[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सबिता र कबिता

[Please view other pages to see the rest of the postings. Total posts: 152]
PAGE: <<  1 2 3 4 5 6 7 8  
[VIEWED 75587 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 03-06-08 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता कबिता

{आदरणीय पाठक मित्रहरु,
यो कथा दुइ नारीको जीवन ब्यथा भएकोले क्रिपया यसलाई नारीबादी क्रान्तिकारि चस्मा लगाएर पढि नदिनु होला। }


बिहानै देखि छोरि चिन्तित् थिई। एक त टोफलको टेस्ट त्यसै टेन्सन् मा हुने अर्को बिगत हफ्ता देखि तराई आन्दोलनको कारण मोटर साइकलमा थोपो पेट्रोल् थिएन।

"ड्याडी ! कसरी जाने होला, ज्ञानेश्वर् सम्म, त्यसै त टेन्सन्, त्यसमाथि हडताल् बन्द यही बेला पर्ने भने?"
 
"बाहिर् रिङ रोड सम्म हिड्ने, अनि बस् सस्, ट्याक्सी टेम्पू जे भेटिन्छ त्यही समात्ने।"
"बरु आज म नि अफिस जान्न, हिजै खबर् गरिसके। संगै जाउला। काठमाडौको सिचुवेशन भदौरे मौसम भन्दा पनि अनिश्चित छ। कहिले कुन चाहि पार्टीको जुलुस् हुन्छ, कहिले कुन पार्टीको हुलुस्। केहि भयो कि तोड्-गोड् (तोड्फोड+ गोदागोड)"।

"लौ हिड,२ घण्टा त बाटो म्याद राख्नै पर्‍यो।"

"के हुने हो के?"

छोरि को चिन्ता मुख सम्म मसिनो स्वरमा निस्के।

"चिन्ता नलेउ, केही हुन्न, नो टेन्सन्, ओन्लि आटेन्सन्।
तिम्रो क्षमता र मेहनतमा बिश्वास छ हामीलाई। यो छुसि टोफल् के हो र?
हाम्रो जमानामा हामीले नि बाया हातले दिएका थेम् क्या रे। "
छोरी मुसुक्क मुस्काइन् मात्र, मेरो कुरा गर्ने स्टाइल पचिसकेको हुनु पर्छ। १ बजे को शिफ्टमा टेस्ट् भएकोले हामी ११ बजे नै निस्क्यौं। रिङरोडमा बस् त देखा परे तर सबैजना उठ् को पोजिशनमा यात्रा जारी राखेकोले बस् मा नजाने संकेत गरें।
एउटा टेक्सि नि छिट्टै दर्शन दिन आए।
 "ज्ञानेश्वर्जाने? "

"जाने २०० लाग्छ।"

२०० लाई बार्गेनिङ् गर्न थाल्ने हो भने अर्को १० ओटा ट्याक्सी कुर्नु पर्ने हुन्थ्यो, समय को तकाजालाई ध्यानमा राखी मैले नि भनें-

"२०१ दिन्छु, लौ छिटो हिड।"
 
ट्राफिकलाई मज्जाले छल्दै, फूटबलका कुशल फरवार्ड जस्तै कमल पोखरी चोक सम्म आशा गरे भन्दा चाँडो के पुर्‍याएको थियो, अगाडी बाटो बन्द। कसले कसलाई कुटेकोमा बिरोध रे, चक्का जाम। कस्तो आम बात भएको यो चक्का जाम् पनि।
संक्रमणकालको फाइदा जस्ले नि उठाउने।

"लौ यहि सम्म मात्र, आगे जान सकिन्न।"

 ड्राइभर साहेबले उर्दी जारी गरि हाले।
बचन अनुसार् २०१ हातमा राखि दिएं।
५ मिनेट हिड्ने हो अब, के गर्ने । देशमा सरकार् नै न भए जस्तो। भए जस्तो भए नि केही गर्न सक्दैन सरकारले मात्र। जन चेतना नै छैन। अलिकति सरकारी अफिसर् को पोज दीहालें।
छोरी पनि हस् भन्दै हिड्न थालिन्।

कमलपोखरी र ज्ञानेश्वर बिचको चोकमा पुग्दा एकजना नीलो कुर्ता सुरुवाल् लगाएकी महिला संग जम्काभेट भयो। मुस्काउने खोजे जस्तो मुस्काइ सकेको अनुहारलाई जबर्जस्ती रोके जस्तो बेढंगको आक्रिति देखें। छोरी ले पनि अचम्म मान्दै ट्वाँ परी।  बिचरीको टेन्सन् टोफल मै। त्यहाँबाट युसेफको बिल्डिङ अगाडिको के पुगेकाथियौं अर्को जिन्स् पाइण्ट लगाएकी भेट भयो। उनी भने मुस्काए जस्तो अनुहार्  पारेर गैइ। तर एक छिन पछि फर्केर फेरि हेर्न थाली।
टेस्ट सेंटरमा प्रबेश पाउन अझै २५ मिनेट  बाकी थियौ। छेवै को पसलमा चिया खानु परो भनी उतै गयौं। चिया र चुरोट, १२ बज्यो कि चाहि हाल्ने। सरकारी जागिरेको परिचय पत्र जस्तै भैसक्यो।

"ड्याड्डी, त्यो अघि चोकमा हाँसे जस्तो गरेर जाने र अहिले पछि फर्कि फर्कि जाने लाई चिनिसिन्छ? "

"अबश्य।"

"कुर्ता लाउने, हाँसे जस्तो गरेर नहास्ने चाहिँ 'सबिता', मेरो सहपाठी स्कूलको।
अनि फर्की फर्की तर्की जाने चाहिँ कबिता, स्कूलको जुनियर।"
 
"न बोली त्यसरी तर्केर फर्केर जानु को रहस्य नि?"
 
छोरीले पनि मेरै स्टाइलमा प्रश्न सोध्ने भैसकी अब त। संगत कस्को? मनमनै भने।

"लामो कथा छ, पहिला टेस्ट सक्याउ, भरे हिड्नै पर्ने हुन्छ। बाटो भरि सबिता र कबिताको कथा भन्दै जाउला हुन्न र?"

"हुन्छ ड्याडी।"

"लौ गेट खुल्यो, अब जाउ। "टेन्सन् लेने का चिज नहिं है देने का है।"  मलाई थाहा छ, "यु विल डु दि बेस्ट।'

"बेस्ट अफ लक।"
 
"थ्यान्क्यु ड्याडी"
भन्दै छोरी युसेफको बिल्डिङमा प्रबेश गरी। म भने अर्को चुरोट सल्काउन थालें।

क्रमश:


 
Posted on 05-15-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ALi kati Rahulvai ko style me Kabita Mirage ma gayeko pani explain garnu parne.....ani maja hunthiyo.

 

 


 
Posted on 05-15-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै बदो  मज्जा आयो कथा पढेर। तर क्लैमेक्स अली चाडओ गर्नु भयो। त्यो मिराज मा के के भयो होला है? जे होस् दाई गज्जब भयो। म त अब  प्रिन्ट गरेर रख्छु  
 
Posted on 05-15-08 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै बदो  मज्जा आयो कथा पढेर। तर क्लैमेक्स अली चाडओ गर्नु भयो। त्यो मिराज मा के के भयो होला है? जे होस् दाई गज्जब भयो। म त अब  प्रिन्ट गरेर रख्छु  
 
Posted on 05-15-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल गजबको रमाइलो कथा सकियो! राम्रो सेटको खुराक पस्केकोमा धन्यवाद् छ ठुल्दाई!

""अब आउने कथा राम्रो मान्छेको हुनेछ""  केहि नराम्रा मान्छेहरु र घटनाहरु नि राख्नोस है ठुल्दाई आगामि कथामा! ट्विस्ट राम्रो हुन्छ के। यो कथामा मलाई मजा लागेको चाहिँ के हुन्छ थाहा नहुनु हो। अनि अर्को कुरा रमाइला शब्द र घटनाको उतारचढावले कथालाई मनोरंजक बनायो!

साधुवाद्!


 
Posted on 05-15-08 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शितल बी जी
हुन त हुन्थ्यो तर आफु न गएको सिनको वाख्या अली हावादारी हुने हो कि भन्ने डर ले ने लेखेको। जे होस् काम भयो त्यसइमा ठुलदाइ मख्ख।

रबी जी,

सिनेमा को पट्कथा भए क्लाइमेक्स अली फाइट साइट राखेर गर्नु हुन्थ्यो। ठुलदाइ को शिष्य अनी साथी पर्‍यो, सोबर हुने नै भयो। जे भयो, प्रेमा को मिराज, मिराज मै गएर अन्त्य भयो। संयोग नि कस्तो है?


बिर्खे जी,

हुन्छ , अर्को कथामा सबै जना हुने छन। हिरो हिरोइन भिलेन, जोकर नोकर। समष्टी मा कथा मन पराइ कमेण्ट हान्दिनु भयो, यही नै मेरो लागि पुरस्कार भयो।

 
 


 
Posted on 05-15-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


द ज्ञानलाल, द कबिता र द पाक चा: को मिराजमा भएको ट्राइङगुलर डेटको अली अली सम्बाद राख्दिनु पर्थ्यो कि ठुल्दाइ, मजा आउथ्यो पढ्न !
जे होस् इट वाज इन्टरेस्टिङ

 
Posted on 05-16-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ यि दुबै को कथा पनि सकियो। ज्ञानलाल र पाक: लाई चै भलो नै गर्दिनु भएछ हजुरले। अब अर्को राम्रो गुण भएकी केटीको सुनाउनु न त है, पढेर आनन्द हुने खालको कथा  अझ हजुरको त्यो हास्य ब्यङ मिस्त्रित रचनाले झन सुनमा सुगन्ध हुन्छ।
 
Posted on 05-16-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai Dai,

Maile pani balla sake Sabita ra Kabita ko chartikala padera. Tini haruko chartikala dekhera ris pani uthyo ra hajur ko hasybyanga bhareko lekhai padera has pani uthyo. Tulana garda hajur ko hasyabyanga le jityo. Aba arko katha kahile aucha?


 
Posted on 05-16-08 5:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका जी,
पढ्नु भयो होइन, नक्कचरी हरी चिरबिरी? अब आउने कथा फेरी पनि एक दु:ख पाएकी नारी को नै हुने छ। आशा छ सदा झै मन पराइ दिनु हुने छ।

सुजाता जी,

न रिसाउनुस्, तर सतर्क हुनुस्। यस्ता सती साबित्रिको ढोंग गर्ने मुम्बईयाहरु धेरै छन हाम्रो समाजमा।


 
Posted on 05-21-08 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ कस्ता कस्ता मान्छे देख्नु पर्छ है यही जूनिमा। हाम्ले नि देख्छम तर हजुरले जस्तो अछ्यर्मा उतार्न हम्मे हुन्छ, कस्तो राम्ररी प्रस्तुत गर्नु भो हजुरले चाँही।

 
Posted on 05-21-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty ji,

सबिता र कबिता लाई चिन्नु भएको मा धन्यवाद 

Last edited: 21-May-08 09:17 AM

 
Posted on 06-03-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछी मैले पनि चिने कबिता र सबिता लाइ। समाजमा देखा पर्ने बिभिन्न चरित्रहरु मध्य यि खराब चरित्रहरुको चित्रण र मिसिएको हास्य अनी ब्यंग्य रमाइलो भयो। अब कस्को कथा आउछ त दाइ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters