[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XV

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 112144 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 05-04-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि चौपारि ---- चौतारि चौतारि
लौ त सुरुवात मैले नै गरेको छु ।



sanokanchha.jpg

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब,
पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,
नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि ,आशे,चिप्ले,
परदेशी,पानपाते,हर्के,यामे , सुभे ,मिस , ठुल्नानि , हिते ,नारने र
कैले....(अरु कति कोनाम छुटयो पछि का दिन हरु मा राख्दै अरमला )
सबै लाइ यो सबैको साझा चौपारीमा म सानोकान्छाको तर्फ बाट सबै लाई
नमस्कार अनि स्वागत छ ।
यो चौपारि लाइ रमाइलो मात्र होइन एउटा सुचना को स्रोत पनि बनाउनु पर्ने
बेला भएको छ त्यहि अनुरुम मैले यो चौपारि लाइ केहि सामान्य रुप मा परिमार्जित
गर्ने प्रयास गरेको छु । तपाइ हरु (गाम्ले हरु ) लाइ कस्तो लाग्यो लेख्दै गर्नु होला।

बिएफबिसगोर्खा रेडियो

माछापुच्छ्रेएफ एम

बिबिसिनेपालि सेवा

लौ त अब यो चौपारि लाइ पनि पुराना चौपारि लाइ जस्तो रमाइलो बनाउदै लग्नु
हुनेछ भन्ने मैले आशा राखेको छु । पुराना गाम्ले हरु लाइ पनि यो चौपारि लाइ मल
गर्न पनि नभुल्नु होला भन्दै यो यो चौपारि को शुभारम्भ गर्दछु।
उहि तपाइ हरु को सानोकान्छो।
 
Posted on 05-16-06 7:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मलाई खुशी लाग्यो तपाईं को जाच राम्रो भाकोमा । थिकैइ छ अरु नि केही गणितको प्रशन भय सुध्नुस् क्यारे । हुन्छ मलाई अरु पनि भुगोल को बारे म सिकओउनुस् ।
 
Posted on 05-16-06 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी त सूनसान पो रैच गाँठे। आफू पनि तेत्ति आम्न पा'को हैन, तर नआए पनि अड्डाको झ्यालबाट च्या'एर हेरिराख्या' छु है। को को चौतारीमा आएर के के गर्छन् सप्पै देख्या छु। कल्ले चौतारीमा लुकेर शिबबूटी खायो, को पुतलीको भट्टीबाट उडा---न भएर आ'र चौतारीमै लड्यो,कल्ले बरको बुटा' आड लागेर चौतारीमै तुर्क्यायो सप्पै देख्या छु। बेलामौकाँ' कुरा गरम्ला।

देशमा लौतन्तर (लोकतन्त्र) आम् कि नआम् गरिरा'छ। कसै कसैले त लौतन्तरको थुतुनो सम्म त देखा परेकै हो, अब पूरै जीउ पनि आम्छ भन्थे। थुतुनो देखाएर लोभ्याउने अनि बेला भएसी' मु..नो देखाएर हिन्ने गरेर नेपालीलाई लौतन्तरले धेरै पटक छक्याईसक्या' छ। यसपाला के हुनी हो कुन्नि!
 
Posted on 05-16-06 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँका कुरा सुनेर फजल फुरे यार मलाई। :-)
लु सुनम।




आज सखारै खबर आयो
तर अपूर्ण, अभर आयो

..............................
..............................

..............................
..............................


छोरो हो या जनावर हो खै
सुरुमै सानो पुच्छर आयो

कन्ननी बाटुँ कि दाम्लो अब
अबस्था यस्तो जर्जर आयो



:-)
-भउते
 
Posted on 05-16-06 9:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अभिवादन कार्यक्रमको प्रस्ताव"

गाम्ले हो,
यो चौतारीले हामी सबैलाई दु:ख सुखका बात मार्ने अबसर दे'को छ। अन्त जत्ति "बाउन्न घुस्सा त्रिपन्न ठक्कर" खाएर आए पनि याँ आएसी चित्त शान्त जो हुन्छ। यस्तो खास्साको चौतारीको जग हाल्ने केही माहानुभावहरुलाई असली बिदेशी दोसल्ला ओढा'र अभिवादन गर्ने प्रस्ताव राख्न चाहन्छु।

पहिला गाममा चौतारी थे'न। एउटा पीपलको बुटो थ्यो' भर्खर भर्खर उम्रदै गरेको। त्यति खेर भउते काजी कुन्नि कल्लाई (केटी त केटीनै हो!) लेर गामबाट बेपत्ता भए। भउते काजी हराए भनेर इस्सोरे बजियाले पिपलको बुटाँ सानु सानु नुटिस (नोटिस) जो टाँसेको थियो अऊँरेजीमा। चौतारीको पहिलो बोली त्यहि थ्यो'। त्यसैले इस्सोरेलाई दोसल्ला नओढाई भएन।

पीपलको बुटासं बरको बुटो पनि थपेर डाँडाघरे नमेले चौतारी चिनेको हो। त्यसैले नमेलाई पनि दोसल्ला ओढाम्।

चौतारी मात्र भएर नहुने, मुन्छे पनि भेला हुनु परो। मुन्छे भेला पार्ने कामचैँ सिरेले बडा पक्कासं गरो। सिरेले रात दिन चौतारीमा बसेर गाँजा तान्दै शाकाहारी-मांसाहारी (veg and non-veg) कथा नहाल्या भे चौतारी कता'ट यस्तो रमाइलो हुन्थ्यो होला र! मान्छे आम्दै आम्दैनथे नि! सिरेलाई पनि एउटा घच्चीको दोसल्ला ओढाउनै पर्छ।

उ बेलाँ हराइदिएर हामीलाई गुन लगाएकाले भउतेलाई त दोसल्ला पनि अलिक बाक्लै ओढाउनु पर्ला। कि कसो?

कल्ले कल्ले दोसल्ला ओढाइदिने, कल्ले अबीर लगाइदिने भन्ने कुरा छलफल गर्दै गरम्ला। दोसल्ला किन्ने जिम्माचै दादाको भो।
 
Posted on 05-16-06 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गोताएँ, गजपका कुरा अरेउ त। (अब आफ्ना भागाँ नि दोसल्ला परेपछि गजपै मान्नु परो नि। ) :-) बरु मलाई त त्यो देख्नमा राम्रो तर जाडो नछेक्नी बिदेशी दोसल्ला भन्दा गाम्कै चौँरीको रौँले बुनेको बाक्लो कम्बल ओढाउने सुर सार अर भो। यो कन्ननीडाडाँ हिउँ परेर सारै जाडो हुनि के। त्यति अरे तिम्लाई धर्मै हुन्थो गाँठे। :-)
 
Posted on 05-16-06 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-16-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्रजेश खनाल (काठमाण्डौ)

कर्फ्यु लाग्छ रे

रातिदेखि नै कर्फ्यु लाग्या छ रे भन्थे
तर खै त
पहाडले धेरैबेर छेक्न सकेन
कालो आकाशलाई च्यातेर
उज्यालोको किरण छलेर
घाम त उदाएरै छोड्यो
कर्फ्युले घामलाई छेक्न नसक्ने रहेछ

रातिदेखि नै कर्फ्यु लाग्या छ रे
ननिक्लनु है भन्थे
तर खै त
चराहरु त चिरबिर चिरबिर गर्दै
झुन्ड झुन्डमा चारो खोज्न उडेरै छोडे
कर्फ्युले भोको पेटलाई रोक्न नसक्ने रहेछ

कर्फ्यु लाग्या छ रे
चुपचाप बस्नु, हल्ला नगर्नु रे भन्थे
तर बिहानी भएको संकेत गर्दै
रात सकियो है
अनि दिन आउँदैछ भनेर
भालेहरू बासेरै छाडे
कर्फ्युले जागरनको आवाजलाई पनि छेक्न
नसक्ने रहेछ ।

http://www.nepalikavita.com/
 
Posted on 05-16-06 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या नाम यो गर्मिया बेलाँ नि के को दोसल्ला ओडाम्नि भनेको ए गोताएँ? हन क्या नाम, मेरो साटो नि बरु भउते गुरु लाई दुइटै दिए नि हुन्छ । बुढाले यो गर्मिया बेलिमा नि जाडो भो भनेर चिच्याओछ । केनडाँडामा अजै चिसो गा छैन गुरुजि, कि कसो? जुरेलिलाई भगाए पछि जाडो पनि भाग्नु पर्ने होइन र भन्या? ए गुरु! फुन नअरे पुनि एसो बिजुलिपत्र लेख्दै अरम् है।
:-)>
 
Posted on 05-16-06 10:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोसल्ला देखेसि ईस्सोरेका तिन नेत्र। यतिका दिन नाक-मुख नदेखाको मुन्छे, हे र न फुत्त पसुपतिको बाँदर झैँ बाग्मती फड्केर आ'को। फुन लम्बर भेजम त इमेलाँ, कसैका फुन फिरीमा पाका बेलाँ यसो आँखा छलेर फन्काम्ला नि।

मास्टर्नी-दिदी फेरि किन खिसिक्क हाँसेर हिँड्नु भा? अब त लोउतन्तरको पुच्छर देखिहालियो के रे। किलास सुरु अर्नु भो। केटा-केटीहरु फेरि टायर बालेर भात-भतेरी खेल्न लाए के।

ए गालउ, ती दादा कता गएछन हँ आचकाल? अस्तेरु घैँटा घाम लाओ है मेरो नि भुन्थे, फेरि ओझेल परिसके जस्तो छ। कता हो "भउते-साई-आयोग" र "राईमाझी-दाई-आयोग" उस्तै उस्तै हो नानु भुन्दै हिन्याथेँ। नक्कलीको काम र रिपको घामको भर हुन्न भन्थे, यी दादाको भरै पर्न सउदिन के म। स्यानाँ लालपातेको डन्ठा बोकेर "माराज धिराजकी जए" ,"जाली फटाहा- ङ्यास्याउँ, ङ्यास्याउँ" भुन्दै हिनेको नशा अझै छुट्याछैन जस्तो छ तिनको।

:-)
 
Posted on 05-16-06 11:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते, ती दादा नाउका मात्तै दादा हुन्। अस्ति भख्खर तिन्का घराँ बास माग्न पुग्याथें। अइलेको नेपालाँ भा'भे माउवादी भनेर भित्र पस्न दिन्थेनन् पक्का। जे होस् यो देशमा माउको 'मा' पनि छैन र साँझका पाउना भनेर होला बास त दिए। रातभरि 'सञ्जु ! सञ्जु!!' भनेर सुत्न देनन् गाँठे। उन्लाई बालखकालको पिर्तीले फेरि सता' जस्तो छ।

लोउतन्त्रको कुरा गर्नी हो भने, अब गिरिजा पैलोपल्ट पर्धानमन्त्री हुँदा नेपाल छोडेका मान्छे, नेपाललाई अँझै उही नेपाल देख्तैछन्। साउनमा आँखा फुट्या किसानले सँधै पानी परेको भान गर्छ भन्थे :), तेस्तै भो। तेसपछि बाग्मत्तीमा कालै सही कति पानी बगिसको, गिरिजा कति चोटी त्यो कुर्चीबाट गिरेर फेरि उक्लयो, औंलामा गन्नै सकिंदैन। त्यही भएर उनको लोउतन्त्र नेपाल भनेको अर्कै छ।

खै अइले अड्डातिर हिंड्या होलान्। अस्ति फोनाँ गफ भाथ्यो। सबै सकुसल छ भन्थे। अर्को हप्तातिर भेट हुन्च फेरि। गगनथापाका जस्ता भाषन गरेर यिनलाई लाइनमा ल्याउँचु।
 
Posted on 05-17-06 1:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भन्छन् यी हिजोका अण्डा, आजका अम्लिटहरु!
*** *** ***
तराई हेर कति राम्रो हरियो वन हुनाले
पहाड हेर झनै राम्रो गुराँस फुल्नाले

म त झिल्के त्यसै राम्रो नेपाली हुनाले
सगरमाथा मेरै शिरको टोपी भइदिनाले

म त आफ्नै पौरख खान्छु नेपाली हुनाले
पञ्चायत मेरै हातको औँला भइदिनाले

... ... ...

तराई हेर कति राम्रो हरियो वन हुनाले
पहाड हेर झनै राम्रो गुराँस फुल्नाले
*** *** ***

यै गीतलाई पञ्चायतका ठाममा "लोकतन्तर" राखे भैगो नि. म यथास्थितिबादी त हैन है भताभुगंबादी नै हो रे क्या!
 
Posted on 05-17-06 5:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन किन गाली अर्चौ ए गुरु, झन् बुढालाई जाडो भो भनेर दुइटै देउ भनेको त । यो असत्ति बुढा पुनि छिन् छिन् मा पात्तिन्छ । क्या नाम मुइले साजाँ चियाओछु नि सखारै, त्याँ गुरुजि लाई नदेखेसि नछिरेओ नि , कस्तो कुरो नबुज्या होला । गुरु जि आजकल जुरेलीसँ मस्ति अनि हाम्रो बिजोग भओन त । के रे बरु गुरु जि को साइत्य कम भो क्या । एक दुइटा जाओस् न फेरि ।

:-)>
 
Posted on 05-17-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुइँले नबुझ्या कुरो चाइन्जो के भने नि, यि चौतारिका बुडाअरु; गोताएँ, भाऊते, गालब हुँदा
हुँदा इस्सोरे, कि त देखै पर्दैनन् कि त भुरुरुर्र पकै पटख आ'र एस्ता एस्ता कुरा झार्छन कि के भन्नु। बरा दादालाई चाइँ केई भन्न मिल्दै न है, बेला बेलाँ नभ्याम्दा पनि चौतारिआँ एसो च्या'र "हाजिर अरेँ है" भन्दै जान्छन् कि त एउ लइन गित सुनार जान्छन्। बरु दादाओ माथिको गित भन्दा राउँरो त-
" ‘पारटी’ हो यो देश बनाईदेऊ,’लोउतन्त्र’ इछ्छा पुराइदेऊ" राख्दा हुँदैन र दादा? रिमिस भन्चन के रे एस्तो गितलाई।

लु जे सुकै होस, दोसल्ला त ओढाम्नै पर्ने हो गोताएँको लाख रुप्पेको आइडिआमा मेरो समर्थन छ। एसो केइ सुझाऊ त दिन पाम्चुहोला मैले के रे? बरु दोसल्ला पनि स्वर्ण, रजत र तमक भनेओ अस्तो रेशमको, ऊनिको र सुतीको ओढाम्नु परो।अनि एउडा सान्तोना दोसल्ला चाइँ नाईलनको दिँदा ठिक हुन्छ।लु भाउते, नमे , इस्सोरे र सिरेमा कल्ले के के पाउने दादाले निर्कोल अरिदिन परो।
 
Posted on 05-17-06 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोउतन्त्र आउन आउन खोज्या जस्तो गर्छ त्यैभर हास्दै भाग्दै गरेको नि:)

भौतेलाइ दोसल्ला छिटो नै ओढाउनु पर्छ फेरि हराउन बेर हुदैन

:D
 
Posted on 05-17-06 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी, म त फुटबल हेर्दैछु, बार्सिलोना र आर्सनल!

को जित्छ होला त?
 
Posted on 05-17-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो र चित्रेभाइ यो फुटवल?यहा त् केहो त्यो एउटा सानो ...... हामिले सानो हुदा मोजा मा कपडा कोचेर बनाउथ्यो तेस्तै वल हातले पकडेर् दौडन्छन , अनिफेरि स्कूलमा तिमी र सानोकान्छो भकुरा भकुर(लडाइ) गरेजस्तै गर्छन् अनि फुटवल जितिम् भनेर टाउकोबाट पानी खन्याउछन्

त्यतातिर कस्तो खेल्छन्?
 
Posted on 05-17-06 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मास्टर्नी दिदी, यहाँ त नेपालको जस्तै भकुन्डो खेल्ने हो, खुट्टाले खेल्ने!

मजा आईराछ! :)
 
Posted on 05-17-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-17-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आर्सनल ले जित्ला जस्तो छ नि चित्रे दाइ क्या हो ??
 
Posted on 05-17-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यामे! पर्ख न पर्ख, अझै ४५ मिनेट बाँकी छ। फेरी आर्सनलको एक जना मान्छे कम छ नि। हेरम् के हुन्छ...

म त बार्सिलोनालाई सपोर्ट गर्दैछु, जे होला होला!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Best Consultancy for H1 sponsorship in USA.
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Why some Nepali people pull each other's legs???
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
Nepal TPS decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters