[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 283662 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-11-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै आइसकेछन त हुरुरुरु ! च्या देख्नु पर्छ महादेवको तीन नेत्र बले जस्तै बल्छन हाम्राहरुको नेत्र नि ! (नेत्रे आइपुग्ला  नि फेरी ऐले)

हो र दीपीका सुन्ने भयो म बिहीवार नहुँदा? मैले पनि तिमीहरु लाई कत्ती मिस गरे ! एकफेर त तिमीहरु को सम्झना मा एकहोरो भएर त्यो एउटा राइड बाट त झन्नै खर्ल्याम खुर्लुम अनी पानी मा चुर्लुम भको !

बिस्टे लाई च्या र पार्ले जी को लागि धनीया को पात ! चिप्ले एन पर्बते मार्साब के छ नयाँ?

सान्नानी सञ्चै हो? दीप ब्रो लाई जदौ

Last edited: 11-Aug-08 09:16 AM

 
Posted on 08-11-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ बिष्टेले चिया ल्याएछ, धन्यवाद।
सान्नानी र दीपू कुरा मिलाएर आएका हुन् कि कसो? दुबै सँगै छिरे बा।
पर्बत्या, जदौ।
दीपू, अस्तिको पढेछौ। अस्ति भन्नै बिर्सेंको २०१८ देखि २०२२ सम्म त्रिचन्द्रमा पढ्दा कक्षा सक्किएर रत्नपार्कमा बदाम खाइन्थ्यो साथीहरु मिलेर। अनि साझा यातायातको हरियो बसमा घर गैन्थ्यो, त्यतिबेला भाडा १० पैसा थियो।          

 
Posted on 08-11-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण चौतारीका आदरणिय जनसमूदायमा यो बिर्खे माइला जदौ टक्र्याऊन चाहन्छ, जदौ!


 
Posted on 08-11-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika tei ta hai garo yo virtual world ma.

laasta thapechha ritthele tai ...


 
Posted on 08-11-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

Last edited: 11-Aug-08 09:28 AM

 
Posted on 08-11-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>laasta thapechha ritthele tai ...<<<

हैन सुरुमै थपेको हो नि सान्नानी, अरुलाई छुटाये नि सान्नानी लाई छुटाउन सक्छु र म?

जिम्माल बा हे हे हो हो हुँ हुँ


 
Posted on 08-11-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपले केबात मार्या हो? च्याबिसुट खान सइलो हुन्छ नि चन्चि एकातिर मिल्क्याउने बिसुट च्वाप्प पारेर च्यामा चोप्ने धेर चोप्यो भने फेरि बिसुट ओइलेर च्यामा खस्छ थोर चोप्ने, मुखाँ हुल्ने सकिआल्यो नि कि कसो? बरु कुन बिसुट हो गुलकोस हो कि खाजाबिसुट हो?

भान्जा, ग्वाँचे, ठूल्दाई, रिट्ठे, चिप्ले, सम्धीज्यू, सान्नानी, दीपीका नानू, पर्वते मारसाप, दीप काजी लगायत सपैलाई नउस्ते!


 
Posted on 08-11-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मी बुढा र दीप ब्रोलाई पनि जदौ है !!!
जे होस् चिप्ले पनि हाम्रै जमानाका रहेछन खुशी लाग्यो
२०२२ मा त्रि-चन्द्र पढेको? मेरो पनि २०२३ को भर्ना हो नि, जहिले पनि रानी पोखरिमा हाम फालौ जस्तो भयो अनी छोडेर हिडियो
 
Posted on 08-11-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau parbate timi kun group ma ha 2023 ma? mero ta BA ma back lagera janai chhodya ni tei saal ho.
 
Posted on 08-11-08 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लुले हाम्रो जमानाको कुरा याद दिलायो। २०२६ सालको माघ मा बीरे ज्ञाने र धीरे को ब्या हेरेको त्रीचन्द्र को पर्खालमा पलेटी कसेर। बाफ रे बाफ, कस्तो ताम झाम। आफुले पनि यस्तै झ्याइ गर्न पाए हुन्थ्यो जस्तो लागेको आफ्नो तिरिमिरी झ्याइ भयो। २७ सालमा देबानन्द " हरे राम हरे कृष्ण बाइस्कोप शुटिङ गर्न आएका थिए।  

 बाफ रे देवानअन्द लाई देखेर खरेल बाजेकी छोरी ले झ्यालअबाट हामफालेकी , झन्डै दैब आनन्द भएकी। पहिलो तल्लाबाट हामफालेकी ले सामान्य चोट पटक मात्र् लाग्यो। 


 
Posted on 08-11-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""आफुले पनि यस्तै झ्याइ गर्न पाए हुन्थ्यो जस्तो लागेको आफ्नो तिरिमिरी झ्याइ भयो।""

लोल! ठूल्दाई!!

यस्तै छ जमाना, हाम्पनि हिन्थेम कालो लुगा ला'र त, यो बिर्खेआनन्दलाई देखेर पनि झ्याल बाट हामफाल्थे तरुनिहरु, पइला त मख्ख परिन्थो पछि बुझियो, डराएर हामफाल्या रेछन नकचरिहरु त!


 
Posted on 08-11-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते माट्साप, दिप बोरो,सउंधी ज्यु लाई स्वागत।
बिसुट केट्केटी र बुढा हरु को लाई मात्त हो,चियामा चोप्दै खान।
अनी नातिनी लाई उती माथि भाना साथ एक थाल बिस्कुट ल्यादिया देख्ता नि देखिन,एस्तै हो केट्केटी जात,एुटो कुरो उत्तिनै खेर चाहिन्छ,लयिदिए पछी वास्ता गर्दैनन,फेरी तेही पुतली मा भुलिछ।
<<laasta thapechha ritthele tai>>
हन कस्ले के था पायो?
दिप ब्रो अर्को पाटो बुन्या हो स्रिन्खला को ?
 
Posted on 08-11-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पइला त मख्ख परिन्थो पछि बुझियो, डराएर हामफाल्या रेछन नकचरिहरु त!
लोल जिम्माल लोल
 
Posted on 08-11-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बिहानी कक्षा थियो सान्नानी, मेरो र सान्नानी को भेट भए जस्तो लायो अहिले कुरो बुझ्दा त  पहिला दिन कुन कक्षामा जानी भनेर अलमल भएको बेलामा एउटी राम्री केटीले कोठा देखाइदिएको थीइ अहिले त सान्नानी नै हो जस्तो लाग्यो       
 
Posted on 08-11-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाई नि देवानन्द को  सि.आइ.डि. चलेको ताका त कालो बुसट् कालै प्यान्ट अनी कालो चेस्मा ला'र चोक हुँदी निस्कन ब्यान थ्यो एक जमानामा ! 
 
Posted on 08-11-08 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो राम्री केटी मोटी मोटी छोटि छोटि दुई चुल्ठा बाटेकी थीई कि थीईन पर्बते?
 
 
Posted on 08-11-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिमालबा, देख्नै गार्हो छ नि अचेल त। नली खुट्टो दुख्न थाल्यो कि कसो फेरी? माइली बुढी नि देखिन्नन् अचेल त।
पर्बत्या, २२ सालमा त मैले बिए सक्काएर जागीर खान थालीसक्याथें, पहिलो पोस्टिङ् राजबिराज। अनी कोसँग ट्राजेडी परेर हो रानीपोखरीमा हामफाल्न मन लाग्या?
ठुल्दाइ, झ्याइं गर्या त देख्न पाइएन शाही परिवारको। २०२६ साल तिर त जिल्ला जिल्ला सरुवा हुँदै बित्यो। गाउँघरका बिहे भने प्रशस्तै देखियो।         


 
Posted on 08-11-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हो त बिसुट त देख्तै नदेख्या हजुरबाले ल्याइदीसक्नु भा रैछ, कसैले खाएर सिध्याइसक्या त छैन होला नि?
रिट्ठेले सबैलाई सोध्या अनी मलाई चाँही छुटाको थ्यो के हजुरबा अनी २ मिनेट पछी एडिट गरेर मलाई सोधेको सन्चो बिसन्चो, त्यस्तो बैगुनी छ के रिट्ठे।

हो हो मै हो त्यो पर्बते, ब्याक लाग्दा लाग्दा जिन्दगी नै तेइ बित्ला जस्तो भा थ्यो आफ्नो अनी एक एक कुना कहाँ कुन कछ्या हुन्छ था थ्यो मलाई तेतिबेला। अफुले त धेरैलाई धेखाइयो बाटो अब पर्बते कुन चाँही हो सम्झिनै सकिन, हरी शरणम बुढेसकालाँ दिमागलाई दु:ख।  

 

<<<पइला त मख्ख परिन्थो पछि बुझियो, डराएर हामफाल्या रेछन नकचरिहरु त!>>>

<<<हाम्लाई नि देवानन्द को  सि.आइ.डि. चलेको ताका त कालो बुसट् कालै प्यान्ट अनी कालो चेस्मा ला'र चोक हुँदी निस्कन ब्यान थ्यो एक जमानामा !>>>

कसैले तपाईं भनोस कि नभनोस आँफै मपाइ


 
Posted on 08-11-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yattikai moti moti nabhana hai ritthe, ahile kutai bhetaula feri

agli, gori, silky hair ma thie ni  (unicode bigriyo)

 


 
Posted on 08-11-08 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म त भए।
चिप्लु हजुर क्याम्पस जानु हुँदा त झन्डै बाबा सगै जानु भएको जस्तो छ 
सान्नानी र पर्बत्य ज्यु लौ न हजुरहरु पनि २०२३ साल को पो कुरा  गर्न थाल्नु भयो नि त, कि जिस्किनु भएको
लौ न ठुल्दाइ को हो खरेल बाजेको छोरी हाम्फल्ने पनि देव आनन्दलाई देखेर हुनत त्यो बेलाको ह्यन्सी भन्दो रहेछन
माइला दाई त्यो बेला को के कुरा यही बेला दाई को फोटो देखेर हाम्फाल्ने कती छन उही भाउजु को गाली खाने भएर पो चुप बसेकी त म
मामा त्यो बिस्कुट त मैले दुइटा खन्छु भनेर बसेकी त मिठो लाग्यो अनी सबै खाइदेछु। सन्नानीलाई त बिस्कुट होइन मामा अब त ठुलि भईसक्नु भयो तितौरा लेराइदिनुस् रे 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters