[Show all top banners]

3a3
Replies to this thread:

More by 3a3
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हेर्नै नसक्ने सिंहदरबारको सीसी क्यामेरा
[VIEWED 6520 TIMES]
SAVE! for ease of future access.
Posted on 01-20-13 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
 
 
 
 
 
 
 
 
देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा सीसी क्यामेरा जडान त गरिएको छ तर त्यसले प्रभावकारी काम गर्न सकेको छैन।

दक्षिण गेटअगाडि तपाईं पुग्नुभयो भने प्रवेशद्वारमा लेखिएको छ– ‘तपार्ईंलाई सीसी क्यामेराले हेरिरहेको छ।’ सुरक्षाको दृष्टिकोणले जडान गरिएको सीसी क्यामेरा राखिएको स्थानमा पोस्टरसमेत राखिएको छ। पोस्टर राख्नुको कारण हो– सीसी क्यामेरा बिग्रनु। सिंहदरबारभित्र र बाहिरको गतिविधि नियाल्नका लागि जडान गरिएको क्यामेराले भरपर्दो काम गर्न नसकेको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले जनाएको छ।

सुरक्षा व्यवस्थालाई मजबुत बनाउने उद्देश्यले जडान गरिएका तीनवटा सीसी क्यामेरा चट्याङले बिग्रिएर काम नगर्ने अवस्थामा छन्। बाँकी ११ वटा क्यामेराले पनि राम्रोसँग काम गर्न नसकेको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार सीसी क्यामेरा दिउँसो काम चलाउ रूपमा रहे पनि रातिको गतिविधि नियाल्नका लागि गुणस्तरीय भएको बताएको छ। हाल सञ्चालनमा रहेका क्यामेरासँगै नाइटभिजन लाइटको समेत व्यवस्था हुन नसक्दा सीसी क्यामेरा भएर पनि प्रयोगविहीन जस्तै बन्न पुगेका हुन्।

सिंहदरबारको पश्चिम गेट, दक्षिण गेट र प्रधानमन्त्री कार्यालयअगाडि जडान गरिएका तीनवटा क्यामेरा बिग्रिएको महिनौ बितिसक्दा पनि नयाँ क्यामेरा जडान हुन सकेका छैनन्। सिंहदरबारमा जडान गरिएका सीसी क्यामेरा गृह मन्त्रालयको कन्ट्रोल रुम, महानगरीय सुरक्षा प्रहरी गण र नारायण दल गणले मनिटरिङ गर्ने गरेका छन्। मर्मत गर्नका लागि गृह मन्त्रालयअन्तर्गत रहेको सिंहदरबार व्यवस्थापन समितिलाई बारम्बार आग्रह गरे पनि चासो नदिएको सुरक्षा निकायका अधिकारीले बताएका छन्।
सिंहदरबार पुनः निर्माण समितिका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासेले केही क्यामेरा चट्याङका कारण बिग्रिएको र सो ठाउँमा नयाँ क्यामेरा जडान गर्ने काम भइरहेको बताउनुभयो। सुरक्षा व्यवस्था समितिको आग्रहमा पुनः निर्माण समितिले काम गर्ने बताउँदै अधिकृत बेल्वासेले सुरक्षा निकायबाट सीसी क्यामेरा थप्नका लागि माग भइरहेको बताउनुभयो।

‘सुरक्षा संवेदनशीतलाई हेरेर सिंहदरवारभित्र थप क्यामेरा राख्नु पर्ने जरुरी छ’, उहाँले भन्नुभयो, ‘अहिलेको प्रविधि अनुसार क्यामेरा राख्ने गृहकार्य अगाडी बढाइएको छ।’ सुरक्षालाई व्यवस्थित गर्नको लागि चालिसवटा भन्दा बढी क्यामेराको आवश्यता रहेपनि हाल कामचलाउ रुपमा ११ वटा क्यामेरा मात्रै सञ्चालनमा छन्।

एउटा सिसी क्यामेराको हाल करिब ४ लाख रुपैयाँ पर्छ। प्रविधिमा आएको परिवर्तनसँग गुणतस्तरीय क्यामेरा राख्नुपर्ने भएपनि सुरक्षा व्यावस्थापन समितिले चासो नदिएको बताइएको छ।

२६ वटा मन्त्रालयको गेटमा अनिवार्य रुपमा सोही सङख्या बराबरको क्यामेरा राख्नुपर्ने आवश्यता भए पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन। जसले गर्दा सिंहदरवारभित्र हुने गतिविधि सुरक्षा निकायले सहज रुपमा अनुगम गर्न नपाएको गुनासो गरेका छन्।

 
Posted on 01-21-13 12:12 AM     [Snapshot: 67]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i like that concept

remind me of signs back in ktm

kukur dekhi hosiyar, everyhouse has that sign to keep the thief away
no nepali govn using that technique, u r being watched by CCTV camera
 
Posted on 01-22-13 10:08 AM     [Snapshot: 571]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

one camera cost 4 lakh?? you can get a pretty decent system with 4 night vision camera for close to $500 at home depot
 
Posted on 01-22-13 1:01 PM     [Snapshot: 753]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

we dont need that sophisticated camera
only that cost 50 bucks might work, better to have cheap than to have none.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
Don’t Just Read—Join the Conversation
Nepal TPS decision
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS
नपरी भोगिदैन नमरि नर्क हो वा स्वर्ग पुगीदैन
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters