[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Rahuldai

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी १३८ *~

[Please view other pages to see the rest of the postings. Total posts: 901]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 421184 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 01-22-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ *  चौतारी १३८ *~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 138 editions.
Last edited: 22-Jan-09 10:07 AM

 
Posted on 01-23-09 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-23-09 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिसा गिलासमा चिया हालेर दिये त थालमा सेलाउदै हामीनी सुरुप्प पार्थेम केरे , खै चिया छ भने एक गिलास मलाईनी है ।


बिस्टे , ठुल्दाइ , लहरे , ठुलि सप्पैलाई जदौ , पछी आउने गाम्लेहरुलाई सोध्याछ भन्दिनु ।


 


 
Posted on 01-23-09 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अड्डा हिंडें.



लहरे तारेमाम।


 
Posted on 01-23-09 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के।

 
Posted on 01-23-09 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम ठुल्दाइ
हैन यो लहरे को दिमाख त के ठीक हुन्थ्यो झन ठिस चै भएछ,
ब्यान ब्यानै बियर पो ल्याउछ बा।
आज अरु नि मर्मत गर्नु पर्‍यो जस्तो छ्।
हर्के सोम हिजो बोर्ड हान्छु नयाँ चौतारी खन भनेर का गायब? पख पख चिया अहिले केली ले लिएर आउछे,या भाका सप दाउरा
भिजेछन के तेसैले मैले आगो सल्काउनै पाईन।
उता हुँदा ९ बजे अड्डा आए नि एता दस बजी सक्थ्यो अब एता ९ बजे आईन्छ अनी ढोका नखोली भएन तेसैले नि ठुल्दाइ।
अनी आज तपाईं किन एती सखारै अड्डा धाउन लाउनु भो नि। मिटिङ सिटिङ ?

 
Posted on 01-23-09 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई नि कस्को आँखा लागेछ
ढल्किदै ढल्किदै १ बजे अड्डा जाने बानी
आज त १० सै नबजी तारेमाम रे नानी


गूड् मर्निङ सबैलाई !
ठुलि, बिस्टे, लहरे, ठुल्दाइ, हर्के सबै लाई न्यानो अभिवादन !


 


 
Posted on 01-23-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 केली नानी ओर्लिदै होलिन सुख्हा दाउरा लेर , अब एक छीनमा पिउन पायिएला चिया, केलिको कृपाले।


हिजो बोर्ड हान्न रेडी थिए क्या बिस्टे तेतिक्कै मा कहिले नपढेको कुरो सोधियो एक्जाम मा तेही भर थर्ड डिभिजन तिर झरियो । हैन हैन कुरो के  भनेनी तिमीले चौतारी खन्ने बेलामा एउटा काम आइ लाग्यो तेही भर बोर्ड हान्नै पायिएन , अब अर्को पाली ट्राइ गर्छु बोर्ड हान्ने ।


 



 


 
Posted on 01-23-09 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Last edited: 23-Jan-09 09:10 AM

 
Posted on 01-23-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम रिट्ठे।
आज त चाडै आईएछ नि,मौसम नि झकास छ् आज त केही गरु गरु लाग्ने। एसो खोला तरेर आउने हैन भन्या हाम्रो गाउतिर
म निस्किउ भन्यो चिसोमा सानो केटो लाई लेर हिन्न मन लाग्दइन तेसैले। एक्दिन एसो मेसो मिलार सुपारी पठाम्ला हुन्न।

लोल हर्के लोल

"हिजो बोर्ड हान्न रेडी थिए क्या बिस्टे तेतिक्कै मा कहिले नपढेको कुरो सोधियो एक्जाम मा तेही भर थर्ड डिभिजन तिर झरियो"

 
Posted on 01-23-09 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते  सबैलाई
अनी हर्के दाई  के  छ  हल्खबेर्??
लौ एती खेर  सम्म नि  चिया  नखाएर ,  ल सिसा  को  गिलास  भेतिन  मैले
आज एही    कप  मा  पिउनु


 



 



 


 
Posted on 01-23-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केली नानी लाई धन्यवाद , सोचेको कुरो जम्मै पुगोश, नानीले थाल पनि ल्यायिछिन , लु एक्छिन म चै सुरुप्प पार्न तिर लागे है ।
ओइ रिठ्ठे के छ , यो बज्जे देखेकी निउ खोज्न मुन लाग्छ मलाई चै ।
लहरे किन चुप चाप आज , ठीक छ हैन त खबर ।
 
Posted on 01-23-09 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पुन: यो ठुलदाई को।
रिट्ठे,र केली लाई नि तारेमाम।


त्यही त रिट्ठे, कस्को आँखा लाग्यो लाग्यो?
हफ्ता मा २ दिन भो १० बजे अड्डा हिंडेको, हद हुन्छ नि। १२ बर्ष सरकारी नोकरी गर्दा त जम्मा १ दिन ट्याम मा अफिस गएको थिएं। झन्डै पुरस्कार पाएको थिएं ।



तो ट्याम मा अफिस पुग्नु को नि काहानी छ। गृह मन्त्रीलाई महेन्द्र भूषण तक्मा लिनु थियो। साढे नौ मा नारायण हिटी पुग्नु थियो। गृह मन्त्रिको ड्राइभर न ठहरिएं, साढे नौ मै नारायण हिटी पुर्‍याइ अफिस पुग्दा त ९ चालिस । २० मिनेट चाँडो पुगेको नि क्या घाँडो भो भने।  


 
Posted on 01-23-09 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शनिबारे जदौ यो बिर्खे माहिलाको!

 
Posted on 01-23-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन्डै एक घण्टा देखी चौतारीका गाम्लेहरु काममा धाममा, पढाईमा सढाइमा ब्यस्त भएको अचम्म फुट्या समाचार पनि लहरे ले प्रसारण गरेन किन?



लहरे सुध्रिएकै हो त ? हिजो को सर्जरी कामयाब भएकाइ हो त ?



सोच्नुस्, खोक्नुस्, घोक्नुस्। त्यतिन्जेल सम्म भोजन गरेर आउने छु ।


 
Posted on 01-23-09 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<शनिबारे जदौ यो बिर्खे माहिलाको....>>


 


खोइ ?? सबैजना  कहाँ  गएछन्??


सबै  को  खाने टाईम  हो कि क्या  हो
म मात्र  रहेछु  खान मा  फर्स्त


लहरे, कहाँ छौ तिमी ? अतो पत्तो छैन त .  बि जि  खला?


 
Posted on 01-23-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सोचेर नि हेरे खोकेर नि हेरे घोकेर नि हेरे तर कुनै याँगल बाट पनि लहरे सुध्रिएको जस्तो देखिएन,
अहिले मस्तराम भर खुर्रराटा मारिरको भर मात्र हो नत्र आफ्नो चर्तिकला देखाउन आईसक्थ्यो,अब यो सुन्ना साथ आउछ।
हैन गालब गुरु का शनिबार भो भन्दै मा हामीका नि हुन्छ भन्ने त छैन नि।
अनी केली के छ् तिम्रो हालखबर अनी आफु मात्रा खाएर हुन्छ हामीलाई चाइ लन्च को ब्यवस्था छैन

 
Posted on 01-23-09 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो बिस्टे, गालब का शनिबार हुन्छ भने हामी कहाँ नि हुनै पर्छ भन्ने छैन।
नेपालाँ आउने साल ११ महिना भा जस्तै यो हफ्ता जापुनमा शुक्रबार हराएको हो?

 
Posted on 01-23-09 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो ठुल्दाइले पनि नयाँ मुकुन्डो किन्न ला' हो त?


बिस्टे खोला तरेर आउन त हुन्थ्यो नि त्यता तर आज मात्र अली अथवा भएर के गर्नु, एक्कैछिनमा बादल मडारेर आउछ र आछु आछु बनाउछ !


अनी हसुराइ भा' हो सबैको?



 
Posted on 01-23-09 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेच्न राख्या हो त्यो मुकुण्डो , रिट्ठे?


किन्दिम कि क्या हो?


लहरे परिवार को मात्र जग्जगी ? यो जिन्दगी खै के जिन्दगी?


 
Posted on 01-23-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Virus alert info:


साथीहरु को ईमेल मा 'Obama Acceptance Speech'   Subject Line भको ईमेल आउँला झुक्केर पनि नखोल्नु है? वाइरसले अट्याक हान्छ !



 


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters