[Show all top banners]

cybernepali

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Tyo Din

Mr. D

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Drivers challenge government against stricter rules
[VIEWED 3196 TIMES]
SAVE! for ease of future access.
Posted on 12-15-14 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Only in Nepal

Government makes stricter rules for drivers due to excessive driving accidents and deaths, and the drivers challenge the government to take the rule out 


सरकारलाई लाइसेन्स फिर्ता गर्ने सवारी चालकको घोषणा

'मन्त्री, सचिव र सभासदका छोरा ड्राइभर बन्न आउँदैनन्'


२९ मंसिर, काठमाडौं । सार्वजनिक सवारी दुर्घटना रोक्नका लागि सरकारले ल्याएको कडा नियमावलीलाई अस्वीकार गर्दै यातायात मजदूरले लाइसेन्स राज्यलाई बुझाउने र गाडीको चाबी मालिकलाई बुझाउने घोषणा गरेका छन् ।

licence-final


बिभिन्न जिल्लाका सार्वजनिक सवारी चालकहरुले राज्यलाई बुझाउने भन्दै लाइसेन्स संकलन गरिरहेका छन् ।


दुर्घटनाका अन्य कारणहरुलाई बेवास्ता गर्दै सवारी चालकलाई मात्रै दण्डित गर्ने उद्देश्यले सरकारले सार्वजनिक सवारी चालक नियमावली ल्याएपछि लाइसेन्स र चाबी बुझाउने अभियान शुरु भएको यातायात मजदूरका नेता भीम राई ज्वालाले बताए ।

‘देशभरीका सार्वजनिक गाडीका चालकहरुले लाईसेन्स राज्यलाई बुझाएर काम नगर्ने घोषणा गरेका छन्,’ नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका महासचिव राईले भने, ‘अब गाडीको चाबी मालिकलाई बुझाएर हामी यो पेशाबाट अलग हुन बाध्य छौं ।’


मन्त्रिपरिषदको मंसिर २५ गतेको बैठकले सार्वजनिक सवारी चालक नियमावली २०७१ पारित गर्दै लापरवाही गर्ने चालकको लाइसेन्स खारेज गर्ने कडा नियम ल्याएको छ ।


सो नियमावलीमा उल्लेखित लाइसेन्स लिनका लागि १० कक्षा पास गरेको हुनुपर्ने, पूरानाले पनि नयाँ प्रक्रियामा गएर लाइसेन्स लिनुपर्ने, एकजना पनि यात्रु गाडीमा उँभिएर यात्रा गर्न नपाउने जस्ता प्रावधान आफूहरुलाई मान्य नभएको यातायात मजदूरले बताएका छन् ।


‘नेपालमा ६ लाख यातायात मजदूरमध्ये ९५ प्रतिशतले दश कक्षा पास गरेका छैनन्, गाडीको ड्राइभर बन्न मन्त्री, सभासद र सचिवका पढेलेखेका छोरा आउदैनन् नपढेका गरिवका छोरा नै आउने हुन्,’ महासचिव राईले अनलाइनखबरसँग भने, ‘बरु राज्यले दुई-तीन महिनाको कक्षा देओस, उसले चालकबाट के चाहेको हो त्यो सिकाएर प्रमाणपत्र देओस् ।’


सरकारले ल्याएको नयाँ नियमावली मानेर गाडी नचलाउने निर्णय मजदूरहरुले स्वतस्फूर्त रुपमा गरिसकेको र लाइसेन्स जम्मा पारेर सरकारलाई बुझाउने तयारी भइसकेको उनले बताए ।


मजदूरहरु स्वतस्फूर्त रुपमा आन्दोलित हुन थालेपछि कांग्रेस, एमाले र एमाओवादी सम्बद्ध मजदूर संगठनहरु सरकारलाई ज्ञापनपत्र बुझाउने र यी प्रावधान हटाउन लगाउने प्रयासमा छन् ।


‘गाडीमा एकजना पनि उँभिएको पाइए चालकको लाइसेन्स खारेज गर्ने भनिएको छ,’ एमाले सम्बद्ध मजदूरका महासचिव राईले भने, ‘सिट छैन भन्दाभन्दै चढ्ने यात्रु चाहि दोषी नहुने चालकमात्र दोषी हुने कुरा कसरी न्यायिक हुन सक्छ ?’


नियमावलीले एउटै सडकमा गाडी गुडाउने चालकमा पनि मजदूर र मालिक भनेर बिभेद गर्न खोजिएको मजदूर संगठनहरुको आरोप छ । ‘निजी गाडी चालकलाई केही नहुने, सार्वजनिक गाडी चालकलाई जेल हाल्ने कुरा मान्दैनौं,’ कांग्रेस सम्बद्ध मजदूर संगठनका नेता अजयकुमार राईले भने ।


आफूहरुले अहिले नै आन्दोलन घोषणा नगरेको तर सरकारले कुरा नसुने शान्तिपूर्ण आन्दोलनमा जाने एमाओवादी सम्बद्ध मजदूर नेता जगत सिम्खडाले बताए । ‘सडकमा चाहेर दुर्घटना हुँदैन, भवितव्य पर्नासाथ सार्वजनिक सवारी चालकलाई जेल लैजाने र अरुलाई उन्मुक्ति दिने कुरा सहन सकिन्न,’ उनले भने ।

- See more at: http://www.onlinekhabar.com/2014/12/218210/#sthash.vhxN9Ny0.dpuf

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Good News for Nepalese TPS Holders!!!
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters