[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVIII

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 79705 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।


 
Posted on 07-14-06 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा लाइ रुख् कत्ति मुन् पर्नि होलान् ,काङ्रेस् को उमेद्वार् जस्तो ।ल ल हो भुने मेरो नि एक् भोट् तपाइलाइ है त :D
 
Posted on 07-14-06 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D म पनि बस्छु चौतारी म ।
 
Posted on 07-14-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गोतामे जि,धेरै दिन भो नदेख्या तपाईंलाइ ,के छ हालचाल् अजकाल्? तपाइको शेरखाँ सुन्न पा छैन नि धेरै भो :)
ए ठुल्नानि,क्यार्दै छौ? सुइटर् बुनि सक्यौ चित्रेलाइ। चित्रे खोइ आज ? लौ न काना तानेर ल्याउ चित्रे लाइ कथा भन्न । राम्रो थिओ बरै कथा।
 
Posted on 07-14-06 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी म स्वितर बुन्दै छु । भर्खर अगाडि को पातो बुन्न सक्या । खै चित्रे को नाप् लिनु पर्ने खै भेत् नै भाको चैन। अनि तिमि के गेर्दै चौ।
 
Posted on 07-14-06 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरू नमस्ते है! अनि धन्यवाद मेरो कथा पढिदिनुभएकोमा कुम्ले, तितौरी, ठूल्नानी, मास्टर्नी दिदी, गालब, दादा, गोतामे ज्यू, र अरू सबैलाई। अर्को हप्तादेखि त मेरो नि फुर्सदै हुन्न, त्यसैले जति लेख्नु छ, रमाइलो गर्नुछ यही दुइ तीन दिन हो अब। बल्ल लेख्न सकाएँ दोस्रो भाग कथाको।

ठूल्नानी धन्यवाद है, मेरो लागि सुइटर बुनिदिएकोमा, म तिम्रोलागि अरू पनि कविता लेख्नेछु पछि। :)

ल, यो चैं दोस्रो भाग।

धनकुटाको ढुक्ढुकी

बुबाको कार्यालय देव्रेवासको चौताराबाट करीब सय मिटरको दूरीमा थियो। लामो दुई तले घरमा अफिस थियो, पछाडी चौडा जग्गा सहित यौटा दुइ तलेकै नेपाली परम्परागत घर थियो जुन हामी बस्ने क्वाटर थियो। खरले छाएको उक्त घर ग्रामीण ढाँचाको प्रतिनिधि थियो। घरको अघिल्तिरको जग्गामा फूलबारी, अझै अगाडि काउली, बन्दा आदी तरकारी लगाइएका थिए। घरको देब्रेपट्टी केराको बोट र सागहरू लगाइएका थिए। सुन्तलाका करीब तीन चार रूखहरू यत्रतत्र छरिएका थिए। घरको पछाडीपट्टी पनि तरकारी लगाउने जग्गा थियो र ठूलो अमलाको रूख पनि थियो जसमा घिरौंलाको लहरा बेरिएको थियो।

हरेक विहीवार धनकुटामा हाटबजार लाग्ने गर्थ्यो जहाँ आधा घण्टा जति पहाडैपहाडको बाटो हिंडेर मात्र पुगिन्थ्यो। हाटबजारको रमझममा रमाइने र विभिन्न प्रकारका फलफूल तरकारी किन्न र देख्न पाइने हुनाले म विहिवारलाइ सधैं उत्सुकताका साथ पर्खिरहेको हुन्थें। मलाइ वारहरूमा सबैभन्दा मनपर्ने नै विहिवार थियो। हाटबजार जाँदा बाटोमा एक ठाउँमा पहिरो गएर बाटो निकै साँघुरो भएको थियो, मुनिपट्टी हेर्दा अत्यन्त गहिरो थियो त्यहाँबाट खस्यो भने त हाडखोर पनि गायब हुन्थ्यो होला। मलाइ त्यो ठाउँमा आइपुग्दा डरले थिच्न थाल्थ्यो, पाइला अघि बढ्नै छोड्थ्यो, आमाले बिस्तारै हात समातेर तान्नुहुन्थ्यो, तर मेरो मुटू चैं झन् झन् बेगले ढुक्ढुकाउँथ्यो। त्यो भीर काटीसकेपछि मलाई ठूलो काल कटेजस्तै अनुभव हुन्थ्यो। हाट बजारमा सुन्तला, जुनार, आँप, केरा, भुईँकटहर अनि विभिन्न तरकारीहरूको रास देख्दा मेरो कलिलो बालमन खुशीले प्रफुल्लित हुन्थ्यो, अत्यन्त मनोरन्जित हुन्थ्यो। तर घर फर्किंदा फेरी त्यही पहिरो गएको भीर सम्झेर म फेरी आतंकित हुन्थें। सौभाग्यवश आमाको धनकुटा बजारमा केही काम भएको हुनाले हामी लामो बाटो फर्किन्छौं र त्यो कहालीलाग्दो भीरबाट मैले एकपटक छुट्कारा पाउँछु।

घरमा म र मेरी दिदी सँगै खेल्थ्यौं, कहिले पानीमा चल्थ्यौं, कहिले यताउति दौडिन्थ्यौं। बुबाले हाम्रो लागि बारीमा पिङ् राख्न लगाइदिनुभएको थियो। पिङमा बसेर मच्चिने मात्र होइन आफूले लगाएको चप्पल कति टाढासम्म हुर्याउन सक्ने भनेर होडबाजी गर्थ्यौं, मेरो चप्पल एकपल्ट बार नाघेर तल बाटोमा झर्दा मेरो खुशीले पनि सीमा नाघेको थियो। हाम्रो घरको पश्चिमपट्टी मासुको पसल थियो जहाँ हरेक शनिवार बिहानै खसी काटिन्थ्यो, म र मेरी दिदी खसी काटेको देखि पोलेको, सफा गरेको सम्म हेर्दै मनोरन्जित हुन्थ्यौं। त्यसभन्दा अलि माथि आर्मीको कार्यालय थियो, एकजना सैनिक सधैं पहरा दिइरहेका देखिन्थे, समय समयमा हरियो हेलिकप्टर पनि अवतरण गर्थ्यो, हामी ‘आँ’ गर्दै अचम्मित परेर हेलिकप्टरलाइ हेर्थ्यौं।

साँझमा आमा माथि भान्छामा खाना पकाउँदै गर्नुहुँदा म र मेरी दिदी बुबासँग तल कोठामा गफगाफ गर्थ्यौं, बुबाले हामीलाइ ‘लाटोबुङ्गो’ को कथा सुनाउनु हुन्थ्यो, हामी सुनेर दंग पर्थ्यौं। लाटोबुंगो ससुराली जाँदाका हाँस्यास्पद क्षणहरू अनि दुइटा अन्डा एकै पल्ट मुखभित्र हाल्दा दुबै गाला फुलेर हनुमानको झैं भएको प्रसंग आउँदा खाना पकाउँदै गर्नुभएकि आमा पनि भान्छामै मरिमरि हाँस्नु भएको आवाज आउँथ्यो, हामी अझै हाँस्न थाल्थ्यौं।
त्यसपछि हामी गीत सुन्न् थाल्थ्यौं, ‘एउटाऽऽऽलाई होईन, दुईटाऽऽऽलाई होइन, कतिऽऽऽलाइ पुर्याउने सोध रामालाइ…………….आहा…कलिऽऽऽलो तामालाइ सोध रामालाइऽऽऽऽऽऽ‘।
 
Posted on 07-14-06 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-06 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, अब त गएको हप्तामा झैं ट्याउँ ट्याउँ अर्न ट्याम् सकियो के रे। काम कुरो तिर नि तिर नि ध्यान दिन परो। तिमेरुको कान टट्टाईसकेथ्यो होला, अब सन्चो हुने भो।

रामरी बसनु, झै-झगडा न‍अर्नु, अनि बेला बेलाँ आम्ला यस्सो नजर लाम्न।

चित्रेको कथा चईं पड्दै अरम्ला बोल्न फुर्सद नपाए नि। मज्जा आई र’छ अहिले सम्मुन। साँची कै जन्ती जाने पक्का भो भुने खबर अर्नु के रे। ठुल्बुईनीलाई सिंगार्न गोरखपुर सम्मुन चुरा किन्न जान्छु म नि। फेरि यस्तो भत्भति पोल्नी गर्मीमा के को सुईंटर बुन्देकी होली? बरु, एउटा डोरा गन्जी भए पो कामाऊचथ्यो होला नि!

अरु सबै भाई बुईनी, केटकेटीहुरलाई धेरै धेरै सम्झना। दैवले साँचे, नमरी बाँचे, फेरि भेटम्ला।

हर्न प्लिज! :D
 
Posted on 07-14-06 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D ल ल पुन्टेदा आउँदै गर्नुस् है बेला बेलाँ ।
 
Posted on 07-14-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो धनकुटा को कुरो गर्दा मलाइ जहिले पनि भेडेटारको सम्झना आउछ। भेडेटारको कुइरो पनि अचम्म को के। एकै छिनमा कुइरो ले ढाकेर केहि नदेखिने एकैछिनमा सबै खुल्ला हुने। त्यहाँ बाट सप्तकोशी माथी आकाशमा देखिए झैँ लाग्थ्यो। गर्मी महिनामा पनि स्विटर चाहीँ बोकेरै जानु पर्ने।

चित्रे तिमीलाइ ठुल्नानी ले बनाको स्विटर लाएर एकपटक फेरी जानु भेडेटार। ठुल्नानीले नि देखेकी छैनन रे, उन्लाइ नि देखाउनु। त्यहाँ को एउटा डाँडा छ "चार्ल्स प्वाइन्ट", अति रमाइलो छ।

धरान बाट धनकुटा जाँदा गाडी को छतमा बसेर गा'को खूब रमाइलो हुने रहेछ। हुनत तल सिट नभेटेर माथी चढेका थियौं फाइदै भा'को रहेछ।

ल ल चित्रे अरु नि जाओस।
 
Posted on 07-14-06 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदाइ आम्दै गर्नुस् है चौतारीमा, तपाई आउनुभएर चौतारी नै रमाइलो भएको थियो।

कुम्ले, भेंडेटार साँच्चिकै रमाइलो ठाउँ छ। अब ठूल्नानीसँगै घुम्न जाम्ला नि कुनैदिन, कसो ठूल्नानी? ;)

लौ एक टुक्रा कविता फुर्यो यसै सन्दर्भमा। ठूल्नानीको लागि :)

घुमौंला सँगै धरान र धनकुटा
राखिदेउ न सुइटरमा फूलबुट्टा
हात समाई जाऔंला हाट बजारमा
सुहाउँछ टीका तिम्रो मुहारमा। :)
 
Posted on 07-14-06 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे राम्रो छ "...कथा सुनेर ....खाना पकाउँदै गर्नुभएकि आमा पनि भान्छामै मरिमरि हाँस्नु भएको आवाज आउँथ्यो," ले मलाई नि मेरो बाल्यकाल को याद् आयो :(
 
Posted on 07-14-06 4:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा को कुरा त के गर्नु । भनि माग्दा माग्दा अझ हाम्रो बाबा ले त एसो भन्नु हुन्थ्यो "औटा चरा ठुलो जङ्ल म बस्थ्यो एक्दिन् त्यो सहर् जान उडेछ अनि उड्दा... उड्दा उड्दा... उड्दा ...." त्यो उड्दा उड्दा कैले नसक्किने के ल ।फेरि सोध्यो उड्ड्या उड्डेइ छ सहर् आ छैन भन्ने ।येसरि हामि लाइ अल्मलयाउनु हुन्थ्यो :-)
 
Posted on 07-14-06 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तपाईं को दोस्रो भाग नि राम्रो लाग्यो । हुन्छ मलाई नि जने मन छ भेदेतार । चित्रे मलाई घोडा मा चाडाअए र लानुस् है ।
 
Posted on 07-14-06 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-06 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-06 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए कुम्ले होमवर्क नगरेर किन हासी मात्र् रहेको ह प्रौढ् शिक्षा तिर जानुस् अब भौतेजी को मा होम वर्क् नजाने जस्तो छ
 
Posted on 07-15-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को घोडामा चडाएर लानी हो र, ठुल्बुईनी? आफ्नै काँधाँ बोकेर लग्लान् नि चित्रेले! अझ, डोली मै चडाउनी पिलान् के भ’छ, कुन्नी? :p :D ;)
 
Posted on 07-15-06 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, हो बाल्यकालको संझना गर्न मज्जा आउँछ है कहिलेकाहीं? तर गइसकेको समय फर्केर आउँदैन के गर्नु! :(

ठूल्नानी, हुन्छ तिमीलाई घोडामा चढाएरै घुमाउँला भेंडेटार र धनकुटा।

पून्टेदाइ, डोलीमा चढाउने पिलान पनि हुँदैछ। ;)

अनि मास्टर्नी दिदी, कुम्ले र चुपचाप कथा पढिदिने सबैलाइ धन्यवाद छ।

यो तेस्रो भाग:

बगिरहने बाल्यकाल

एकदिन म र मेरी दिदी अफिसमा बसेर चकचक गर्दै थियौं, त्यहाँका कर्मचारीहरू हामीलाइ माया गर्थे। एक्कासी आमा आएर हामीलाइ बोलाउनुभयो,’चित्रे! हेर त यो के हो?’ उहाँको हातमा यौटा सानो मूसा थियो जुन घरमा सफा गर्दा गर्दै भेट्टाउनुभएको थियो। उहाँले पुच्छर समाई त्यसलाई झुण्ड्याउनु भएको थियो, त्यो देखेर पहिले हामी छक्क पर्यौं अनि रोमान्चित भयौं। आमाले हामीलाई खेल्नका निम्ति उक्त मूसो दिनुभयो, हामीले त्यसलाई भुईंमा छोड्दा त्यो दौडिन्थ्यो तर सानो हुनाले धेरै दौडिन सक्दैनथ्यो र फेरी हामीले समात्थ्यौं। तर म आफैं पनि त सानै थिएँ, त्यसैले एकपल्ट चाँडै दौडेर समाउन भ्याइनँ र घर बाहिर रहेको दाउराको थुप्रोभित्र छिरेर हरायो। मैले र दिदीले मूसालाइ कति खोज्यौं तर भेट्न सकेनौं, अन्तमा हार मानेर छोडिदियौं।

धनकुटामा साँप पनि बेलाबखतमा आइरहन्थ्यो, हरेक पल्ट साँप आउँदा हल्लाखल्ला मच्चिन्थ्यो र हामी डराई डराई पनि हेर्न पुग्थ्यौं। एकपल्ट मानिसहरू चिच्याउँदै दौडधूप गर्न थाले,’मुद्दा फाँटमा साँप आयो, मुद्दा फाँटमा साँप आयो!!’ म घरबाट निस्केर यसो मुद्दा फाँट भन्ने कोठातिर चियाएँ। अफिसका कर्मचारीहरू कोही लट्ठि कोहि ड्न्डी लिएर जम्मा भएका थिए। केहीबेरको झम्टाझम्टीपछी एकजना मान्छेले लामो बाँसको लट्ठीमा यौटा बडेमानको मरेको सर्प झुण्ड्याएर बाहिर ल्यायो। त्यो सर्प देख्दा त मेरो मुटूको गति नै बन्द होला जस्तो भयो तर सर्प मरिसकेको थाहा पाएर सास आयो।

हामी कतै बाहिर घुम्न जाँदा विकट पहाडका उकाली ओरालीहरूमा दुई साना साना बच्चा लिएर हिंड्न आमालाइ कठीन पर्थ्यो त्यसकारण अफिसकि एक कर्मचारी हामीलाइ डोर्याएर र बोकेर सघाउनुहुन्थ्यो। हामी उहाँलाई ‘कमला दिदी’ भन्थ्यौं, तर मलाइ कमला दिदी भन्दा आफ्नै आमाले बोकेको रमाइलो लाग्थ्यो। कमला दिदी पनि भन्नुहुन्थ्यो,’चित्रे बाबु, मलाइ आज पेट दुखेको छ।‘
यो सुन्ने बित्तिकै म आमातिर फर्केर भन्थें,’मम्मी, कमला दिदीलाइ पेट दुखेको छ रे, तपाईं नै बोक्नुस् न!’
यो प्रसंग सम्झेर आमा अचेल पनि हाँस्नुहुन्छ।

हाम्रो घरमा यौटा रातो भाले पालेका थियौं, जुन भान्छाको पछाडिपट्टीको सानो झ्याल नजिकै बाँधेका थियौं। हामीसँग खेल्नको लागि प्लाष्टीकको यौटा ठूलो पुतली थियो। मैले एकदिन काम पाइनँ र भाले नजिकै गएर पुतली हल्लाउँदै तर्साउन थालें। भाले उफ्रिएर भाग्न खोज्थ्यो तर बाँधिएकोले भाग्न सक्दैनथ्यो, म झन् हाँस्दै भालेलाई पिट्नै थालें। एकछिनको संघर्षपछि खुट्टामा बाँधेको डोरी पनि चुँडियो र भाले त झ्यालबाट उडेर भाग्यो। लौ मार्यो! म त वाल्ल परें। यो थाहा पाई आमाले मलाइ हप्काउनु भयो। मैले सोचें अब त्यो भाले सधैंको लागि गयो, तर पछि पल्लो घरमा बस्ने आइमाइले भालेलाई समातेर घरमा दिन ल्याइन्। मेरो मन शित्तल भयो।

एकदिन धनकुटामा राजाको सवारी भयो। म र मेरी दिदी आमाको हात समातेर स्वागत गर्न गयौं। सेतो हेलिकप्टरको तेज गतिमा घुमिरहेको पंखा मलाई राम्रो लाग्यो। हेलिकप्टरबाट केही मानिस ओर्ले, अनि पंक्तिबध्द मानिसहरूले नमस्कार गर्न थाले। म र मेरी दिदीले आमाको एक एक हात समातेका थियौं, आमाले हाम्रो हात पनि छुटाउन भ्याउनु भएको थिएन ती व्यक्तिहरू अघि बढिसकेका थिए। घर आएर आमाले भन्नुभयो, ‘तिमीहरू दुबैजनाको हात समातेर बसेकिले मैले रानीलाइ नमस्कार पनि गर्न पाइनँ, अब पुलिसले मलाइ समात्न आउँछन्।‘
यो सुनेर म झस्किएँ, साँच्चिकै हो कि जस्तो लाग्यो मलाई।
 
Posted on 07-15-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CHITRE , dhrai ramro chha, baru ajha ali laamo lekhne ho ki , majja aauda aaudai siddhi halchha ke . :)
 
Posted on 07-15-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वर्णन शैली धेरै राम्रो छ चित्रेजी। तपाईँको संस्मरणले मेरो बाल्यकाललाई पनि अलिकति खोतल्दियो। धन्यवाद । बांकी पनि छिटो छिटो आओस्।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Best Consultancy for H1 sponsorship in USA.
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Why some Nepali people pull each other's legs???
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
Nepal TPS decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters