|
[VIEWED 325266
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-13-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
 सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद
रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म चकमन्न यो झरीमा बास बिसाइदिम् कि छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि -------------------------
चौतारी समाचार को मुख्य अँशहरु: " रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" " माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा" "ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको" "चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्
Last edited: 13-Sep-07 03:00 PM
|
| |
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-21-07 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तारेमाम्, जिम्माल बा। यहाँ निर् मैले न बुझेको कुर के भने, जति अर्थबिचार गरे पनि दिमागमा न फुरेको कुरा के भने, 1- बिर्खे र चौतारीको सम्बन्धको मेसोहरु के के हुन्। बिर्खे हराउनु र चौतारी सुस्ताउनु संयोग मात्र माने कि न मान्ने? 2-बिर्खे सुस्ताउनु र भौते हराउनुको बियोग मान्ने कि न मान्ने? 3-ठुली, चित्रे, कुम्ले सब का सब बिर्खे सङ सङै हराउनुको रहस्य के हो? बुढा भए पछि दिमागमा अनेक कुरा आउछ भन्थ्यो तर यस्तो खाटी कुरा नि आएन।
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-21-07 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चोरको खुट्टा काट् भन्नु भन्दा पहिले नै खुट्टा तेर्स्यौने हाम्रो जिम्माल बाको को अभिब्येक्तिले सम्पुर्न चौतारिबासिहरु छ चोटि छक्क पर्दै दश चोटि दङ्ग परेका छन्। जनै कानमाथि भिर्या जस्तै कुरोलाइ बङ्याएर भ्रामक समाचार फैलाउने जिमाल बालाइ तुरुन्त चौतारिमा हजिर भै कुरा खुलस्त दशि प्रमण सहित पेश गर्न सुचित गरिन्छ। कान्लामुनि मल राख्दै जाने जिम्माल बा ले झारपात हरु मौलाउदै गयेको फोटो पनि खिचेको कुरा जानिफकारहरु बताउछन्।
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-21-07 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
खालि राम्रि केटिहरु आयेपछि मात्र चौतारिमा अौने निशे बजियाको नियत पनि ठिक नभएको र उस्को कपालमा लाउने तेलको पनि क्रितिम् अभाव भएको ले आजभोलि निशे कपाललाइ जगल्टा पारि जोगि जस्तै भोगि हुन खोजेको कुरा पनि राससले जनाएको छ। निजको डिङो पनि खिएर झिङो जस्तेइ देखिएको कुरा सबैलाइ अबगत गराउछु।
|
| |
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-21-07 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारि सुस्तायो भन्दै चौतारीको रेखदेखको लागि २४-७ रिट्ठे भन्ने भलाद्मिले आफ्नो जिवन समर्पण गरेको र दिक्क भयेर मिस दिदिलाइ " कथा सुनाउस न " भन्दै रोएको कुरा पनि गाउँमा गाइगुइ भएको बुझिएको छ।
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 09-21-07 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चिप्ले दाइ, आजकल कुन चाइ पत्रिका मा काम गर्न थाल्नु भको? TIMES Magazine कि NY TImes ?? टन्न खबर हरु लिएर आउनु भएछ त।
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 09-21-07 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जम्मै गाम्ले लाइ सुक्रबारे जदौ नेप्चे को।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-21-07 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"२४-७ रिट्ठे " बल्ल हाम्री उफ्रीले चाँही पारा ल्याइछिन हौ । चौतारीको एकमात्र राखवाला भन्ने कि चौकिदार भन्ने "म" (यहाँ 'म' भन्ने शब्दलाई 'रिट्ठे' भनी पारीभसित गरिएको छ । ) चौतारीमा आफ्नो दैनिक कार्यबाट भ्याइ नभ्याइ भये पनि चौतारीको अस्तित्व बचाउन २४-७ चौतारी नअiएको भये आज चौतारी झनै ओझेल मi परिसक्थ्यो ! सत्य तथ्य कुरा जनता सामु प्रस्तुत गरी अन्यौलको स्थितीबाट चौतारीकi सम्पूर्ण गाउलेहरू लाई मुक्त गर्दिनु भएको मा श्री श्री श्री ३ उफ्री ज्यु लाई हार्दिक धन्यवाद दिदै आजको हाम्रो ३ शब्द यही टुङाउछौ जय चौतारी !
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-21-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बिभिन्न चौतारीबासीहरुको टिप्पणीमा पुन: बिर्खे माइलाको ध्यानाकर्षण: बिभिन्न चौतारिबासीहरु द्वारा आज चौतारीमा गरिएका टिप्पहरुमाथि हामिले चर्चा परिचर्चा गरेका छौ! प्रस्तुत छ उक्त चर्चाहरुको उल्लेख- श्री राहुलभाई ठुल्दाईले बिभिन्न संयोगहरुको सम्भावनाहरुमा प्रश्न उठाउनु भएको रहेछ! १) बिर्खे र चौतारीको सम्बन्धको मेसोहरु के के हुन्। बिर्खे हराउनु र चौतारी सुस्ताउनु संयोग मात्र माने कि न मान्ने? संयोग या कारक जे भएता पनि, बिर्खे र चौतारीको सम्बन्ध आज चर्चा भएको प्रमूख बिषय-"नित्य कर्म" बाहेक अरु सम्पुर्ण कर्महरु संग छ। हामि चौतारीमा नित्य कर्म बाहेक अरु सबै काम गर्न रुचाउँछौँ र हामि हराएका छैनौँ किनभने जोइला जाने हाम्रो उमेर रहेन र पोइला हामिलाई कसैले लाँदैन! २)बिर्खे सुस्ताउनु र भौते हराउनुको बियोग मान्ने कि न मान्ने? बियोग मानेर प्रयोग गरिहेरे हुन्छ। तर बिर्खै सुस्ताउनु र भउते हराउनुक पछाडि रहेका कारणहरु भने नितान्त फरक छन्। बिर्खे सुस्ताउनुमा बिर्खेको ढल्कँदो उमेर, गुम्दो नेत्र ज्योती, खस्कँदो कर्ण तागत तथा ओइलाउँदो घ्राँण शक्ती मुख्य कारक तत्छ छन भने भउते हराउनुमा भउतेको उम्लिँदो जवानि र उरन्ठेउलो आनिबानि कारक तत्वहरु हुन्! ३)ठुली, चित्रे, कुम्ले सब का सब बिर्खे सङ सङै हराउनुको रहस्य के हो? ठुलि, छित्रे तथा कुम्ले यि तिनजना गाउँले हामि संग हराएका हैनन्। हामि एक्लै धुम्धुम्ति बस्दा समेत कुनै गाउँलेले हेर्न समेत नआएको तर सबैको अत्यन्त व्यक्तिगत हुने कुरा मलमुत्र त्यागको अवश्थामा भने हामिलाई सबैले घुरि घुरि हेरेको अवस्थामा हामि संग कोहि हरायो भन्नु अत्यन्त पुर्वाग्रहि कुरा हो। सुश्री/श्रिमती(आशा गर्छु प्रथम सम्बोधन उपयुक्त होला) उफ्रि द्वारा कान्ला मुनि मौलाएको रायोको सागलाई बिर्खे ले खाएको ढिँडोको परिणाम देख्नु कदापि उचित नरहेको व्यहोरा हामि उल्लेख गर्न चाहन्छौँ!हामिले फैलाएको समाचार अत्यन्तै तथ्ययुक्त, दोषमुक्त तथा उन्मुक्त भएको कुरा जानकारी गराउँदै हामि यो पनि भन्न चाहन्छौँ कि,हाम्रो बैँश जाँदैमा सुन्दरीहरुले अनेकन आरोप लगाउनु व्यर्थ छ।हामि अझै पनि आजकलका उरन्ठेउला ठिटाहरुको भन्दा कयौँ गुणा बढि, बल, जोश, महत्वाकांक्षा, रोमांस र रसरंगि भावनाले ओत प्रोत भएका छौँ! धन्यवाद्!
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 09-21-07 2:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ओहो उफ्री दर्शन गरे है। रिट्ठे काजी लाइ सलाम। अब रिट्ठे काजीले चौतारी को २४/७ सेवा गरेको भएर पुरस्कार पाउनि भए उसो भए ।।
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 09-21-07 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आफ्नो त कर्मै फुटेको। ठुल्दाइ को १० ओटा तक्मा, अस्ति हरि देखी तिरु सम्मले पुरस्कार पाए के रे, त्यो पनि चौतारी मै। अब रिट्ठे को पालो जस्तो छ। आफु ले भने अहिले सम्म एउटै पुरस्कर पाउन सकेको हैन।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-21-07 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारीका आदरनिय, बुज्रुक तथा हाम्रा अनी मिलनसार, म्रिदुभासी जिम्माल बा को ३ सुत्रे टिप्पणी प्रती हाम्रो पूर्ण ध्यानकर्शन भएको छ। अत: उक्त तिनै टिप्पणी एकदम शाही (माफ पाउ फेरी शाही नै भएछ) टिप्पणी भएको र झुठा ठहरे प्रचलित कानून बमोजिम सहुँला बुझाउलाँ भनी शाही (हतेरिका) छाप गरिदिया । इती सम्बत् २०६४ आस्विन ५ गते रोज ७ शुभम् !
|
| |
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 09-21-07 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
"दीप सिमाना काटी बेपत्ता हुनु" बतास झैं कतै, कतै भावना झैं छन अवस्य तर देखिन्नन मधु-आश झैं कतै, कतै चाहना झैं सीमा मेरा यस्ता काटेर काटिन्नन
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-21-07 2:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिम्माल बा, रिठ्ठे, नेप्चे, राहुल दा, उफ्री, सन्नानी, चिप्ले दाइ सप्पैलाई नमस्ते अरे है कोही नभको मौका आएपछि अब आरम साथ शितल मा सुत्न पर्च । बिज्ञप्ती को ओइरो छ तो । कोही किन आएन भनेर सोध्नै मिलेन । अरु नभएपनि नाक जोगाउन लाइ रिठ्ठे त हुनै पर्यो नि हैन लौ लागम है त सप्ताहन्त मनाम्न ।
|
| |
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 09-21-07 2:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
लौ दीप ज्यो लाइ पनि नमस्ते है
|
| |
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 09-21-07 3:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
... भउते हराउनुमा भउतेको उम्लिँदो जवानि र उरन्ठेउलो आनिबानि कारक तत्वहरु हुन्! ... लोल जिम्माल बा! कहिले उम्लियो हौ हाम्रो भउतेको जवानी? कति डिग्रीमा उम्लिने रैछ? नमस्ते गरेँ है सबैजना चौतारी बासीहरुलाई! हामी हरा'छुइनम भन्नलाई आको। बिचरा मदनवा कत्तिबेला कुम्ले आउला भनेर पर्खि रा'होला हाम्रो रिट्ठेको दिमाग खराब गर्नलाई!
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-21-07 3:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पर्बते नि टुपुक्क यतिबेला । सलाम अरेकुम हाम्ले पनि । अनी सप्तान्त मनाउन सुरु भइसकेको पर्बते को? गरी खान्छ केटो ले ! कुरो नि एउटा ! हन यि कुम्ले आएपछी मदनवाको नाम किन आयिपुग्छ यहाँ जैले नि? दाल मे कुछ गाल है पाजी...... अब ३ सदस्यिय उच्च्स्तरिय छान्बिन आयोग गठन नगरि भएन ।
|
| |
|
|
भउते
Please log in to subscribe to भउते's postings.
Posted on 09-21-07 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-21-07 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आच्याssssssss सुड्डाहरु त बबाल मस्ती गरेर बसिराको रइचन्त नि ! हरामी बिग्याप्ती नि ठोक्देछन्त नि, जिम्वाल बडाबाले। सबैलाई हेल्लो छ है।
|
| |
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-21-07 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हन भउते रिसाको हो कि रिसाकै हो?
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-21-07 3:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
आज सुअरबार, कसैलाइ जम्ने हो भनेर सोधुँ भने नि फेरि गाम्का ठुलाबडाहरुले काइते बिग्यप्ति निकाल्ने होलान। अन्यथा अर्थ नलागाउने भे, जमुम है केटा हो आज।
|
| |