who is hottest nepali female? |
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|