[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Thanksgiving Special ~ * चौतारी-१३५ * ~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 264935 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-26-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.

 
Posted on 12-04-08 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ठुल्दाइ आधा आधा कै भन्नु पर्ला !

तर नारायण गोपाल को बहुत मार्मिक मार्मिक गीत सुन्दै छु म अहिले ! तेइ भएर टास्न मन लागेको हो !

भने पछी ठुल्दाइ लाई पनि थाहा नभको कस्लाई सोधुम त ! ए गाउले हो थाहा छ कसैलाई त्यो माथि को गीत को बारेमा?
चिप्ले लाई नि थाहा हुन सक्छ ! भौते त हराइगो, जिम्माल बा लाई नि थाहा हुन सक्छ ! बौचा? बिस्टे? हर्के?


 
Posted on 12-04-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम रिट्ठे, ठुल्दाइ, र बिष्टे।
बिष्टे, बाउचाले सूर्य मार्फत अथवा बिद्युतीय रुपमा मेरो बङगारा माथि षड्यन्त्र गरे जस्तो लाग्यो। बिर्खेले मलाई दुई बट्टा दिएको भएर उसको पनि हात छ कि जस्तो लाग्यो। दुई चार दिन दुखेको भएर हिंजो डाङ्डरकाँ गाको, बुद्धी बङगारो एउटा उखेल्नु पर्‍यो, त्यो सँगै शुद्धी बुद्धी कति उखेलियो थाहा छैन। दुई दिनसम्म धेरै चिसो पनि नखानु तातो पनि नखानु, सार्हो पनि नटोक्नु भन्या छ। सार्है दु:ख पाइयो गाँठे।

तिमीले पनि म जस्तै माया गरेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर

सुनसान रातसँगै एकान्त भएर हेर
सागरको लहर जस्तै अशान्त भएर हेर
आँशुको थोपा जस्तै भुँइमा खसेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर

पूजाको फूल जस्तै दिन दिन मरेर हेर
ढुङ्गाको मूर्ति जस्तै दोबाटोमा कुरी हेर
छातीमा एउटा घाइते मुटु बोकेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर


 

  

 

 
Posted on 12-04-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह आज नारायण दाई दिवस जस्तो छ, बौचा नि गायप छ।
कती सुन्दर रचनाहरु!!!!!!!!!!!!!

चिप्ले मैले नि छाती मा २ वटा घाइते मुटु बोकेर हिंडेको छु। भिम बिराग (गीतकार) ले १ वटा मात्र। एउटा मुटु अस्पातल पुग्दा नपुग्दै मर्‍यो। अर्को लाई जेनतेन बचाएको छु। त्यसैले जिउदो छु।
 
 


 
Posted on 12-04-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भीम बिरागको अन्तरवार्ता हेर्न पाएको थिएँ २००७ मा नेपाल गएको बेला। हेटौंडाका रहेछन्, महर्जन थरका (पूरा नाम बिर्सिएँ)। राप्ती किनारमा नारायण दाइसँग मद्यपान गर्न खुब जान्थे रे। त्यस्तै बेला एक चोटि नारायण दाइले अनुरोध गरे रे रक्सीको बारे एउटा गीत लेख्न। त्यसै कुराकानीको उपज रहेछ "आज भोलि हरेक साँझ रक्सिन थालेछ।" रोचक थियो त्यो अन्तरवार्ता।   

 
Posted on 12-04-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


काँ मर्या हून् सबै। लौ नारायण दाई दिवस हो क्यारे, अघि भन्या गीत टाइपिहालूँ न।

आज भोलि हरेक साँझ रक्सिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ

मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ
हाँसेर पिएँ नाचेर पिएँ
पिउँदिन पिँउदिन भन्दै पिएँ
आज भोलि जिन्दगानी मात्तिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ

रहरै रहरमा पिएँ बिवश भएर पिएँ
सुखमा पिएँ दु:खमा पिएँ
एकान्तमा कहिलेकहिँ रुँदै पिएँ
आज भोलि जिन्दगानी छोट्टिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ
 


 
Posted on 12-04-08 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो क्या रोमान्टिक भएछ हाम्रो चौतारी आज त !

मौशमले पनि च्यालेन्ज हानेको छ ! यही बेला चट्ट सँग सेकुवा, ब्वाइल मीट सँग चार पाने सुरुप-सुरुप पार्दै दुई हातमा २१ पत्ती सजाउन पाये देखी त ! आहा


 
Posted on 12-04-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


नारायण दाई को कुरा हुंदै रहेछ। चिप्ले, भिमा बिरागको असली नाम धन बहादुर महर्जन हो। नारायण दाई संग संगै बोटल रित्याउंदै गीत सिर्जना गर्थे। निस्वार्थ भावमा बिशुद्ध सिर्जना ।
अनी आज भोली हरेक साँझ गीत मा तेस्रो अन्तरा पनि थियो रे, नारायण दाई ले गीत लामो भयो भनेर कैंची चलाई दिनु भयो रे।

त्यो पनि कमा मार्मिक छैन।

तिमीलाई सम्झिन पिएं,
आफुलाई बिर्सन पिएं ,
आफ्नै आशुलाई रक्सी सम्झी पिएं
आज भोली हरेक साँझ जाँडिन थाले छ।


 
Posted on 12-04-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-04-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति कति आँखाहरु बाटो छेक्न आउछन
परेलीमा बास माग्न कति आँखा धाउछ्न
यति धेरॆ मानिसका यति धेरॆ आँखाहरु
मलाइ भने तिम्रॆ आँखा रोजुं रोजुं लाग्छ हॆ
रोजुं रोजुं लाग्छ हॆ।

उडुं उडुं लाग्छ किन प्वाँख कहिले पलायो?
मन को शान्त तलाउको पानी कस्ले चलायो?
आँफैलाई थाहा छैन, कसलाई थाहा होला,
मलाई भने तिमी सित सोधुं सोधुं लाग्छ है
पोखिएर घाम को झुल्का

 


 
Posted on 12-04-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नसोध कहाँ दुख्छ घाँउ
म जे छु ठिकै छु
बिथोल्न नआउ

 मेरो जिन्दगीमा सधैं यो उदसि
सकेकै छु जिउन कहीले नहाँसी
मेरो चाहन हो तिमी हाँसे पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
तेसैले म भन्छु तिमी , मुस्कुराउ
मलाई नसोध कहाँ दुख्छ घाँउ
 
कतै बिरानीमा हराए भने म
कतै बेहोसिमा कराए भने म
मेरो प्राप्ती त्यही यती ठाने पुग्छ
मेरो घाऊ तिमी नहाँसे पो दुख्छ
आन्ध्यारोमै  छोड दियो , नजलाउ
मलाई नसोध कहाँ दुख्छ घाँउ

 
Posted on 12-04-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि र्याप गाउन मन लाग्यो:)

लोल ठुल्दाइ लोल
लोल लोल लोल
भरै घरआँ खानु पर्ने फेरी तेइ झोल?
लोल ठुल्दाइ लोल
लोल लोल लोल
निन्द्रा लागे सुत नलागे बोल
लोल ठुल्दाइ लोल
लोल लोल लोल
ताली बजाउनी हामी जस्ले हाने नि गोल
लोल ठुल्दाइ लोल
लोल लोल लोल
माने मान नमाने खोल्दिन्छु पोल
लोल ठुल्दाइ लोल
लोल लोल लोल

 
Posted on 12-04-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठे बर्गन्डे, बर्गरै बनाइरा जस्तो छ त माथिको फोटोमा। अघि त सेकुवा, ब्वाइल मीटको कुरा गर्दै थियौ।

झरेको पात झैं भयो उजाड मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी

चुरा फुटे सरि भयो चराहरु उडि गए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्ती झैं भयो प्रवास मेरो जिन्दगी
निभेको दीप झैं भयो उदास मेरो जिन्दगी

 
 

 
Posted on 12-04-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्नेक से एक महान रचनाकारहरुलाई एकै ठाम मा काम दिएका थिए नारायण दाई ले।
हरिभक्त कटुवाल, काली प्रशाद रिजाल, भैरब नाथ रिमाल कदम, गोपाल योन्जन, नगेन्द्र थापा, नीर शाह, क्षेत्रप्रताप अधिकारी, विश्वाम्भर प्याकुरेल। आदी इत्यादी
नगेन्द्र थापा को यो नमूना 

बाँचकै हेर्ने भए फेरी मलाई
हाँसेको हेर्ने भए फेरी मलाई
अब नजरले न घोच मलाई
तिम्रो हेराइमा बल्झिएर दुख्छ ,

बिर्सेंर फेरी मलाई न हेर
यहाँ एक जीवन आसुमा डुब्छ ,
निको भैसकेको पुरानो त्यो घाऊ,
अनायसै फेरी बल्झेर डुख्छ।

 


 
Posted on 12-04-08 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी हाजिरी जवाफ भाग-१

 

पुरस्कार बिजेता लाई पुरस्कार दीईनेछ ! धरो धर्म

१) चुरोट जेठो कि ठुल्दाई जेठो?

२) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस!

३) सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा ख) घाम ताप्नमा

४) भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?

 

Last edited: 04-Dec-08 02:08 PM

 
Posted on 12-04-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए रिट्ठे आज , ठुलदाइ दिवस त होइन नि ?

 अस्ती पो लहरे दिवस थियो, बौचा लाई जिस्काउदै बित्यो। अं साँच्ची बौचा कता गयो आज?


 
Posted on 12-04-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ठुल्दाइ दिवस रे? हो र? अघी भन्या भे त अझ प्रश्न हरु थप्न हुन्थ्यो नि !

हेर बर्गन्डे नाम मैले त बिर्सिसकेको थिए, चिप्ले ले सम्झाइदियो आज फेरी ! ब्यथा बल्झाइदियो आज फेरी !

मेरो नाम बर्गन्डे राख्ने आखिर को हो यो??? अगाडि आउनु पर्‍यो ! नत्र.....


 
Posted on 12-04-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई थाहा छ रिट्ठे, मलाई थाहा छ। पोल नखोलुं क्या रे, लोल।

 
Posted on 12-04-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम त मैला संघ कै हो ठुल्दाइ ! तर एक्ज्याक्ट्ली को हो त्यो चाँही बिर्सेंछु मैले ! हाम्रो नि पालो आउछ नाम राख्नी, मखुला?
 
Posted on 12-04-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


) चुरोट जेठो कि ठुल्दाई जेठो? ठुल्दाइ जेठो नि। चुरोट त उत्पादन भएको केही हप्ता वा महिना भित्रै उपभोग भाईसक्छ।  

 

२) म:म खाएको र पकाएको अनुभवलाई नियालेर भन्नुहोस, यो सबै अनुभव प्राप्त गर्न कतिवटा भैँसिको प्राण आहुती भयो? त्यसबाट छोयला कचिलाको अनुभवमा परेका भैँसिहरु घटाउनुहोस! असंख्य  

३) सरकारी कामको अनुभवले ठुल्दाईलाई यि दुई मध्ये कुनमा बढि आनन्द दियो? क) चिया खानमा ख) घाम ताप्नमा

घाम तापेर चियाको चुस्कीसँगै चिलिमको आनन्द लिन।  

 

४) भोकाएको बेला आफ्नो अगाडि एक प्लेट म:म, एक खिल्लि चुरोट, टीविमा वन डे म्याच, र रेडियोमा नेपालको राजनैतीक परीवर्तनको ब्रेकिङ न्यूज आएरहेको छ, र ठूल्दाई यि सबै चिज मध्ये कुनै एक चिज गर्न सक्छन, भन्नुहोस ठुल्दाई के गर्नुहुन्छ?

"कस्तो धर्मसंकटमा पारेको यो रिट्ठेले" भन्दै फत्फताउँदै चुरोटको खिल्ली लिएर बाहिर जानु हुन्थ्यो। के के सोच्नुहुन्थ्यो, अनि तानिसकेर खुट्टाले कुल्चिएर निभाँउदै "चाहेका सबै कुरा अघिल्तिरै भएर पनि लिन नपाईने, थुइक्क जिन्दगी" भन्दै भित्र फर्किनुहुन्थ्यो।  



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters