Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी १६३-

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 180440 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-03-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६३~



कलिजुगको बेलैमा  

जोशमा हुन्न होश
 
उनकै छोरी तरुनी
 
हामिलाई केको दोस!
 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 163 editions.
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:39 PM

 
Posted on 11-10-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)


 बाबै लोट्लान क्या!! क्यार्न चढेका हुन  ती केटीहुर बसको छानाँ !!


 जदौ !!!


 
Posted on 11-10-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! लहरे, चिप्ले!


जदौ! माष्टरनी नानि!


 
Posted on 11-10-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी संसार 


मन्त्री परिषद ले पठाएको पत्र अहिले सम्म पनि चौतारी रस रङ प्रधान ले नबुझेको हुँदा र अहिले पनि निज लाकौल ले सो पद भार सम्भाल्दै आइरहेको हुँदा स्थिती निक्कै गम्भिर अवस्था मा पुगेको छ। अहिले बजार मा जिम्माल भनिने बिर्खे बहादुर बोगती को हाल पनि प्रचण्ड जस्तै हुन जाने हो कि भन्ने रहेको छ।


आज भन्दा एक बर्ष अगाडि पनि यस्तै किसिमको घटना घटेको, म अहिले बताउन चाहन्छु। जिम्बाल को नली खुट्टा त्यही घट्ना को प्रतिफल हो भनेर हामी ले भन्नु नपर्ने पनि जानकारी गराउन चाहन्छौ।


अर्को समाचार मा पुरे भनिने पुरे प्रशाद प्यारेलाल पुँइक्क बाटो मा हिडिरहदा एक समुह ले अचानक हमला गरेपछी निज को श्वासथ स्तिथी निक्कै नै गम्भिर रहन गएको छ।



 
Posted on 11-10-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आन्दोलन गरेर गुमेको पद पाइदैन लहरे ! हिम्मत भये बहुमत जुटाएर अबिश्वासको प्रस्ताव पेस गर !



सबैलाई हेल्लो !


 
Posted on 11-10-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह्ह रिट्ठे सान हिजो कता हराको , हिजो आफ्नो काम नहुदा कोही आएनन आज आफ्नो काम हुँदा सब ओइरे
 
Posted on 11-10-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुटेको समाचार


भर्खरै प्राप्त समाचार अनुसार जिम्बाल भनिने बिर्खे बहादुर बोगती को श्वास्थ अचानक खराब हुन पुगेको छ। निज को नली खुट्टा को घाऊ फेरी बल्झिएको हुनाले निज लाई तुरन्तै सिङ्गापुर लाने ब्यवस्था गरिएको छ। निज ८४ बर्ष को हुनु हुन्छ। निजको श्वास्थ स्तिथी बारे हामी उप्डेट दिइराख्ने छौ।


 
Posted on 11-10-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दर्शन अरे जिम्माल बा --क्यार्दै हुनुन्च आजभोलि हउरको खोकि कस्तो भयो   !!बडो जाडो शुरु भयो के रे धेरै चिसोआँ नहिड्नुहोला हे हे हे


लौ  बैरे! 


 के भाको झन आयो झन रिसाउने !


 
Posted on 11-10-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
पुरे,बैरे,लहरे,सम्धी ज्यु,अनी चिप्ले सप्पै लाई एक्मुस्ठ गन्नुमय जदौ।
लहरे पद्च्युत भाको मा बधाई।
टायर बाल्ने लाई जाक्नै पर्छ। जाक्नै पर्छ!!!
अनी रिट्ठे ठिटो कता गएछ हँ अचेल। नाम लिया....

ठुल्दाइ को केही खबर छ् गाम्ले हो ?
अनी चिप्ले बस को छानो माथि कि एुटी त निक्कै बाँन्की परेकी राइछ नि त।


अनी मिस नानी सञ्चै हुन्हुन्च ?
भा नभा सम्चार छप्दो रछ लहरे नि,सम्धी ज्यु र म भक्खर धुर्ब्या पसलाट चिया खाँदै आम्दै छम,बुढा उता देउता थाना तिर लागे म एता तिर आएँ ऐले बुढा ले आर लौरो उझ्याएसी था पाउछौ।

Last edited: 10-Nov-09 10:19 AM

 
Posted on 11-10-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुटेको समाचार


एक अज्ञात समुहको हमला बाट घाइते भएका पुरे प्यारेलाई पुँइक्क अहिले नाजुक स्तिथी मा पुगेको छ। अहिले भर्खर प्राप्त समाचार अनुसार निज को दुबै हात अनी खुट्टा भाँचेको छ, करङ् पनि दुई ठाउँ मा भाँचेको छ, एउटा आँखा, कान फुटेको अनी २५ बङरा पनि झरेको छ - कहिले काही बर्बराउने गरेको को पनि जानकारी आएको छ। निजको उपचार को लागि हामी केही रकम को आवश्यकता भएको हुँदा कृपया यो लिन्क पेपाल डोनेसन   मा क्लिक गरेर चन्दा दिनुहुन यहाँ हरुलाई हामी बिनम्र अनुरोध गर्दछौ। धन्यवाद।


 

Last edited: 10-Nov-09 10:17 AM

 
Posted on 11-10-09 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'पुँइक्क' -- 


 लहरे के हो त्यो पुँइक्क?  :)   किन त्यसरी कुटेको होला पुँइक्क हुनेगरी ..


 
Posted on 11-10-09 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी तारेमाम के छ दि हालखबर सञ्चै हुनु हुन्छ


पुँइक्क भनेको पुरे को थार हुन त - अनी अर्थ चाँही के भन्देखिन हावा छोड्या के हे हे हे


मैले कुट्या होइन क्यारे - अज्ञात समुह रे दि - केही थाहा भएन को भनेर


अनी चिया खाम न दि - पकाउनुस् ल एक कप 


 


 
Posted on 11-10-09 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी मान्त्रीपरिषद्को आकस्मिक बैठकपश्चात जारी गरिएको अत्यन्त जरुरी सुचना

आदरणिय चौतारीका सम्मानिक औतारीहरु, हाम्रो चौतारीदेशको बिगतका वर्षहरुमा भएको प्रगती, समुन्नती, प्रशंसा तथा अन्तराष्ट्रिय डायोस्पोरामा रहेको यसको पहिचान सबैको सामु छर्लङ्ग नै छ। साझापूरका अनेकन देशहरु (थ्रेडहरु)मा हाम्रो देशको निकै राम्रो, विकासोन्मूख, सम्मानजनक तथा प्रतिष्ठित स्वरुप रहिआएको थियो। चौतारीकै विभिन्न औतारीहरुको सामूहिक प्रयत्नवाट नै उक्त कुरा सफल भएको थियो। आज चौतारी मन्त्रिपरीषद् यो भन्न बाध्य छ कि यिनै चौतारीका २५ औतारीहरुलाई पद खारेजी तथा सुचीबाट नाम हटाऊन समयसिमा तोकि सुचना जारि गर्नु परेको छ। निम्न औतारीहरुलाई भिन्नाभिन्नै समयसिमा तोकि हाजिरहुन आऊने सुचना मन्त्रीपरिषद् जारी गर्दछ। समयसिमा भित्रमा हाजिर हुन नआएमा पद तथा/वा सुचिबाट नाम हटाईने र नामहटे पश्चात केवल पूर्व औतारी भनेर मात्र सम्बोधन गरिने छ। कार्वाहीमा पर्नुहुने औतारीहरु, पद तथा हाजिरहुन आऊने समयसिमा निम्नानुसार छ- 


‍१)श्री  भगुत भाई भन्डारी----कन्नीडाँडा, अध्यक्ष, अल्लारे ठिटा तथा गालिगलौज समाज


(दुश्कामना सहित तपाईँ आजको मितीले ३५ दिन भित्रमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम पनि हटाईने छ र धुवाँ रक्सी तथा बैँश सबै पिएर सक्काईने छ) 


२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम


(शुभकामना सहित तपाईँ आजको मितीले २५ दिन भित्रमा हाजिर हुन आउनुहोला नआएमा पद् तथा सुचिबाट नाम पनि हटाईने र साथै भौतिक कार्वाहीमा पनि पर्नुहुने छ, जेनिथ हुने ठाउँमा हम्प खडा गरिने छ) 


३)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क, हेड, मरुभुमिकरण तथा बडारकुँडार महाशाखा


(तपाईँ आजको मितीले १५ दिन २.५ घन्टामा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम पनि हटाईने र साथै भौतिक कार्वाहीमा पनि पर्नुहुने छ) 


४)श्री मदनवा महतो--- , संयोजक, मोतिबिन्दु तथा भ्याकसेस्टोमि क्याम्प आयोजना


(तपाईँ आजको मितीले १२ घन्टामा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ) 


५)श्री च्याङ्बा चामलिङ---, अध्यक्ष, खच्चर ग्रुमिङ संस्थान


(तपाईँ आजको मितीले २५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् हटाईने छ खच्चर लुटिने छ) 


६)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम, अध्यक्ष, महिला तथा तोतेबोलि सुधार आयोजना


(शुभकामना सहित तपाईँ आजको मितीले ३५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् हटाईने छ तअााअााा) 


७)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल, यातायात व्यवस्था सचिव


(शुभकामना सहित तपाईँ आजको मितीले २५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ, भोजपूरजाने बसपार्कमा भोज गरिने छ तर तपाइँलाई बोलाईने छैन) 


८)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा, अध्यक्ष, बालबालिका हेरचाह प्रतिष्ठान


(तपाईँ आजको मितीले ३ दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् हटाईने छ र थाङ्ग्ना सुकाऊने डोलि समेत खोसिने छ) 


९)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम, सिइओ, पुस्टकारी तथा चित्रकला प्रतिष्ठान


(तपाईँ आजको मितीले ५० दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ, बुडापाकाले सम्झिएर पुस्टकारी ल्याईदिने छैनन्) 


१०) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर


(तपाईँ आजको मितीले १२ घन्टामा हाजिर हुन आउनुहोला, पद हटाईने छ ) 


११) श्री दादागिरी दवाडी--- जापुन


(तपाईँ आजको मितीले २५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा सुचिबाट नाम हटाईने छ र तपाईँको साथसाथै सन्जुको पानि याद गरिने छैन) 


१२)श्री  गौतमबिक्रम गोतामे--- जापुन, सचिव साहित्य तथा छुचो बोलि प्रोत्साहन समिती


(तपाईँ आजको मितीले १० दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ र साथसाथै सानोतिनो गनगन पनि सुनिने छैन) 


१३) श्री गालबेन्द्र गिरी--- जापुन, महर्षी, पौराणीक तथा बैज्ञानीक सहित्य समिती


(तपाईँ आजको मितीले १० दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् हटाईने छ र स्वस्थानी पाठ गर्दा वज्र प्रहार गरिने छ) 


१४) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम, सिई तथा गुप्तचर प्रमूख


(शुभकामना सहित तपाईँ आजको मितीले ३५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ र बिश्वमानचित्रबाट चित्र मेटिने छ) 


१५) श्री हरि हर हाडा--- ओखलढुंगा, सिई तथा व्यस्तता प्रमुख


(तपाईँ आजको मितीले ५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ र कुम्लेको स्टाईलमा भुईँमा पछारिने छ) 


१६) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी


(तपाईँ आजको मितीले २५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा सुचिबाट नाम हटाईने छ र बुडापाकाले काठमान्डु जाँदा संगै लाने छैनन्) 


१७) श्री चना चन्दर् चौरासिया--- मायालु गाम


(तपाईँ आजको मितीले १५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा सुचिबाट नाम हटाईने छ र उहि तरकारी कहिले पनि पकाएर खाइने छैन) 


१८) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ


(तपाईँ आजको मितीले ३५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा मज्जाले उफ्रँदै सुचिबाट नाम हटाईने छ) 


१९) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा

(तपाईँ आजको मितीले ६० दिनमा हाजिर हुन आउनुहोला, नआएमा सुचिबाट नाम हटाईने छ र रोजसंग मोज गर्न खोज्दा लात हानिने छ) 

२०) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम

(तपाईँ आजको मितीले १२ दिनमा हाजिर हुन आउनुहोला, नआएमा सुचिबाट नाम हटाईने छ र बाखरि भन्दै नाचिने छ) 

२१) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग

(तपाईँ आजको मितीले १०० दिनमा हाजिर हुन आउनुहोला, नआए पनि पद् तथा सुचिबाट नाम हटाईने छैन :पि :पि) 

२२)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन

(तपाईँ आजको मितीले १२ घन्टामा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ र डिङ्गो गरिबलाफ दान गरिने छ) 

२३) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया

(तपाईँ आजको मितीले २५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा सुचिबाट नाम हटाईने छ र न्यापकिनको हतियारले वार गरिने छ) 

२४) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग

(तपाईँ आजको मितीले १० दिनमा हाजिर हुन आउनुहोला, नआए पनि पद् तथा सुचिबाट नाम हटाईने छैन) 

२५) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान

(तपाईँ आजको मितीले १० दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ र गुलाबि रंगको होलि खेलिने छ, होलि कब है? कब है होलि?)

 

Last edited: 10-Nov-09 10:31 AM

 
Posted on 11-10-09 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाँकि नामावली.........

 

२१) सुश्री शबनम सुनुवार---, अध्यक्ष सोबर पूरुष खोज आयोग


(तपाईँ आजको मितीले १०० दिनमा हाजिर हुन आउनुहोला, नआए पनि पद् तथा सुचिबाट नाम हटाईने छैन :पि :पि)


२२)श्री निशान्त निरौला---, अध्यक्ष, दादागिरी, ग्याङ फाइट तथा फरार कैदी व्यवस्थापन


(तपाईँ आजको मितीले १२ घन्टामा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ र डिङ्गो गरिबलाफ दान गरिने छ) 


२३) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया


(तपाईँ आजको मितीले २५ दिनमा हाजिर हुन आउनुहोला, नआएमा सुचिबाट नाम हटाईने छ र न्यापकिनको हतियारले वार गरिने छ) 


२४) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर, महासचिव साहित्य तथा राजनैतीक सुझाव आयोग


(तपाईँ आजको मितीले १० दिनमा हाजिर हुन आउनुहोला, नआए पनि पद् तथा सुचिबाट नाम हटाईने छैन) 


२५) सुश्री/श्रीमती बसन्ती बाला बसन्यात, अध्यक्ष पुराना गित संगित बचाऊ अभियान


(तपाईँ आजको मितीले १० दिनमा हाजिर हुन आउनुहोला, नआएमा पद् तथा सुचिबाट नाम हटाईने छ र गुलाबि रंगको होलि खेलिने छ, होलि कब है? कब है होलि?)


 


चौतारी मन्त्रीपरीषद्

Last edited: 10-Nov-09 10:34 AM

 
Posted on 11-10-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया रिठ्ठेलाई दिपठाकिम् :)


 हे हे जिम्माल बा!!  गुड जब!!


 
Posted on 11-10-09 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! रिट्ठे तथा सम्धीज्यू!


क्यार्नु माष्टरनी नानी यो खोकि ब्यानखेरुन त ठिक हुन्छ तर तेसको सत्तेनाश हुने बेलुईखेर भओ कि ख्वाक्क ख्वाक्क आम्छ!


लहरे क्यार्न मलाई गालि अर्या छौ तेसरी? तो र मुन्तरीको कुरो मइँले एता सुनाको मात्तै हो नि!


 
Posted on 11-10-09 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या जहिले नो रिट्ठे लाई दिएर पठाम्नी त चिया



हेर जिम्बाल तिम्रो खपराँ तबला बजाइन भनेतssssssss


बोल्न त बोल्दिहाले - परेको माइली बुढी ले बेहोर्छ


 
Posted on 11-10-09 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हैन ए कता मुन्टिये सप्पै गाम्ले,गणेशथान गा भनु भने आधा दिन भई सको।
हसुराइ भा हो त सब्को? भोक लाओ म नि हिने पूजा गर्न- पेट्को नि फेरी।
 
Posted on 11-10-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे तिमीलाई वाइल्ड चाइल्ड ले बोलाइरा छ चिच्याउने बाकसमा


 


 
Posted on 11-10-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पुरे लाई वाइल्ड चाइल्ड ले बोलायो भनेको त उता आएर हल्ला गर्न चाँही टाईम हुने


तर चौतारी आएर एक लाइन लेख्न टाईम नहुने


के ताल हो यो - बङरा झार्न नपुगेको


अरु को छ हँ यता

Last edited: 10-Nov-09 01:12 PM

 
Posted on 11-10-09 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो जङली बच्चा ले पुरे लाई किन बोलायो हँ
सबै जना उतै पो छन कि कसो ,
अनी लहर्स ब्रो लन्च भा हो त ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Thank you for the sajha policy
lost $3500 on penny stocks !!!
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Does the 180 day auto extension apply for TPS?
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters