[Show all top banners]

SateLite
Replies to this thread:

More by SateLite
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

ThahaChaena
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 "An Unfortunate Love "
[VIEWED 8151 TIMES]
SAVE! for ease of future access.
Posted on 03-08-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रातको अन्तिम प्रहरसम्म तिम्रा शब्दहरु हेरेपनि
"स्क्रिन" छाड्न मन मान्दैन
तिमिले गुन्गुनाइरहेका लयहरुलाइ त्यसै-त्यसै
एक्लै छाडिदिन आँट नै आँउदैन
घरिघरिका तिम्रा शब्दहरु "गुड नाइट"अनि "गुड बाइ"
मलाइ यि शब्दहरुप्रति पटक्कै स्नेह जागेन
म सँग कहिले बिदा माग्दिन भनि..
केवल एउटा प्रतिज्ञामात्र गरिदेउ न..
मात्र तिम्रो एउटा प्रतिज्ञासँग म मेरो हरेक सास साट्नेछु
तिमिले कुनै दिन मेरो साथ मागेमा..
म्रितुसँग लडेरै पनि म आइपुग्नेछु..
म कसरि बिश्वास दिलाउँ कि..
तिम्रो हात सम्हाल्न ..म मेरो सासको तिलाञ्जलि हाँसेर दिनेछु भनि
तिम्रा केहि खुसिकालागि ..मेरा सारा सपनाहरु त्याग्नेछु भनि

कर्तव्य बिर्सेर म पापको गहिराइमा धकेलिदै छु
इश्वर मलाइ अक्षम्य अपराधको भारि बोकाउदै छ
त्यो पापको सजाय भोग्न मलाइ धेरै जुनि लाग्नेछ..
किनकि तिम्रो आशक्तिमा मैले मेरि आमाको स्नेहपनि बिर्सेको छु
बाबा-आमाले मप्रति उनेका सपनाहरुको..अर्थहिन म्रितु देखेर
म बिक्षिप्त मनले मौनताका आँशु झारिरहेछु
रिदयभरि तिम्रो नदेखेको आक्रिति कोरेर..होला
अरु कसैलाइ म चिन्न नसक्ने भयको छु

तिमि भन्छौ !! यो संसार ठुलो छ ..अनि त्यो संसारभित्र
आफ्नोनिम्ति म कोहि भेटाउनेछु भनि..
तर म त कोहि नभेटेर तिमिलाइ खोजेको थिइन..
मैले त केवल तिमिमात्र खोजिरहें सधै-सधै
तिमिबाहेक संसारमा केहि अरु देखिन..
प्रत्येक अनुहारहरुमा तिम्रो प्रतिछाँया देखेर..पनि
भ्रमभित्र रमाइरहन पटक्कै सकिन..

इश्वरसँग गरेका हरेक प्रार्थनाहरुमा तिमि छौ..
मैले देख्ने हरेक सपनाहरुमा तिमि छौ
तिम्रा अगाडि इश्वरपनि निरिह भैदियो.
उप्रतिका मेरा आशातित हेराइमा..मात्र निरासा भरिदियो
तिमि भन्छौ,म अरु कसैको भैसकें भनि..
कोहि अरुकै औंठि र माला लगाइसकें भनि
कोहिअरुकै अँगालोमा रातहरु बिताइसकें भनि
हे मेरि अन्जान साथि !तिमि यति त बुझन
ति औंठि,माला अनि ति रातहरुको मलाइ पर्वाह छैन भनि
तिम्रो देहलाइ जतिले छोएपनि..तिम्रो सिँउदो धेरैले रंगायपनि
केवल तिम्रो मन लियर मसँग आउ न..
देहको त के अर्थ रह्यो र !म्रितुहिन प्रेम दियर,मलाइ स्विकार न..

हे ! अन्जान आक्रिति !!!
मान्छेहरुले भनेको सुन्थें -प्रेम त शक्ति हो
प्रेम त साँचो संकल्प अनि पबित्र भावना पनि हो
व्यर्थ !यि आदर्शका शब्दहरुले
मात्र मलाइ छियाछिया पारे
एकपल्टको मात्र चाह राख्दापनि..पटक-पटक म्रित बनाय
न स्वच्छ जीवन दिय न मलाइ उत्क्रिश्ट म्रितु नै
बहुलाहरुको समुहमा एउटा अर्को नमुना बनाय
तर गल्तिबिनानै बहुलाइयकाहरुको मर्म के थाहा..
बाँचिरहेकाहरुलाइ पलपल मर्नु को पिडा के थाहा..

या त मलाइ जीवनमा अँगाल !!या त मुक्ति देउ
ति माला अनि औंठिहरु त्यागेर,सधैको लागि आउ
एउटा नयाँ दिनको सुरुवात सँगै..
प्रेममय जीवन सुरु गरौंला..
तिम्रा प्रश्नहरुको जवाफ ..सायद "स्क्रिन"मा होइन
प्रत्यक्ष भेटेर दिउँला-
अनिमात्र तिमि मलाइ कहिले "गुड बाइ"भन्नपाउने छैनौ
रातको अन्तिम प्रहरसम्म मलाइ जगाउने छैनौ..
किनकि तिम्रा शब्दहरु सुन्न म तिम्रैसामु हुनेछु
निर्मल स्नेह तिमिप्रति बर्षाउँदै..
अमर प्रेम तिमिप्रति बर्षाउँदै...सदा-सदाको निम्ति

*समाप्त*
 
Posted on 03-08-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Awesome, i liked it very much.
 
Posted on 03-08-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याटलाइट्ज्यु धेरै पछि मन भित्रैबाट कसैको प्रसंशा गर्दैछु ।तपाईंले सारा कवितामा आफ्नो कथा त भन्नु भो तर धेरैको पिडा र वेदनासंग यि भावहरुको मेल खान्छ ।जुन् गहिराइमा डुबेर लेख्नु भएको छ त्यो हृदयलाइ मेरो सलाम!

अस्तु:
 
Posted on 03-08-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-08-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

smells like cyber-love....
 
Posted on 03-08-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I liked, hope to read more, satelite.
 
Posted on 03-08-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yea, it looks like cyber love. Cyber love sucks !!
 
Posted on 03-08-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्ना कमेन्ट दिनुहुने सबै मित्रहरुलाइ स्याटेलाइटको तर्फबाट आभार प्रकट गर्दछु ! जहाँसम्म "साइबर लभ सक्स"भन्ने सन्दर्भ छ ,त्यसमा ब्यक्तिपिच्छे फरक-फरक धारणा हुने म ठान्दछु !
समय र मन जुरेछ भने तपाँइहरुसामु कुनै दिन रचना लियर आउनेनै छु !

उनि को हुन भन्ने बारेमा भन्नु पर्दा -म गाह्रोमन सहित यति भन्न सक्छु-त्यो पात्र केवल काल्पनिक मात्र हो !

- तपाँइहरुकै साथि स्याटेलाइट
 
Posted on 03-08-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनी को हुन ? खुल्दुली लाग्छ नै । यती गहिरो माया अनि सँग सँगइ घाउहरु, न भोगेका र नदेखेकाले शायद नै सिर्जना गर्न सक्दछ, यो मेरो अनुभव हो ।
कल्पना मात्र हो भने अझ बढी प्रशंसा लायक छ । जीवन माया र पीडा वडा सरल र मीठो सँग बुझ्नु भयो र लेख्नु भयो । बधाई छ । अस्तु!
 
Posted on 03-08-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i can't read it!!!!!!! :-(
 
Posted on 03-08-07 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Love is love, can't be "unfortunate". Learn to respect your feelings SateLite ji.
 
Posted on 03-09-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You wrote beautifully: देहको त के अर्थ रह्यो र !म्रितुहिन प्रेम दियर,मलाइ स्विकार
 
Posted on 03-09-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice one mate keep write like this
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
सालीको चाक
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Embassy of Nepal might be able to help extend TPS for Nepal
TPS for Venezuela is terminated, only 60 days extension for transition period
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
ICE kidnapping people off the streets over op eds
Democrat lies revealed
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
Trump admin revokes 18 months TPS extension for Venezuelans
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
नेपालको TPS र USAID यसकारण बन्द हुन जरुरि छ
What is the purpose of an F1 student visa in the U.S.?
Why some Nepali people pull each other's legs???
TPS
#MAGA#FAFO is delicious
Good News for Nepalese TPS Holders!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters