[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५३ *~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 155547 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-24-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


~ *  चौतारी १५३ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५३ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 153 editions.

Last edited: 24-Jul-09 01:21 PM

 
Posted on 07-28-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा आज त घैटी ले चिया ल्याएको


पश्चिम मा सूर्य उदय हुन्छ होला आज


धन्यवाद घैटी - बनाउन त आउदो रहेछ त, अल्छि भएर पो मार्‍यो त


 
Posted on 07-28-09 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी, बैरे , टिकटके।


हो हो पुरे, बैरेलाई पुरुष डाक्टर को मा आँखा जचाउन लग्नु पर्‍यो।


एन सी राइ, शंशाक कोइराला, सन्दूक रुइत लाई रिफर गर्नु पर्‍यो।


जहिले नि चन्द्रकला तुलाधर, मोना शर्मा, संगिता मुडभरी, अन्जना केसी को मा आँखा जचाएर केही हुनेवाला छैन।


 तिनको अगाडि सबै छर्लङ देख्छ त्यस्ले , बाहिर आए सि तिरमिरे झ्याइं ।


 
Posted on 07-28-09 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठुल्दाइ हो सोह्र आना सहि हो


आँखा जस्तै कान पनि त्यस्तै


चाहिने चिज केही सुन्ने होइन - नचाहुने चिज चाँही चार कोश पर बाट नि सुन्छ


मुख पनि त्यस्तै - बङुर त जती खाए नि अघाउदैन


बाइ द वे ठुल्दाइ घैटी लाई मुकुन्डो किन नभन्या - त्यो पनि प्रुभ भा हो त


 
सान्नानी
Posted on 07-28-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिन्का आँखाँ कुन्नी के हाल्न नपुग्या ए हाम्लाई शाहीली भन्दा हुन LOL

 
Posted on 07-28-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD MORNING CHAUTARI....


Basdai garau hai.............


 


 
Posted on 07-28-09 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के हन्तकाली ।


हैन सान्नानी, तिनको आँखामा केही हालेर ठीक हुनेवाला छैन, आँखा नै फेरे के होला, त्यो पनि उल्लु को ।


हैन यो लहरे ले चोरको खुट्टा काट भन्दा गोडा किन खुम्च्याउछ । मुकुण्डे कसैले भनोस या नभनोस आँफै बिज्ञापन किन गर्छ हं ?


 
Posted on 07-28-09 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् हर्के दाई


बिज्ञापन गर्‍या होइन ठुल्दाइ


ठुल्दाइ ले जहिले पनि मुकुन्डो भनिरा हुनाले आज नभनेको ले छक्क भएर ट्वाँ पर्‍या


अब मुकुन्डो नभएपछी हिजो जस्तै मुकुन्डो नभएको स्पष्टिकरण निकाल्नुस् त ल ठुल्दाइ


त्यती काम बाँकी छ त्यो पुरा गर्दिम


 
Posted on 07-28-09 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiya barima ho chiya barima
sadhai udi hidne badallai
sadhai fulirane ful harulai
kun khushi aaja naulo bhai failiyo mero chiya barima
chiya barima ho chiya barima

jadau!

 
Posted on 07-28-09 12:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै परमात्माहरुलाइ यो परमात्माको नमस्कार।


जय परमात्मा!


 
Posted on 07-28-09 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो आज त गीत गाउदै आइछ त खुशी


के हो मुड सुड झक्कास् छ जस्तो छ नि


क्रेजी ले त्यो परमात्मा भन्ने कबिता पढेर आएकी जस्तो छ


ल खुशी अनी क्रेजी लाई तारेमाम्


 
सान्नानी
Posted on 07-28-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी कस्तो रमाइलो गीत

ल क्रेजी ले कताबाट ज्ञान प्राप्त गरेर सिद्ध महिला भैछ अब नाम नि चेन्ज गर्नु पर्ला क्रेजी लभ बाट के राख्ने होला

लहरे भाई अनी अरु के छ त बा?
 
Posted on 07-28-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी परमात्मालाइ पनि नमस्कार है।


खुशी परमात्मा लाइ नि नमस्कार।


राहुल्दाइ परमात्मालाइ नि नमस्कार।


हर्के परमात्मालाइ नि नमस्कार।


लहरे खराब आत्मालाइ नि नमस्कार।


अरु कुनै परमात्मा छुट्नु भए वहाँलाइ पनि यो परमात्माको नमस्कार छ है।


घ्रीनालाइ unicode मा कसरी लेख्ने ठुल्दाइ?


 
Posted on 07-28-09 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



तारेमाम क्रेजी अनी खुशी ।


हैन हिजो देखी रिट्ठे हान्सम चौतारीमा देखिएन नि ?


जाजरकोटे रोगले सोतर बनायो कि ?


 कोइ गएर हेरेर आउनु पर्‍यो। ट्याममा ओखतिमुलो गर्नु पर्‍यो।


कि अचेल अपहरण को जमाना छ, ह्यान्सम देखेर महिलाबर्गद्वारा प्रेमपूर्बक अपहरणमा पर्‍यो कि ?


बुझ्नु पर्‍यो लहरे ।


 
Posted on 07-28-09 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु सान्नानी दिदी - बेहाल छ - काम गर्नु पर्या छ -


एउटा काम सक्न पाछैन अर्को थपी सक्यो


आफ्नो मात्र काम सकाएर नपुगेर अर्काको पनि काम गर्नु पर्‍या छ।


फेरी अब शुक्रबार सम्म डकुमेन्ट बनाएर बुझाउनु पर्ने रे


मलाई फेरी डकुमेन्ट जस्तो बनाउन मन नलाग्ने चिज अरु केही छैन



ल यो क्रेजी को नाम प्रेतात्मा राख्दा कस्तो होला


एउटा सुझाब नि


 
Posted on 07-28-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रिट्ठे त मेरो पाकेट मारेर सिक्स फ्ल्याग भन्ने ठाउँ गा रहेछ हिजो त


हिजो चाँही घुमियो खेलियो अनी आज चाँही रिङ्गट्टा लार सुतेको होला ठुल्दाइ


 
Posted on 07-28-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालक लहरे!


तिम्रो आत्मा खराब भए पनि प्रेतात्मा त त भन्नु भएन नि आफैलाइ हैन र।


दिनको हजार चोटि परमात्माको जप गर, सबै ठिक हुन्छ। पीर नगर बत्स!


 
Posted on 07-28-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युणिकोडमा घ्रिणा लाई लेखन नसकिने रैछ क्रेजी पर्मात्मा ।


अध्यात्म तिर लाग्या रैछ, माया मोह सब त्यागेर । बुद्धत्व प्राप्तिको लागि शुभकामना ।


 
Posted on 07-28-09 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घ्रीणा भन्ने शब्द नै लेख्न नमिल्ने रैछ है पर्मात्मा ठुल्दाइ।


म त कमन्डलु बोकेर जान लाको सन्यास। ल है गाँउले हो राम्ररी बस्नु।


 
Posted on 07-28-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही भन्या ठुल्दाइ घ्रिणा लेख्न नि के गाह्रो छ र भन्या
 
सान्नानी
Posted on 07-28-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न हिमालय तिर जान लाको हो क्रेजी अनी त्यस्तो मान्छेलाई घ्रिणा शब्द किन चाहिया नि क्रेजी परमात्मा? माया मोह घ्रिणा भन्ने शब्दै हटाउनु पर्ने हैन र परमात्मा?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
Freedom of speech is dead in USA
Nepal TPS decision
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Who is the real enemy?
Travelling to Nepal with expiration less than 6 months
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters