[Show all top banners]

h1b
Replies to this thread:

More by h1b
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कम्युनिस्टका गुणहरु

[Please view other pages to see the rest of the postings. Total posts: 77]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 18214 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 02-02-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कम्युनिस्टका गुणहरु
१) रास्ट्रीयताका ठूला ठूला कुरा गर्ने अनि अन्तराष्ट्रीयतामा बिस्वास गर्ने।
२) मेरो गोरुको बार्है टक्का भन्ने,अरुको कुरा नसुन्ने।बिरोधिको सफाया गर्ने।
३) समस्या देखाउने,समाधान थाहा नहुने।
४) अधिनायकबादि चरित्र।
५) अरुको डाह गर्ने,आफु मोज गर्ने
६) बोलिका ठेगान नभएका,
७) गरिबलाइ धनि बनाएर होइन कि धनिलाइ गरिब बनाएर समान् समाज हुन्छ भनेर सोच्ने।एउटा नाङ्गो छ भने उस्लाइ लुगा किन्ने वातावरण बनाउने होइन कि सबैलाइ नाङ्गो बनाउने

इनक गुणको चर्चा शेषनागले त गर्न सकेन भने म के सकुला।ल साथिहरुपनि थप्दै जानुस त।।
 
Posted on 02-19-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोकतन्त्र जिन्दाबाद भन्दै अर्को बहुरुपी प्रतिगामीको प्रबेश भयो।
 
Posted on 02-19-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब देशमा लोकतंत्र आँउछ, कमल थापा, रबिन्द्रनाथ शर्मा, सुर्य बहादुर् थापाहरु जस्ताले नै बढी लोकतन्त्रको कुरा गर्छन्। होइन तिमी मन्डले होइनौ, आन्दोलनका सहयात्री कांग्रेस हो भने तिमिले जरुर मर्यादीत भाषामा कुरा गर्ने थियौ।
 
Posted on 02-19-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म कुन जातिको हु तिमीलाइ के मतलब? हो तिमी जस्तै अरुको आलोचना थाम्न नसक्ने तर आँफैलाइ पन्दित मान्ने कपति तर कम्न्युस्त को रुप लिएका मन्दले हरुले गर्दाले नै आज नेपालको यो हालत भएको हो तिमी स्विकार्छौ ? ? ? तिमीले भन्दा बढी मिठो गाफ गर्न आउछ हामीलाइ । हामी बिचारलाई प्रजातन्त्र मन्ने नेपाली हौ भने तिमी अमेरिकाको राजदूत पार्टी अफिश जा दा झन्डा तेबल मुनी लुकाउने खस्तो ओधेका नक्कली हौ ? कृपया बिचारलाइ सर्बोपारी मन र एदी राजनीतिमा क ख रा आउँदैन भने कमल थापा जस्ता तिम्रा सहयात्राि हिताइशी साला मन्दले को नाम नलिग अब्, म सँग सिक । हिम्म्त छ ? दरबारको आग्रहमा पि एम को लागि आबेदन दिन जाने भिकारीहरु ! बरु चन्दा मागेर खौ न माओवादीले जस्तै, नभ ए तुक्रा तुक्र्‍आ भएर तुक्रीउ मालेमा र तिम्रो भाइ माले जस्तै, होइन भनी हिम्म्ता गर माओवादी र कङ्रेस सँग चुनाव लद न । । ।
 
Posted on 02-19-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is not that simple as u have put the distinction there.
Why can't anyone be a citizen first? Why should one either be cangress or communist or so forth?
In Nepal there r more of party cadres than indepentent people in other words less of people and more of party workers so the situation is worsening.
Let's try to be A nepali first. Think about Nepal not about party politics.

May that time come to Nepal soon when People start thinking about their country and their community first and then decide on political influences in development. Politics is indeed the root for development but first ur eyes and mind should be open.
 
Posted on 02-19-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले न बुझेको कुरा कसैले प्रष्ट्याइ दिनु हुन्छ कि विद्वान महाशयहरु?
१-कम्युनिष्ट सिद्धान्त मा भएका कमि कम्जोरिहरु लाई कसैले कोट्याइ दिंद कोही किन कांग्रेस र राप्रपा हुन्छ? मैले न बुझेको कुरो ।

२- कम्युनिष्ट् पार्टिमा त्यस्ता गद्दार् ( बामपन्थि भाषामा)हरु छन् भन्दा कांग्रेसमा त्यो भन्दा बढि छन् भनेर प्रतिरक्षा गर्नु को के अर्थ छ? तं चोर् होस् भन्दा होइन भन्नु भन्दा म भन्दा त्यो बाढि चोर् अझ डाका भन्नु, चोर् हुनु को स्वीकारोक्ति होइन र?

३-बामपन्थी बिचारधारा मा कहीं पनि खोट छैन भन्ने कुरा त पक्कै होइन होला । कहीं कतै कम्जोरी छ भने स्वीकार गर्न कुन चाँही के ले रोकेको होला । ए माले पार्टी आँफैले देउबा संग प्रतिगमण आधा सच्चिएको गठ्बन्धन गलत थ्यो भनेर आत्माअलोचन गरी सके पछि पनि किन यहाँ त्यस्को प्रतिरक्षा गर्दै छन बाबुजी हरु( बाम बुद्धी जीवी)?
 
Posted on 02-19-07 5:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुला प्रतिगामि भन्छौ ? तिमी तिम्रो ठेगाना देउ अनि त्य नजिकको खुला चौर रोज अनि बह्स गरौला । मैले एकदम सछै भनेको तिमी जस्तो होइन मुला म रक्सी खाए कम्नुइस्त रुसक्ओ नखाए चाइनाको । जय नेपाल !!!
 
Posted on 02-19-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइको जस्तो बिचार लिएर आउन बह्स गर्न, शब्द छैन भने सापट माग म सँग तर लाजले फेरी नछोपा जनताले लज्जाइ सक्एका तिम्रा ति चोर बादी बिचाररुपी छोरीएका सिध्हान्त हरु । कसैलाइ शत्रु न सम्झ आखिर सबै नेपाली नै हुन । कृपया शान्त हौ अनि चढिदेउ नयाँ बुइमा अनि नयाँ खुद्किलोमा, एमाले को नाम मात्र रतेर तिम्रो गुजार चल्दैन पहिला आफुलाइ हेर परिवार प्रतिको जिम्मेवार बह न गरा अन छिमेक बनाउ अनु राजनीति जस्ता फोहोरी खेल सम्झा । कता बर्ष भएउ तिमी ओन्स् अ ह्याइल ? ? ? म त २६ भए तर मैले २६ बर्ष भयो राजनीति गरेको अहिले सात समुन्द्र पारी बसेर काम नवएर तिमी सँग बाझ्नु परेको छ । आखिर के फाईदा छ तिमी मुला सँग बझेर त्यसैले कृपया शान्त होउ अन बह्स गरा है त अनि तिमीले मलाई मन्दले कङ्रेस जे पनि भन्न सक्छु तर सोचेर बोला अनि नयाँ जनता होउ नेपाली भएर नेपाल सम्झेर अनि परिवार भाकेर, मुला कुरा त कस्ला आउँदैन र यार । शायद तिमीलाइ यो भन्दा बढी के भनुम अझै पनि रिसा उथ्छ म सँग भने अरु लेख म उत्तर दिन तयार छु, किनकी म सँग दुःè बोकेको नेपाली हु भने तिमी खोक्रो बिचार बोकेको राजनैतीक पार्टी को कार्यकर्ता ।
 
Posted on 02-19-07 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाई, यो धागो कम्युनिस्टहरुको सही र गलत् पक्षको बिश्लेशणगर्ने उद्धेश्यले शुरु गरिएको हो र? यहा त एकतमास गाली मात्र गरियको छ। जरुर कम्युनिज्ममा गल्तीहरु छन। नेपालमा कम्युनिस्टहरुनै हुन जो गल्ती स्वीकार् गर्छन्, आत्मालोचना गर्छन। तर गल्ती वा नराम्रा पक्षहरुको मात्र फेहरिस्त प्रस्तुत गरेर कमुनिस्टको बदनाम् गरिएको छ, मानौ कम्युनिस्ट बाहेक् अरु सबै दूधले पखालिएका छन्। मैले नराम्रा मान्छेको कुनै पार्टीमा कमि छैन भनेको छु। मैले कम्युनिस्टमा भंदा कांग्रेसमा भगौडाहरु बढी छन् भनेर कहां भने?
 
Posted on 02-19-07 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

vivasg1 बहस गर्नु छ भने पहिले सभ्य भाषाको प्रयोग गर। तिमी संग मैले शब्दहरु सापट लिन पर्ने? तिमी संग मुला, साला, बाहेक राम्रा अरु केही छन् भने ल सापट् देऊ। उमेर् सोध्छौ? असान्दर्भिक। ३५ भंए, अब के भन्छौ? ठेगाना सोध्छौ? म मिन्नेसोटाको minneapolis मा बस्छु। बिचारको बहसमा यो सबै कुराको के मतलब? आफू कुन् पार्टीको हुं भन्न चांहि हिम्मत् नगर्नेले किन अरु पार्टीलाइ गाली गर्छौ? ल माने, तिमी कुनै पार्टिसंग सम्बद्ध छैनौ रे? तिमिलाइ मन् पर्ने पार्टी त होला नि?
 
Posted on 02-19-07 6:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This answer is for Namaskar.

Certainly, you can be citizen first. Not necessarily one should be NC Or Communist or so forth but I don’t believe those who are spitting venom against communists of Nepal in this thread are ‘neutral’ citizens. The charges are biased and the language they are speaking and the evidences that they have put forth are purely political and only party supporters or activists can do so and naturally I would like to know who the group they belong to?
They are saying that they are neutral democratic but they have such an anti-communist opinions which are political opinions and as I am supporter of the communist party of Nepal, it becomes my responsibility to defend the ideology I believe in. Those 33% of the people of Nepal who voted for communists are not stupid. Certainly communist ideology is failing in the world, but in Nepal’s contexts, communists are the most popular and the most democratic than any other parties.
 
Posted on 02-19-07 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै नेता भनाउँदाहरुले आफ्नो कर्तब्य जिम्मेवारि पुर्बक पालना गर्ने हो भने कुनै पनि प्रकार को पार्टी सँरचना अर्को पार्टी भन्दा राम्रो अथवा नराम्रो हुँदैन । जब नेता भनाउँदा हरुनै चोर र डाँका हरु मात्रै छन् भने जस्तो सुकै राम्रो नियम भएको पार्टी पनि नराम्रो नै देखिन्छ ।

रिट्ठे जासुस
 
Posted on 02-19-07 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok once in a while
just explain be the culture of Nepal Bandh introduced and made popular my your UML? i am sure you are loving it.There were other means but why Nepal Bandh.What kind of economic impact that normal citizen has to go thru it.I will be asking you many questions.Give me satifactory explaination new communist!
 
Posted on 02-19-07 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले न बुझेको धेरै कुरामा थोरै मात्र जवाफ पाएं । स्वतन्त्रता को अर्थ नै सबै ले आफुले मनले खाएको बिचार बोक्नु पाउनु पर्छ । त्यो बामपन्थी बिचार पनि हुन सक्छ, हामपन्थी ।
(once awhile) मित्र को भाषामा खुलेर भन्नु पर्दा म प्रजातान्तृक् बिचार् बोकेको मान्छे हुं, पेशागत् होइन। अर्थात् म कांग्रेस नजीक् को बिचार् सित् सहमत् छु। स्वस्थ आलोचना सहने शहनशीलता हुनु पर्दछ। राजनैतिक् निकायमा ५ बर्ष काम् गरेको छु त्यसैले सिद्धान्त भन्दा नि ब्यबहार् को कुरा जान्दछु।
बाम्पन्थि हुदैमा गैर् बाम्पन्थि हरु को नामो निशान मेटाउनु पर्छ भन्ने जोशिलो मुठ्ठि हुंदो रहेछ, नव कम्युनिष्ट् हरु मा। कुनै बेला मेरै बिरुद्ध अख्तियार् मा उजुर् हाले, एक् जना बाम् मित्र ले। मैले चुप् चाप्
सहें । खाएको बिष पो लाग्छ, न खाएको के लाग्थ्यो । त्यही नेता महोदयले बाटो नै न भएको ठाम मा बाटो मा ढुंगा बिछ्याउनु भए छ र त्यो जांच गर्ने अधिकारि भएको ले छड्के जांच गर्दा पर्नु भयो र मैले उहां कओ अगाडी त्यो बिल अनि काटिसकेको चेक समेत च्यातिदिएं र अब उप्रान्त यसो नगर्न सल्लाह दिएं ।
मेरो भन्नु को तात्पर्य, क्रान्तिका कुरा चर्को स्वर ले अलाप्दैमा क्रान्तिकारी ठहरिंदैन । मान्छेबाट भूल हुन सक्छ, तर क्रान्तिकारी हुं भन्दैमा अरु लाइ निचा देखाउन दुई तीन् छलाङ लगाउन हुँदैन ।
बाम बिचार संग बिल्कुल असहमत भए नि, बामपन्थीलाई सत्तो सराप्ने हरुमा म पर्दिन । तर मलाई सत्तो सराप्ने को कमि चाँही हुँदैन त्यो मलाई थाहा छ ।
धेरै बिचार हरु पढें, मार्क्स् बाद लेनिन बाद का । बडा राम्र र आदर्शका कुरा हरु छन्, मनै छुने । व्यबहार मा सुन्या छन ।
 
Posted on 02-19-07 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार साथीहरु! म कुनै पार्टी बिशेषग्य त होइन तर पनि आफ्नो देशको राजनीतिमा धेर थोर चाख लिने मान्छे भने अवश्य पनि हुँ । मलाइ यो पनि थाहा छैन यहाँहरुजस्ता बिद्वान् अनि बिश्लेषकहरुको बिचमा मैले बोल्नु उचित् छ या छैन तर पनि कतिपय यहाँ छछल्किरहेका बिचारहरु येसै हचुवा पारामा बोलिएका छन् भन्दा अतिउक्ति नहोला।कुन पार्टी राम्रो र नराम्रो भनेर म छुट्याउन चाहन्नँ र सयद् देशको यो परिस्थितिमा म सक्दिनँ पनि होला तर सहि र गलत भने अवस्य पनि केलाउने कोशिस गर्छु ।जहाँसम्म मलाई लाग्छ नेपालको राजनीति सबिशृत् हृदयङ्गम् हेर्ने हो भने म मओबादीलाई कम्युनिस्टनै मान्दिनँ ।तिनिहरु त बाघको छाला ओढेर आएका ब्वाँसोहरु हुन,नेपाली सोझा साझा जनताको संवेदन्शीलताम खेलवाड गरेर केहीको मन जित्न सफल पनि भए ।तर यिनिहरु अरुकै कटपुत्ली हुन ।यिनिहरुको आफ्नो सोचाई छैन ।हाम्रो देश एक यस्तो अभागी देश हो जुन पिँजरामा छ ।एक पिँजराबाट उम्कियो भने फुत्त खसेर अर्को ठुलो पिँजरामा पर्छ । जो यो खेल खेलिरहेको छ उसलाइ राम्ररी थाहा छ कि गाउँघरका निमुखा नेपाली जनताको मनमा समानताको र बराबरिको गफ हाँकेपछि उनिहरुको मन् जित्न सकिन्छ भनेर।येहि नेपालिको सोझोपनलाइ हतियार बनाएर जन्मेको पार्टि हो माओबादि। नेपालीहरु जतिसुकै आफु आफुमा झगडा गरेपनि केवल् एक् जनालाइ फाइदा हुन्छ-त्यो हो बाहिरि शक्ति। हामी यहाँ लड्दैछौँ हजारौँ नारा लिएर उत थपडी बजेको आवाज सुनिन्छ।त्यो शक्तिले नेपाल्को चाहे कम्युनिष्ट होस् वा काङ्रेश्, राजा होस् या राप्रपा, मधेसि होस् या पहाडे जसलाइ पनि आवश्यकता परेमा प्रयोग् गर्न सक्छ र नचाहिएमा पछार्न सक्छ।यो हो नेपालको राजनिति।कुनै पनि नेता पवित्र छैन जुनसुकै पार्टिको होस्।आफुलाइ प्रयोग गरेको नबुझि शन्करको हात थाप्लोम परेको ठानेर आफु चढेको बेलामा अर्कोलाइ पछार्न मात्रै खोज्छन्। यती नै हो नेपालको राजनीति ।सबैलाइ थाहा भएकै कुरा हो।र यो रहिनै रहन्छ जबसम्म सबैले यो बुझ्दैनन कि "भाइ फुटे गवाँर लुटे" ।नेपालको राजनिति, राजनिति होइन कुस्ति हो, जो माथि चढ्छ तेहि बिजेता।र अचम्म यो छ कि खेल्कुद झैँ विजेता पुरस्कार लिन अरुकहाँ नै धाउने गर्छन्।जस्ले जितोस् हार्ने हामी नेपाली जनता नै हो, नेपाल आमा नै हो!

अस्तु:
 
Posted on 02-19-07 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१६ आना सही, highvoltage महाशय । सहमत छु शत् प्रतिशत ।
 
Posted on 02-19-07 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी नडरउ दाजु, धन्यवाद उमेर ले दाजु रहेछौ तर विचारमा कछ, म काङ्रेस सँग सम्बन्धित मान्छे हु तर तिमी जस्त बिचार नाशअहने र दोहोरी खेलेर हार्न आएको मान्छे चाँही होइन कृपया । मलाई कम्जोर नाशअ्झनु । म बिचार सँग कहिलय हार मान्दिन । म पनि १६ बर्ष राजनीति गरेको मान्छे हु राजधनैम्मा ।त्यसइले कृपया खुला रुपमा बह्स गरौला ।
 
Posted on 02-19-07 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी सँग मैले लिनु केही छैन । म काङ्रेस सँग सब्मन्धित मान्छे हु । तिमी चन्द ले बचेँका मान्छे होउला तर म बि पि को चेला हु र तिमीले चुथ्थो श्राप दिदैमा दग्मगाउने मान्छे चाँही पक्कै होइन र तिम्रो उमेर र ठेगानाको लाग धन्यवाद र कृपया बह्स को लागि मिती जुराउ तिम्रो बिचार पगालेर गैर कम्न्युइस्त बनाउन सक्इन भने के ? तर तिमी ३५ र म २६ भएर कान्छो भए भन्दैमा माधव नेपाल ल कोमरेड लाल सलाम भन्नै पर्छ भन्ने खाल्को मान्छे म होइन । विचारमा तिमी म भन्दा १० बर्ष कान्छा छौ तिम्रो जाभाफ दिने तरिकाले नै बताउछ, काएर बिचरा । अरु लेख म फेरी आउछु, जय नेपाल ।
 
Posted on 02-19-07 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उमेर २६ बर्ष तर राजनीति गरेको नै १६ बर्ष, भने पछि १० बर्ष देखि नै राजनीति शुरु गरेछौ। सायद् कांग्रेसी बिचार् तिमीले विरासतमा नै पाएछौ। राजनैतिक बहस गर्दा उमेर र ठेगाना सोध्ने काम त पहिला तिमीले नै थालेका हौ। यो कांग्रेसी तरिका पनि हो, बैचारिक् रुपमा परास्त भए पछि ब्यक्तिगत् प्रहार् गर्ने। सायद् म तिमी भन्दा कान्छो भएको भए भन्ने थियौ, तिम्रो उमेर् जति त मैले राजनीति नै गरेको छु। तिम्रो भन्दा मेरो उमेर बढी भए पछि भनि हाल्यौ, उमेरमा मात्र जेठो, बिचारमा कान्छो। म यी सबै कुरा बुझ्छु। जेहोस यसपटक मुला भन्ने शद प्रयोग् गरेनौ, खुशी लाग्यो।मैले मेरो उमेर ३५ बताएको तिम्रो सलाम् खान होइन, मैले पहिले नै भने, उमेर सोध्नु असान्दर्भिक् भनेर।
 
Posted on 02-19-07 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको राजनीतिमा कांग्रेस र कम्युनिस्टहरु प्रतिद्वन्दीहरु नै हुन (म दुश्मन् भन्दिन)। एक् अर्काको बिचारसंग असहमत् हुनु अश्वभाविक होइन। कांग्रेसले कम्युनिष्ट मन पराउने र कम्युनिस्टले कांग्रेस् मन पराउने त कसरी संम्भव् छ र? तर पनि एक् अर्काले गरेको सहि कार्यलाई स्वीकार गर्ने, समर्थन् गर्ने हिम्मत र संस्कारको कमी छ हामी संग। नेपालमा नेपाली कांग्रेसले कम्युनिष्टको महत्व कहिले बुझेन। बिपी ले बरु राजा र मेरो घाँटी जोडीएको छ भने। कम्युनिष्टको हुईंया देखाएर राजालाई आफ्नो पक्षमा राखी सताको मह चाटी राख्ने कांग्रेसी तरिका बिपीको पालदेखि नै हो। १७ सालमा अघिल्लो दिन बिपीले राजासंग डिनर खाएर आए तर भोली पल्ट कू भयो।त्यसपछि पनि कांग्रेसको चेत आएन। यिनीहरुले राजालाइ भन्दा कम्युनिष्टहरुलाई नै शत्रु देखे। राजाको दयाको राह हेरि रहे। याँहासम्म कि, एउटै चुनाव् चिन्ह पाए र कुनै पनि पन्चायती वर्गिय संगठनको सदस्य बन्न नपरे ( जुन् कुरो चुनवमा उम्मेदवार् हुन अनिवार्य थियो), कांग्रेस पन्चायती संबिधान स्वीकार् गर्न तयार थियो। यो त राजा बीरेन्द्रको मुर्खता थियो कि उनले यति कुरा पनि मानेनन्। त्यसपछि भने बल्ल यिनिहरुलाई सोच् आयो कि, भएन, कम्युनिष्टहरुको साथ लिएर आन्दोलन नगरिकन हुन्न। त्यो पनि गणेशमानको करबलले। होइन भने केपी र जीपी त कम्युनिष्टलाई अछुत नै ठान्दथे।फलस्वरुप २०४६ सालको आन्दोलन भयो,सफल् भयो। तर संबिधान् बनाउने बेलामा राजाको अधिकार् कटौती गर्ने प्रस्ताव आउदा कांग्रेसी प्रतिनीधी राजाका प्रतिनिधीसंग लपक्क भएकाले राजाको अधिकार् भनेजस्तो कतौटी गर्न सकिएन। चुनाव भयो। कांग्रेसले बहुमत ल्यायो। गिरिजा बाबू प्रम बन्नु भयो र सर्बसत्ताबादी तरिकाबाट शासन् गर्न थाल्नु भयो। प्रतिपक्षका शसक्त एमालेले बिरोध नगर्ने त कुरै भएन। गिरिजाबाबुको सर्बसत्ताबादी प्रबृतीको बिरुद्धमा कांग्रेस भित्रै छत्तिसे समुह जन्म्यो। आफ्नै पार्टिका सांसदहरुका कारण गिरिजाको सरकारको निति तथा कार्यक्रम् संसदमा फेल भएपछि, नैतिकता देखाएर राजीनामा गर्नुको साटो संसद बिघटन् गरेर गिरिजा बाबुले देशलाई एउटा दिर्घकालिन् अनिश्चयता तिर धकेल्नु भयो। मध्याबदी चुनाव भयो। कसैको बहुमत आएन। सबै भन्दा ठूलो दलको हैसियतले एमाले ले सरकार बनाउने मौका पायो। कांग्रेसलाई यो स्वीकार् गर्न गारो होला तर एमालेको त्यो ९ महिने साशन कालनै नेपालको इतिहासमा सबै भन्दा उत्तम् साशन् थियो। एमालेका शासन जस्तो सुकै भएपनि कांग्रेसलाई पच्ने कुरै थिएन, पुर्व पन्चहरुको पार्टि राप्रपाको समर्थन लिएर एमालेको सरकार् ढलाइयो। त्यस्पछि शुरु भयो सरकार् बन्ने र ढल्ने क्रम्,सांसदको खरीद बिक्री तथ अन्य बिकृतीहरु।।।यो अस्थिरताको शुरुवात गर्ने को हो?

छोडिदिउं एमालेको सरकार ढालेको कुरो। कांग्रेसभित्रकै कुर गरुं। केपी भट्टराईलाई समेत् प्रम हुन खान दिइएन। राजीनाम दिन बध्य पारियो।आफ्नै पार्टिको सांसद् अनुपस्थित गराएर देउबालाको सरकार गिराएर गिरिजा प्रम बने। सेनाले होलेरीमा माओबदीसंग हात् मिलाएपछि गिरिजा राजीनामा दिन बाध्य भए, फेरि उदय भयो देउबाको र फेरि तिनै देउबालाई गिराउन गिरिजाले कुनै कसर् छोडेनन्। यी गिरिजा र देउबाहरुको आन्तरिक लुच्छाचुंडीले गर्दा राजाको पक्षमा अंक थपिदै गयो र राजीनाम दिन बध्य पारियो।आफ्नै पार्टिको सांसद् अनुपस्थित गराएर देउबालाको सरकार गिराएर गिरिजा प्रम बने। सेनाले होलेरीमा माओबदीसंग हात् मिलाएपछि गिरिजा राजीनामा दिन बाध्य भए, फेरि उदय भयो देउबाको र फेरि तिनै देउबालाई गिराउन गिरिजाले कुनै कसर् छोडेनन्। यी गिरिजा र देउबाहरुको आन्तरिक लुच्छाचुंडीले गर्दा राजाको पक्षमा अंक थपिदै गयो र र राजाले शासन हातमा लिए। यो पृष्थभुमी तयार पारिदिने यिनै कांग्रेसी गुरुचेला हरु होइनन्?
 
Posted on 02-19-07 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मित्र once a while जी, सुत्न लागेको थिएं, तपाईं को अर्ध सत्य लेख पढेर सुत्ने काम लाई एक छिन भनेको छु ।
"बिपी ले बरु राजा र मेरो घाँटी जोडीएको छ भने। कम्युनिष्टको हुईंया देखाएर राजालाई आफ्नो पक्षमा राखी सताको मह चाटी राख्ने कांग्रेसी तरिका बिपीको पालदेखि नै हो।" बी पी को बारेमा बोल्दा लेख्दा अध्ययन गरेर लेख्नु बोल्नु बेश हुन्छ। राजा संग मेरो घाटि जोडिएको छ- यो कुन् सन्दर्भ मा भनिएको बाक्यांश हो एक पटक् अध्ययन गर्नु होला। कुनै युनियन् चुनाव वा अनपढ हरु को भेला मा भाषण् गरेको जस्तो शब्दाबली तपाइको मुख बाट् सुहाउंदैन। पञ्चायत को आउट्पोस्ट कब्जा गर्ने भन्ने पार्टिको निर्णय शायद गलत थ्यो होला तर त्यसलाई तपाईंले भने जस्तो सत्ता मोह र पञ्चायत मा प्रबेश जस्तो थिएन । सतह मा कुरा गर्नु भएन ।
१७ साल मा कू भएको दिन दिपावली गर्ने को थिए ? आफु हारेको पीडा अरुको दु:ख मा रमेर भुल्ने परम्परा कहाँंबाट आयो ?
१०४७ साल को निर्वाचन मा भाग लिए पछि जित्नै पर्ने मनसिकता बोकेका पार्टिले हार स्वीकार गर्न सक्एन, मान्ने कि न मान्ने । गिरिजा को सरकार बनेको ३५ दिन नबित्दै सरकार ढाल्ने खुल्ला एलान कसले गर्‍यो । शिशु प्रजातन्त्र जोगाउन सबल प्रतिपक्ष चाँहीन्थ्यो, तर प्रतिपक्ष होइन, सरकार ढाल्ने प्रतिगामि कार्य गर्‍यो कि गरेन । आफ्नो भूल स्वीकार गर्न नसक्नु नै सुन्दर बाम बिचार का कुरुप स्वरुप हुन ।
नेपाली कांग्रेस मात्र दुध्ले धोएको पार्टी होइन । अझ म त त्यसलाई सार्वजनिक पाटी भन्छु ।
गल्ती भएका छन । ४६ साल मा संगै प्रजातन्त्रको लागि लडेका पार्टी बीच कम से कम स्वस्थ प्रतिस्पर्धा हुनु पर्थ्यो, भएन। दोष् दुबै पार्टिको नेतृत्व लाई दिनु पर्छ। पार्टि भित्र को आन्तरिक खिचातानी अर्को कमजोरि रह्यो। ए माले को ९ महिने शासन् काल लाई अहिले सम्म को सबै भन्दा राम्रो काल् मान्नु हुन्छ, बामपन्थि चस्मा लगाएर हेरे मात्र। बाम् देब् को प्रशाशन् हामी सरकारि नोकरि गर्न् ले मज्ज संग हेर्यौ। खमेरुज् को शासन् को झलक् देख्यौं। एअरपोर्ट् ठेक्का म चलाएको पनि देख्यौं। नियम कानून् को लज्जाजनक् खिल्लि उडाएको देख्यौं। जनता भुलाउनको लागि सस्तो तर उपलब्धीहीन् कार्यक्रम् पनि देख्येउं।
त्यसैले मित्र अलि बिचार् गरेर लेख्ने गर्नुस्। मलाई कम्युनिष्ट् लाई गाली गरेर आनन्द आउंदैन। जन आन्दोलन् भाग् १ र भाग् २ का सहयात्री हरु हौं।
जन आन्दोलन् भरि संगै हिंडेका मित्रहरु बिच् पानी बाराबार् भएको हेर्न सुन्न हुन्न भन्ने मान्यता छ। दुबै ले गल्ती गरेका छन्, दुबै का कमी कम्जोरि हरु छन्। एक् ले अर्को लाई गाली गरेर कोहि ठुलो हुनेवाला छैन।

ज्ञाने ले फेरि यहि मौका मा चौका हान्ने दुस्प्रयास गरि सके। ज्ञानेको हुन्डि खाएर हाम्रा मधिशे भैयाहरु नराम्रो संग नीद् हराम् हुने गरि भुकि रहेको बेला, हामी बिच कुकुर् बिरालो झै न्यार्न्यार् नुर् नुर् गरि रहनु समय सापेक्षा होला त। अस्तु!।
 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters