धेरै धेरै धन्यवाद

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

घर किन्ने बेलामा छर् छिमेक हेर्नु पर्छ है नत्र नर्क को बास बनाइ देलान है ? तेसैले बिदेश तिर Location, Location, Location भन्दा रहेछन | बुढा पाका ले भनेको ठिकै हो बच्चा हरुको स्कुलिङ घर परिवार अनी दैनिक भेटघाट र २४।७ भेट हुने छिमेकीको ठुलो प्रभाब परेको हुन्छ | यो प्रभाब बच्चा हरु माथि मात्र होईन जवान र बुढा पाकामा पनि पर्छ भने महिलामा पर्ने प्रभाब झनै ठुलो हुन्छ|बिशेष गरी यिनी हरुमा कम्पिटिसन भयो भने| एऊटिले साडी किनेर आघनमा चुरीफुरी गर्न थाली भने अर्किलाई साडी पसल कुदनै पर्ने बनाइदिन्छ | अनी Jealousy, Ego, Narcissism सम्क्रमण रोग हो | यो थपीदै जान्छ घट्ने नाम लिदैन | छिमेकि ले बोल्दै नबोली तिन्का आचरण र व्यबहारले झुलोको काम गरिदिन्छ| "पर पिडानम रती साधनम" आनन्द लिदै बस्छन | सके कुकुरको छाउरो ल्याएर जो सँग धेरै रिस उठेको छ उसैको नाम भन्दा पनि बच्चा हरुको नाम मिल्ने नाम राखी दिन्छन | पल पल छिमेकोको दिमागमा ढाग्रो ठोक्छन | चेइ चेइ रामे, च्यामे, बाऊचा जे जे मिल्ने हो ठुलो ठुलो स्वरमा छिमेकिले सुन्ने गरी चाहिदो नचाहिदो बेला छाउरो बोलाउछन | एक दिन दुई दिन होइन पल पलमा छिमेकिका दिमागमा ढ्याँग्रो बजारेका बजारै गर्छन् | तेसैले बिदेशमा लोकेसन, लोकेसन, लोकेसन भन्दा रहेछन अनी नेपालमा भए छिमेकी,छिमेकी, छिमेकी  भन्नुको कारण बुझी हाल्नुस् |यो अति नै सम्क्रमणकारी हुन्छ | एक दिन मेरो प्राथमिक कक्षाको साथीले मलाई तेरो छिमेकी को हो भनी सोध्यो | किन सोधिस?  अजयको बुवा हरी अंकल हो | अनी उस्ले सोध्यो हरी अंकल साझ परे पछी रुन्छन कि रुदैनन ? मले भने हैट छोरो मान्छे पनि रुन्छन र त्यो पनि छिमेकिले सुन्ने गरी? " बा आमा वा सहोदरि को स्वर्गबास हुँदा" सबै रुन्छन भनेको थिए | बुझिस अहिले त सानेको बाउ पनि कहिले कही रुवेको सुनेको छु |अनी मलाई सोध्यो तेरो बाउ रुन्छन कि रुदैनन? मैले अचम्म मान्दै उत्ल्टै सोधे तेरो बा नी? यो कुरा महिनौ दोहोरिएन | एक दिन टिफिन ब्रेकमा मेरो साथीले सुनाउछ त्यो त हर्के काकिले कुट्दी रहिछिन र रुएको रे ? अबत श्याम काका पनि रुनथाले , उनिचै किन रुन थाले भन्दा आमाले भनेकी छिमेकिको बानी सरेरे हो रे ? कती सरुवा रोग रहेछ बुझ्नु भयो होईन त ? मलाई एउटा साझा कुरुवा ढुकुवाले मेरो बाल्यापनको "रुनचे" कथा सम्झाइ दियो, नत्र यो धागो को श्रीजनै हुने थीएन| शायद उस्ले पनि श्रीमती बाट कुटाइको स्वाद पाईसकेको हुनाले मलाई धेरै साझामा नझुडी बुढीको कुटाइ खालस भनी सम्झाएको हुनुपर्छ | बाह्रमासे जस्तो २४।७ नै झुडिएर बसे पछी तेस्की बुढीले के गरोस त ? लौ साझा मेम्बर , ईन्टरनेटका छिमेकी /(छिमेकी भन्दा पनि नजिक) नानो सेकेन्ड मा तपाईं हरु सँग भेट हुन्छ,तेसैले छिमेकी भन्दा पनि नजिक हुनु हुन्छ |  तपाईंहरु  पनि पनि यो स्वरुवा रोग बाट बच्नु होस , म चाँही यो कुरा सुनाउन मात्रै छिरेको हुँ | लौ म साझा बाट बाहिरिनु भन्दा अगाडि  केही भन्न् चाहन्छु |सके सम्म सरल बोलचाली भाषामा लेख्न प्रयास गरेको छु, बुझ पचाएर् बुझिन भन्ने हरु बाह्रखरी पढन सुरु गर्नु होला, तेस बाहेकका ले  अझै नबुझ्नु भए साथी भाई वा  नेपाली बाट नेपाली अनुवादक खोजु बुझ्नु हुन अनुरोध गर्दछु  | बाउचा तिमीलाई धन्यवाद नदीइ म यो धागो कसरी अन्त्य गर्न सकुला ? बाउचा तिमीलाई मेरो हृदय बाटै निस्किएको धेरै धेरै धन्यवाद !!!! Last edited: 08-Jun-20 03:17 PM

Logan · Jun 8, 2020 1:49 PM · 8,403 views

3 Replies

ये लोगन दाइ “साझामा धेरै नझुंडी, बुढी को कुटी खालास” भनेर नभने पनि “साझा मा full time job जस्तै ल्यांग गरेर बस्न भन्दा बुढी लाइ सघाउ भरे bed मा रमाइलो तरिकाले सारी उतार्देलिन” भनेर मैले पनि सुझाब दिएकै हो २ दिन अघि / भलै त्यो thread नै गाएब भएछ अहिले / आशा छ मलाई भनेका होइनौ यहाँ माथि / बरु सुनाउ न कस्तो भयो अनुभब येदि मैले भनेकै जस्तो गरेको भए :) हेर दाइ तिम्र कथा र ब्यन्गको म राम्रो पाठक हो अनि तिम्रो सुभचिन्तक पनि / mind नगर ल /

salamkrishne · Jun 8, 2020 4:16 PM

Baucha aayo timro aaparadhi

sexy in haku patasi · Jun 9, 2020 12:07 PM

सभार : साझा "बुढीलाई के थाहा बुढोलाई साझा लाग्या छ भनेर"

logan · Jun 9, 2020 2:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion