[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 164415 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-08-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या आफुचैं अड्डा बाट निक्लेर खाजा खान निस्क्या, ह्यां चै म: म: ले भर्‍या रचन चौतारी,

अनि त्यो गुन्टे कति राम्रो र'च नि
 
Posted on 11-08-06 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् खत्तमै भो भनेर अलि कालो गरेर लेख्न खोजेको के त्यो यामेले।
ला आस्थालाई बिचरा नया मान्छेलाई के गरेको होला नेप्चेले बोरै भयो त।
 
Posted on 11-08-06 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् नमस्ते!
कस्तो छ हजुरलाइ?

कस्तो बोल्ड गराम्न खोजेको कता चिप्लियो चिप्लियो?
 
Posted on 11-08-06 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि ले ठ्याक्कै पार्यौनि
तेहै गराम्न खोजेको
कता चिप्लियो चिप्लियो?

के छ सान्नानि खबर?
मेलै मा हो कि कता हो?
 
Posted on 11-08-06 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यामे,
अंग्रेजीमा 'b' लेखन त, नेपालीमा 'ब्' लेखेर नि हुन्छ त बोल्ड?

गून्टे त साह्रै क्युट रैछ नि पून्टे दाई!
 
Posted on 11-08-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए चित्रे के छ ?
तिमिलेनै पहिला सिका जस्तो मान्ते
आज यो खत्तम् भोकाम को चटारो ले
के के भा छ के के ??
 
Posted on 11-08-06 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता मेलामा हुनि नि? यामे नि के कुरा गर्या होला? ह्याँ मान्छेलाई हात् खियाउदा खियाउदा कस्तो भैसक्यो, मेलामा पो रे।
 
Posted on 11-08-06 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याहूजी !!

मलै ठिक छ नि हजुर लै के छ :)
ए प्रिती मलै कोशेली खै ?
 
Posted on 11-08-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम अर्ने ठाउ लै नि मेला नै भन्च के प्रिती
 
Posted on 11-08-06 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज आफुलाई नि यो मेला को झमेला ले एकैछिन टुक्रुक्क बस्न नि पा' हैन, बेला बेलामा चियाउने बाहेक ट्याम भा भए मार्दिनु,
मिस, सान्नानी, यामे, चित्रे गफ मर्दै गरो है, म एक छिनमा साहुको आँखो छलेर आम्ला
 
Posted on 11-08-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्मै कुटो कोदालो गरेर नबसेर, बिदेशाँ साहुकाँ जागिर खान आएसि सबैको हालत तेस्तै हुँदो र'च त नि! मेरो नि तेई हालत छ! लोट्टो-सोट्टो नि पर्दैन, क्यार्नु? खप्पर ठुलो मत्रै, ऐश गरेर बस्न लेख्या भे मरिजाम्, मेरी धोबिनी कै च्यात्त्या पेटिकोट को कस्सम्!
 
Posted on 11-08-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था माफ् पाम् मरि जाम् मैले तिमि लाइ काचो मकै देको चैन। मैले त रम्रै सङ पाक्ने गरि भुतेको थिये क्यरे। ल अब किन पिर गर्छौ चित्रेले अस्पतल् लान्लाइ गदि नल्याउन्जेल् तिमि यो गुन्टे ko दाइपर लगाउ। :P
 
Posted on 11-08-06 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-08-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ् सबै जना ले (दादाले भन्याझै)बाख्रा को पुच्चर् खा'र आ'चन् के हो कति धेरै लेख्न सक्या होला बल्ल बल्ल पढि सिध्याए। गुन्टे को फोटो त एक्छिन् मा कहा पुगेछ।

यो ठुल्नानि पनि हेर नया आउने पाहुना लाइ काचो मकै दिएर डाइपर् लाउ रे।:D

यामे ले ल्या मोमो चै ताजा जस्तो छ,स्क्रीन् बाटै मग्मग् बास्ना आइरा'छ भन्या मोमो को।
 
Posted on 11-08-06 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D लौ झन् नयाँ आउने गाम्लेलाई कति दु:ख दिया होला, बिचरी आस्थालाई कस्तो भैरा होला।:P

ठूल्नानी, मैले त गाडी नै पाईनँ, त्यसैले यो ठेलगाडा लिएर आएँ।सबै मिलेर धकेल्यौं भने त पुगिन्छ होला अस्पताल एक घण्टामा।ल राखम् बिरामीलाई यसमा, अनि ठेलम् जोडले :P

 
Posted on 11-08-06 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बिचरा को पखाला सङै हड्डि पनि भचिने भो :p

ए चित्रे तिमिलाइ धन्यबाद् है राम्रो चौतारी बना'को मा।
 
Posted on 11-08-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पल्टनको रासनले खँदिएको रिकुटे एक्लैले तान्दिन्च तो ठेलगाडा त! अचेल कता अन्मरिएच, कुन्नि?

हन, आस्था त सिकिस्तै परिन् कि के हो? कोठाऽट निस्कन नि सारो परो जस्तो छ!
 
Posted on 11-08-06 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रिकुटे ले ठेला
ठेल्ला भनेको ता
आज फिटान भर आफै ढेलामा सुति रापो रच

लौ हेर जात्रा
आज साउको आँखा छलेर आहिपुगियो

 
Posted on 11-08-06 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन आस्था त बेहोस भइन :( । नेप्चे ठुली ले के ल्या'र ख्वाएचन नि । लऔ सप जना मिलेर छिटो लान पर्यो हस्ताल। त्यो ठेलगाडिको भरोसा छैन रिकुटे नि मस्त निद्राँ छ बरु झाक्रि डाक्न पठाम याहूलै । छिटो छिटो दौडिन्छन क्या :)
 
Posted on 11-08-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरामी सुत्नि ठाम्मा आफैं लडेर बर्बाद! क्यारी बिऊँताउने हो अब बज्जेलाइ?

डाईपर नि फेर्नि बेला भो होला, गाँठे! ठुल्बुईनी सिपालु छे के रे! :p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
H4 Visa (99% approval rate) remains the Safest and Easiest Way to Come to US
Freedom of speech is dead in USA
NEED TRADE SHOW HELP- LAS VEGAS
Be the voice to Renew TPS
Nepal TPS decision
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters