nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
[VIEWED 170327 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
The postings in this thread span 16 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-24-06 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइते मात्र रे छ चौतारीमा।
नमे, तिमीले नै सुरु गर यार नयाँ चौतारी पनि। तिम्रो लोगो हो यो। दमप्तरीहुर नयाँ चौतारीको लागि नयाँ Message यसलाई सुधार्नुस् है।
चौतारीको फोटु र नाममा किटिक्क गर्दा तत् व्याउतीको धागोमा जाने कुरा यथावत नै ठिक होला। बरु नेपेजी र अरु दौवतरीहुरको नाम किटिक्क गर्दा जाने धागो पनि थप्दा बेस होला कि।
----------------------------------
चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?


नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।


खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउते र नेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा र गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, साँहिला, आइते मुखिया, लालुपाते, लुते र हर्के ।

डाँडेको देवी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झलझली... ...


ळ त ल जमौ अब,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?


बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...

 
Posted on 01-24-06 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दावा दोस्ति है तो खुल्कर मिला करो
यु शाहिलो कि तरह ना हटकर चला करो ।

हम भि तो ऐइना है और बे-जुबान नहि
परछाइओ से अपनि न बाते किया करो ।

हर सख्त मेरे शहर का तुज्को सनम कहे
यु मुस्कुराके सबको अपना कहाँ करो ।

खाबो मै चुम्ने का हमने गैरो से सुना
गैरो कि मेहेफिल मे ना उठा बैठा करो
 
Posted on 01-24-06 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ये हैन ए हजुरहरु हो!! क्या हो यो चौतारी भन्या ? हामी नि घुस्न पाईन्छ कि पाईन्न ? टिकट सिकट लिनु पर्ने हो कि ? कि सोर्स-फोर्स नै लाउनु पर्ने हो ? सोर्स फोर्स त छैन् है हजुर हो -- बढिमा बढि, अर्कै नाम दर्ता गरेर आमा चकारेर गाली गर्न आउछ हजुर!! म त यो धागोको लागी कुमार केटा परें हजुर। पहिलो चोटी यो धागोमा !! (फेरी कुमार भनेर अन्यथा सोचि बक्सेला । त्यो त अस्तिनै लुटिसके झ्यामपुतलीहरुले !!) बिहानै उठ्या, उठ्न पाऽऽ छैन नेपाली लेख्न मन् लागेर बबाल भएर यता तिर आको !! क्या हो नियम-सियम, यस्सो बिन्ति होस् न प्रभो !!

मुनामदन बाट एउटा हरफ नै छोड्नु पर्ला जस्तो छ।

सिन चै मदन भोट जाने बेलाको, बियोग चै मुनाको

मुना: नछोडी जानोस् हे मेरा प्राण ! अकेली मलाई,
मनको वनमा ननिभ्ने गरी विरह जलाई,
ननिभ्ने गरी विरह जलाई,
लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए,
के भनूँ ? भन्ने म केही थिइनँ विष नै पिलाए !
प्यारा, विष नै पिलाए !
मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,
यो मेरो मुटु पचासबाजि धडकन्छ पलामा,
यो छाती मेरो चिरेर खोली नजर गराए,
त्यो मन केही फर्कंदो होला, तस्वीर खुलाए !
आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,
मनको कुरा मनमै बस्छ, छातीले खोल्दैन,
प्यारा ! आँसुले बोल्दैन !!


ऐया!! आजलाई पुग्यो!!
 
Posted on 01-24-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहोऽऽ! कलंकी ज्यू पनि चौतारीमा पाल्नुभ‍ा? ल स्वागत छ है। याँ नियम सियम क्यै छैन त्यस्तो, मज्जाले लेखे हुन्छ, कथा, कविता, गीत, तपैंलाई जे जे आउँछ। चौतारी त्यसै नि रमाइलो हुने ठाउँ, झन् हाम्रा हाँस्यव्यङ्ग्यकार कलंकीको आगमनले त झन् हाँस्यमय हुने भो।
 
Posted on 01-24-06 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर, हाम्रा कैलेस्याना पनि चौताराँ आरचन् आज त ! केइ लाज मान्न पर्दैन ढुक्कसित आम्नी जानी अरे हुन्च ! निती नियम भन्नीकुरा त्यस्तै हुन्, हाम्रा चौताराँ नितिको काम मयाले अर्च अनि नियम भनेको पिरिम् । मया र पिरिम भ'सी अरुथोक केइनी चाइन्न !

अब गामका बुडा पाका आइमाइ केट्केटी सपै जम्मा हुनि थलो परो यो ।त्यै भ'र चाइन्जो तिमी हामी मत्रै भ'काबेलाँ त जे सुकै अर तिम्रो खुशी, तर बुडा पाका मुन्छेनी भ'का बेलाँ तो आमा चकर ला'र तो नबोले है स्याना !

होइन गाँठे ! कुमारलाइ कुमार भ'र बस्नै नदिनि यी झ्याम्म झ्याम्मका पुतली भनेका कस्ता हुन्चन् र हो ? कतै चौताराका बरका रूखाँ नी त्यस्तै पुतली त छैनन् ? रूखाँ किरा मार्नी ओखती छर्न पर्लाअस्तो लाओ ए मुलाइ त ! लौ न नी के सुन्न पर्च यी कानले ब्यान ब्यानै !

लौ तो नि कैले (कलँकी), कैले कैले आउँदै गरे, दु:ख सु:खका बात माराम्ला !
फुल सारे ...मया नमारे !

यौटा पङ्ती माधव घिमिरेको "गौरी" बाट है !

तिम्रो अन्तीमको सिँगार सँगिनी "कात्रो" कसोरी भनूँ ।
तिम्रै निम्ती दिइन्छ पात्र जुन त्यो "टीलो" कसोरी भनूँ ॥
गाली होइन किन्तु भन्नु कसरी यो अन्न "बुर्की" भनी ।
"मू्र्दार्नी" कसरी भनूँ जुन तिमी मेरी थियौ जिवनी ॥

हरि शरणम् !
 
Posted on 01-24-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

World Map bro, la yaar yo thread ma maja sanga kura garau, ENGLSIH na SINGLSISH ki kaso? ani k bhanya bro le? hoain kya tyahi BISHWA MAN CHITRA NAI bhanya ho maile, kina jhaskeko tyasari? Ki Irish NAANI ko chakkar ma lagera ho??????????
 
Posted on 01-24-06 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, मैले त यो धागो नदेखिरा'। अनि आइते, म काँ झस्केको हो र? म त 'विश्व मानचित्र'को विज्ञापन(advertisement) पो गर्दै थें त। याँ चौतारीमा त मेरी 'मैना' पो त, काँ आइरिस साइरिसको कुरा गरिरा' होला। तपैंलाई था' छैन, मेरो र मैनाको प्रेम कहानी? लौ तपाई धेरै पछि चौतारीमा आउनु भा' जस्तो छ, सारा गाउँलाई था'छ। हाम्रा गीत, कविता चौतारीभरी घन्केको सुन्नसक्नुहुन्छ।
 
Posted on 01-24-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ho ra bhnaya? Gau ki maina paye pachhi GORO chhala ko k mahatwa haina ta? Ma CHAUTARI ma naya ta hoina tara sabai kahani padhna bhyako chhaina, Dada+Sanju ko LAPPAN chhpaan matara thaha chhha kya, J hos........CHAUTARI is the BEST

ani malai kina sadhai TAPAI-HAJUR bhannu paryo, if u dont mind I will feel more comfortable if u kindly say FRIENDLY word ..........

Ani Ireland ma moj chha hoina ta?
 
Posted on 01-24-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउ दुई दिन चौतारआँ आम्न नपाम्दा धाओ त चाइन्जो तन्केर गोरखपूर रेल अस्तो हुने गाँठे। अस्ति भर्खर नमेले नयाँ चौतारो चिन्या अस्तो लाउच मुलाइ, अइले आम्दा त नयाँ बनाम्नु पर्ने बेला भएच। राम्रै भाच जे भा नि, नयाँ नयाँ गाम्लेअरु आम्न थालेचन्।
सिरे, दादा र नमे त यतै थे के रे हिजो अस्ति, साईँलो नि आएच अनि आइते भाई नि झुल्के च आज त। पोउलेरी (pkreli) चाइँ कैलेकाई मात्तै आम्चन अचेल।
चित्रे नि मैनालाई फकाम्न आएच आज त। मुन्द्र्या कुरो के अर्नु मु आम्दा ऊ बेशि झर्तोरेच ऊ आम्दा मु अन्तै। काका डोको बुन्तै होलान अझै, अब त भ्याम्न पर्ने हो।
गोताएँ अस्ति 'तुच्च तुच्च' पार्या बेलाँ लाले लाई र मुलाइ "फुर्यो फुर्यो" भन्तै थ्यो अइलेनि कबिता लेख्तै होला।
नेपे दाइको के कुरो अर्नु, बेला बेलाँ झुल्कन्चन कुन दिन कुन पुर्चेट (project) लेर आम्नेहुन फेरि, अस्तिको त मजाआ थ्यो चौतारि सिरानाँ जो राख्न पाइयो।
मुखिया बा र माष्टर्नी नानि हराए देखुन मुलाइ त पिर लाईराच के। मुखिया बुडा सारै पात्तेका चन फेरि। के जाति केटा केटि हिन्दि गित गाम्दै लसपस अरेको धाओ मा पसेर अउँरेचिमा 'गुड जब' कि के जाती भन्तै थे।
लु गाममा कैले (Kalankisthan) नि आएच। सारै मजाको दोरि गाम्च कैले ले त। अस्ती बिरेठँटिआँ दोरि खेल्ता पुन्टेदाई को सालीलाई झण्डै लएको, उताटी भौते लुसुक्क आर कानाँ खुसुक्क के के जाति भनो र मात्तै नत्र उछिट्ट्या थ्यो।

यो मालपुवे (Maple ko pat) ले हाम्रो लाउरे दाइले गाम्ने अस्तो के गिद गाको हो ?

लु यस्तो गित गाउ बरु -

चित्रे -

कुखुरा काटि नि भोग दिउँला
मोहोर राखि नि ढोग दिउँला
मैनालाई चाँडै फकाइदेऊ
कालिन्चोके माई
ए कालिन्चोके माई

 
Posted on 01-24-06 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउ दुई दिन चौतारआँ आम्न नपाम्दा धाओ त चाइन्जो तन्केर गोरखपूर रेल अस्तो हुने गाँठे। अस्ति भर्खर नमेले नयाँ चौतारो चिन्या अस्तो लाउच मुलाइ, अइले आम्दा त नयाँ बनाम्नु पर्ने बेला भएच। राम्रै भाच जे भा नि, नयाँ नयाँ गाम्लेअरु आम्न थालेचन्।
सिरे, दादा र नमे त यतै थे के रे हिजो अस्ति, साईँलो नि आएच अनि आइते भाई नि झुल्के च आज त। पोउलेरी (pkreli) चाइँ कैलेकाई मात्तै आम्चन अचेल।
चित्रे नि मैनालाई फकाम्न आएच आज त। मुन्द्र्या कुरो के अर्नु मु आम्दा ऊ बेशि झर्तोरेच ऊ आम्दा मु अन्तै। काका डोको बुन्तै होलान अझै, अब त भ्याम्न पर्ने हो।
गोताएँ अस्ति 'तुच्च तुच्च' पार्या बेलाँ लाले लाई र मुलाइ "फुर्यो फुर्यो" भन्तै थ्यो अइलेनि कबिता लेख्तै होला।
नेपे दाइको के कुरो अर्नु, बेला बेलाँ झुल्कन्चन कुन दिन कुन पुर्चेट (project) लेर आम्नेहुन फेरि, अस्तिको त मजाआ थ्यो चौतारि सिरानाँ जो राख्न पाइयो।
मुखिया बा र माष्टर्नी नानि हराए देखुन मुलाइ त पिर लाईराच के। मुखिया बुडा सारै पात्तेका चन फेरि। के जाति केटा केटि हिन्दि गित गाम्दै लसपस अरेको धाओ मा पसेर अउँरेचिमा 'गुड जब' कि के जाती भन्तै थे।
लु गाममा कैले (Kalankisthan) नि आएच। सारै मजाको दोरि गाम्च कैले ले त। अस्ती बिरेठँटिआँ दोरि खेल्ता पुन्टेदाई को सालीलाई झण्डै लएको, उताटी भौते लुसुक्क आर कानाँ खुसुक्क के के जाति भनो र मात्तै नत्र उछिट्ट्या थ्यो।

यो मालपुवे (Maple ko pat) ले हाम्रो लाउरे दाइले गाम्ने अस्तो के गिद गाको हो ?

लु यस्तो गित गाउ बरु -

चित्रे -

कुखुरा काटि नि भोग दिउँला
मोहोर राखि नि ढोग दिउँला
मैनालाई चाँडै फकाइदेऊ
कालिन्चोके माई
ए कालिन्चोके माई

 
Posted on 01-24-06 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*****************************************
बिर्खेले नि र्‌याङ्ग्-का-ठ्याङ्ग् मिलाउछ !!! सकि नसकि उचाल्छ, उचालेपछि भ्वात्त खसाल्छ !!! जति उचालेर पछारेपनि अचेल दुख्न छोडिसक्या छ, "उसले" मुटुको नशा चुँडालेर गएपछि !! नशा नि यस्तरी चुँडालिन मोरी ले, काट्या ठाममा भे पिन्सिलिन मलम लाँउथे, दुख्या भे बाम-भिक्स दल्थे ।। बाम-भिक्स ले नि नछोए तारपिन तेल भे नि घस्थेँ -- तर क्यार्नु, नशा नै चुँडिएसि गाँठो पारेर हुने रैनछ, डाउटरको औषधीले छुने रैन् छ !!!

जिन्दगी रैछ नारन दुई दिन को चोला
रेटि सक्या मुटुलाई मलम ले के छोला

भन्दै मेरो दुई शब्द यहि टुङ्ग्याउछु !!!

 
Posted on 01-24-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छ सम्झी झल्झली !

कता मोरे बनका चरी
माया हो सुन्य भयो साझाको चौतारी !
डाँडैको देवी देउराली.............:)
 
Posted on 01-24-06 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्द्रेले ज्याद्रै मीठो तर भित्रै देखि जो बैराक लाउनी गीत गाइस् गाँठे।

तँ आउनी बेलाआँ वल्लो गामका सप्पै मेलापाताँ हुन्चन्, अर्का गामका मेलापाताँ जान लाका हुन्चन भन्नी अजै मेसो पाओ छैनस् र? चौपाराँ यतिबेला लंठिनि कि तैं होस्, कि तो चित्रे, कि मै हुम्।
 
Posted on 01-24-06 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि उठेँ।
कलकींलाई गुन्द्री हालदेऊ है। नभए वरको फेदमा अडेस लाउन देऊ।
 
Posted on 01-24-06 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भए देश फर्किनि भएचस् के रे। ल ल राम्रो अरेस्। अरु के भनम? खुशी रहेस्। म नि तेतै फर्किनि हो ५-६ बर्षाआँ। चौपारोलाई नबिर्सेस के रे।
 
Posted on 01-24-06 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दादा, के एस्तो मौका परो आज! दुइ भाइ मिलेर यो चौपारो पुरम न त नि। के लाच र?
 
Posted on 01-24-06 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ल, म नि यतै छु, काका, मुन्द्रे, पनि यतै रैछन्। दादा नि यतै? भर्खर उठ्या? नेपाल गा' सपना देख्नुभो कि क्या हो? हाम्रो बल्ल सुत्ने बेला हुन लायो, दादा त उठिसकेछन् बा। अनि काकाको के छ त हालखबर, अब च्याङ्ग्राको भतेर कहिले हुन्छ? म नि आउँला ट्याम मिला'र। मुन्द्रेको गाना मीठो लाग्यो।
 
Posted on 01-24-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा ! आज त्यसै त्यसै मुख चिलाइच ! काकासँ बाझ्न पर्च कि क्याओ ! :)

खुपै आफुलाइ मत्रै था' भ'अस्तो अर्चौ नि ! एउछिन चौताराँ आम्न नि कति गारो हो बाबा ठाकुरे ! पैसा भुनेसी
थुकले टिप्चौ के रे ! चौताराँ आम्नी ट्याम त्यै डोकाँ लायो भने यौडो डोको बडी बुने नि पचासोटा रुपियाँ दाम
आम्च भन्नी होला नि मनाँ त। मलै था न'भको काँ हो र ?

चौतारो सौतारो भत्कादिन्चु म त रिसा झोकाँ ! नमेले नयेँ चौतारो बनाम्नि हो भनिचन के रे, के भो र मलै !

लौ बाबा कति कराम्नी ! मेराँ नी असरो पसरो तेत्तिकै छ समेल्न पर्नी ।हिँडे लौ। रात नि झमक्कै परिसकेच !

 
Posted on 01-24-06 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक-ठाकै भन्न परो चित्रे। बेशै छु।
हैन, तुच्च तुच्च पार्दै राजखानी खाओ बिर्सिस् र? ठाडो घाँटी लाउँदा सोर पाउन्नस् के रे, बिर्सिसकेचस्।
 
Posted on 01-24-06 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
ICE kidnapping people off the streets over op eds
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS decision
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS
Don’t Just Read—Join the Conversation
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Homeowner Charged renting to illegal migrants
Freedom of speech is dead in USA
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
NEED TRADE SHOW HELP- LAS VEGAS
FDA admits Covid mRNA ‘Vaccines’ CAUSE CANCER
USCIS to Check Social Media Posts of Green Card Applicants Legally Residing in US
Nepal TPS Deadline
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters