[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 195287 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
Posted on 02-26-10 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रातो भाले मात्र चोर्ने बानी छ मेरो| स्पेशल चोर|

 
Posted on 02-26-10 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालको घरमा एक हात लामो जुरेली भको भाले छ , तेही चोर्नु पर्छ आज बेलुका अनी भाले फ्राइ गर्ने हो , पाङ्रा र एउटा फिला चै मलाई है अहिले भन्देको छु ।
 
Posted on 02-26-10 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यापी होली, सी यु भोली!
 
Posted on 02-26-10 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरा चोरलाइ मेरो नि स्वागत है । कुखरे मै मेरो एक भोट् ।


उहिले को कुरा धेरै न सम्झौ, छाती चसक्क दुखेर फुट्ला भन्ने डर । फाउ पूर्णे मात्र हो र भन्या, ईन्द्रजात्राको सातै दिन इन्दिरा जात्रा हुन्थ्यो।


कुमारीको रथको पछी पछी लागेर कुमारीहरु हेर्न गैन्थ्यो। लाग्थ्यो यती धेरै कुमारीहरु कतै कुमारहरु न भेटेरै होला नि घरअको कौसी बरन्दा मै सोह्र श्रिङ्गार गरेर लोभ्याउन बसेका ।


 
Posted on 02-26-10 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या ठुल्दाइ पनि कहाँ इन्दिरा र कुमारीको कुरो गरिरा , अहिले भाउजुले कुट्लिन् है फेरी।
 
Posted on 02-26-10 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



कुखुरा म चोरेर लेर आउछु, हर्केले चाही होली को प्रसाद को ब्येवस्था गरेर राख है त?

Last edited: 26-Feb-10 02:53 PM

 
Posted on 02-26-10 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भनेसी कुखुरा चोर हाम्रो गोठाले नै रैछ तेसो भये !


ल हर्के को नयाँ फोटो हेरम !



क्रेजी परमात्मा लाई प्रणाम !



 


 
Posted on 02-26-10 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हुन्छ बरु दाउरा र पोल्ने भाडोको ब्यबस्था चै कल्ले गर्ने हो रिठ्ठेले गर्छकी ?
 
Posted on 02-26-10 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



हर्के को दुश्मन|


 
Posted on 02-26-10 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धूत केटाहरुले कस्तो डर लाग्दो डर लाग्दो फोटो टासेको गान्ठे ।
 
Posted on 02-26-10 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Get in my belly.

 
Posted on 02-26-10 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोठालेले साथिभाई बटुलेर जे होस माथ्लो गाउँमा गएर कुखुराहरु मजाले चोरेर ल्याएछ-



ळ हेर हेर हर्के भोकले आत्तेको! कतिवटा ल्याएछ भनेर गन्न खोजेको! आखिर  हामि सबैलाई पुग्ने गरेर ल्याएको रेछ। यि हर्केले क्या मजाले सबै कुखुरा सफा गर्यो भने के भन्नु, बडो ध्यान दिएर-



अब पहिले नै पाङ्ग्रा साङ्ग्रा के के जाति मलाई चाहिन्छ भन्दै थ्यो हर्के। धेरै कुखुरा देखेर एउटा त उसलाई सिङ्गै चाख्न परो रे, त्यो पनि पोलेर। आहा! पोलेको लोकल कुखुरा साह्रै मिठो हुने हो हुन त-



अब तिनापने पनि त चाहियो नि? कसले ल्याउँदै छ?


 


 
Posted on 02-26-10 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 तिनपाने को ब्यबस्था त ठुल्दाइले गर्नु हुन्छ होला नि जिम्माल ! तेसै नाम मात्रै ठुल्दाइ?
 
Posted on 02-26-10 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिसो बियर सँग यस्तो पोलेको कुखुरो पाएत आहा ।
 
Posted on 02-26-10 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



तंदूरी मा चट कागती निचोरेर, चिसो बियर, तक्क चुरोट, छेउ मा सुंदरी
Last edited: 26-Feb-10 03:33 PM

 
Posted on 02-26-10 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल,


एक दिन त्यो बीर अस्पताल अगाडी टोकरीमा हाल्या भाले किनेर महाभुत (महाबौद्ध)मा स्तुपको दखिन तिर के -- डडममा हालेर कुखुरा चोपथ्य्पो नी--हो त्याँ लगेर कुखुरालाई परमधाम एस्प्रेसको टिकस कटाईदिए पछी त्यो कुखुरो बोकेर घर हिनियो--जमलाँ पुगेर ट्याम्पु चढीयो -- ट्यारररर गर्दै पीरो ध्वाँ छोडेर बाटो लाग्या ट्याम्पु बाट तमासा हेर्दै गैयो--टङ्गाल् गणेशथानमा छ्याक सर्को तान्दै रे छ --मलाई देख्ना साथ ओर्ली ओर्ली भन्न थाल्यो --लौ त भनेर ट्याम्पु ड्राईभरको काँध यसो कन्याईदिएँ-- रोक्यो ट्याम्पु-- ओर्लें -- छ्याक र म अनि सुसेल्दै चुरोस तान्दै गफ ठोक्दै हिनियो-- गहनापोखरीमा पुगे पछी पो झल्याँस्स भएँ --पोको त ट्याम्पुमै परेछ।


माथी कुखुराको फोटो देखेर सम्झेको नी --


त्यसपछीको कथा त के भनाई भो र ---


अनि रामे ब्रो -- कथा त लेख्न पर्ने हो -- तर खै जेठको घाम जस्तो भो जिन्दगी-- बिरगन्जको छत जस्तो भो यो साझा--अनि त्यस्मा राख्या नौनी जस्ता भए तरुनीहरु --के गर्नु --


 
Posted on 02-26-10 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रौसी चाँही मैले लेराएको छु ................................टन्न खाने हो आज त ...










बियर खानेलाई पनि छ ल .........





 
Posted on 02-26-10 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

***लौ त भनेर ट्याम्पु ड्राईभरको काँध यसो कन्याईदिएँ-- रोक्यो ट्याम्पु-- ***


दीप ब्रो को शब्द शब्दमा जादु छ जे होस् !


 


 
Posted on 02-26-10 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो .......
जेठको घाम्लाई असारको झरिले सितलो पार्नु पर्छ

बिरगन्ज को गर्मी पनि नझेलेको होइन ......... त्याहा पनि सितल नखोजेको होइन ......... ओहो प्रभु ...... बिरगन्ज को गर्मी मा भेटिएको सितल पो सितल .......

नौनी जस्ता भये तरुनी हरु ............ प्रभु .....  खोजेको त्यही होइन र ..... खोइ मैले त कोइ पनि पग्लेको देखिन त ........ प्रभु को भलो भएछ ...... कोइ त पग्लेछन .......
 
Posted on 02-26-10 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन रामे त्यो नेपाल को कालो ठुलो बोटल भको टुबोर्ग पाइन्दैन भन्या? बियर त त्यो पो त !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters