[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सम्झौता

[Please view other pages to see the rest of the postings. Total posts: 109]
PAGE:   1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 61662 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 07-09-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(कथाको बिषयबस्तु कसैको जिबन सङ मेल खान गएमा त्यो केबल संयोग मात्र हुनेछ - क्रेजि)


भाग-१


सार्थक घरि घरि भित्तेघडि हेर्दै घरि फोनतिर हेर्दैथ्यो। उसलाइ भेट्न आउने भनेका मान्छे हरु अझै आइपुगेका थिएनन्। ४ बजिसकेको थ्यो, अबको ५ मिनेटमा पनि आएनन् भनि हिड्नु पर्ला भन्ने सोचिरहेकोथ्यो। एकचोटि उसले फेरि रिसेप्सनमा फोन गर्‍यो। कति बजे आँउछन भनेर सोध्यो। ४ बजे भनेर रिसेपसनिस्टले जवाफ दिइ। त्यसपछि उसले आभालाइ फोन गर्‍यो, तर लाइन लागेन। ४:३० मा बच्चाहरुलाइ स्कुलमा लिन जानु पर्ने थ्यो। उसले सोच्यो, रमेशलाइ पठाउनु पर्ला श्रेया र समिरलाइ लिन। हुन त आभालाइ उसले कुनै पनि हालतमा आफै बच्चाहरु लिन जाने कुरा गरेको थ्यो, तर आज पनि नभ्याउने जस्तो भयो। उसले रमेशलाइ बोलायो र बच्चाहरु लिन पठायो। रमेश बिस्वासिलो र भरपर्दो ड्राइवर हो। ड्राइवर भन्दा नि सार्थक रमेशलाइ भाइ जस्तै ब्यबहार गर्छ। काम परेको बेलामा रमेश घरमा पनि बराबर सहयोग गर्न आँउछ। त्यसैले उसलाइ सार्थकको परिवारले पनि मन पराँउछन्।


सार्थकको सोचाइ भङ गर्दै ढोकामा तिन जना देखिए, पहिलो ब्यक्ति एक २५-२६ बर्षको युबक सार्थकलाइ नमस्ते गर्दै भित्र पस्यो, उसको पछि एक ५०-५५ बर्श जस्तो देखि ब्यक्ति र त्यस पछि त्यस्तै १५- १६ जस्तो देखिने एक किशोरी सङै भित्र पसी। सार्थकले बस्ने अनुरोध गर्‍यो र युबक नजिकैको मेचमा बस्यो भने अर्को ब्यक्ति र किशोरी अलि पर सोफामा बसे। सार्थकले तुरुन्तै चिया मगायो। धन्यबाद दिंदै चियाको पहिलो चुस्किपछि युबकले समयमा पुग्न नसकिएको बारे माफि माग्यो। किशोरी एक्टकले भित्ताका पेन्टिङहरुलाइ नियाल्दै थी। उनको र उसङै बसेको ब्यक्तिको पहिरन हेर्दा काठ्मान्डु बाहिरबाट आएका जस्तो देखिन्थे। किशोरीले खैरो रङको कुर्था सुरुवाल र कालो प्लास्टिकको चप्पल लगाएकि थी। मुख पहेंलो देखिएको थ्यो, त्यो उजाड अनुहारमा दुइटा मौन आँखाहरु गम्भिर देखिन्थे। सार्थकलाइ त्यो आँखाहरु कता कता देखेको जस्तै लाग्यो। तर ठ्याक्कै कहाँ देखिएको भनेर सम्झिन सकेन। किशोरीसङै बसेको ब्यक्तिलाइ युबकले परिचय गराँउदै भन्यो।


"उहाँ बल बहादुर दाइ।" किशोरी नजिकै बसेको ब्यक्तिले दुइ हात जोडेर टाउको निहुर्‍याएर नमस्ते गर्‍यो। उमेरका रेखाहरु प्रशस्तै थिए उनको अनुहारमा। जिन्दगिभरि कामले नथाकेका जस्ता बल बहादुरको कपालहरु घामले खुलिएका जस्ता देखिन्थे। उनको अनुहारमा पढ्नै नसकिने भाबहरु परिबर्तन भैरहेका थिए। सार्थकले निकै गहिरिएर हेरेपछि सोच्यो। बलबहादुरका मनमा परेका गाँठाहरु धेरै छन्, तिनिहरु बलबहादुरको निधारमा बटारिएर देखा पर्छन। बलबहादुर कुरै पिछे शिर निहुराएर "ज्यु" भन्छ।


"उनि बलबहादुर दाइकि नातिनि, त्रिस्ना!" युबकले किशोरीको परिचय दियो। त्रिस्ना एकोहोरो भित्तातिर हेरिरहेकी थिए। मानौं, उसलाइ परिचयसङ केहि लिनुदिनु छैन। बलबहादुरले त्रिस्नालाइ "नमस्ते गर्" भने पछि त्रिस्नाले मसिना हातहरु जोडेर सार्थकलाइ हेरि मात्रै।


"अनि तपाइको नाम नि?" सार्थकले युबकलाइ सोध्यो।


"ए,झन्डै भन्न बिर्सेको, मेरो नाम प्रबेश हो।" प्रबेशले लास्टमा आफ्नो परिचय दियो।


एक्छिन कोठामा फेरि मौनता छायो। सार्थकलाइ अप्ठ्यारो महसुस भयो। उसैले सोध्यो। भेट्न आएकाहरु केहि कुरा गर्दैनन्, उसलाइ के सोध्ने थाहा छैन।


"यहाँहरुलाइ म के गर्न सक्छु?"


प्रबेशले बलबहादुरलाइ हेर्‍यो, बलबहादुरले प्रबेशलाइ।


"भन्नुस्न दाइ!" प्रबेशले बलबहादुरलाइ अनुरोध गर्‍यो।


"गार्हो छ सर! कसरि शुरु गर्नु?" बलबहादुर भक्कानियो, त्रिस्नाले बलबहादुरको हात समाती। बुढो मान्छे एकछिनपछि फेरि चुप भयो। प्रबेश गम्भिर देखियो, त्रिस्ना उस्तै निर्जिब जस्ती।


"मैले सकेको मद्दत गरुँला। यहाँहरु कहाँबाट आउनु भएको होला? " सार्थक उत्सुक थियो।


"सर!" बलबहादुरले एकचोटि पुलुक्क त्रिस्नालाइ हेर्‍यो अनि फेरि भन्यो।"हामी बन्दिपुरबाट नि ६ घन्टा उकालो लाग्ने "कोप्चे" भन्ने गाँउबाट आएका। हजुरको मद्दतको आशामा।" फेरि बलबहादुरले लामो स्वाश फेर्‍यो।


"बन्दिपुर? त्यो डुम्रे माथिको सहर हो?" सार्थकको आँखामा चमक देखियो।


"हो हजुर।" बलबहादुर उस्तै झुकेर बोल्यो। प्रबेश यतिखेर सार्थकलाइ हेरिरहेको थ्यो।


"त्यहाँ त म पनि गएको थिँए। तर धेरै नै पहिलाको कुरा हो, अहिले त अलि अलि सम्झना मात्रै छ। असाध्यै सुन्दर लागेको थ्यो मलाइ त्यो ठाँउ। अहिले त धेरै कुरा परिबर्तन भइसक्यो होला। अनि भन्नुस्न ! त्यस्तो के मद्दत गर्नु पर्‍यो मैले?"
सार्थकले फेरि मुख्य कुरामा जोड दियो।


"मैले सकिन। प्रबेश बाबु, तपाइ नैं भनि दिनुस्न।" बलबहादुरले प्रबेशलाइ बिन्ति गर्‍यो। त्रिस्ना खुट्टाले भुँइ कोतरिरहेकी थिए। उसको ध्यान शायद त्यो कोठामा थिएन।


"नागरिकता बनाउनु पर्‍यो भनेर।" प्रबेशले सार्थकलाइ भन्यो।


"त्यो कुरामा मैले के गर्नु पर्‍यो त? आजकाल पहिले जस्तो नियम कडा छैन। नागरिकता बनाउन गार्हो पनि छैन।" सार्थक अझै सकारात्मक देखिन्थ्यो।


"ल, बल बहादुर दाइ, अब तपाइ नैं बताउनुस।" प्रबेश अलिकति झर्कियो।


"के तपाइको नागरिकता बनेको छैन? यसो चाहिने कागजहरु छ भने त धेरै दिन लाग्दैन नि नागरिकता बनाउन। तपाइसङ गाँउको, वडाको, अरु चाहिने चिट्ठिपत्रहरु छन त बल बहादुर जी?" सार्थकले बलबहादुरलाइ हेर्दै सोध्यो।


"मलाइ त किन चाहियो र नागरिकता यो उमेरमा? मलाइ होइन सर।" बलबहादुरले "खुइssssssय" सुस्केरा तान्यो।


"कसको लागि त?" सार्थकले बुझ्नै सकेन।


"यही अभागीको लागि।" बलबहादुरले त्रिस्नालाइ देखाउदैं भन्यो। त्रिस्नाले आँखा तरी बलबहादुरलाइ। सार्थकलाइ नरमाइलो लाग्यो।


क्रमश:


 
Posted on 07-09-09 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice story crazy. keep it up
 
Posted on 07-09-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह, नयाँ खाले पस्केको रइछौ क्रेजी, ल स्टार्ट दामी छ, अर्को भाग राख्न अबेला नगरनु है।

धेरै भा थ्यो, साझामा कथा नआको। ल क्रेजी गूड् गोइङ!
 
Posted on 07-09-09 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सार्थक गएको गाउ जमाना मा लौ सार्थक को जवानी को उन्नती होला त्रिस्ना लौ बर्बाद पार्यो , हुन त बन्दिपुर निकै रमाइलो ठाउँ छ, उकालो लाग्ने बित्तिकै को टुडिखेल, दसैं ताका त पिङ्ग नि हुन्थ्यो हो त्यहाँ त, लौ कतै सार्थक मै त होइन क्रेजी ??
 
Posted on 07-09-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Katha ko  bahab  nikai  ramaailo   chha....suruwat pani......
arko bhag ko  pratikcha ma..... ;)


 
Posted on 07-10-09 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोकेसन, पुरे, बैरे र मिस सनिरालाइ धेरै धेरै धन्यबाद!
 
Posted on 07-10-09 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-२


"त्रिस्नाको बुबाको नागरिकता छ त? अथवा आमाको भए पनि हुन्छ। आजकाल आमाको नागरिकताबाट पनि नागरिकता लिन सकिन्छ। त्यस्तो ठुलो समस्या होला जस्तो लाग्दैन मलाइ।" सार्थक केहि बेर पछि बोल्यो।


"जन्मिदाँ नैं टुहुरी जन्मेकी यो। बाबुको अत्तोपत्तो थिएन। यसकी आमा जुना सोझी सोझी थी, गाँउमा हामीले पनि कसैलाइ शंका गर्ने आधार थिएन। उ बन्दिपुरमा साहुकहाँ बस्थी त्यहीँ होटेलमा काम गर्थी, गाँउमा चाडबाडमा मात्र आँउथी। बर्सौसम्म हामीले सोधिरह्यौं यसको बुबा को हो बारेमा, तर यसकी आमाले कहिले भनिन। गाँउमा सामाजिक अपहेलना त थियो थियो, झन त्यसमाथि बिना बाबुकि छोरि जन्माएपछि अरु हेला खपियो। जे भए नि, बच्चा आफ्नै रगत थियो। देखेपछि माया लागिहाल्यो। दुखसुख हामी आफैले पाल्ने बिचार गर्‍यौं, छोरी आफ्नै थिइ, छोरीकी छोरी पनि आफनै भइ।" बलबहादुरले त्रिस्नाको टाउको मायाले मुसार्‍यो। "जुना परार साल जरोले थलिएपछि एउटा पुरानो खाम झिकेर दिइ। त्यसमा सरको नाम र ठेगाना थियो। यसकी आमा त मरी हाली, तर यो केटि स्वास्थ्य सेबिकाको तालिम लिन्छु भन्छे, जागिर खान्छु भन्छे। त्यसको लागि नागरिकता नभै नहुने भयो हजुर। त्यसैले हामी सरको आँगनमा दयाको भिख माग्न आएका।" बलबहादुरले बेला बेलामा अड्किदैं कुराको बिस्तार लगायो।


जुनाको नामले सार्थकको अनुहारमा थरि थरि रङ परिबर्तन हुन थाले। माया, ग्लानि, रिस र अन्योलका रङहरु बदलिन थाले। जिन्दगीको यस मोडमा यति ठुलो चुनौति? के समयले उसको परिक्षा लिन लाएको हो? उ नैं किन? अरु कोहि किन उसको ठाँउमा हुन सक्दैन? उ केहि भन्न खोजिरहेको थ्यो तर सुहाउने शब्द पाइरहेको थिएन। त्यति नै बेला रमेश भित्र पस्यो।


केहि कुरा नबुझेपनि कोठाको बाताबरण तनाबपुर्ण महसुस गर्‍यो रमेशले पनि र सोध्यो सार्थकलाइ "दाइ चिसो केहि मगाउ?"


सार्थकले टाउको हल्लाएर हुन्छ भन्यो र रमेश फेरि निस्क्यो बाहिर।


"मेरो सानो परिवार छ, छोराछोरी छन्। सामाजिक प्रतिस्ठा छ। अचानक यो सबै के भन्दै हुनु हुन्छ? म बुझ्न सकिरहेको छैन।" सार्थकले फेरि हेर्‍यो बलबहादुरलाइ, त्रिस्ना अहिले सार्थकलाइ नैं हेरिरहेकी थिइ। उसले नदेखेको बाबु यही मान्छे हुन सक्छ कि सक्दैन भनेर सोच्दैथी उ।


"ठिकै छ नि त, त्यसोभए अदालतमा जाँउला, त्यही सबै कुरा छिनोफानो होला नि।" प्रबेश एक्कासि जोसिएर बोल्यो।


"त्यस्तो तातो रिस नगरौं बाबु। हामीलाइ केहि चाहिदैन, खालि नागरिकता एउटा मात्र हो। सरले भन्नु भएको कुरा पनि ठिक हो। उहाँको परिवारलाइ कुनै आँच नआउने गरी काम सकाउन पाए भै हाल्यो नि।" बलबहादुरले प्रबेशलाइ सम्झायो।


"प्रबेश जि, तपाइको भुमिका मैले बुझ्न सकेको छैन।" सार्थक उस्तै नरम स्वरमा बोलिरहेको थ्यो।


"म एक संस्थाको को स्वंय सेवक हुँ, एउटा कार्यक्रमको लागि उहाँहरुको गाँउ पुगेको थिँए। बलबहादुर दाइले यहि समस्या बताउनु भयो। त्यसैले उहाँहरुलाइ बाटो देखाउन मद्दत गरेको हुँ। तर म कानुनको बिध्यार्थी पनि हुँ।" प्रबेशको स्वरमा धम्कि पनि सुनियो यसपटक।


रमेशले चिसो फ्यान्टा र कोक लिएर आयो। सबै जना एकछिन चिसो पिउन थाल्यो। त्यहि बेलामा सार्थकले रमेशलाइ के कुरा हुँदैछ भन्ने जानकारी दियो। रमेश पनि छक्क पर्‍यो।


"एउटा चिट्ठि र त्यसमा लेखिएको नाम र ठेगानाको भरमा मैले नैं त्रिस्नाको नागरिकता बनाउनु पर्छ भन्ने के छ?" सार्थक सोच्दै सोच्दै उस्तै सामान्य तवरमा बोल्दै थियो।


"ल ठिक छ। बिज्ञानले धेरै कुरा पत्ता लाएको छ। हामी paternity Test गरेर हेरौं। त्यसबाट प्रमाणित हुन्छ सबै कुरा।" प्रबेशले तुरुन्तै उत्तर दियो।


"सर! सुन्नु न! जुना त्यस्ति केटि होइन, उसको अरुसङ सम्बन्ध थिएन। तपाइंको यो खाम पनि तपाइको घरबाट आएको चिट्ठि रहेछ, तपाइलाइ दिन ल्याँउदा तपाइ बन्दिपुर छोडेर हिडिसक्नु भएको रहेछ। त्यसैले उसले जतनले राखेकी रैछे।" बलबहादुर सकेसम्म कुरा मिलाउने पक्षमा थियो।


सार्थकले सम्झ्यो, उसले त्यहाँबाट घरमा २-३ चोटि चिट्ठि लेखेको थ्यो,  त्यसको
 जवाफमा एउटा चिट्ठि घरबाट आएको उसलाइ जुनाले नैं दिएको थ्यो तर त्यसपछि अरु चिट्ठि उसले पाएन।


"धेरै कुरामा असर पर्छ मेरो। तपाइहरुलाइ थाहै छ यो काठ्मान्डुमा मलाइ नचिन्ने कमै छन्। मेरो गीत र सामाजिक कार्यको कारण मेरो खुट्टा तान्नेहरु पनि प्रशस्तै छन्। बरु तपाइलाइ चाहिने आर्थिक सहयोग जति परे म गरुँला तर यो नमिल्ने कुरा म गर्न सक्दिन।" सार्थक फेरि उस्तै गम्भिर देखियो।


त्रिस्ना अरु चाख मानेर कुरा सुन्दैथी। यो मान्छे उसको बुबा कसरी हुन सक्ला? उ काली छे, यो मान्छे गोरो छ। यस्तो सफा र शालिन देखिने मान्छेले उसकी त्यस्ती दुखि गरिब आमालाइ के माया गर्‍यो होला र? कि मनोरन्जनको लागि मात्र? यो प्रश्नले त्रिस्नालाइ वाक वाक हुन थाल्यो। उसलाइ बान्ता गर्न मन लाग्यो। उसको मुखमा चिटचिट पसिना आयो। मुख तितो तितो हुन थाल्यो। बलबहादुरले उसको अनुहारमा हेरेर सोध्यो।


"के भयो?"


उ केहि बोलिन मात्र भित्तातिर हेरिरही। उसलाइ कहिले यो कोठाबाट बाहिर निस्कु जस्तो भएकोथ्यो। प्रबेशले त्रिस्नाको छटपटी बुझ्यो क्यारे।


"अब यो कुरालाइ जति हामी लम्बाँउछौ त्यति नैं लम्बिन्छ। यो कोठामा बसेर मात्र कुरा निस्कर्षमा पनि पुग्दैन। मलाइ पनि अरु हतार छ। बलबहादुर दाइ र त्रिस्नालाइ बस यात्राको थकाइ पनि लाग्या होला। त्रिस्ना बाटैभरि उल्टि गर्दै आएकी। यसो गरौ। म तपाइलाइ मेरो फोन नम्बर दिन्छु। आबस्यक परेमा फोन गर्नु होला। हैन भने कानुनको सहारा लिनै पर्छ।" प्रबेश मेचबाट उठ्यो।


"प्रबेश जी! यदि तपाइ मेरो ठाँउमा भएको भए के गर्नु हुन्थ्यो? सोच्नुस् त! मेरी छोरी भर्खर १५ बर्स भइ, छोरो ११ बर्सको छ। तिनिहरुको अगाडि म के जवाफ दिँउ? मेरी श्रीमतिलाइ म के भनु? समाजलाइ  कसरी बताँउ?" प्रबेशको खरो स्वभाब देखेर सार्थक अलिकति डरायो। रमेश चुप लागेर सुनिरहेकोथ्यो।


"सर! हामी कसैलाइ केहि भन्दैनौ। नागरिकता बनेकै दिन गाँउ फर्किन्छौ। यसलाइ पनि त्यही तालिम लिनु पर्ने, कसैले नखाएको जागिर खानु पर्ने। खुरु खुरु खेतबारीमा काम नगरेर। १० पास गर्न सकिन। अब पाउलिस काम नागरिकता बिना।" बलबहादुरले आफ्नो रिस त्रिस्नालाइ पोख्यो। त्रिस्ना केहि बोलिन।


"मलाइ केहि समय दिनुस्!" अन्त्यमा सार्थक बोल्यो। सबैले अर्को चोटि कुरा गर्ने समय मिलाउने सहमति जनाए। प्रबेशको नम्बर सार्थकले लियो, सार्थकको नम्बर प्रबेशलाइ दियो। उनिहरु अर्को भेटको लागि फोनबाटै तय गर्ने निष्कर्शमा पुगे। बाहिर अध्याँरो शुरु हुन थालिसकेकोथ्यो।


सार्थकको मनलाइ ग्रहणले छोप्दै थियो, एउटा बिगत, जुना र त्रिस्ना मिलेर उसको बर्तमानलाइ लखेटिरहेको थियो। बाटोभरि उ मौन रह्यो, रमेश पनि मौन थियो त्यो साँझ।


क्रमश:


 

Last edited: 10-Jul-09 05:33 PM

 
Posted on 07-10-09 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को झक्कास् कथा आयो क्रेजी को


अब फल्यास ब्याक मा जानु पर्ने होला हैन सार्थक ले के सार्थक हुने काम गरेको थियो भनेर


ल क्रेजी जान्न बुझ्न मन लाग्यो -


अर्को भागको प्रतिक्षा मा


 
Posted on 07-11-09 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

just like your name brother, very very nice story.
 
Posted on 07-12-09 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks, lahare!


ek@l bro!


How are you there? Long time no see.


 
Posted on 07-13-09 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा गज्जब होला जस्तो छ! अर्को भागको प्रतीक्षामा छु।

 
Posted on 07-13-09 6:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के खै के भो, तर इन्तेरेस्तिङ हुँदैछ, ल अबेर नगरि थपुम!
 
Posted on 07-13-09 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ क्रेजी को धमाकेदार सुरु भैसकेछ, रमाइलो लाग्यो
यसो पढ्दै जादा त सार्थकलाई छोरी नाफा होला जस्तो छ नि

 
Posted on 07-13-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How could i be so late to read it. Honestly speaking, everytime I open Sajha i scroll down to see if i could find post from Crazy-love and since long the page was like incomplete to me. Wow! today!! u make it. Thank u soo much.. 


 I felt the same way as stat. The lost daddy!!


 


 
Posted on 07-13-09 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good going crazy... के अब सार्थकको जिन्दगीमा साँच्चै ठुलो भुइचाको जाने भो त ?...... waiting for more...

 
Posted on 07-13-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नागरीकता मात्रै बनाएर कुरा टले त घच्ची हुन्थ्यो ........ साप भि मरे और लाठी भि ना टुटे
 
Posted on 07-13-09 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good going!


म पनि पढ्दै छु है :)


 
Posted on 07-13-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे होस् क्रेजीले साझामा प्रत्येक पटक एउटा छुट्टै बिषयबस्तुको कथा लिएर आउछिन पढ्दा रमाइलो हुन्छ !


तर ब्रेक धेरै लिनु भएन क्या ! अर्को भाग छिट्टै राखुम नभये मजा आउँदैन ! आइ मिन इट


 
Posted on 07-14-09 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-३


घर पुग्दा सबै आ-आफ्नै धुनमा ब्यस्त देखिन्थे। श्रेया एक्छिन आएर बसी सार्थकसङ, स्कुलमा के के भयो सबै बेलिबिस्तार लाइ। समिर पनि आयो, श्रेयाको कुराहरु सुनेर हाँस्यो, अनि आफ्नो युनिट टेस्टमा कति अंक आयो भनेर बतायो। सार्थक अलि टेन्सनमा देखेर हो कि के हो? श्रेया र समिर फेरि आफ्नै धुनमा लागे। आभा किचेनमा थी क्यारे। सार्थकले उसलाइ देखेन। रमेशले घर जाने अनुमति लियो र भोलि बिहानै ८ बजे आउने भयो।


सार्थक एक्लो हुन चाहन्थ्यो केहि बेरको लागि। उ माथि कौसिमा गयो र आरामदायी कुर्सीमा एक्छिन ढल्यो। मनमा के के कुराहरु खेल्दैथे, उसलाइ त्रिस्नाको आँखाहरुले सोध्दैथे, उ जुनालाइ खोज्दैथ्यो। जुना भागिरहेकी थी। उ जुन घरमा बास बसिरहेकोथ्यो, उ त्यहाँ थिएन, शायद  सार्थक थिएन आफैसङ। उसलाइ पनि भाग्न मन लागेकोथ्यो कसैले नदेख्ने ठाँउमा। केहि सम्झे जस्तो गरी उ उठ्यो र भित्र गएर एक पेग व्हिस्की गिलासमा लिएर आयो। व्हिस्कीको पहिलो चुस्कीमा उसले धेरै पहिले गएको बन्दिपुर सम्झ्यो, बिस्तारै बादलको बिचबाट चित्रहरु प्रस्ट हुन थाले। एउटा सानो होटेल, जहाँ उ मात्रै एउटा पर्यटक थियो। उसको खाना पकाउने एउटी साधारन केटि, सुनसान बाताबरण। प्रक्रितिको मनमोहक द्रीश्य, फाँटैभरि सुन्तलाको बंगैचा, होटेलको कौसीबाट देखिने टुँडिखेल, पर पर तर नजिकै देखिने पहाडहरु, त्यो माथिको निलो आकाश।


त्यहाँ बसेको केहि हप्तामैं जुना उसकी एउटै मात्र साथी भइ। उसको खाना पकाउने, लुगा धुने, सबै कुरामा जुना मद्दत गर्थी। शुरु शुरुमा नखुलेपनि पछि जुना उ सङ मिल्ने भइ। उनिहरु साँझमा खाना खाइसकेपछि डुल्न जान्थे, कहिले सुन्तलाको बंगैंचामा गएर सुन्तला चोर्थे, कहिले सुसेली हाल्दै गीत गाँउथे,  कहिले खुला चौरमा बसेर आकाशको तारा गन्दै निदाँउथे। उनिहरु स्वतन्त्र थिए, आदिम पुरुष र नारी जस्तै।


एक रात उनिहरु हिड्दा हिंड्दै कुनै खोलाको किनारमा पुगे, सार्थक पौडि खेल्न तयार भयो। जुना किनारमा बसेर हेर्दैथी, सार्थक खोला किनारभन्दा धेरै टाढा पौडिदैं पुग्यो। केहि बेरसम्म नफर्किएपछि जुना आतिइ। उ सेतो कुर्था सुरुवालमै खोलामा हाम्फाली। उ पौडिदै सार्थकलाइ खोज्न गइ। धेरै पर पुगिसक्दा पनि सार्थक देखिएन। उसले "सार्थक" भन्दै बोलाइ, उसको स्वर पहाडहरुमा ठोकिदै प्रतिध्वनि भएर फर्किए। तर सार्थक भेटिन, उ निराश हुँदै फेरि किनारतिर आइ सार्थक त्यहीँ थियो। उसैलाइ हेरेर सार्थक मज्जाले हाँसिरहेको थियो। जुना खोलाको किनारमा निस्की।


निथ्रुक्क भिजेको शरीरमा जुनाको लाजको गहनाहरुलाइ सेतो कुर्थाले अरु सुन्दर देखाएको थियो। कुर्ताको टुप्पाहरुलाइ जुना निचोर्दै थिइ। सार्थक एकतमासले जुनाको सुन्दर शरिरलाइ नियालीरहेको थियो। त्यसबेला जुना ग्रीककी देबि "भिनस" जस्तै अत्यन्तै सुन्दर देखिन्थी। उसको शरीरको गोलाइ हरु  सार्थकलाइ मदहोश बनाँउदै थियो। जब जुनाले पोको पारेको कपाललाइ खोलेर बिस्तारै पानी झड्कारी सार्थकलाइ लाग्यो जुना हैन, खोलाबाट कुनै जलपरी निस्किएकी थी। जुनाको कम्मरलाइ चुम्दै केशहरु उस्को सम्पुर्ण शरीरलाइ झंक्रित गर्दैथे। सार्थकको स्वाशको गति बढ्दैथ्यो। उ बिस्तारै पछाडी बाट आएर जुनालाइ आफ्नो अङालोमा बाँध्न थाल्यो, जुना झस्की र उसलाइ पर धकेली। सार्थक फेरि खोलामा खस्यो, जुनालाइ डर लाग्यो। एकछिनसम्म सार्थक पानीमाथि नदेखेपछि उ पनि हाम फाली। केहि बेरमै सार्थक फेरि किनार नजिकको होचो गहिराइ भएको पानीको सतहसाम आधा डुबेर जुनालाइ जिस्काँउदैथ्यो। जुना त्यो देखेर फेरि किनारमा निस्किन खोज्दैथी, तर सार्थकले उसको खुट्टा समाएर आफुतिर तान्यो। जुना अल्झिएर फेरि सार्थकसङै पानीमा लडी। पानीको तापक्रममा शरीरको तापक्रम संचार भैसकेको थियो। सार्थकले जुनालाइ पानीबाट उठाएर आफ्नै अङालोमा बाँधिसकेकोथ्यो। जुना डरले आँखा बन्द गरिरहेकी थिइ, सार्थक उसको अधरमा प्रेमको बर्षा गर्दैथ्यो। जुना बिस्तारै सार्थकको स्पर्शमा पग्लिदै गइ, र समर्पित भइ। जुना जुना भइन, सार्थक सार्थक रहेन। रहर र चाहनाको बाढीमा ती दुबै केबल एक पुरुष र नारी मात्र रहे। खुला आकाशमुनि, रुख, खोला र पहाडहरुको साक्षी राखेर ती दुइ प्राणीहरु एकाकार भए। चन्द्रमा लाजले भुतुक्क भइ, ताराहरु लुकि लुकि हेरे।


"बाबा! खाना खान आउनु रे।" समिरले भित्रबाटै बोलायो।


सार्थक मिठो सपनामा बाट झस्किएर ब्युँझ्यो, आँखा खोल्दा अगाडी  निष्पट अँध्यारो थियो।


क्रमश:

Last edited: 14-Jul-09 06:06 PM

 
Posted on 07-14-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow crazy kya description specially the 3rd last paragraph. You sure are a talented story teller dear.

 



PAGE:   1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Travelling to Nepal - TPS AP- PASSPORT
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
How long does Citizenship take?
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters