[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १९९~

[Please view other pages to see the rest of the postings. Total posts: 179]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 121628 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 08-10-10 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~  चौतारी १९९ ~


आउनुहोस् आउनुहोस् आगामी अंकमा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्!!!!

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९९ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ!

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Perfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते, spoken- स्पोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 199 editions.

Last edited: 10-Aug-10 08:43 AM

 
Posted on 08-12-10 10:32 AM     [Snapshot: 774]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाम कि क्या हो म पनि जिम खाना
जाम कि क्या हो म पनि जिम खाना
पल्ला घरे लिखेले पनि घोर्ले छोरो पायो
माथ्ला घरे ठुले पनि बिदेश तिर लाग्यो
जाम कि क्या हो म पनि लाहुर
जाम कि क्या हो म पनि लाहुर



बिहीवारे बिहानीको चिसचिसो जदौ ल !



 
Posted on 08-12-10 10:48 AM     [Snapshot: 786]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात चौतारी!


बिष्ट काजी, ठुल्दाइ, बिर्खे बा, लहरे, राम चा, ठूली, चिप्ले गुरु, समर्थन र रिठ्ठे लगायत सबै ज्ञात अज्ञात चौतारीबासीहरुलाई तारेमाम! पुरे एक क्षणमा आउँछ होला उसलाई पनि तारेमाम!


यो रिठ्ठे फटाहा आज बिहीवार बगलामुखीमा लाइन लागेर सुन्दरीहरुको दर्शन गर्न छोडेर जिम खाना जान्छु पो भन्छ, कत्तिन ज्यान बनाउला जस्तो फेरी, त्यो पनि बिस्कुट खाएर!


बरु आफू चाँही ठूली आएको मौका परेर आफ्नो फेवेरट गीत गाइहल्नु पर्‍यो:


ए ठूली नाकैमा फुली
हेलीकोपटेर चढेर त्रिशुली
    


 


 
Posted on 08-12-10 10:57 AM     [Snapshot: 789]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए साँच्ची त हुन त चौतारीबासीहरुले मलाई चौतारीमा बसेर घरजग्गाको कारोबार गर्ने अनुमति नदेलान् तर पनि मेरो आत्मिय मित्र ८८४७ ले यही चौतारीको डिलमा बसेर राखेको प्रश्नको उत्तर यही दिन चाहन्छु।


प्रिय मित्र ८८४७ मलाई पनि कता कता चिप्ले गुरुलाई जस्तै भयो कुरो बुझ्न गाह्रो भयो। मित्रसँग ५०,००० डलर नखत भएको त मैले साझाबाटै जानकारी पाएको हो तर मैले मित्रलाई कसरी सहयोग गर्न सक्छु त्यो चाँही अलि बुझ्न गार्हो भयो। पहिलो कुरा त आफू डेरामा बसिएको छ, त्यसैले मैले घर बेच्ने भन्ने कुरा नै छैन। यदी मित्रले नेपालको कुरा गरेको भए नेपालमा भएको श्रीसम्पती जति सबै मेरो आमाबुवाको कमाइ हो। त्यसैले म आँफैले घर बेच्ने स्थिती छैन। अर्को कुरा म यो घर बेचाउने कम्पनीहरुसँग पनि सम्बन्धित छैन। त्यसैले मित्रले म बाट कस्तो सहयोग खोज्नु भएको हो अलि प्रस्ट पारिदिनु हुन्छ कि?


धन्यवाद!     


 


 
Posted on 08-12-10 11:13 AM     [Snapshot: 808]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau sabai lai taaremaam, yo haptaa janu mildaina tara arko haptaa dekhi ma ni jaulaa bangala mukhi ...


la ali kaam chha bhyaaera aaulaa


 
Posted on 08-12-10 11:15 AM     [Snapshot: 805]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते भनें है मैले नि सबैलाई..

समर्थनजी  नयाँ हुनुहुन्छ हो ? मैले त चिन्न सकिन त!!

 
Posted on 08-12-10 11:24 AM     [Snapshot: 802]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाल, भात, तरकारी, अचार!


रिट्ठेको भाग-



लहरेको भाग-



राम्पुरेको भाग-



पुरे केटोको भाग-



हर्केको भाग-



भुगर्भेको भाग माइनस मासु-



सम्धीज्यूको भाग-



ठूल्दाईको महाभाग-



पुरेको बम्पर उपहार भाग-



मदनवाको सदाबहार भाग-



चिप्लेको भाग-



निशान्तेको भाग-



कोहि पनि भोको नहुन्!


डिस्क्लेमर- यस पोस्टले कुनैपनि किसिमको नश्लीय, जातिय, चारित्रिक,लैङ्गिक,भौगोलीक, तथा स्वघोषित भेदभाव नगरेको र पोस्टको उद्देश्य केवल भोक जगाऊनु रहेको छ।


 
Posted on 08-12-10 11:27 AM     [Snapshot: 820]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाइँ नाइँ गर्या छ भेदभाव .. नगर्या भए मलाई चैं खोइ त ?
 
Posted on 08-12-10 11:33 AM     [Snapshot: 823]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे हो जिम्माल तेसै त पेटले सा रे गा मा गाइराको बेला झन त्यस्तो परिकार देखे पछी त सा रे गा मा छोडेर रक संग गाउन थाल्यो हौ ! क्यार्नी होला अब !
जे होस् मान्छे अनुसार कै भाग राख्द्या चाँही हो बुढा मान्छेले ! निशान्ते र मदन्वा को चाँही काइदा को रैछ लोल


जिते, बिस्कुट खाएर त हो नि ज्यान बनाउनी, देखेनौ पार्ले जि को बिज्ञापन?


चेली मैले नि नमस्ते फर्काये है !


बैरे यो हप्ता किन जान मिल्दैन भन्या? के पर्‍यो?


 


 
Posted on 08-12-10 11:33 AM     [Snapshot: 827]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली नानी को भाग-


पहिलो -



त्यसपछिको महा आकर्षण..ढ्यानट्यार्याssन...




 
Posted on 08-12-10 11:36 AM     [Snapshot: 834]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मिठाइ चैं घच्ची आयो .. थ्यान्क्यु माल्दाइ !!!

माछाको चैं झोल मात्र खानुपरो .. काँडा अड्कियो भने कहाँ गुराँस खोज्न जानु ?
Last edited: 12-Aug-10 11:37 AM

 
Posted on 08-12-10 11:38 AM     [Snapshot: 834]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिते, आकर्षण , बैरे, चेली , चिप्ले , ठुली ।
 
आकर्षण जी हिजो नि आउनु भयो । टाउको छोडेर जानु भयो । यसो भलाकुसारी गरम , सप्पै आफ्नै गाम्लेहरु हुन।



चेली, झेली भो । दुइहफ्ता मा एक दिन आएर भाग त्यो मणी माछो कै ??


 


 
Posted on 08-12-10 11:39 AM     [Snapshot: 830]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




नमस्ते चेली ।

अनी अरु सबै औतारी हरुलाई प्रणाम, यो रामे को ।  

यो बिर्खे ले के गरेको हो एस्तो ....... एस्तो भोग लागिरहेको बेला मा एस्तो फोटो रखेर ... चौतारीको डिल मा बसेर मरिजा मुर्दार बुढो भन्न पर्ने भो त ।

अरु त त्यस्तै हो ..... निसान्तेको, मदन्वाको, अनी ठुल्दाइ को भोजन चाँही शाही लाग्यो है ......

हीजो जिम्मालको कुरा धेरै बेर भएको थियो पुरानो साथी सँग  ..... जिम्माल ले २-३ चोटि फोन नै नउठाएको भएर जिम्मालको फोन नै मेटिदियेको रे .....

अनी जिते ...... के छ त हो गाँठे ?

रिठ्ठे ह्यान्सी के छ त ?

चिप्ले गुरु ...... त्येसो भये सुर्खेत मा पनि याद छोडिएको छ है ......

ठुल्दाइ ....... किन ब्येस्त हो भन्या एस्तो ......

ल कसैले २०० भाग को पूर्व सन्ध्या मा केही बिज्ञापन नि टाँसे  हुन्छ नि चौतारीमा ....... जिम्माल ले गरे हुन्छ नि ...... बुढा हिंड्न नसकेर घरैमा बसिरहेका होलान क्यारे ..... काम छैन होला क्यारे .......

Last edited: 12-Aug-10 11:40 AM

 
Posted on 08-12-10 12:09 PM     [Snapshot: 856]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बिर्खे बालाई खना देखेर मुखमा पनि नै आयो। तर त्यो माइनस र प्लस चाँही अलि झुर लाग्यो हे हे हे.


बिहान उठे देखी यति लामो ईमेल लेख्दै थिए, भन्छन् नि भलाका तो जमना ही ना रहा! कति त्यो चोरेर चोरेर चोरेर गीत सुन्ने, कहिले काँही त किनेरै सुनुन यसो आफ्नो देशको संगीत उद्द्योगलाई पनि अलि अलि भरथेक हुन्छ भनेर म्युजिक नेपाल भन्ने कम्पनीबाट जाबो १२ डलरको पुराना नेपाली गीत किनेको त्यो गीत डाउनलोड गर्ने लिकं पाको होइन, होइन हो लिकं पठाओ न भनेर ईमेल गर्छु, केही जवाफ दिने होइन, दुई चोटि फोन गरे १० डलरको फोन कार्ड झ्वाम्। केही सिप नलागेर म तिमीहरुको रिपोर्टिङ गरिदिन्छु भनेर ईमेल पठाएपछी बल्ल जवाफ फर्काए। यस्तो छ हाम्रो नेपालाँ!  


 


 
Posted on 08-12-10 12:34 PM     [Snapshot: 866]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टन्न भोजन गरेर आइयो। अब त आफैँले टाँसेको खानेकुरा हेर्न मन छैन हे हे हे।


चेली नानी गुराँस नभेटे 'गुराँस गुराँस' भने नि हुन्छ रे! अगि नै थाहा पाएको भए काँडा नभा'को माछा दिन्थेँ नि त, अब अर्को पालि है?


हन आजकल खुसी नानी आउँदिनन्?


राम्पुरे! २-३ चोटी फुन नउठेर फुन लम्बर मेट्या रे? भनेसि त्यो साथिको फोन बुक भन्या खालि उत्तरपुस्तिका जस्तो भईसको होला। २-३ कल नउठ्दा मेट्दै गयो भने त तेइ त हो नि।


जदौ भूगर्भे!


 


 
Posted on 08-12-10 12:36 PM     [Snapshot: 874]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यान्हको जदौ सबैलाई।
बिर्खे बुढाको भोजन चित्रहरुमा घोर बिरोध:
१) पहिले आँफैबाट सिरी गणेश गरम् न। मलाई शाकाहारी भोजन किन? दुई दुई वटा खसीलाई त सँगै गएर सफाया दिएर चुल्हे तथा थाले कारवाही गरे जस्तो लाग्छ।
२) हर्क्या भागमा बङूरको मासु खोइ?
३) ठुल्दाइको भागमा त wrapper मार्का मम परे जस्तो देखिन्छ।
४) रिट्ठेको भागमा दालभात नभएर चिया र बिस्कूट (बिबिध पुरियाका) हुनुपर्ने।
५) लहरेको भागमा मकैका घोगाहरु हुनुपर्ने (स्मरण रहोस्, संस्क्रीत पढ्दा "बानरम् मर्कट्टानम् खादति, बाँदरले मकै खान्छ" भनेर हामी सबैले रटेका थियौं)
६) आफ्नो भाग चाँही फोटो नखिची हत्तपत्त खाइहालेको हो? चौतारीको एक नम्बर हन्तकाली को हो भन्ने आज थाहा भयो। आफ्नो त खायो खायो जीतेको मासुमा समेत आँखा लगाएको (नत्र माइनस मासु किन भनेको) देखियो। मेरो भाग त उहिले ह्याप्स दिएको जस्तो छ।


चेली, नडराइ माछा खाउ। काँडा अड्के फुलौरे स्टेटको फूलको नाम लिउ, ठीक हुन्छ। अनि निस्तो (भात वा चिउरा के हो बिर्सिएँ) नभए निस्तो पाउरोटी खाउ। ठाम अनुसार मिलाई खाम्, कसो?
रामे, "याद" भन्दा पनि सम्झना, स्‍मृति, स्मारिका आदि चाही सुर्खेत देखि गैरीखेत, तुम्लिङ्टारदेखि खैरेनीटार, भक्तपुरदेखि सिङ्गापुर आदि धेरै ठामका छन् भन्दिहालूँ न। बरु बिहान बगलामुखीमा कती नम्बरको जुत्ताको चाप लागेको रहेछ त? गाला अझै दुखिरहेको छ?
                                 


 
Posted on 08-12-10 12:42 PM     [Snapshot: 870]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यरिराछौ ए गाम्ले हो?  घाम तालुमा पुग्ने बेला भईसक्यो भोकले पेट चिरिनला बेलाँ तिमेरु चै के का हलगोरु जस्ता एउटाले बोल्न पा छैन तेस्का पुच्छर समार कुरो लम्मौछौ ए हँ?


बिर्ख्या नलीखुट्टिमा धमिरो लायो कि के हो हँ बिर्खे माछो सनी मिठाइ खान्छन? ढन्नेसो सेक्न नपुया  


 
Posted on 08-12-10 12:46 PM     [Snapshot: 878]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज त मेरो बिहीवार, के गर्या बाजे त्यस्तो, हरे त्यो बङाली को माछा सम्झाये नि लौ न, अङ्गुर चपाइरा थें, निल्नै सकिन। हैन किन यस्तो गर्न पर्या जिम्म्मालबा। दया माया एत्ती नि भेन है। हेत्तेरिका!!!!

सप्पै लाई भोकाको यो पुरेको हत्तार हत्तारवाला प्रणाम

Last edited: 12-Aug-10 12:54 PM

 
Posted on 08-12-10 12:48 PM     [Snapshot: 882]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझी नसक्नु को छ भन्या हाम्रो चौतारी पनि !


कैले मन आन्दोलन को बेलाको निउरोड जस्तो सुन्सान मसान हुन्छ ! कैले दशै हुँदी बेलाको असन जस्तो हुलमुल हुन्छ !


लौ त लौ ! भोक लाग्या हातले के धेरै थेग्न सक्ला र ! अलिखेरा आम्ला !



 
Posted on 08-12-10 12:49 PM     [Snapshot: 888]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ए पुरे हाम्रो नि बिहीवारै हो आज है ! तिम्रो मात्र होइन ! ब्यान ब्यान  झूट बोल्दिनी ब्रो?
 
Posted on 08-12-10 12:56 PM     [Snapshot: 895]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेत्तेरिका रिट्ठे ब्रो, कुरो बुझेर नि बुझ पचाइ दिनी भन्या। के ताल हो। साग पात खानि आज, तिम्ले त बुङुर चपाइ सक्यौ होला नि. त्यो पो भन्या त। कुरो गरे कुरै को सत्यानास गर्दिनी भन्या

ह्या यो सान ब्रोले के गर्या, एउटा enter हान्न पर्नी, नत्र आफ्नै फोटोले छेक्नी, कस्तो होला त, उफ्फ्फ्फ्फ
Last edited: 12-Aug-10 12:57 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
Freedom of speech is dead in USA
Nepal TPS decision
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Who is the real enemy?
Travelling to Nepal with expiration less than 6 months
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters