[Show all top banners]

SateLite
Replies to this thread:

More by SateLite
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

ThahaChaena
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 किनकि..अब म नेपालिमात्र रहिन...bitter truth
[VIEWED 2745 TIMES]
SAVE! for ease of future access.
Posted on 07-25-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अर्कोपल्ट देश फर्किँदासम्म
मेरो देश रहने हो कि नरहने
म कुदेका बाटाहरु अब निर्वाध हिँड्न
क-कस्लाइ सोध्नुपर्ने हो
आफ्नै घर अगाडि गोलिको 'Target' हुनुपर्ने पो हो कि ?
किनकि म हिजोसम्म नेपालिमात्र थियँ
देशलाइ माया गर्ने एउटा नेपालि
तर समय बदलियछ धेरै..हिँजोको आजै
म मधेसि,पहाडि,जनजाति,बाहुन,माडे,ज्यापु..अनि
पुर्वेलि,पश्चिमेलि अनि हिमालिमा बाँडिइसकेकोछु
अब म केवल नेपालि रहिन..म परिवर्तन भयको छु
आफैलाइ क्रान्तिकारि देखाउने नाममा म के-के 'वादि' भयको छु
साम्यवादि,साम्राज्यवादि,बर्गवादि,मावोवादि अनि यस्तै यस्तै..
नभन मलाइ अब नेपालि भनि..बरु सोध कुन 'वादि' भनि !!!


अचेल म कति फरक भयको छु..
आफ्नै छेउमा नेपालि ढल्दा म मौनतामा बसिरहन्छु
मेरै छिमेकिलाइ लागेको गोलि..म हाँसेर हेरिरहन्छु
किनकि उसको र मेरो 'वाद' फरक भयको छ
मानवता अनि राष्ट्रियता भन्दा..राजनिति ठुलो भयको छ
को मर्यो भन्दापनि-कुन पार्टिको मर्यो त्यो अहं बनेको छ
को समस्यामा पर्यो भन्दा -कुन समुदायको भन्ने ठुलो भयको छ
मानवता हरायको देशको एउटा जडवादि नागरिक हुँ म
जसलाइ आफ्नै आमाको म्रितुले पोल्दैन
किनकि मात्रित्वभन्दा आज 'वाद' ठुलो भयको छ
भ्रष्टहरुको देशको मौन बासिन्दा हुँ म..
किनकि भ्रष्टहरुसँग मेरो 'वाद'मिलेको छ
सत्य र असत्य छुट्टाउने समय रहेन अब
राजनितिक आश्था मात्र हेरिने भयको छ
नत्र किन मरेका लाशहरुलाइ'मावोवादि'भनिन्थ्यो होला
नत्र किन ढलेका नेपालिलाइ'सुराकि'भनिन्थ्यो होला
किन बाहुन अनि जनजाति..अनि किन पहाडि र मधेसि
मरेको लाश त केवल एउटा नेपालि हुन सक्दैन र..
किन लाशहरुको पछिपनि'वादि'लगाइन्छ ?


देश टुक्राउने खेल म चुपचाप हेरिरहन्छु
किनकि मलाइ भोट गुमाउनु छैन
देशको सुरक्षाका निम्ति म राजनिति गर्दिन
म मर्छु तर पायको कुर्सि छोड्दिन..
मेरो म्रितुसँगै देश रहोस या नरहोस..पर्वाह गर्दिन
किनकि अब म नेपालिमात्र रहिन
म जात,क्षेत्र अनि 'वाद' हरुमा बाँडियको छु
नेपालि भनिनुभन्दा..मलाइ मेरो जातले बोलाउ
किनकि अब म नेपालिमात्र रहिन
मेरो ढलेको लाशमा राजनितिको आवरण लगाउ
'मावोबादि'राजावादि' या यस्तै यस्तै..
मलाइ नेपालि भनियर मर्नु पनि छैन
मलाइ बाहुन,क्षेत्रि,लिम्बु अनि गुरुङ् भन...तर नेपालि नभन
किनकि अब म धेरै'वाद'हरुमा बाँडिइसकेको छु
म जात अनि क्षेत्रहरुमा टुक्रिसकेको छु..त्यसैले त
अब म नेपालिमात्र रहिन.... !!!
 
Posted on 07-25-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा
कस्तो मनै छुने !
satelite जि लाइ मुरी मुरि धन्यबाद!!
 
Posted on 07-25-07 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो मनै छुने !
satelite जि लाइ मुरी मुरि धन्यबाद!!
 
Posted on 07-25-07 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाव सँग नतमस्तक छु। धन्यवाद SateLite-जी !
 
Posted on 07-25-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह!वाह् ~! वाह्!
यथार्थ यही हो कबिज्यू, तर पनि हामी साला चुपचाप चुपचाप छौं, बिदेशिको लागि ज्यान दिएर भी सी पाउनेले सम्मान खोज्ने देशमा देशको लागि गर्ने कोइ निस्केन।
भावपूर्ण यथार्थतालाई सुन्दर शब्दहरुमा उनेकोमा प्रसंशा न गरीरहन सकिन।
 
Posted on 07-25-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन वाह वाह के को लागि हो बन्धुहरु ??

यो कविता मार्मिक छ, यसमा लेखिएको कुराहरु यथार्थ हुन, मनको भित्री कुनासम्म तिनले छुन्छ, देशलाइ माया गर्नेहरु देशको अनिश्चित र लथालिङ्ग चालामाला देखेर दु:खित हुनाले तिनीहरुको भावनालाइ यो कविताले बोलेको छ , यसर्थ कविता सशक्त छ । यस्तो सशक्त कविता लेखनशैलिलाइ सबैले वाह वाह गरेको हो भने, लौ मेरो पनि वाह वाह ।

तर

यो कविताले देश सपार्ने कुनै कुरा गरेको छैन, देश बिगार्नेहरुको कुनै बिरोध गरेको छैन, देशभक्तहरुको कुनै तारीफ गरेको छैन, ब्यङ्ग्य कै रुपमा सहि, नकारात्मक ध्वंसात्मक पक्षमात्रै चित्रण गरेको छ, एउटा नेपाली आस्था स्खलनको चरम पक्ष प्रस्तूत गरेको छ, के म त्यसलाइ वाह वाह भनेर ताली ठोकुँ ?

थाहा चाहियो ।
 
Posted on 07-25-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kabita sarai marmik chha.Ho,hami nepali aba kaha nepali rayou ra?Hami ta tyastai tyastai baadai baad ma aljhisakeka chhaun.Sarai marmik chha.Aafu hurke badheko thaun ma nirdhakka jana pani daar lagne bhaisakeko chha.
Khub ramro mutu chhune kabita!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
tesla stock OMG !!
Looking for girl
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS To F-1 COS
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters