[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 176945 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-18-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे बुरो, बल्ल पाइयो तिम्रो बिजुलिपत्र, जन्क मेलमा पो गा रैछ ! लौ म यामेको बिजुली पत्र पढ्न तिर लागे ।

आज त कति रमाइलो हो भन्या चौतारीमा, गाइजात्रा हो कि क्या हो ?

गोतामे :)
 
Posted on 01-18-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामेको इ-मेललाई कुनचाहिं फिमेलले रोके जस्तो छ! साझाबाटै ठाडै ठोकम् न बुरो बिजुली चिठ्ठी!
 
Posted on 01-18-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज गालबको ठाममा मैले फलाक्दैछु स्वस्थानी, गालवको जस्तो राम्रो त भएन, तैपनि खाली नहोस् भनेर लेख्या हो, पलेटी मारेर बसी, पढी स्वस्थानी मातालाई चढाएर प्रसाद फलाहार गरिदिनुहोला। धनियाँबाद।

चौतारी स्वस्थानी व्रतकथा - (अंक चैं भूलें, गालवले मिलाउँछ भोलि)
वाचक - गालवको सब्स्टिच्युट

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मूनि! म अब तिमीलाइ भौतेकाजी किन अस्ट्रीचबाट लखेटिनुपरे, र केनडाँडाको राजा बन्नबाट कसरी बन्चित भए भनी सुनाउँछु, एक चित्त भई सुन।

पून्टेले जुरेलीलाइ लुकाएर आफ्नो पहुँच भन्दा टाढा राखेकोमा भौतेले रीसले चूर हुँदै केही गरेर देखाउने अठोट गर्दै महादेवको तपस्या गर्ने निधो गरे। केनडाँडाको पश्चिमतिर रहेको रक्की माउन्टेन्स्मा गई एक खुट्टाले टेकी हजारौं मिनेटसम्म शिवको घोर तपस्या गर्दा भए। यो कुरा थाहापाई महादेवले फोन गरी भौतेलाई भन्नुभयो, ‘भौतेकाजी, तिम्रो घोर तपस्यादेखि म खुसी भएँ, वरदान माग’। खुसी हुँदै भौतेले भने, ‘हे महादेव, भक्तजनको ईच्छा पुर्याउने, विष भाङ् धतुरो खाएर काठमाडौंको पब्लिक बसमा बब मार्लेको संगीतमा ताण्डव नृत्य गर्ने, यस्ता तपाइलाइ मेरो कोटी कोटी ‘हेल्लो’ छ। अब वरदान त तपाइले अनुमान लगाइ नै सक्नुभो होला, मलाइ चाहिएको त्यै जुरेली नै त हो नि, जुरेली पाम् पर्भु।‘

यो सुनी महादेवले भन्न थाल्नु भयो, ‘हे भौतेकाजी, तिमी कस्तो कुरा गर्छौ, तिमीलाइ थाहा नै छ, मैले त उछिट्याउन नसकेकी जुरेली म तिमीलाइ कसो गरी वरदान दिम्? मैले तथास्तु भने नि तिमीले पाउँछौ कि पाउँदैनौ निश्चित छैन, बेकारमा मेरो वचन मात्र खेर गयो भने त मेरो घोर बेईज्जत हुन्छ। बरू अरू नै वरदान माग।‘

यो सुनी भौतेकाजी भन्न थाले, ‘उसो भए प्रभु! म केनडाँडा राज्यको राजा हुन पाउँ’। महादेवले पनि केही नसोची ‘तथास्तु!’ भने, त्यही समयमा महादेवको फोनको क्रेडिट शून्यमा परिणत भयो र फोन काटियो। भौतेकाजीको खुट्टा खुशीले भुइमा रहेन, केनडाँडाको राजा बन्ने कल्पनाले प्रफुल्लित हुँदै नाच्न थाले।

फोन काटिएपछि महादेवले ध्यान गरेर विचार गर्दा भए, एकैछिनमा उनी झसंग भए, किनकि केनडाँडामा राजा हुन्नन्, राष्ट्रपति मात्र हुन्छन् भन्ने कुरा उनले त हेक्का नै नराखी वरदान दिएछन्। केही बेर सोचे पछि महादेव कैलाश पर्वतको ‘त्रिशूल ईन्टरनेट’ क्याफेमा गई भौतेकाजीको नाममा ईमेल लेख्दा भए।

प्यारा भउत भउतेकाजी,
मेरो फोन अनायासै काटिएकाले तिमीलाइ केनडाँडाको राजा बन्न के गर्नुपर्छ भनी बताउनै भ्याइनँ। अब यो बिजुलीपत्र मार्फत भन्छु, पलेटी कसेर दुई हात जोडेर एक चित्त भई पढ।

केनडाँडाको राजा बन्न त्यति सजिलो छैन। केनडाँडामा हरेक साल हात्तीलाइ माला दिएर राजा छान्न लगाइन्छ, जसलाइ हात्तीले माला लगाइदिन्छ, ऊ नै केनडाँडाको राजा हुन्छ। उक्त हात्तीलाइ फकाएर आफ्नो हातमा पार्नको लागि तिमीले यौटा काम गर्नु पर्छ। त्यस हात्तीको धेरै वर्ष देखि कोही सन्तान छैन, सन्तान सुखको लागि साह्रै तड्पिरहेको छ। तर उसको कोही ढोइ नभएको हुनाले तिमीले उसलाइ यौटा ‘हात्तीको अन्डा’ उपहार दिनुपर्छ, जुन फुटेपछि हात्तीको बच्चा निस्कन्छ।

उक्त अन्डा लिन यहाँभन्दा धेरै टाढा अफ्रिका भन्ने ठाउँको मरूभूमीमा जानुपर्छ, र बालुवा मुनि गाडिएको अवस्थामा हात्तीको अन्डा झिकेर ल्याउनु पर्छ। त्यति गर्न सक्यौ भने तिमी केन्डाँडाको राजा हुने १०१ प्रतिशत निश्चित।

श्री महादेव,
कैलाश पर्वत। shreemahadev@hahoo.com


भौतेले महादेवको कुरा पत्याएछ र अफ्रिकाको मरूभूमितिर हान्निएछ। घन्टौं तातो बालुवामा हिंडेर पनि केही नभेट्टाएपछि, निरास हुँदै काँडैकाँडा भएको बोटमुनि थकाइ मार्न बसेछ। ऊ बसेको ठाउ नजीकै बालुवामा आधा गाडिएको अजंगको सेतो बस्तु देखेपछि भौतेको खुशीको सीमा रहेन। हत्त न पत्त उक्त बस्तु निकाली, सकि नसकी बोकेर हिंड्न थाल्यो। यत्तिकैमा अचानक, एउटा अजंगको, भीमकाय जीउ भएको, बाँस जस्ता खुट्टा भएको, भाला जस्तो गर्दन भएको, छुरा जस्तो चूच्चो भएको, चरा भनुँ भने उड्न नसक्ने, जनावर भनुँ भने चार खुट्टा नभाको जीवले लखेट्न थाल्यो। यो देखी भौतेकाजी आत्तएर ‘हात्तीको अन्डा’ त्यही फाली न्वारनदेखिको बल लगाइ भाग्दा भए।

इति श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्मये कुमारागस्ते संवादे......।
 
Posted on 01-18-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात्! यो बिर्खे माईलाको!

हे हे हे तितौरी आज त आइछौ टाइमैमा, हिजो देखि तिम्लाई भनेर बचार् राखेको पुस्टकारी छ ल खाउ, अहिले ठुल्नानी र सान्नानी आए भने तिन्लाई नि चाइन्छ फेरी, लखाउ कप्लाक् कुप्लुक्। हे हे हे:)
 
Posted on 01-18-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

* केन्डाँडामा राजा/महारानी हुन्छन्, खाली कथा रमाइलो बनाउनको लागि मात्र राजा हुन्नन् राष्ट्रपति हुन्छन् भनिएको हो है! ;)
 
Posted on 01-18-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा ! ग्वाँचेले पनि पारा ल्याम्च के!
जंक, पंक, हंक, मंक कतैपनि छैन क्या!
 
Posted on 01-18-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा! चित्रेले दियौ यार! दामी छ प्रस्तुति र कथा!!!
थपडी! थपडी!! थपडी!!!

तितौरीलाई 'गालब कल'को लागि धनियाको बात, अर्थात् "रामबिलास!" :)
आज अलि व्यस्त छु। आठ घन्टापछि मेरो लागि ठुलो परिक्षणको घडी आउँदैछ। त्यै भ'र अँझै जाग्राम! त्यो पास भएसि अर्को भाग ल्याउने चेष्टा गरम्मा! चित्रेले दामी भाग ल्याइहाल्यो नि! त्यही पढेर चित्त बुझाऊ ल!
 
Posted on 01-18-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको सोस्तानीलाई मैले फूलमार्क दें के रे! फुलमार्क पनि दें!

आयो! आयो!! यामेको बिजुली चिठ्ठी आयो!!!
 
Posted on 01-18-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताए जी,
मेल पाइया हो ? मैले ता अझै पनि पुगेन कि भनेर फेरि पनि धकेलि दिए है ।

हा हा चित्रे पनि गालउ को उत्तराधिकारी भएछ नि त ।

ल अच्छा छ यार ।
 
Posted on 01-18-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल् चित्रे ले मर्ने अरि हसायो! गुड् जब चित्रकुमार्!

----
सान्नानि तिमुर् लाइ नि ल्याइद्या छु,आखो अलि कम् देक्छु यहि र'छिन सान्नानि देख्दै नदेख्या क्यार्नु बुडेश् कालाँनलि खुट्टो कर् कर् खान्छ तिमेरु केट्केटि चिर्बिर् चिर्बिर् गर्छौ निन्द्रै मा ।

हरिसरणम!
फेरि पनि सेकेन्ड् राउन्ड् जदौ यो बिर्खेमाइला को! :P
 
Posted on 01-18-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच!!!!

चित्रेस सोमले सोस्थानि हर्रामि खोक्स दे'को रैछन्तनि! गाल्स सोम बिजि भयो रे?

तित्स साली त के हो जिम्स सुड्डाको बोलि पो बोल्छ त, लास्टै र्‍याग पो हुन्छ त।

कुम्स पाट कता हौ, फिक्स हान्न बेर भो, अड्डामा भेटुँ ल!

लु सब चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाइहरु, दिदिहरु, बहिनिहरु, सोमहरु र
च्वाँकहरुलाई बटारिएको आन्द्रै देखि हरिप नमस्ते ठोकेँ ल!!

खित् खित् खित् खित्
:)
 
Posted on 01-18-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा चित्रे सारै हसायौ। एक्दम् राम्रो छ, रमाईलो भयो।
 
Posted on 01-18-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्र ले बिचित्रको कथा हाले । आफ्नो मात्र न भैइ अरुको नि ब्यथा हाले । बधाई छ जुनियर बाचक शिरोमणी लाइ ।
 
Posted on 01-18-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:-)))

यी गोताएँ मुन्छे त चण्डाल रे'छन यार। हाम्रा पालाका मुन्छे क्यारी चिनेका हौ तिम्ले भन्छु के। तिम्ले भनेको मुन्छे हाम्रो किलास मेट हुन्, तर मैले भन्न खोजेको मुन्छे तिनी चैँ होइनन्। त्यतिबेला त म फक्रेकै थिइन नि, कोपिलै थिएँ। :-) नपत्याए मेरा त्यतिबेलाका किलासमेटहुर यही साझामा अनि चौतारीमा नि छन, प्रमाण पेश गरुँ कि ? :p

भएन भनेर गाले र यामे ले नि गोताएँको सही थाप्दिनी के फेरि। अर्थको अनर्थ लाग्ला भनेर दुकुर्दा दुकुर्दै रोकिएर स्पष्टीकरण दिनु पर्यो। :-)

बाँदरले जस्तो आफ्नो पुच्छर आफैले चेपुवामा राखेर, म पनि उस्तै फेरि। :-(

ओइ तित्रे :p , कन्ननी डाँडामा राष्ट्रपति होइन, राजतन्त्र नै छ। हाम्री रानी तिम्रै गाउँतिर छिन। कलियुगका कुमारहरु के सारो अँधेरोमा गोली चलाउने हुन गाँठे। :-)

नक्कली कान्छीको खुबै राम्रो लजाउने बानी
हामीमा केटाहरुको नराम्रो जिस्क्याउने बानी
यसैमा कान्छी, साह्रै नै राम्री
नलगाउ झम्के बुलाँकी

हामी पनि भर्खरका ठिटो, ज्वाइँ हुने कल्पना मीठो
भगाइ लैजाउँ कान्छीलाई, दार्जलिङ को रेलैमा

नक्कली कान्छीको खुबै राम्रो लजाउने बानी
हामीमा केटाहरुको नराम्रो जिस्क्याउने बानी
यसैमा कान्छी, साह्रै नै राम्री
नलगाउ झम्के बुलाँकी


प्रभातकालिन जदौ, यो बिर्खेमाइलाको :)
 
Posted on 01-18-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! चित्रेको स्वस्थानी दामी रहेछ। कुरो त्यस्तो पो रहेछ? त्यहि त म चाँहि हाम्रो भउतेले किन अस्टृचको अघि अघि दौडिनु परेको भनेर सोचि रहेको।

हे चित्रे! हे चित्र कुमार! हे कथामणी! तिमी कस्ता भने, एउटा फोटो देखे त्यसैलाई बिषय बस्तु बनाएर कथा लेख्न सक्ने, एउटा झन्डा देखे त्यसैमा दश वटा प्रश्न गर्न सक्ने, माहादेवको इमेल एडरेस समेत भएको, रकी माउन्टेन देखी अफृकासम्म हेर्न सक्ने दिब्यदृस्टी भएको, त्यस्ता तिमीलाई धेरै धेरै धन्यवाद छ।
अब त्यस्तै त्यस्तै अरु पनि सुन्न पाए सम्पुर्ण पाप पखालिन्थ्यो कि?

ए! तितौरी नानी नि आइछन, सन्चै छेउ? तिम्रा लागी भनेर पुस्टकारी लिएर आओ थिएँ हिजो, कता गइछेउ। क्यार्नु! सबै यी उरन्ठेउला केटाहुरले कता लगे लगे।

ए भान्जो! क्यार्न त्यो आन्द्रै बट्टारिने अरि बोलेओ? हिजो राम्ररी निन्द्रा परो कि परेन तिमिलाई?

जदौ बिर्खे माइलाको!
:)
 
Posted on 01-18-07 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढेकोत छैन तर क्यार्नु सप्पै सबै हास्या देखेर बुढेसकाल लागे नि हास्न मुन लाउछ गाठै! .....D :D :D :D
जदौ यो बिर्खे माइलाको
हरिशरणम!!
 
Posted on 01-18-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु! भउतेले कुरा गरेको र गोताएँ दाईले कुरा गरेको एउटै मुन्छे होइनन् भन्ने कुराको प्रमाणै त होइन तर साक्षी चाँहि म छु यहाँ। :पि

कि कसो भउते! ;-)
 
Posted on 01-18-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा भउते ले बेला बेला मा हसाम्च ।
हैन हे भउते क्यार्न आत्तिएर स्पस्टिकरण दिने कुरो अर्चौ तिमि ।
क्या हो तेति बिधि ता अर्न पर्दैनो जस्तो लाम्तो क्या रे ।
केटा केटीहरु बिहानै देखि चौतारीमा हल्ला र खल्ला गरिरा छन गाँठे ।
लौ को को छन् आँखा पनि तेती राम्रो देख्दिन यो बुढेस कालमा ।

प्रभातकालीन जदौ यो बिर्खेमाइलाको !

:)
 
Posted on 01-18-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्यारो चित्रु धतुरो, भीमकाय, खण्डे भनेको के हो ताआआआआआआआआआआ ?
 
Posted on 01-18-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा चित्रे सारै हसायौ। एक्दम् राम्रो छ, रमाईलो भयो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
Trump says he ‘couldn’t care less’ if automakers raise prices 🤣🤣🤣🤣
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters