[Show all top banners]

Bornto_Rise
Replies to this thread:

More by Bornto_Rise
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 What A F***ing Shame!!
[VIEWED 9033 TIMES]
SAVE! for ease of future access.
Posted on 06-10-13 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

विदेशीसँग माग्ने सामानको लिस्ट तयार

  • सोमबार २७ जेष्ठ, २०७०
  • सुरेन्द्र पौडेल

काठमाडौं - निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि भारतसँग पाँच सयभन्दा बढी गाडी अनुदान माग्ने भएको छ। निर्वाचनमा चाहिने सम्पूर्ण मतपेटिका र विद्युतीय मतदानमा आवश्यक पर्ने उपकरण र सफ्टवेयरसमेत भारतसँग मागिने छ।
निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सामग्री मित्रराष्ट्रहरूसँग अनुदानमा माग्नेसम्बन्धी आइतबार निर्वाचन आयोग, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका पदाधिकारीबीच भएको बैठकमा चीनसँग ४० किसिमका निर्वाचन सामग्री अनुदान माग्ने सहमति भएको छ।  
'निर्वाचनमा के–के सामग्री कुन देशसँग सहयोग माग्ने भन्ने छलफल भयो,' आयोग प्रवक्ता वीरबहादुर राईले भने, 'सामग्री पहिचान गरी सहयोगी राष्ट्रसँग प्रस्तुत हुने कुरा भएको छ। एउटा देशसँग मागिएको कुरा अर्कोसँग मागिने छैन।' 
बैठकले चुनावलाई आवश्यक पर्ने ६७ सामग्री पहिचान गरेको थियो। २०६४ को चुनावमा जुन देशसँग जे सामग्री सहयोग मागिएको थियो, ती देशसँग तिनै सामग्री माग्ने सहमति भएको छ। 
अघिल्लो संविधानसभा निर्वाचनमा भारतले पाँचसय थान गाडी सहयोग गरेको थियो। मतपेटिका पनि भारतले नै दिएको थियो। त्यतिबेला दिइएका सबै गाडी सरकारी निकायमा प्रयोगमा भएकाले अहिले पनि त्यति नै माग्ने निचोडमा आयोग पुगेको छ। भारतसँग मागिने गाडी निर्वाचन कर्मचारी आउजाउ र मतपेटिका ओसारपसारमा प्रयोग गरिनेछ। 
आयोगले पुस दोस्रो साता भारतीय दूतावासलाई पत्राचार गरी विद्युतीय भोटिङ मेसिन अनुदानमा उपलब्ध गराइदिन आग्रह गरेको थियो। संविधानसभा निर्वाचनमा हुन सक्ने सहयोग आदानप्रदानबारे छलफल गर्न गत सोमबार भारतीय राजदूत जयन्तप्रसाद प्रमुख निर्वाचन आयुक्तको कार्यकक्ष पुगेका थिए। 'ग्रिनसिग्नल' मिलेपछि विद्युतीय मतदान उपकरण, सफ्टवेयर, मतपेटिका र गाडी भारतसँग माग्ने निर्णयमा आयोग पुगेको हो। 
'आवश्यक पर्ने सम्पूर्ण मतपेटिका, विद्युतीय मतदान उपकरण र सफ्टवेयर भारतसँग सहयोग माग्ने सहमति भएको छ,' बैठकमा सहभागी एक सदस्यले भने, 'मुख्य सहरका नगरपालिका जहाँ शिक्षित जनसंख्या उच्च छ, त्यहाँमात्र विद्युतीय मतदान हुनेछ।' 
ती सदस्यका अनुसार औंलामा लगाउने मसीदेखि टोपीसम्म र बुथमा राखिने घडीदेखि मतदान सकिएपछि मतपेटिकामा लगाउने लाहाछापसम्म विदेशीसँग मागिने छ। जुटको बोरा, सिलाउने धागो, सलाई, सेफ्टी पिनलगायत सामग्री भने किन्ने तयारी छ। 
मतपत्रमा लगाउने छाप, निर्वाचनमा संलग्न कर्मचारीले लगाउने टिसर्ट र टोपी, टेबुल घडी पनि सहयोग मागिने छ। विगतको निर्वाचनमा विभिन्न सहयोग गरेको जापानसँग सुरक्षा छापलगायत सामग्री मागिनेछ। निर्वाचन सामग्री नर्वे, डेनमार्क, स्विट्जरल्यान्ड, बेलायत, अमेरिकासँग पनि मागिने छ। 
निर्वाचन सामग्री माग्न यसअघि आयोगको विदेशी सहायता समन्वय समितिले दाताहरूसँग छलफल गरेको थियो। एक महिनाअघिको छलफलमा दाताले उपलब्ध गराउन सक्ने निर्वाचन सामग्रीबारे जानकारी गराएका थिए। सोही बैठकमा विदेशीले जनाएको प्रतिबद्धताअनुसार सामग्रीको सूची तयार पारिएको हो।  
आयोगले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा पत्राचार गरी निर्वाचन सामग्री सहयोग गर्न आग्रह गर्नेछ। त्यसपछि मात्र सहयोग लिन सुरु हुनेछ

 
Posted on 06-10-13 4:50 PM     [Snapshot: 231]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sad indeed.
"Kahile na jhukne Shira utheko
Swabhimani Nepali hunchha."
 
Posted on 06-10-13 5:26 PM     [Snapshot: 317]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Nepal is a failed state we all know that, no electricity no highways, shit n dead corpses floats in drinking water......
 
Posted on 06-10-13 8:46 PM     [Snapshot: 626]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khate ra pakhe haru politics ma lagera hamro nepal lai lutnu lutey

 
Posted on 06-10-13 8:54 PM     [Snapshot: 648]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I really think if Kate and Pakhe were in politics, we would be far better off.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters