[VIEWED 221519
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-12-10 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी १७२ ~    हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ।
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!


हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens ,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-13-10 3:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गँजेडी के छ हौ - चिलिम खाने त ऊ त्यही ठुल्दाइ रिट्ठे अनी यो जिम्बाल हो अरु सँग त छैन अनी कसैले थाहा नपाउने गरी खाने ऊ त्यो पुरे हो - मूला लुकी लुकी तान्दो राइछ - सोझो भै पल्टेको अरु कता गए त फेरी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-13-10 3:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्टिक तान्नु नपाएर लास्टै सिक भाको बेला गजेडी ब्रो लाई देख्यो कि आफ्नु त दिल गार्डेन गार्डेन भयो हौ ! ब्रो नि आज टाँट फर्केर आको जस्तो छ ! खित खित खित 
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-13-10 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गँजेडी चौतारीमा औपचारिक स्वागत । आफ्नो असली नकली परिचय बिस्तार मा धक नमानी दिनु होला। केही न लिआइ केही दिने वाला छैन चौतारीका औतारिहरुले।  बल्ल एक जुग पछी एक जना भेटियो, शम्भू भक्त, शंकरको बंकरमा बस्ने, झोले भोले गँजेडी मित्र। चौतारीमा जय शम्भो को नाम जप्ने थोरै थिए, कहिले काही साथ दिने रिट्ठे रायमाझी, अन्तरे अधिकारी, बिस्टे बिष्ट, बयोब्रिद्ध बिर्खे बा मात्र हुन । नत्र सधैं एक्लै । लाउ तानुम तानुम एक चिलिम, एक चिलिम पछी सारा जिन्दगी नै लाग्छ एउटा फिलिम। 
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-13-10 3:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
...हिजोबाट क्रमश:...
लहरे पँधेरा पुगेपछि मात्र अडियो। आधि जुन र ताराहरुले गाउँलाई केहि उज्यालो प्राय: नै बनाएका थिए। उसको सास बढेको थियो। एकछिन पँधेरा अगाडिनै उभिएर सासलाई नियन्त्रित गर्न थाल्यो। केहिबेरपछि आफूले लगाएका कपडाहरु फुकाल्यो र आफैँलाई पँधेराको पानीको धारमा हुल्यो। निकैबेर टाउको र जिऊहरु पखाल्यो। पँधेराबाट बाहिर आएर सबैलुगाहरु बटुल्यो,पाइन्टको खल्तिमा भएको चुरोट, सलाई र केहि पैसा एकातिर राख्यो र लुगाहरु पानिले धुन थाल्यो। धोइसकेपछि मजाले निचोर्यो र फैलाएर नजिकैको चौरमा फिँजायो। पँधेराको डिलमा टुक्रुक्क बसेर सोच्न थाल्यो- "जिम्माल बुढाले चिने भने?" मनमनै सोच्दा सोच्दै अचानक केहि सम्झिएर झस्कियो। "सुन्तलीको जिऊभरि गोबर छ, त्यसमाथि यति राति उसको घरमा थाहा भयो भने के भन्लि?" लहरे व्याकुल बन्यो। बेलुकि नै उसले सुन्तलीलाई सोधेको थियो घरमा थाहा त हुँदैन भनेर, तर सुन्तलीले हर्केदाईकहाँ हिसाब सिकेर उतै खाना खाएर आउँछु भनेर भनेकि थिइन रे उसको घरमा। त्यसैले सुन्तली हर्केकहाँ गएर एकछिन हिसाब सिकेजस्तो गरेर लहरेलाई भेट्न आएकि थिइन्। लहरे फेरि व्याकुल हुँदै सोच्न थाल्यो- "तेसको बाउ-आमाले किन ढिलो भो भनेर सोधे भने त हर्केदाईकाँ ग'र आ'को भन्लि तर जिऊ भरि गोबर लाग्या छ पत्तो नि छ कि छैन तेल्लाई?
डरको सुरमा गोबर सोबर सबै बिर्सि होलि!" उसको मनमा डर र सुन्तलीप्रतीको दया पलायो। "हरे बिचरिको जिऊमा कता हो घाऊ पनि भा जस्तो लाग्यो थ्यो!" लहरेले मनमनै गोठमा सुन्तली कराएको र कतै भुइँमा रहेको काठ हो कि ढुङ्गालेको सुन्तलीको ढाडमा कतै घाऊ बनाएको सम्झियो। ऊ झनै व्यग्र देखिन थाल्यो। "आ! के मतलब मलाई,तरुनि भा'कि आफैँ हिन्छे जे पर्छ तेसैले बेहोर्छे, पिर्ति बस्या छैन मेरो यत्रैसिति!" लहरेले मनको पाप मनमनै खोल्यो। "अनि सबै भनेर मलाई फँसाई भने?" ऊ फेरि आत्तियो। निकैबेर लहरे सोचमग्न भयो। रात आघि भन्दा बढि गैसकेको थियो। उसलाई चुरोटको तिव्र तलतल महशुस भयो। अघि राखेको चुरोट सलाई कोरेर सल्कायो र गहिरो सर्को तान्दै आजको यस सकसबाट मुक्ति पाऊने उपाय सोच्न थाल्यो। आखिर निकैबेर पछि उसलाई उपाय सुझ्यो। "पाप त लाग्दैन नि?" उसले आफैँलाई प्रश्न गर्यो। "एत्रा पाप!पापसित डराए आफ्नै जिन्तखि बिउरेला भन्ने डर, पाप न साप, आफू त बाँच्नु परो के रे!" उसले आफ्नो चित्त आफैँ बुझायो र ठुटो भैसकेको चुरोटलाई भुईँमा फुत्त फालेर उठ्यो। कपडा चिसै थियो तैपनि त्यहि लगायो र खुरुखुरु, अघि आएको बाटो उकालो चढ्न थाल्यो।
----
पुरेको मनको उथलपुथलले थामिने नाम लिएको थिएन। उसको बिचारमा,सुन्तली आधारातमा हतार हतार घर छिर्नु,यता लहरे चोर दौडेको जसरि दौडेर भाग्नु यि दुई कुराको कारक तत्व एउटै थियो भने उसको जीन्दगीमा शान्ती धेरै पर थियो। "गोबर!" उसको मनले आर्तनाद गर्यो। उसलाई छातिभित्र उसले अहिलेसम्म नगरेको जलनको अनुभव भयो। "कतै गोठमा...!" उसले कल्पनामा पनि के भएको हुनसक्छ भन्नेकुरा सोच्न सकेन। "उफ!" उसको आँखा अगाडि सुन्तलिको सर्वाङग आयो! सुन्तलिको मुस्कान आयो!सुन्तलीले उसलाई हेरेर मिठो हाँसो हाँसेको सम्झियो। उसलाई सुन्तलीले गम्भिर रुपमा जिस्क्याएको जस्तो लाग्यो! ऊ लामो सास छोडेर आफ्नो सासलाई नियन्त्रित गर्न खोज्दै थियो तर उसको सास भने बढ्दै थियो। उसलाई औडाहा भयो। ऊ फरक्क फर्कियो र हतार हतार आफ्नो घरतर्फ पाइला चाल्न थाल्यो। घर अगाडि पुगेर एकछिन अडियो र सुन्तलीको घरतिर नजर दौडायो। रातको निश्तब्धतामा सुन्तलीको घर झन निश्तब्ध देखिन्थ्यो। "के गरिरहेकी होलि?" उसले आफैँलाई प्रश्न गर्यो। "लहरेलाई सम्झि..." उसले आफ्नो प्रश्नको उत्तर आफैँ दिन खोजेको थियो तर सकेन। उसको पेटभित्र कतैबाट तातो अमिलो पानिको गोलो छाति पोल्दै घाँटिसम्म आयो। तुरन्तै ढोका खोलेर भित्र छिर्यो र ढोका बन्द गर्यो।
-----
लहरे पुरेको घर नजिक पुग्यो। कुनै अपराधिले जस्तो पल्याक-पुलुक यता उता हेर्यो र पुरेको घरको आँगनमा खुट्टाको आवाज सकेसम्म नआओस भन्ने आशयले बिस्तारै हिँड्दै ऊ करेसापट्टि लाग्यो। करेसामा एकछिन घरको भित्तामा अडेस लागेर कतैबाट केहि आवाज आएको भए सुन्ने आशयले कान ठाडो पार्दै चुपचाप उभियो। झ्याउँकिरिको एकोहोरो आवाज बाहेक रात चकमन्न थियो। ऊ करेसाको भित्ता छाम्दै हिँड्यो। आखिर ऊ घरको पछाडिपट्टि पुग्यो। घरको पछाडि सानो बार्दली थियो। लहरेले निकै सतर्कतापूर्वक बार्दलिको पाली तलको काठलाई तन्किएर दाहिने हातले समात्यो र यताउता छामछाम छुमछुम गर्न थाल्यो। समात्ने ठाउँ पक्का बनेपछि उसले दुवै हात माथि लग्यो र बलियोसंग काठ समाते आफ्नो जिऊलाई हल्का उचाल्दै खुट्टा घरको भित्तामा बेआवाज राख्यो र कुशल चोर जसरि बार्दलिमाथि उक्लियो। गोठमा भैँसि करायो। घर भित्र कोहि ओछ्यानमा छट्पटाए जस्तो आवाज आयो। लहरे तुरन्तै बार्दलीको भित्तामा बेआवाज टाँसिन पुग्यो। एकछिन त्यत्तिकै टाँसिँदै सतर्कतापूर्वक यताउता नियाल्यो। सबै फेरि चकमन्न भयो। लहरेको टाउको केहि खोजे जस्तो गरेर यताउता घुम्न थाले। बार्दलीमा कुनै कपडा शायद सुकाऊन राखिएको थियो क्यार,उसको नजर त्यतै गयो। जुनको हल्का उज्यालोमा ऊ त्यो कपडा चिन्ने प्रयास गर्दै थियो। हात बढाएर कपडा लियो। शायद प्यान्ट रहेछ। प्यान्ट लिएर लहरे फेरि पहिले जस्तै चुपचाप बार्दलीबाट तल ओर्लन लाग्यो। अचानक लहरे घुम्यो। बार्दलीबाट भित्र कोठामा जाने ढोकानिर एकजोर जुत्ता थियो। उसले चुपचाप जुत्ता पनि उठायो। दुबै जुत्ता र पैन्ट काखिमा च्यापेर बार्दलिको काठमा आफ्ना दुबै हातले समातेर आफ्नो जिऊलाई तल झार्न थाल्यो। सामान बोकेकोले उसको ब्यालेन्स बिग्रियो, र दाहिने हात चिप्लियो। उसले दाहिने हातलाई बलपूर्वक काठमा अड्याऊन खोज्यो। हात झनै चिप्लियो। उसले झनै बल गर्यो,फलस्वरुप उसको देव्रे हात पनि चिप्लियो र ड्वाङ्ग आवाजका साथ लहरे तल खस्यो। उसको काखिबाट दुवै जुत्ता फुस्किएर फुत् फुत् छरिएर खसे। गोठमा भैँसि एक दुई पटक करायो। लहरे कुनै लाश लडे झैँ जसरि लडेको थियो त्यसैगरि रहिरह्यो। माथि बार्दलीको ढोका घुरुक्क खुलेको आवाज आयो। कुनै मान्छे केहि फत्फताउँदै बार्दलीमा आएको उसलाई आभाष भयो। ऊ बेआवाज त्यात्तिकै लडिरह्यो। बार्दलीमा आऊने मान्छे केहिबेर बार्दलीमा नै फर्याक फुरुक गरेको उसले चाल पायो। बार्दलीको ढोका फेरि लागेको आवाज आयो। फेरि चकमन्नता छायो। लहरे बिस्तारै उठ्यो। जुत्ता र पैन्ट खोजेर लियो र बिस्तारै भैँसिको गोठतिर लाग्यो। भैँसि नकराओस भन्ने हेतुले लहरे भैँसि भन्दा अलि परै रहेर गोठको पछाडिपट्टि पुग्यो। भैँसि कराउन त कराएको थिएन तर लहरेतिर हेरेर पुछ्छर हल्का हल्लाउँदै उग्राउँदै थियो। लहरेले दुबै जुत्ता दुइ काखिमा च्याप्यो र दुबै हातले प्यान्ट समातेर टुक्रुक्क बस्यो। दुबै हातले प्यान्ट गोबर फालिएको ठाउँमा लगेर मुछ्यो र प्यान्टमा नै केहि गोबर अड्काएर त्यहि स्थितीमा फेरि करेसा हुँदै घर अगाडि आयो। यसपाली भैँसि कराएन। पुरेको घर आगाडि ढोकानिर पुगेर काखिफैलाएर दुवै जुत्ता खसाल्यो र प्यान्टमा तल पिँढिमा राख्यो। दुबै जुत्ता उठाएर प्यान्टमा पोको पारेको गोबरमा टेकाएर मजाले दल्यो। गोबरयुक्त प्यान्ट र जुत्ता पुरेको घरको मुलढोकाको साइडमा राखेर लहरे चुपचाप त्यहाँबाट हिँड्यो। पुरेको आँखामा सुन्तलिप्रती भएको प्रणयभाव गाउँभरि मात्र हैन, स्वयं सुन्तलीको बाबु-आमालाई पनि थाहा थियो र जिम्मालको बुढो आँखाले पुरे र लहरे छुट्ट्याऊन नसकेको कुरा गाउँलेलाई बुझाउनु कुनै गाह्रो थिएन। खल्तिबाट गोबरै लागेको हातले भए पनि चुरोट सल्काएर तान्दै ऊ घरतिर जाँदै थियो।
....बाँकि पछि...
Last edited: 13-Jan-10 03:35 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-13-10 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>"आ! के मतलब मलाई,तरुनि भा'कि आफैँ हिन्छे जे पर्छ तेसैले बेहोर्छे, पिर्ति बस्या छैन मेरो यत्रैसिति!"<<
लोल लोल लोल अब चाँही पुरे मजाले फस्ला जस्तो छ टिरिक त लाकै हो नि है क्या बात रे के लोल लोल
|
|
|
Ganjadi
Please log in to subscribe to Ganjadi's postings.
Posted on 01-13-10 3:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ हो बिर्खे-मइला जदौ | तारे माम हो सिरिअल तारे माम | रिट्ठे ब्रो लै नि झआप है ब्रो झआप | तारे माम हो राहुलभाई तारे माम | रञाग छ नि रिट्ठे ब्रो टोप तान्न न पाएर लास्टइ रञाग भै राछा कि | झन् आजत तांत परियो | नो फिक्री ब्रो जुगाड हुन्छ कि हेरौ | राहुल भाई अब चिन्ता लिनु पर्दैन हो सबै लै एकै ठाउमा लाउने कोसिस गर्नु पर्छा | चिलिम तान्न छाडे पछि सिबजी लास्तई रिसाउनु हुन्छा कि अनि संसार नै भस्म हुन्छा तेसै ले हामीले संसारलाई बचौना को लागि पनि चिलिम तान्न पर्छ | हामीले हाम्रो लागि तान्ने होइन नि येसो संसारलाई बचौना को लागि तान्ने हो कि ब्रो | तेसैले बेफिक्री कि ब्रो नत्र धेरै सोच्यो भने भेजा रयागिज हुन्छा कि ब्रो |
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 01-13-10 4:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे त डाँका नै निस्केछ त । उस्कै छोरी तरुनी हाम्लाई के को डर होइन त लहरे ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-13-10 4:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरे डाँका हो अब हो नि उनकै छोरी तरुनी मलाई के को दोष नि 
|
|
|
NitiSa
Please log in to subscribe to NitiSa's postings.
Posted on 01-13-10 8:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 01-13-10 8:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 01-13-10 8:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-13-10 8:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खतरा खतरा गीत जादैछ नि आज त ल अर्को नि हाल हाल
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 01-13-10 9:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-13-10 9:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्याड होइन के अली रोम्यान्टिक गाना हाल त ब्रान्डी
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 01-13-10 9:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lol..serial timi afai rakha romantic geet..:)
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-13-10 9:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज तिम्रो काम हो गीत हाल्ने, म त सुन्न मात्र आको आज मेरो सुन्ने काम - ल ल छिटो राख
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-13-10 9:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 01-13-10 9:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
timro favourite geet ho..sadhai yehi..LOL
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 01-13-10 9:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
brandy
Please log in to subscribe to brandy's postings.
Posted on 01-13-10 11:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|