[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 156302 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
Posted on 12-31-05 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अलि दिन भा'थ्यो के येता आम्न नपाको,

दादाको गीत त सारै मन परो,
जवानीमा तानेको गाँजा, गाँजा
ऐले मलाई लाइरच हो नमजा
ऐले मलाई लाइरच हो नमजा

मुन्द्रेका फुटाले पुनि भर तिरको सम्झना लेराये ।

चित्रे, कविता लेखेर मत्रै स्वास्नी पाईनी भा त लक्ष्मी देउकोटाले बाईस वोटा ल्याम्दा हुन्, मुतिराम भट्टलाई गोडा
एक दर्जन आईमाईले स्याहार्दा हुन् केरे नि । बरु सारी, गुनियो चईनी चोलो, पटुका किनेर पठाउ मैनालाई ।

कता'ट हो एउटा मन्डले आएछन्, चईनी के के जाति फलाकेछन् र गएछन् तर जाति जो भओ, केटाहुरले चौपारीमा
नयाँ बुटो रोपेछन्। धेरै राम्रो छ है मुन्द्रे, धन्यबाद पनि छ है ।

काकाले फेरि के के कुरा अर्चन, जे होस जाद्रै राम्री कन्या केटीको कुरो ल्याएछन् ।

मलाई त भउतेले "कन्ने" केटी हेर्नु होला है जवैँ भने केरे, आफूलाई चईनी कन्ने भनेको थाहा नाई केरे ट्वाक्कै जो ।
अब टाउको ठूलो भएका लाई टाउके भन्नी केरे, तेस्तै कन्नो ठूलो भएको लाई कन्ने भनेको होला भन्ठाने केरे । त्याँसी
कन्नो ठूलो छ कि स्यानो छ, तेस्तो निखारेरै जो त क्यारी हेर्न मिलेको होला र, बरु नाईटो हेरेसि अघिल्तिर स्वादे जो
रैच भने पछिल्तिरको कन्नो पनि स्वादे जो होला भन्ठाने केरे । तेसो भएर हो नि काका मैले त नाईटो हेर्दै हिँडेको,
नाईटो हेरेसि कत्तिको कन्ने रैच भनेर थाहा पाम्नी तेती ढङ्ग त छ नि म सित पुनि। मैले त्याँसी टाँसेकी त बेस्सरी
नाईटे जो थिई केरे । तेसको नाईटो त काकाले नि हेरेउ होला केरे नि, भनेसि तो भन्दा पनि बढी कन्ने त झ्याप्पै कहाँ
पाईन्च र ? भउते आफै पुनि कत्तिको पो कन्ने छन् र हो ?

पछि लाले ले भनेसि पो थाहा भओ त अरु केटाहुर सित नलागेकी नसल्केकी चईनी पहिले जो बिहे नभाकी केटीलाई चईनी
कन्ने भन्दा रैचन् केरे, अझ खासमा त "कन्या" भन्नी हैचन् । अब तेसो भ'र कन्या जो भनम्ला त नि । एक फेरा लाई
गल्ती भओ त नि ।

उता मुन्द्रेले पुनि फेरि सुनाखरि लाई जो आँखा गाडेर मोरेचन्। ए मुन्द्रे, तिमलाई अस्तिन कि मैले जुराएकी धेरै कन्ने
कस्ती मान्चौ ?


अनि ए भउते, तपैँलाई एउटा दिउरीमा चईनी बेसार पानी उमालेर एउटा ठुलो बटुको कि डहकामा हालेर तात्तातै जो पिउनुहोला
भनेको हो केरे नि । तपैले त बटुका को कुरो बिर्सिनु भएच केरे, अब तातो दिउरी भित्रै टाउको घुसारेसि त अघि भने झै टाउके
भईन्च त केरे नि । भनेको भन्दा उल्टो उल्टो अरेसि त दुख पाईन्च त केरे नि ।


सबै सईँहुरलाई मेरो पनि नयाँ बर्षको शुभकामना है ।

Keep rolling...
Calgary, 2005-12-31T21:49:46-07:00 UTC
 
Posted on 12-31-05 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथिको गनगन किन अरेको भन्दा चईनी काकाले येसो भनेर हो के ,

"फेरि केटी नि के हेरेको हो कुन्नि ? आजकलका केटाहुर अनाहार-सनाहार (अनुहार) हेर्न छाडे गाँठे । अब नाईटा'आ भराँ नि केटी छान्चन् ? "

आफूलाई थाहा नाई केरे, तेसो भएर के ।

Keep rolling...
 
Posted on 01-01-06 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रिय मित्रहरु, नब बर्ष २००६ सालको सुभ उपलछ्यमा हार्दिक मंगलमय सुभकामना!!

ळौ ट्याक्कै २००६ भओ येता टेउसास तिर त।
 
Posted on 01-01-06 12:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरे, तिमि आउ'केरे बल्ल जिउ लाएझै भओ गांठे। तिमिसित खांटि कुरा अर्न छ मैले। भोलितिर येसो मेसो मिलो भने बिआन तिम्रांतिर झरम्ला। लौ अब येसो तुच्च तुच्च पार्नतिर लाउचु म त।
 
Posted on 01-01-06 6:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति लाउरे दाई मल्याबाट आउँदा चउपारीका सप्पै लंठू हुरलाई एकन्टा घडी लेइदेका थे के रे। सप्पै जो आलु घडी परेचन् गाँठे। नये बर्ष नि कसैकाँ १०-११ घंटै अगि, कसैकाँ ८-९ घंटै शुरु हुनि रे।

मेरो सबै भन्दा गतिलो साइको फाइप (GMT) घडीआँ त नये साल लाको १२ घंटा भओ।

जे भानि केटाहुरलाई मेरो नि नये सालको शुभ कामना है! फलोस् फुलोस्, सप्पै जो राम्रो भओस्।
 
Posted on 01-01-06 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>चित्रे, कविता लेखेर मत्रै स्वास्नी पाईनी भा त लक्ष्मी देउकोटाले बाईस वोटा ल्याम्दा हुन्, मुतिराम भट्टलाई गोडा एक दर्जन आईमाईले स्याहार्दा हुन् केरे नि ।
तर चित्रु, यी श्रीका कुरा नसुन, अब आफ्नै जेठानलाई कटी हेर्न गाका नाइटो हेरेर फर्केचन्। यो भुपी शेरचनका २टी श्रीमती जो हुन् केरे। थकाल्नी चैँ बाले खोज्देकी। बाहुनी चैँ भुपिका कविता सुनेर भुतुक्क भेर काखमा लुटपुटिन गऽकी रे। लु तिम्रो कविताले नि मैनालाई लुटपुटिन आम्नी बनाम्न परो।
---
गोठाला दाइले भैँसी है दह्यो पकायो कुरौनी सोध रामलाई
एउटीलाई हैन २टीलाई हैन कतिलाई पु-याउने सोध रामलाई
हाहा कलिलो तामलाई सोध रामलाई!
हाहा कलिलो तामलाई सोध रामलाई!

हुक्का मेरो डल्ले डल्ले नली मेरो कल्ले
... ... ...
हलाको गोरु जखामि भयो त्यो केटो आउनाले सोध रामलाई
हलाको गोरु जखामि भयो त्यो केटो आउनाले सोध रामलाई
 
Posted on 01-01-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la himiharu kathi kak ...................above mentioned nicode does not work. How to use it?
 
Posted on 01-01-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी लालू ले के भन्याहुन् ? मरिजाम् क्यै बुज्या'भे !
 
Posted on 01-01-06 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी काकाले नाइटी र साइटी भन्ते, कस्ती रचे त भनेर आज यसो ति अम्रिका'ट आका माइकले को फिलिम केमरा ले'र चाइन्जो दोबाटाँ बसेर हेरेको त मेरो त सातै गो । भो काका नाइटी त भ'न ! यस्तीसँ बस्न भन्दा त बोरु राणै बस्नु फाँणै खानु ठीक देउचु म त !

हेऽऽऽ

भएपनि ठिकै न भएपनि ठिकै
के लाइ टाउको दुखाउनु हो दुइदिन जिन्दगीमा

कोइ साथी हवल्दार छन कोइ साथी जम्दार
कोइ साथी डाङ्डर भए कोइ साथी वैदार
सबैजानाऽऽऽऽऽसबैजाना सोध्छन मलाइ आजकाल तँ के गर्चस् ?
दिनभरी झिँगा मार्चु राति उडुस मच्छर, धत्तेरिका !

भएपनि ठिकै न भएपनि ठिकै
के लाइ टाउको दुखाउनु हो दुइदिन जिन्दगीमा

सन्सारमा आफुमत्रै भइचु बिजोडी
जता हेर्चु उतै देउछु मयालुकै जोडी
एकदिन तऽऽऽ एकदिन त मलै पनि एउटीले डाकी
तर हजुर फर्की हेर्दा दाँत फुक्लेकी लाटी धत्तेरिका !!

भएपनि ठिकै न भएपनि ठिकै
के लाइ टाउको दुखाउनु हो दुइदिन जिन्दगीमा !

हेर गाम्लेरू काकाले भनेकी नाइटीको त्यै केमराँ खिचेको फिलिम् !

 
Posted on 01-01-06 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, नाइटीको फिलिम त राखीयालेँ, मेराँ त कोइ केट्केटी छैनन्, केटकेटी हुनीका घराँ यस्तो देखेर ती केटकेटी डराम्नी हुन कि !!

 
Posted on 01-01-06 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(लाल प्रसाद सर यानेकि हाम्रा लालेको ल्होछार)

ल्होछारको यादमा कथा


मुखियाको आँगन, पौष १५ को साँझ, सुर्यास्त हुन केही समय बाँकि। अलिअलि जाडो छ.

साँझमा स्वस्थानी सुन्न जाँदा लगाउने लाखु टोपी लगाएर लाल प्रसाद मुखियाको आँगनमा पुग्छन्।
यतिबेलासम्म कोही आइपुगेको जस्तो देखिँदैन।
}}"ले बुढी, तमाखु भार्दे मास्टर बाबुलाई।"
मुखिया बाले जाडो मानेको लाल प्रसादलाई माया गर्दै तमाखुले सत्कार गर्न खोज्छन्।
"मूखिया बा, मैले तमाखु खान्न।" , कोही पनि नआइसकेकोले संकोच मान्दै लाल प्रसादले तमाखुको सत्कारलाई थमौती गर्न खोज्छन्।
"आबुइ! कास्तो कुरा गार्छ है गाँठी, जिम्मावालको छोरा भएर नि तामाखुसित डाराउँछ? छोरा भएर जे पनि गार्नुपर्छ। कहिलेको भोट कहिलेको मधेश! नात्र अहिले नाच्ने केटी पनि पाउँदेन है भन्छ।", भन्दै मुखिनी आमा भित्र पस्छिन्।
यत्तिकैमा डाँडाघरबाट माने पनि आइपुग्छ, "सरको सावारी भइसकेछ। कताबाट भागुमान् आयो कुन्नि, आज तो।"

"अब मुखिया बाकहाँ रमझम हुँदाखरि पनि हामी नआउने कुरा हुन्छ त? " लाल प्रसादले थगुलाई प्ति प्रश्न गर्छन्।
भित्र भने सबै जना रम झममा मस्त छन्। पक्वानहरु तयार हुँदैछ। मुखियाकी छोरी सानुमाया लाल प्रसाद सरलाई देखेर अभिवादन स्वरुप खिसिक्क हाँस्छे।

एकैछिनमा थगु पनि आइपुग्छन् । थगु मास्टरको दौँतरी ! थगु भर्ति भएर पहिलो छुट्टिमा फर्केका। हिजोमात्र क्यासेट घन्काउँदै स्कुलमाथिको ओरालो लागेको देखिन्थे। स्कुलपछि लाल प्रसाद सरहरुसितै कल ब्रेक खेलेको हुनाले खासै भलाकुसारीको आवस्यकता परेन।

मानेले सोधे, "ए! काइँला पनि आइसकेछ। के छ काईँला, कहिले आयो? कतिको छुट्टी छ रे? यसपाली त भुसुक्कै बास्ने होला नि गाँठी! बारीको सुन्तला पाक्नी बेलिसम्म? पोहोर काईँलाले सुन्तला खानु पाइन भानेर बुढी भन्दै थियो।"

मानेले कटुसको पात बेरेर बिँडी बनायो। त्यो बिँडिको ठुटो सल्कायो र खोपियाबाट कुल्पि निकाल्दै राख्यो। एकैछिनमा घाम पनि पश्चिमको देऊराली मुनि लुकिसक्छन्, जाडोले सेक्न थालिसकेकोले सबैजनामाथि पटाहातिर सर्छन्।
सानुमायाले गुँद्री माथि काम्लो ल्याएर बिच्छयाइदिन्छे। लाल प्रसादका लोभी आँखा सानुमाया कै अनूहार चिहाइरहेका हुन्छन्। सानुमायालाई ल्होछारको नयाँ घल्याक साह्रै सुहाएको छ।
मुखिनी आमैले तमाखु लिएर निस्किन्छिन् र लाल प्रसादको अगाडि टकार्छिन्। लाल प्रसादले पहिलो सुर्को तान्छन् । एक सर्को लगाएर, फेरि एक सर्को तानेपछि मुखिया बाको अगाडि सार्छन्। स्वाद थाहा नभएर हो अथवा मुखिया बा को सत्कार गरेर हो कुन्नि त्यो त भगवान जानुन्।
मुखिया बाले पनि दुइ सर्का तान्दै "ला!" भनेर मानेतिर सार्छन्। माने यानेकि मान बहादुरले बिँडिको ठुटो निभाएर आधा ठुटो बिँडि खल्तिमा राख्छन् र तमाखु सर्काउन थाल्छन्।

?मिना आएन सर?? सानुमायाले संकोच मान्दै लाल प्रसाद सरलाई सोध्छे।
मिना लाल प्रसादकी बहिनी, ठ्याक्कै भन्नुपर्दा सानुमायाकी सैनी!
?खै!?
लाल प्रसादले सिधै "आउँदिन मिना त" भन्नु भन्दा दोधारे जवाफ दिए।
मुखिया बाले "छ्यो छ्यो" भनेपछि बिस्तारै रोदी सुरु हुन्छ। सबे नाच्दै गाउँदै लोछार मनाउन थाल्छन्।
एक पछि अर्को सबै जना नाच्न थाल्छन्। सानुमायाले साह्रै राम्रो नाच देखाउँछे। थगु पनि उसको हात समात्दै नाच्न थाल्छन्।
"तिम्रो घर चाँचरी
तेईँ तल है र?
तिम्लाई मैले चाँचरी
चिनेको छैन
बामरी फुलको बोट!
आयो ढल्काऊँदै झम झम इस्टकोट!
... ... ..."

मुखिनी आमाले घैलाबाट कोदोको "जाँर!" निकाल्छिन् र बटुकामा राख्दै सबैलाई पस्किन थाल्छिन्। लालु सरलाई नि टकार्छिन्।
"सर जाँर!"
लालु सरका नजर कहिले सानुमायाका ओठमा पुग्छन् कहिले सोरठिको भाकामा मर्किएको कम्मरमा। होस जति कता कता । अघिको गाँजाले भन्ने कि अब जवानीको मजाले भन्ने।
लालु सर नि २ बटुका जाँर सिद्दाए र उठ्छन्। जाँर काएको पहिलो अनुभव हुन्छ लालु सरको। कम्मर भाँच्दै। थगुको हातबाट सानुमायालाई खोसेर घुमाउन थाल्छन्।

"हाऽऽ
वारि जमुनाऽ
पारि जमुनाऽ
जमुनाको फेदैमा मनकामान!
ए! एकादशी बजारैमा फन्के रोटी थालमा हो फन्के रोटी थालमा!"

सानुमायापनि कम थिइन।

ए १६ पुगी १७ लागेँ
तिम्लाई के को खाँचो
ए, एउटा गह्रो जोतिसक्यो अर्को चाहिँ बाँझो
बुढेसकालमा पनि गर्छौ तरुनीको दाँजो
ए, हैन भने कलिलो तामालाई
सोध रामलाई
ए हलैको गोरु जखामी भयो
त्यो केटो आउनाले सोध रामलाई

लालु सर सानुमायाकै काखमा सिरानी गर्दै निदाइहाल्छन्। रात रमाइलोसित गुज्रिन्छ। कसैलाई पत्तै केही पत्तै हुँदैन।
भोलिपल्ट स्कुलमा सानुमाया त निद्राले झुपु झुपु! लालु सर पनि खुट्टा सुट्टा लरबराउँदै।
सानुमायाले सोध्छे?
"सर! अझै साकिएन र?"
लालु सानुमायाको छेऊमा पुगेर,
"छोरो भएपुछि भोट मध्धेश गार्नु पर्छ जे भयो यो भयो लेऊ अझ एक कचौरा जाँर धप्दिन्छु, !"
मिना लालुमायाको छेउमै किंकर्तव्यबिमुढ हुन्छे, लाजले भुतुक्कै पर्छे, सानुमाया पनि लाजले भुतुक्क हुँदै मिनातिर मुखामुख गर्छे।!
किलाँस सन्नाटा!
 
Posted on 01-01-06 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(यो मेरो पुरानो कथा थियो साथी हो पोहोर एक ठाममा प्रकाशित। )
 
Posted on 01-02-06 12:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा "सर",:)

गज्जबै छ ल ! क्रमश: ..........हो भने अर्को इपिसोड पनि चौतारीमा चाँडैनै सुन्न पाउँ !
 
Posted on 01-02-06 4:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा,
माड्सा'प र बिद्धार्थीको कहानी !

 
Posted on 01-02-06 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, म त नेपाली मुखुन्डो लाएर आएँ नि। तर यो खाली युनिकोड(यु टि एफ- ८) मा मात्र चल्दो र'छ। मलाइ त कति गाह्रो भो पासवर्ड सासवर्ड मिलाउन पनि। अब त यही मास्क लाएर चौतारीमा आउने गर्नु पर्ला। फेरी भेटौंला है!
 
Posted on 01-02-06 8:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्य भग्वान् मुकुणडो नयेँ भ'नी मुन्छे जिनतिन चिनिदो रे्छ ! लौ स्वागतम् विश्व मानचित्र जी लाइ ! हा हा हा !

 
Posted on 01-02-06 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे हरे यो मुन्द्रे केटोले नि के भाँतिकी नाइटीओ फोटो टाँसेच है गाँठे, हैत्तेरीका! तो भउतेले ३ वटी ल्याउचु भन्दै तिघ्रा पड्काउँदै हिन्च के रे। यस्लाई नि दाँउच कि तेल्ले?
***
'...बरु नाईटो हेरेसि अघिल्तिर स्वादे जो रैच भने पछिल्तिरको कन्नो पनि स्वादे जो होला भन्ठाने केरे..'

नसक्नि भैओ यि केटाहुरलाई!
***

बिर्खेलाई यता तिर लंठेको नदेखेको धेरै भओ नि!?
 
Posted on 01-02-06 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yeso herda sabai bida ra naya barsa ko ram ramailo ma nai masta chhan jasto chha. Ma ni yeso masti arera ako.
yo computar ko yeso uso namileko le arkai bhasa ma lekheko k..kyarnu chautari ma ta nai man nai mandaina...jasto taso dhaunu ta paryo.
 
Posted on 01-02-06 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पालाको "नेपाल" पत्रिका (३१ डिसेम्बर २००५) को "व्यक्तिचित्र" स्तम्भमा,

- http://www.kantipuronline.com/nepalbektichitra.php#

हाम्रा गाम तिर, चईनी हाम्रा चौपारीतिर पुनि आई पो हाल्चन कि यी साधु ? आएछन् भनि दुबो घोटेर खान दिम्ला त नि ।

Keep rolling...
 
Posted on 01-02-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khoi ek choti kina ho airport pugeko thiye, euta aglo seto kapada lageko manis kahli khutta airport dhoka tira lgadai thiyo..ma ta achhamma..kasto khale manche ho..khali khutta seto kapada layera airport jadai chha...pachi taha paye yenai sankar dai rayechan...huna ta achama ko kura gardai chhan yini tara garib janata sanga ghulmil garnu ra tini lai maya garnu yesto po neta.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
Nepal TPS decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters