[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 630]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  






[VIEWED 209986 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-07-07 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी ५१ ~






 



सयौं थूंगा फूलका हामी,
एउटै माला नेपाली

सार्वभौम भइ फैलिएका, मेची-महाकाली ।




प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल

वीरहरुका रगतले, स्वतन्त्र र अटल




ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल ।




बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल

अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।










उ को हो म को हो यो जात्रामा

पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!


 

Chautari (Chow-tar-ee)
:
(World's first and finest
internet IMPROV in Nepali language)






 





Running for 590 days (as of 04-07-07) since 7 Sept 2005 with more than 18,600 messages in a total of 50 editions




Meet the world's finest school
teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers,
vacationing revolutionaries, rethinking moderates, instant poets, gifted
story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty
damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of
Chautari of Sajhaland.

 




सधैंका झैं यस संस्करणमा
पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल
बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो,
Nepesahila
- साहिंला, Poonte - पून्टे दाई, पून्टेदा, Kick -
काका, GautamB. - गोताएँ, गोतामे ज्यू, Shree5 - सिरे, Bhaute
- भउते, भौतेकाजी, Nepalean - नमे, Amazing - झिल्के,
Sandhurst_Lahure
- लाहुरे जेठा, Camoflaged - कुम्ले, Miss_me -
मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty - सान्नानी, Uptowngal
- ठूल्नानी, ठूली, Tyra - तितौरी, तिरू, Nirman - निरे, Ruina
- रूइना, Matrix_rose - पुष्पपुरी, Ocean - मुन्द्रे, Lau_ta_lau
- लाले, Bostonian_nepali - बेंसीथाने नेपाली, Sano_kanchha -
सान्कान्छा, Ishwor - ईश्वर, Floraj - फुलौरे, ज्योतिष महाराज,
World_map
- चित्रे, Echoes - धने, Dalli_Resham - डल्ली फुपू,
Subha - सुभे, शुभ दिदी, Chipledhunga - चिप्ले, Foe_4_Misty
- मिस्टे, Gwanche - ग्वाँचे, Sajha_user - सन्जु, Vata-ta-ta
- भट्टे, Gaalab - गाले, Lootekukur - लुते, Sherpini -
शेर्पिनी, Ma_chameli - चमेली, Ramkisne - रामकिस्ने,
Nepal_ko_chora
- नेप्चे, Cerine - सेरू, Yahoooo - यामे,
Harke_kailo
- काहिंला, Nails - चरिनंग्रे, Bob_dai - बबे दाई,
Deep - दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa
- माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal -
राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai -
राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना
- ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh -
सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu - नानु,
dilute
- दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,
nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande
- पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple -
थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap
- ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar
- खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली आदि
चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



 


 
The postings in this thread span 32 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-19-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरै कुरामा रामचन्द्रेजी त देख्दै नदेखिरा भन्या। रामचन्द्रेजी स्यालुट छ है तपाइँलाई पनि। बिदेशको बसाइ त्यस्तै हो, जोत्दा जोत्दा --- किन जोतेको -- के को लागी जोतेको-- सबै बिर्सिइन्छ। राम्रो भविष्य खोज्दा खोज्दै बर्तमान भुलिन्छ। पिर नगर्नुस्!! सबैको त्यस्तै हो।

हरितालिके!! वाह वाह!! दोस्त भनेको यस्तो!! सोझो मान्छे बाङियो भने बबाल हुन्छ नि हैन त? हा हा हा--- दामी दियो के!!

hi Durgesori :-)

.... अनि त्यहाँबाट हामी जादै थियौँ त्यसपछि एक्कासी ----क्रमश: :P

:-)
 
Posted on 04-19-07 3:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान् सम्मन् माफि मागिङ् डे थियो ( हाफ् डे होला), अहिले फेरि क्रमश: डे हुन थाल्यो।
कुम्लेलाई बाङो भनेर भनेको छुइन है। बाङ्गे भन्ने त पूण्टे दा हो, बुइनी ठुलीलाई पो न जिस्का धेरै भनेको, सेण्टी भएको बेला।
मैले सुनको तक्मा दिन्छु भनेर बुइनी म तिर् लागेको होइन के। बढि जिस्काएको ले कुम्ले बाट् अलि टाढा भएको मानिछु। अब न जिस्काउ, माछा मारेर्, मकै छोरेर् खुवाउ फेरि ठिक् हुन्छ।
 
Posted on 04-19-07 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथी का जम्मै लाइ धनुष्टन्कार नमस्ते गरे है मैले।

चौतारीमा माफी दिवस त सकिएछ। भोक पो लाग्यो मलाइ त ? केही खाने कुरो छैन आज?
 
Posted on 04-19-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता लाए जम्मै??

के छ नेप्चे, मलाई नि भोक लायो यार! लौ न गाम्ले हो केही बेबस्था गरुम!
 
Posted on 04-19-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हरितालिके, जित्याजितै हो लंकेहरुले, छाँटकाँट हे्र्दा तल मुन्तिरका मध्यका एक्ले सेमीफिनालमा लंकेलाई नै चेट पार्ला अस्तो छ । भोलि अस्ट्रिलानेहरु हारे काइदा हुन्थो, नाक पोतेका लंकेलाई बाजा बजाम्थेहोलान् तेस्पछि सेमीफिनालमा :))

मैले त आज मज्जाले तामा आलुको झोलसँग झरप्प लाएर भात खाएँ हौ, शनिबारसम्म हरहर्ती हात बसाइरन्छ आबो त ।
 
Posted on 04-19-07 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल्या रामचन्द्रे ब्रो, भोली जल्ले जितेनि कँगारुहरु फस्ट नै हुन्छन क्यारे, रनरेटले गर्दा। लँकेको सेमी त तेई भएर किवी सँगै हो।

मान्छेलाई भोक लाएर यस्तो भै रा बेलामा, कस्तो मान्छे यार आलु-तामा सम्झाइदिने, क्या बोर भो!
 
Posted on 04-19-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र भन्या ? म त भोलि जल्ले जित्यो उ नै प्रथम हुने होला भनेर सोचोराको ।
 
Posted on 04-19-07 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कोई हल्ला खल्ला गर्न व्यस्त, कोई गफैमा मस्त। हैन कसैलाई मतलब् नै छैन भन्या? खै नयां चौतरी बनाउन कोइ अघि सर्या होइन बा। वां एन्त्रि नदिने बेला भैसक्यो। हैन को को हुन् हं भाको एुटा थुल्बैनिलाई जिस्काउने?
काम पाएन तिमिहरुले?

भोक त मलाइ नि लाग्यो नराम्रो सगं। ओ हो रामेले कस्तो बेला आलु-तामा को नाम् लेको भन्या, बसिसक्नु भएन आफुलाइ।
लौ त रामाइलो गर्दै गरुं।
 
Posted on 04-19-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jati jhagadaa gareni sabai bhandaa manperne dai ta kumlenai ho. lau mero bihi maa khadkulo daaijo dine re ke ho kumle tehi asti bhauju le lyaaunu bhaako daijo khadkulo dine bichaar garnu bhaako ho ki kyaa ho. dine bhae sunko takmaa dinus hoina bhaneta mareni bihe gardina lau jaa.
 
Posted on 04-19-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक् लागे त सहनु हुन्थ्यो, रोग् लागे बर्बाद् हुन्छ। भोको पेट धेरै सुतेकोले होला, भोक् लागे नि सहने बानी छ, नत्र हानी छ। मखुला हरि?
भोकाएको बेला, चिलिम् तान्नु पर्छ बाबै बबाल् भोक् लाग्छ नि फेरी। लौ चिलिम् हान्ने हो?
अनो म्: म्: खानु को स्वाद्, आहा~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
 
Posted on 04-19-07 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रनरेटले मोरा हरुले बबाल पारीसक्या छन, तेई भएर भोलीको गेम पनि "ट्याईँ ट्याईँ फिस" (ठुल्दाइले भने जस्तै) होला जस्तो लाग्छ मलाई त।

ठूली के भो तेस्तो, खड्कुलो दिने भा बिहे गर्दिन रे :O, तक्मा लाएर बिहे गर्ने रे?? नसकिने भो।
के गरि रा को हो?
 
Posted on 04-19-07 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल एउटाले आलु तामा भनेर टेन्शन पार्दा पार्दै आर्काले म: म: को नाम लिन थाले, लौ चिलिमकै भर हुने भो!
 
Posted on 04-19-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची मैले जमानामा जान्ने भएर खनेको चौतारीको जग बाङ्गोटिङ्गो भाको देखिहाल्यौ केरे, अहिले त कोदालो समाउन नै लाजलाग्छ ।

याँ हामीकाँ नयाँ आलु आको छ क्या, जति पकाए नि नफुट्ने, तर मुखाँ हाल्ने बित्तिकै पग्लिने खालको । अनि आज चैनिजकाँबाट एक पोको तामा नि किनेर ल्याकोथिएँ, त्यहि आलु मिसाएर सहि तरिकाले पकाएँ । बढो मजा आयो, यस्तो सानोसानो कुराले नि कस्तो आनन्द दिने है ।
 
Posted on 04-19-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ खाऔं भोटहिटी को म्: म्:।

 
Posted on 04-19-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या राहुलदाइ, यस्तो मम भन्दा त बरु, तलतिर अलिअलि च्यापच्याप लागिराको पलास्टिक को पिलेटमा बाँगेको सिलिभरको चम्चोले खाको मोमो पो दामी त । हाम्रा पालामा २ रूँपे पिलेटमा १० ओटा पाउँथ्यो नि त।यो रन्जनाको गल्लीभित्र । हेहेहे २ रुँपेमा मोमो खाएर बाहिर निक्लेर १.२५ रुँपेमा सोडा खाको आनन्दनै बेग्लैहुन्थ्यो
 
Posted on 04-19-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन त्यो जति पकाए नि नफुट्ने, तर मुखाँ हाल्ने बित्तिकै पग्लिने खालको आलु भन्या चै कस्तो रैछ? जिन्दगिमा त्यस्तो देख्नु त के सुन्या मात्र भएनी मरिजाम।
अनि त्यो आलु-तामा सहि तरिकाले कसरी पकाम्ने हो एस्सो सिकाउन परो हाम्लाई नी।

हेर रामे, एक पल्ट गल्ति भो भन्दैमा किन लजाउन पर्ने र? अब कोइ अघि नसरेसी त तपाइंले खन्नै परो नि। ल बनाम गज्जब् को चौतारी। के गर्नु अफुलाई अौने भा उहिल्येइ बनाइसक्थें.
 
Posted on 04-19-07 4:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो राम् चन्द्रे त म: म: बिषेशज्ञ नै रहेछ। अनि कहिं हामी सङ्ग सङै त म: म: खाएनौ? २ रुपैया को १० ओटा म: म: थाहा हुने भाग्यमानी त थोरै हुन्छ हो, रामे। मासंगल्लीको ओरिजनल् शान्दार् म:म:, रन्जना गल्ली को त्यो म:म:, आर् सी रेस्टुरा को आफ्नै किसिम् को म:म:।
( रन्जनाको ठिक् अगाडि को)। अनि इन्द्रचोक को मखन जाने नर्नर् को टपरि म:म:, म:म: मा तातो घिउ हालेर दिने, वा क्या स्वाद् थियो।
 
Posted on 04-19-07 5:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नयाँ चौतारी टराई मारेको है त!

चौतारी-५२
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५२ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 51 editions.
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा








 
Posted on 04-19-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल नयाँ चौतारी जाम यहाँबाट: भरेङ
 
Posted on 04-19-07 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका

भरेङ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Measles vax deaths vs measles death in USA
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Don’t Just Read—Join the Conversation
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS
MLS AND LIVE SOCCER MATCH FREE SITE THAHA CHA?
Freedom of speech is dead in USA
Nepal TPS decision
Whatever happening in airport are illegal and should stop ? What are these immigration lawyers doing ?
Who is the real enemy?
Travelling to Nepal with expiration less than 6 months
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters