[Show all top banners]

Dada_Giri
Replies to this thread:

More by Dada_Giri
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौपारी-२००७

[Please view other pages to see the rest of the postings. Total posts: 594]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 190019 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-31-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी २००७

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा

शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो

अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति

बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
---मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर

चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो

मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
पुरानो बानी गयो अब लाग्यो नयाँ बानी
त्यो बानी पनि हेर खाली बियर खानि
मान्दैन यो मन दिनमा एकोचोटि नतानी
पुरानो सपना गयो अब लाग्यो नयाँ साल !!!

पुरानो सपना गयो अब लाग्यो नयाँ साल
खेलौ अब नयाँ जीवनको नयाँ तासक्ओ खाल
अनायसइ होला नि बर्बदी फेरी जीवन मालामाल
बिदा गरुम अब यो पुरानो बर्ष लाई
स्वागत गर्न तयार होउ अब नयाँ हर्श लाई
पुरनो सपना गयो अब लाग्यो नयाँ साल !!!

- बीसे (vivasg)

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri

– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ,

गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे,

Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्,

Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना,

Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली,

Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे,

Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले,

Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले,

Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने,

Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे,

Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने,

Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे,

ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, sunima_sh - सानीमा, rahulvai - राहुले,

/राहुलभाइ दाइ ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुली नेपाल मा गुतपाक तितौरा खादै होली, हामी चाइ यहाँ थुक निल्दै बस्दै :s

-पु दा को सकृयता मा हुने भनिएको कृसमस भेला थमौती :(

-झन्डै ४ महिना भुमिगत रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौते दाइ/भौतेगुरु को चौतरीमा उपस्थिती :D

-त्यसै गरि गालब ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिती :D

-र , साझा चौतारी विकि मा ।

मायालु हौ भनुम् भने माया लुकाउउँछ्यौ
निष्ठुरी हौ भनुम् भने आँखा जुधाउँछ्यौ

चौपारी हौ भनुम् भने च्याटरुम गन्हाउँछ्यौ
च्याटरुम हौ भनुम भने शित्तल बनाउँछ्यौ
--- ---


 
Posted on 01-04-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hatterika!!
kati hasaunasakeko hola gaalab le . hasda hasda poonteda le bhanya jasto gala chyatiyera kaan sammai pugyo

:D
 
Posted on 01-04-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाचामा नी आगो लाग्यो खै मायालु हराको नी धेरै भो
निस्कीम बाचा तोडीने ननिस्कीम मन खरानी हुने भो

अर्को नी दीम?

आफु दमकल उ गल्ली
अब स्वागतम भनेर केइ न केइ

---उल्टयाईदीम? उल्टाएनी केइ न केइ

आफु गल्ली उ दमकल
अब साइरन सुनेर केइ न केइ

---बोरै भो? अब यस्तो बोरको अगाडी अरु त केइ न केइ

आफु पुरेत उ बेहुली
अब स्वयम्बर भनेर केइ न केइ


अभिबादन।
 
Posted on 01-04-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस पनि कता बेपत्ता हुनु भाको, कहीं बुर्का लाएर हज गर्न त जानु भाको होइन ? तारेमाम है ।
 
Posted on 01-04-07 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता गुल्टेच यो चौतारी ?
 
Posted on 01-04-07 8:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भोट हालुम्.


चौपारीको रौनक बढाउन के गर्नु पर्ला? ल तलका बुँदामा टेकेर आफ्नो भोट आँफे हालुम्.


१- हिन्दी र अउरेजी गीत सुनाम्नीलाई दिएको येलो काड फिर्ता लिनु पर्छ/पर्दैन.

२- राहुलभाइ दाइ र भउतेको संयुक्त अध्यक्षतामा "चौपारी सुधार आयोग" गठन गरिनु पर्छ/पर्दैन.

३- कुम्लेले प्रचण्डलाई चिठी चौपारीमै बसेर लेख्दा हुन्छ/हुँदैन.

४-बिसेले धागै पिच्छे कविता नहालिकन चौपारीमै कविता हाले हुन्छ/*त्रै नि हुँदैन.

५-एउटै चौपारीबासीले १२,१३ टा निकनेम लिनु पर्छ/पर्दैन तातो न छारोको.

६-चौपारी च्याटरुम यानेकि चौपारीबासीहरु च्याटरुममा हराम्नी चलन खारेजी हुनु पर्छ/पर्दैन बेकाराँ
 
Posted on 01-04-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, कुरो चाँही मनसिप गर्‍यो हे केटोले
तेही भएरपो चौतारी हरएको, मलाई गुहार माग्न को हत्ते, कस्सो नमेले खोजेर ल्यायो । ल नमे तलाई धन्न्याबद छ है ल के खान्छस् भन ।
 
Posted on 01-04-07 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले त भोट हाले । खास सप्पैलाइ सप्पैकुराको स्वतन्त्रा छ । चौतारी नबिगारी जे गर्ने पनि पाउनु पर्छ जस्तो लाग्छ । अब दादाले तयार पारेको मत पेटीकामा भोट हाल्न तिर लागे

१- हिन्दी र अउरेजी गीत सुनाम्नीलाई दिएको येलो काड फिर्ता लिनु पर्छ/पर्दैन.
--कार्ड जति फिर्ता सप्पैको । जे जे भाषामा पनि गित गाउन पाउनु पर्छ ।
२- राहुलभाइ दाइ र भउतेको संयुक्त अध्यक्षतामा "चौपारी सुधार आयोग" गठन गरिनु पर्छ/पर्दैन.
-- गरम गरम गठन , सुधार गर्ने कहिले पनि पछि पर्नु हुदैन ।
३- कुम्लेले प्रचण्डलाई चिठी चौपारीमै बसेर लेख्दा हुन्छ/हुँदैन.
-- ए होतनी है कुम्ले ले किन तेता राखेको होला । बरु बल्खु गाम र चौतारीमा राखेको भए राम्रो हुने नि । तर गार्हो कुर है यो त ।
४-बिसेले धागै पिच्छे कविता नहालिकन चौपारीमै कविता हाले हुन्छ/*त्रै नि हुँदैन.
-- लौ बिसे तिमी पनि तेसै गरे । बल्खु र चौतारीमा राखे राम्रो होला कि ?
५-एउटै चौपारीबासीले १२,१३ टा निकनेम लिनु पर्छ/पर्दैन तातो न छारोको.
-- यो कुरो मलाइ मन परेन । एउटै नाम राखम न , धेरै राखेर डाडा काडा ढाक्ने बिचार चै नगरम है ।
६-चौपारी च्याटरुम यानेकि चौपारीबासीहरु च्याटरुममा हराम्नी चलन खारेजी हुनु पर्छ/पर्दैन बेकाराँ
-- ठिकै हो च्याटमा गफ गर्नु त तर चौतारीमा आउननै छोडे त चौतारी विकीपिडीयामा मात्रै रहला है ।
 
Posted on 01-04-07 10:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे स्वस्थानी मै, यो संसारका पापी लाई नास् गरिदेउ । श्वास फेर्न जान्ने हरुलाई बाचाइदेउ, फेर्न वीरसनेहारुलाई सँगइ लिएर जानु ।
जस्तो भएपनि यो संसार पपिको नहोस् ।
गूड नाइटस्वस्थानी माता !!!
 
Posted on 01-04-07 10:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले पातकीहेर्ले नया वर्ख हुँदी बेस्मारी धोकेछन् दादा। तेइ भ'र अहिलेसम्म थला पररा'छन् रे!
 
Posted on 01-04-07 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्लेहरुको चक्करै चक्कर चलेछ अनि कहाँ आउन भ्याउनु चौतारीमा? पीर् नगर् गोतामे, यो राहुले छदै छ, चौतारि कुर्ने। जस्ले जे भने नि यो बुढाको काम् छैन। आहो ताप्नु मुढोको कुरो सुन्नु बुढोको भन्छन् क्यारे। गाले को स्वस्थानी चाहि निरन्तर् होस्, अरु सबैको जय होस्। तारेमाम् शरण।
 
Posted on 01-04-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'गाम्लेहरुको चक्करै चक्कर चलेछ अनि कहाँ आउन भ्याउनु चौतारीमा'---- bhanna khojya ke ho ?rahul jeee.... bolda ra lekhda dhyan dine garam .( narisam hai)
 
Posted on 01-04-07 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरी है मिस, भन्न खोजेको कुरो सिम्पल छ, जस्तो सबिता गालामा डिम्पल छ । कोइ गाम्ले खरप कमाउन अरप जाने द चक्करमा, कोइ धुलो ल्याउन नेपाल जाने चक्करमा, आफु चिलिम खोज्ने चक्कर मा, कस्को चक्कर भनुम मिस ?

 
Posted on 01-05-07 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सप्पैलाई नमस्ते है, ल हाम्रो चौतारी म पनि स्व्स्तनी पाठ् हुदो रहेछ, तेह उपरान्त के भयो
अनि महादेव् ले पर्बति लै के भने,
हे कुमर् ल भन्नुहोस्
कोति कोति नमस्कर्
 
Posted on 01-05-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सानीमा!

सानीमा एक्लै बर्बराईरा' छिन् चौतारीमा! अरु कता मोरेचन्?
 
Posted on 01-05-07 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरु अ्दै गर्छन्, हामी गफ गरेर बसम्न गोतामे दाई
 
Posted on 01-05-07 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गौतम दाई।
अनि सानिमा रे? :)
 
Posted on 01-05-07 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सान्नानी!
सानीमा भनेको हाँरी सानीमा (sunima)क्या!
 
Posted on 01-05-07 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! सोल्टिनी, भान्जी र गोताएँलाई। :-)
 
Posted on 01-05-07 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त भन्या नि मैले सुनिमा को चौतारी नाम सानीमा हो र?
त्यसो भए नमस्ते सानीमा। :D:D
 
Posted on 01-05-07 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ मामा, हाउ आर् यु डुइङ्?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters