gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 177585 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 02-01-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, प्रभातकालीन अभिबादन ।भट्टे ले बिहे गरे रे,न चाँहींदो कुरो, घरमा एउती हुंदा हुँदै दुईटी ल्याएको? हाम्रो देश को मुलुकी एन मर्यो? जे होस् गरेकाइ भए त क गर्न सक्छु र, छिमिके को नाताले उजुर हाल्न मिलेन, बरु छिट्टो भोज खुवाउ । बधाई छ ।
 
Posted on 02-01-07 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात्रीकालीन जदौ!
 
Posted on 02-01-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीवाकालीन जाडो! आइ मीन जुडो! सरी जदौ!!!

भट्टे जीलाई बधाइ छ शुभ विवाहको लागि! भोज खुवाउन परो अब।

ग्वाँचे, मिस्टे, यामे, ठूली, हरी, नमे, गाले, सान्नानी र अरू पछि आउने गाम्लेहरूलाइ नि नमस्ते मेरो!
 
Posted on 02-01-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्योत्स्ना रानी कोनिचीवा!

तसो भ्या भट्ट जी, तमले लई ब्या गरिहाल्या ! लौ मेरोतर्फ बठेइ लइ बधाई छ!

प्रभातकालिन दुई हाते जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 02-01-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, भर्खर लेखिसकें केरे।
भक्तजनहरु! फुलपाती लिएर बस्नुहोस्। प्रसाद पनि तयार गर्नुहोस्, मलाई भोक लागेको छ।

चौतारी स्वस्थानी व्रतकथा - २८
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि! तहाँ उप्रान्त अँध्यारो भएकोले शिवरुपी मानव र बाघरुपी मानवले के गरे भन्ने कुरा मैले देख्न सम्भव भएन। त्यसैले अडियो भर्सन सुनाउँछु, एकचित्त भई सुन।
"उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्! फुऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊ!!"
"क्या हो ब्रो! खुब डरायौ जस्तो छ नि!"
"धत्तेरी! मेरो त होस हवासै उँडेको। यो मध्य रातमा बाघले आएर मुख सुँघ्न लागेपछि डर लाग्दैन त?"
"हाहाहा, छोड यो कुरा। बरु यसो गाँजा साँजा छ भने निकाल।"
"त्यति धेरै त छैन, दुई-चार चिलिम होला। ज्याकेटको खल्तीमा राख्या थिएँ। ल सल्काऊ"
"बल्ल जाडो कटाउन सकिने भो।"
"म यहाँ आएको कसरी थाहा पायौ त नि?"
"दिउँसो कोठाबाट हेर्दा देख्या थिएँ। चल्न पाइने त हैन। म पनि दिनभरि नचिकन बाघको मूर्ति जस्तै बनेर बस्नुपर्छ।"
"ए! अरु पनि छन् कि हामै जसरी नै बस्ने?"
"खै देखिन अरुलाई त! फुउउउउउउउउउ!! बल्ल ट्रिप दिन लाग्यो। तिमी पनि तान यार।"
"तान्दै गर। म यसो ज्याकेट लाउँछु। तिमीलाई त बाघको छालाले नै ज्याकेट भन्दा न्यानो होला। आनन्दै र'च। आफू त बाघको छालाको कट्टु शिबाय केही लगाउन पाइँदैन। त्यही पनि बाघको रौंले ज्यान चिलाएर बस्नै भा'छैन।"
"हेहे हेहे हेहे त्यस्तै हो। एक दुई दिन पछि बानी लाग्छ। मलाई त झन पुरै ज्यान चिलाएर कस्तो! हेहे हेहे, ल सोम तिमी पनि तान।"
"लौ, तिमीलाई त लागिसकेच।"
"लाग्दैन त? बल्ल बल्ल तान्न पाइया छ। तिमीलाई नि लाग्च एक छिनमा।"
"हेहे। कामै पो के छ र? आज रातभर बिताउन पर्च।"
"हाहा हाहा हाहाहाहाहा" (खित् खित् खित्)
"हाहाहाहाहाहाहाहा"
"अनि सोमको बिहे भा'छ कि छैन नि?"
"छैन सोम, तर यहाँबाट कमा'र फर्केसि बिहा गर्ने हो।"
"होहोहोहो सोम, मेरो पनि त्यही बिचार छ।"
"हाहाहा हाम्रो कथा मिल्ने र'च।"
"भविष्यको प्लान पनि मिल्ने र'च।"
"हाहाहाहाहा"
"हिहिहिहिहिहि"
"छप्की छ कि छैन नि? ठिक पारेर राख्या होलाऊ नि!"
"हेहेहे अब खोज्नी हो।"
"हाहहाहा, अनि दुई चार वर्षपछि त घरभरि भन्ट्याङ् भुन्टुङ् होलान् नि त।"
"हैन सोम्, मलाई त एउटा छोरी भए पुग्छ।"
"हो र? किन छोरी? हाम्रो बिंडो थाम्न त छोरै पो चाहिन्छ।"
"हाहाहहहा सोम, त्यो त हो। तर म साह्रै नै कमलो मनको मान्छे परें के! त्यै भएर मेरो बिंडो छोरीले मात्रै थाम्न सक्छिन्।"
"लौ, तिम्रो ईच्छा पुरा भइजाओस् सोम। मलाई चैं छोरो पाउन मन छ।"
"सोम, तिम्रो पनि ईच्छा पुरा भइजाओस्। म त अहिले महादेवको भेष धारण गर्या छु केरे। मैले दिएको आशिष लाग्छ।"
"हाहाहाहाहाहाहा, हिहिहिहिहिहिहि। सोमले हँसायो यार!!! हाहाहा तिमीले ठिक भन्यौ। म पनि देवीको बहान बन्या' छु नि। मेरो आशिष पनि तिमीलाई लाग्छ।"
"हेहेहेहेहेहेहेहे, तिमी पनि हँसाउँछौ यार। तर, त्यो आशीष मलाई लागिहालोस्।"
"लाग्छ, लाग्छ। बरु सोम, तिमी रिसाउँदैनौ भने एउटा प्रस्ताव राख्न मन थ्यो।"
"भन न, सोमसँग पनि के रिसाउने?"
"दुई चार वर्षमा तिम्रो छोरी हुने रैछ। मेरो छोरो हुन्छ। तिम्रो छोरीको हात मेरो छोरोलाई माग्न चाहन्छु।"
"कहाँ हुन्छ यार! त्यो त अति भो नि! घर जहानसँग पनि सल्लाह गर्न परो। बिहे जस्तो कुरा त्यसै हुन्छ?"
"घरजहानलाई मनाउने काम त तिम्रो र मेरो भो नि। मैले पनि त सल्लाह गर्या छैन। बिहेबारी जस्तो कुरा, अलि चित्त बुझ्या ठाउँसँग मात्रै सम्बन्ध गाँस्न पर्छ क्या।"
"त्यो त हो। ल, म पनि छोरो हुँ। वचन दिएँ। ल आऊ, हात मिलाम्।"
"हाहाहा, आजदेखि हामी सम्धी-सम्धी भएम्।"
"होहोहोहो हो यार, तिमी र म त सम्धी-सम्धी।"
"ल सम्धी, अर्को चिलिम सल्काऊ।"
"सल्काइहाल्छु नि। तर के बोल्छौ यार्? सम्धीलाई पनि 'तिमी' भन्चन् त? 'तपाईं' भन्न पर्च।"
"हेहेहेहे, सोरी सोरी, मिस्टकले भूल भो। अब 'तपाईं' भन्छु। तिमीले पनि मलाई 'तपाईं' भन्न पर्छ नि।"
"हाहाहाहा, भइहाल्छ नि। अब 'तपाईं' भन्ने। बरु दाइजो चाहिं कत्तिको चाहिने हो? आफू त गरीब परियो।"
"ह्या सम्धीज्यू, अहिलेको जमानामा पनि दाइजोको कुरा गर्ने? खुरुक्क बिन्ध्यवासिनीको मन्दिरमा देवीको साक्षी राखेर बिहे गराउने हो।"
"हैन सम्धीज्यू, बिहे त घरबाटै गर्नुपर्छ। हुने जम्मा एउटै छोरी। बुढियाहरु पनि रिति-थिति (रीति स्थिति) पुर्याएर छोरी अन्माउने भन्लान्। फेरि तपाईं पक्षका महिलाहरु पनि रत्यौली खेल्ने ईच्छा गर्लान्। सम्धिनीज्यूले के भन्नुहुन्छ सोच्नुपरो!"
"त्यस्तो नभन्नुस् सम्धीज्यू, त्यो बेलामा तडक भडक नगर्ने जमाना हुन्छ। म आफ्नै बिहे त मन्दिरमा गर्ने बिचारमा छु भने छोराको बिहे के घरमा गरिरहने? देउताको घरमा छोराको बिहे गर्न पाए अरु के चाहियो?"
"उसो भए बिहे चाहिं मनकामनाको मन्दिरमा गर्नुपर्छ। अन्त त म मान्दै मान्दिन। कुरिनघाटमा केटा पक्षको जगिया लाउने। अनि केटी पक्षको चाहिं मनकामना मन्दिर अगाडि लगाउने। केबुलकार पनि छँदैछ के रे। त्यसैले डोलीको काम गरिहाल्छ।"
"ल ल, मन्दिरको कुरा चाहिं पछि मिलाम्ला। पहिले हाम्रो बिहे पनि हुन परो। त्यसपछि छोरा छोरी पाउनु परो। अनि बिस्तार बिस्तार सोचम्ला। ट्याम छ, नआत्तिनुस्।"
"अब चैं मलाई मन्जुर भो।"
"बरु सम्धीज्यू --- हुन त सम्धीज्यूलाई यस्तो कुरा गर्न लगाउनु अलि लाजलाग्दो कुरा हो। त्यै पनि एउटा काम गरिदिनुस् न!"
"भन्नुस् न। केको लाज। छोराछोरीको स्वयंवर नगरुन्जेल त साथी नै त हौं नि!"
"हो, मुनासिब कुरा गर्नुभो। ---------- मेरो ढाड कन्याइदिनुस् न! अस्तिदेखि चिलाएर चौपट छ। यो बाघ भएर बस्नुपर्दा त हात पनि खुट्टा नै भा'छन्। आफूले कन्याउँनै सक्या छैन।"
"भइहाल्छ नि। आफ्नो सम्धीलाई जाबो ढाड कन्याइदिने काम पनि गर्न सकिंदैन र? ल आउनुस्।" (ध्वार् ध्वार् ध्वार्) "बरु सम्धीज्यू, पछि बुढियाले छोरीलाई कुन ठाममा दिएको भनेर सोध्ली। तपाईंको घर चाहिं कता परो?"
"हाहाहाहा, ठिक भन्नु भो। म पनि त्यही सोधम्ला भन्दै थिएँ। मेरो घर जान पोखरा बस् टेसन् (स्टेसन्)मा ओर्लेर मर्दी खोला तर्नुपर्च।"
"हाहाहाहाहा, हो र? हामी त दुई जनै पश्चिमे परेचम् । मेरो घर पनि मर्दी पारी नै हो।"
"हेहेहेहेहेहे, कस्तो संयोग परेको? गाउँ चैं कुन परो?"
"मर्दी तरेपछि गैरीको पसल आउँछ। अनि उकालो लाग्नुपर्च।"
"हाहाहाहाहा, हो र भन्या मेरो पनि त्यसै गर्नुपर्छ। मेरो चैं माथि चौतारीनेरको स्कूलनेर पर्छ केरे घर।"
"हाहाहाहाहा, घर चैं कुन हो नि? त्यो स्कूलमूनिको कमेरोले पोतेको दुई तले घर त हो नि!"
"धत् सम्धीज्यू पनि गाँजा खा'को मान्छे जस्तै कुरा गर्नुहुन्छ बा! त्यो त ग्वाँचेको घर पो त!"
"सम्धीज्यू पनि कुरा गर्नुहुन्छ। घरलाई चिन्नुहुन्छ, घर मालिकलाई चिन्नुहुन्न। म ग्वाँचे नभ'र को त?"
"हँ ग्वाँचे?? काँ'ड आइपुग्या? चिनेनौ मलाई? म ......"

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे अष्ठर्विंशोध्याय॥२८॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 02-01-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्‍यो!!
:)
 
Posted on 02-01-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! गाले, बिल्कुल नयाँ र जोडदार प्रस्तुति! गुड वान! :D

अनि त्यो बाघ बन्ने चैं को पर्यो ? यो त सस्पेन्समै रह्यो नि?

मर्दीमा घर हुने अर्को गाम्ले को हो? कहीं गालब आफैं त परेन? ;) :P
 
Posted on 02-01-07 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! गाले, बिल्कुल नयाँ र जोडदार प्रस्तुति! गुड वान! :D
 
Posted on 02-01-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा गालब, (आज त कपेर पेस्टिन्न, हिजो चित्त दुखायो) ,

सस्पेन्स ईन स्वस्थानी!! गज्जब छ बा! कति हाँस्नु, नसकिने भो पर्भो!!
 
Posted on 02-01-07 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ फूलपाती चढाए ।
 
Posted on 02-01-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब गुरु, तारेमाम्, निशब्द छु, खै के भनुं । सिर्जनालाइ सलाम छ ( लाल सलाम चाँही होइन नि फेरि>
 
Posted on 02-01-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति राम्रो लाग्ल्यो गाले को लेखन। ल म पनि यसो पछाडि बसेर फुलपाति चडाए।
ओ हो गाउले साथिहरु , सन्चै हुनुहुन्छ?
 
Posted on 02-01-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्थाजी धेरै पछि झूल्किनु भओ नि ?
 
Posted on 02-01-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै आज नि कसैले कुम्ले लाइ भेतेन जस्तो छ ।
खै तिरु न हिजो देखि देखा परेको चैन। के भो इ २ लाइ। सल्ला गरेको न आका हुन्न् कि कतै दुबै गाउ चोदि भले।
 
Posted on 02-01-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहा, थुलीले प्वाइन्ट ल्याइन्। गाम छाडेर भागेजस्तो छ। हाहाहाहा
 
Posted on 02-01-07 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Babaal chha Gaalab.
Funnieee...
**********
ani yo geet chai chautari ko deel ma basera aafno mayalu samjhane haru ma samarpan.
 
Posted on 02-01-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे जदौ! यो बिर्खे माईलाको!

गालउ तो अर्को बाघको छाला ओड्ने चाहिँ को परो कुन्नि?
 
Posted on 02-01-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हसायौ गालब, गालब इज् रियल्ली कृएटिभ्. :)
बाघको छाला ओढ्ने पक्कै हरी हुनुपर्छ जिम्माल बा। हाँरो हजुर बाको काजु खुवाएर दशैँलाई भनेर पालेर राखेको कुखुरा चोर हरु ठिक्क परेछ दुबैलाई मुर्ति बनेर बस्न परेछ। खुचिईईईईईईईईइङ् खुचिईईईईईईईईइङ् :P
 
Posted on 02-01-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्ते धन्यवाद यो गीतको लागि । साह्रै राम्रो लाग्यो ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters