[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 naalmaliu - Deep

[Please view other pages to see the rest of the postings. Total posts: 86]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 49265 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-07-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो यो दीप भनेर नअलमलिउ न, तिमीले बालेर छोडेको एउटा दियो हुँ म ---

सम्झेर बिर्सेको तिमीले
एक सपना हुँ म
बिर्सेर सम्झेको तिमीले
एक जमाना हुँ म

मन्दीरमा बालेको तिमीले
एक धुप हुँ म
नेपथ्यमा सुनेको तिमीले
एक धुन् हुँ म

भावमा उठाएको तिमीले
एक लहर हुँ म
कल्पनामा रचेको तिमीले
एक रहर हुँ म
 
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-09-06 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ हामि धेरैले आ-आफ्ना मनोभाव पोखिम् --- मलाई त रमाइलो लाग्यो।

म चै यसैले बिट मार्न पर्यो।

आफन्तका माँझमा पराइ बनेको छु
छुट्टिए धोका, बसे उपेक्षित्
कर्कलाको पातमा पानी बनेको छु
 
Posted on 08-09-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wah wah Deep....... kina bit marne aru ni jawos na..........
 
Posted on 08-09-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी सुरु भो काम चोर ग्याङ को सर्दार को कबिता
हुने भयो आज दीन भर पनि रमिता :P
 
Posted on 08-09-06 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep,
Not fair!! Kaha bit marne kura gareko? Aru pani jaawosh na.
 
Posted on 08-09-06 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabbai nepali ma maarda raichan hya ta..ghar nagai nepali ma marna sakdina ma ni...


kasailey yo hoon ma tyo hoon ma bhanda malai chai sindoor ko git yaad aayo

Minakchhyi ananda lay roondai roondai ko hoon ma, ke hoon ma!! bhanya.....yaad aayo

deep dai lay ramro dhago nikaley yo
 
Posted on 08-09-06 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DeepJi , please dont mind hai, yo ek haraf tapai ka laagi

तिमि,
हरन बाहेक सबकुरा बज्ने थोत्रो गाडिनै हौ।
पत्याए पत्याउ, नपत्याए नपत्याउ,
ओरालोको ब्रेक्, उकालोको जन्जिरको कुरा गर्दै,
आफ्नै आंग कन्याएर छारो उडाउने,
तिमि सच्चिकै अनाडिनै हौ।
 
Posted on 08-09-06 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बास पाउन थालेदेखि
तिम्रो बाहुपासमा
हरेक पल तिम्रो
दास बन्न थालेको छु!!

प्रत्येक गाँस अनि
मेरा हरेक साँसमा
तिम्रो सहवासको
आश गर्न थालेको छु!!

त्यसैले त आजभोली,
जिउँदा लाशहरुको रासमा
एककिसिमको
तमास हुन थालेको छु!!

नझुक्किनु,

तिमी = Jack Daniels

:पि
 
Posted on 08-09-06 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चर्कियेको घाउ फुट्दा निस्कने पिप हुँ म
जिन्दगिको कुनै पनि मोडमा काम नलाग्ने सिप हुँ म

को हो भनेर नअल्मलिउ तिमि, तिमिले बालेर छोडेको दियो हुँ म
बिजाउला कि भन्दै पन्छिएर हिँड्नुपर्ने, तिमिले हराएको त्यो सानो सियो हुँ म।

तेस्रो हरफ चैं दीप दाजुको चोर्या हो है। कपिराइट त छैन होला नि?? :पि
 
Posted on 08-10-06 4:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पानी बिना को माछा ,सुई बिनाको घडी हु म
एत्रा आसुकबिहरुका माझ ताते गर्दै बामे सर्न लागेको अनादी बालक हु म
 
Posted on 08-10-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पुण्य मन पराए या पाप मन पराए
जे होस मैले तिमिलाई चुपचाप मनपराए ।

यदि फुल काँडा भित्र सँगै रमाउन सक्छ
ममताको रंगमा पनि फिका समाउन सक्छ ॥

नसोध मैले वरदान या श्राप मन पराए
जे होस मैले तिमिलाई चुपचाप मनपराए ।

तिमिसंग लिनुपनि छ तिमिलाई दिनुपनि छ
हाम्रो हिसाब-कितावमा सजाउनु पनि छ ।

यो हिसाब भुलेर तिमिलाइ बेहिसाव मन पराए
जे होस मैले तिमिलाई चुपचाप मनपराए ॥


* मेरो बाको पालाको भएपनि मलाई Amazing लाग्यो, श्रेय प्रभात रिमाल दाईलाई । उहांको Whisky Shot पछिको गाना । पहिलो चोटि सुन्या :) :)
 
Posted on 08-10-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुँ म को लहर रै छ ! मैले त अर्कै पोष्ट गर्दैं !
४ बजे तिर फुर्यो भने कबिता लेखुँला ! :)
 
Posted on 08-10-06 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

100 degrees ko garmi ma tatiyeko balwa ho timi
char jat chattis barna ma naparne anautho mahila hau timi
tauko ma sunko dhago bokne khola jhai bahane honi
man ko boli nabujhne maya ko khelauna timi

ps: A hot non-nepali blonde girl. ;-)
 
Posted on 09-17-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पण्डितज्यूले गीतको शब्दमा केही त्रुटीहरु गर्नुभएको रहेछ । त्यसलाई सच्याइर यहाँ राख्दैछु ।

 

यो मेरा समस्त सर्वप्रिय १० गीतहरु (यदि छान्नैपर्‍यो भने का कुरा नि) मध्येको एक हो, त्यही भएर त्रुटी देख्न नसकेको हुँ ।

 

 

मैले पुण्य मन पराएँ या पाप मन पराएँ

जे होस मैले तिमीलाई चुपचाप मनपराएँ  

 

जब फूल र काँढा दुईटा सँगै रमाउन सक्छ

जब दागको रंगमा पनि टिका समाउन सक्छ

 

(समाउन = समाहित हुन)

 

नसोध मैले वरदान या श्राप मन पराएँ

जे होस मैले तिमीलाई चुपचाप मन पराएँ  

 

तिमीसंग लिनु पनि छ तिमीलाई दिनु पनि छ

हाम्रो हिसाब-किताबमा सच्याउनु पनि छ  

 

यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराएँ

जे होस मैले तिमीलाई चुपचाप मन पराएँ

 

Nepe
 
Posted on 09-18-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्ध्यारो चारै तिर ,  औशी को रात हुँ  म
लाचार अनि कहिले संगम् नहुने  , दुई नदी को किनारा हुँ म !
हो ,हो  पानी  नपाई छट्पटिएको माछा हुँ म
खै के भनु म,  wal street बाट पेलिएको  बिबस मध्यम् बर्ग  हुँ म !!

हे हे मैले पनि ट्राइ मार्दे को नि .........
peace


 
Posted on 09-18-08 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                             खिया लगेको Fate

प्रथम पुरुष म -
Surreal
प्रश्नयुक्त तर उत्तररहित
Fairly Played
However, दोभासेले पनि नबुझेको spin हुँ म

फेरी राम्रो म -
अन्धोले देखेको
बैरोले सुनेको
लाटोले बोलेको
परीबन्धमा युधिस्थिरले deliberately बोलेको झुठ हुँ म

अझै म -
comprehensive
युगान्तकारी
अन्तस्करनले चाहेको
supposedly कालजयी
Eventually, aborted mission हुँ म

अनी तिमी -
मेरो चेकको withdrawable amount bounced amount को sum हौ

 
Posted on 09-21-08 3:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा अर्थपूर्ण शब्दहरुको खिल्ली उडाइन्छ   
तिम्रा अर्थहिन बिश्लेशणको बखान हुन्छ यहाँ
बन्द गर श्रुतिसम्मभिन्नार्थक कुरा ।
 
Posted on 09-21-08 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो आफ्नो जकर्मो गर्ने बेला मा कसरी भनु के हुँ म ?
शायद लेख्न नमिल्ने किताब हुँ म
शायद कसैले वास्ता नगरेको गीत हुँ म
शायद ताल को अभाव मा निस्केको अनौठो धुन हुँ म
शायद किनारा मा छितीज को सपना देख्ने एक दिबा स्वप्नी हुँ म
शायद बिखण्डित वास्तबिकताको यथार्थ हुँ म!
म के हुँ त ?
कता कता बाट आउने मिठो बास्ना को मिठो भोजन हुँ त ?
के म फालियेको जुठो पो हुँ त?
आफ्नै परिचय गर्न खोजदा म कहाँ बाट कहाँ पुगे
यो बिराट संसार मा अरबौ जिव मधे
फगत एक अस्तित्व हुँ ?   
कैले गर्वमा संसारई को माथि हुन्छु
कैले कैले निराशामा संसारई को मुनी हुन्छु
कैले तल कैले माथि शायद यही नै त जीवन हो
लाग्छ जीवन छोटो छ, धेरै काम गर्नु छ
सबै को मुहार म सक्दो मुस्कान छरनु छ
तर गर्नु के म त रणभुल्ल मा छु,
आफ्नु अस्तित्व  जस्ताइ
जीवन लाई शब्द मा उतार्न असफल प्रयास गर्दै छु.


 
Posted on 09-22-08 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la sathi ho je bhane pani satyata yei nai ho.

धोबी का कुत्ता घर को न घाट को हुँ म
देश रोइ रहेको बेला बिदेश मा हास्ने कपुत हुँ म
आफ्नो आमा लाई रुहाउने राछेस हुँ म
मरु भन्दा मर्न पनि नस्क्ने जिउदो लाश हुँ म


 
Posted on 03-03-17 1:42 PM     [Snapshot: 9680]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Loved the short poetic conversations of past.
 
Posted on 03-03-17 2:16 PM     [Snapshot: 9701]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्दगीमेरो यस्तो भयो
catch 22 जस्तो भयो
सुख-चैन नहुने कतै पनि
vagabond ko जस्तो भयो!

#टुसेन्ट्स
 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
Freedom of speech is dead in USA
Nepal TPS decision
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Who is the real enemy?
Travelling to Nepal with expiration less than 6 months
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters