JagataDhari
Replies to this thread:

More by JagataDhari
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 FucheKeto : मेरी हुन नसकेकी श्रीमती (भाग - २)
[VIEWED 10137 TIMES]
SAVE! for ease of future access.
Posted on 01-07-08 3:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग - १ बाट क्रमश ...............

नहुनुपर्ने, तर त्यस दिनदेखि म चिन्तित हुन थालें । आखिर कारण पो के हो र ! मेरो के दोष ? कुरा आयो, गफ गर्न लगाए, गफ गर्दा केटी त त्यस्ती पो ! गफै नगरेको भए त झन !! गफै नगरी हाम्रो बिहा भएको भए ! यस्ता मानिसको मनोबिज्ञानमात्र फरक हो कि अंगहरुनै बेग्लै हुन्छ ? अंगहरु सकुसलनै भएको भए त बिहापाछि पनि मैले थाहा नपाउने रैछु । खोजेको कुरा पाएपछि म त त्यसैमा रमाउँथें होला नि ! तर के उनमा म नारित्वको भाबना जगाउन सक्थें होला ? धत् के सोचेको होला ! लायकको छु, सामान्य केटी नै पाइहाल्छु नि ! आफ्नो निश्कर्षप्रति आफैं हाँस उठयो, म बिहा गर्न सामान्य केटी पाउन संघर्षरत छु ।

एउटा सानु घटनाले मानिसको मनोबिज्ञानमा कस्तो फरक पार्छ ! आजकल म हरेक केटीका बारेमा ससंकित हुन्छु । लाग्छ यिनीहरु पनि यस्तै हुन के बेर ! हुन पनि हो ! यो बिचित्रको संसारमा जो जस्तो पनि हुन सक्छ ! कसैको निधारमा लेखीएको हुँदैन क्यारे, यो यस्तो हो है भनेर !

के छ साथी? बरन्डामा आफ्नै धुनमा मग्न मलाई राकेशको बोलीले झस्काउँछ । राकेश, मेरो हितैषी, सानैदेखी संगै पढेका, अहिले जागीर पनि एकै ठाउँमा छ ।

त्यतीकै, जाडोमा घाम तापेर बसेको मैले सोझै ढाँटें, म त अहिले पनि त्यहि अस्तिको घटनाको बारेमा सोचेर बासेको थीयें ।

अनी के भो त? शुक्रवार केटी हेर्न हिंडेको साथी, खोज खबर नै छैन त ! केटी मन परेन ?

अब के भन्ने, साथी नै भएपनि उसलाई साँचो भन्न मन लागेन ।

अँ, त्यस्तै त्यस्तै

तैंले बिहा गर्लास जस्तो छैन !

छाडदे त्यस्ता कुरा, आज मुड पनि छ, मौसम ले पनि च्यालेन्ज गर्यो, के छ बिचार ?

मैले किन पो नाइ भन्नु छ र !

हामी रेष्टुरेन्टतीर लाग्यौं । नशाले त मलाई अस्तिको घटनाको छटपटीबाट मुक्त गर्ला !

धेरै पीयौ, अझ मैले त झन धेरै नै पीयें । नशाले असर देखाऊँदै गयो, म मा त्यो छटपटीको ठाऊँमा एकसुरे रमाइलोपन (मात) चढदै गयो । कोठा फर्केर दुबै गर्लम्म खाटमा ढल्यौ ।

अर्धनिन्द्रामा थीयें, निदाउने क्रममा, अलिक असजिलो जस्तो महसुस भयो । अरे, राकेशले त पुरै तीघ्रा मलाइ बोकाएर हातले मेरो पाखुरा सुम्सुम्याउँदै पो छ त ! धत्, हैन ! मलाइ आफैं बिश्वास लागेन । आखीर सानैदेखीका साथी हौं, यसअघी सयौं चोटि संगै सुतीयो होला ! के यो सपना हो त ? मैंले आफैंलाई चीमोटें, अहँ, हैन । मैले थाहा नपाएको पो रैछु त ! आखीर म सुतेपछि काटेको पनि थाहा नपाउने मान्छे ! डाकाले मेरो बानीको फाइदा पो लीएछ । मैले पर सार्न खोजेको त झन पो ढेपिन्छ ! अरे, मेरो पछाडी यस्को अंगले छुँदैछ कि क्या हो ! अब त अति भो ! त्यसलाइ पर हुत्याएर अर्को खाटमा गएर सुतें । आखीर कस्को पो बिश्वास हुन्छ र ! सानैदेखीको साथी त यस्तो रैछ, थाहै थिएन । तर भोगाइले मलाइ सिकाएको छ । डाका!, म मनमनै सराप्दै निदाउन खोजें, तर निद्रा के लाग्थ्यो र ! जाँडको नशा पनि उडिसकेछ ।

तपाइलाई आजकल चिन्तीत देख्छु, किन हो ? अफिसको टेबलमा झोक्राइरहेको मलाइ रश्मीले एक्कासि सोधी । रश्मी, मेरो अफिसकी कनीश्ठ कर्मचारी !

केही बोल्नु न ! कि हामीसंग बोल्न नहुने हो ?

केही भएको छैन ! फेरी तिमीलाई के को चासो ! खुरुक्क आफ्नो टेबलमा गएर काम गर । "

म अनायस जंगीऐ, पछि आफैंलाई ग्लानी भयो । के पो गल्ती थीयो र बिचरीको, मलाइ झोक्राएको देखी, अनी के भएछ भनेर सोधी । मैले यो राम्रो गरीन । आजसम्म म रिसाएको अफीसका कसैले देखेका थिएनन् । म किन यस्तो भएको ? हैन यो भएन, हुँदै भएन । मैले अठोट गर्दै मुठ्ठी कसें । एकछिनमा गएर रश्मीसंग माफी माग्छु ।

थकीत शरीर लीएर अफीसबाट फर्कदै थियें, बाटोमा त्यहि केटी देख्छु । हो, मेरी हुन नसकेकि श्रीमती, बाइकको पछाडी बसेकि । अगाडी चैं ?? त्यही केटी त होला, उसकी मायालु । उत्सुकताबस मलाइ उसको पिछा गर्न मन लाग्यो ! यस्तो कुरामा अल्पज्ञानी मलाइ केहि ज्ञान पो मीलीहाल्छ कि ! बाइकमा भएका उनीहरुलाइ पछयाउन म ट्याक्सीमा चढछु र बाइकको पीछा गर्न भन्छु । ट्याक्सीवाला मलाइ एकतमासले हेर्छ र कुदाउँछ, उनीहरुकै पछिपछि । म भने पछाडीबाट त्यो बाइक चलाउनेलाई हेर्दै त्यो कस्ती होलि भनेर बिचार गर्न थाल्छु । अनायस म त्यसलाई आफ्नो प्रतीद्वन्दी बनाउँछु । केटी भएपनि ठुलो डाल परेकि, पछाडीबाट चौडा-चेप्टो छाति, तिघ्रा-पाखुरा पनि ठुला ठुला, केटाका जत्रै ! यस्तो केटी-केटीको सम्बन्धमा दुबैजना केटी भएपनि एउटी केटाको रुपमा र अर्की केटीको रुपमा ब्यबहार गर्छन भन्ने सुनेको थीयें, यी दुइमा केटा चै पक्कै यो बाइक कुदाउनेनै हुनुपर्छ । बाइक कुदाउनुले पनि त त्यसको पुस्टी गर्यो नी, जीउडाल हेर्दानै केटाको जस्तो छ । यो मेरी हुन नसकेकी श्रीमतिलाई पनि केटाले नभएर केटाजस्ती केटी चाहीएको !

गोदावरी पुगेर बाइक रोकीयो । मैले ट्याक्सी अली वरै रोकें, देख्लान कि भनेर । म यीनीहरुलाई आज दिनभर के छोडथें र ! के सोच्याछन् मलाई, एउटा पनि नछुटाइ James Bond को फिल्म हेरेको मान्छे पो हो त, म !!!

क्रमश ………

Last edited: 07-Jan-08 04:03 AM

 
Posted on 01-07-08 4:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am struggling to manage the formatting of the above post of mine. Can anyone help me ?? Are others also finding this difficult to read ?
 
Posted on 01-07-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा!जगतधारी जी, कथा निकै सस्पेन्स हुँदैछ! गज्जबको प्रस्तुति!
अर्को भाग नि छिट्टै पढ्न मन लाग्यो!

The formatting of your post is okay. Its not difficult to read.


 
Posted on 01-07-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

very interesting. aba ke huncha ta teso bhaye?


 
Posted on 01-07-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


baphre kasto follow garnu bhayeko godawari samma, ramaailo raichha, aba k huncha?

 
Posted on 01-07-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, अर्को धमाकेदार भाग आएछ। यो भाग पनि राम्रो लाग्यो। अर्को भाग नि छिटै पढ्न पाम।
 
Posted on 01-07-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन भाग एक फुच्चे केटोको नाममा, भाग् २ जगटा दारि,
के भै राछ आखिर्?

जे भे नि दामि गै राछ। अरु पनि जावस्।


 
Posted on 01-07-08 9:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey dude first of all welcome to sajha..............hope our sahalekhan continues first part pani tyasko maathi rakheko bhaye arulai padhna sajilo hunthyo.....
 
Posted on 01-07-08 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले जगतधारी भने कसैले के, तर खास नाम चाहीं जगटाधारी हो है साथी हो ।
 
Posted on 01-08-08 5:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"।।।म बिहा गर्न सामान्य केटी पाउन संघर्षरत छु............. ।"------ कस्तो फुरेको होला फुर्न पनि ।।

राम्रो लाग्यो ।।।

जगटा धारी जि र फुच्चे केटो जि एउटै मान्छे हुनुहुन्छ कि।।।। कुरो बुझ्न गाह्रो भो मलाई त।।


 
Posted on 01-08-08 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-08-08 8:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""म बिहा गर्न सामान्य केटी पाउन संघर्षरत छु""

वाह! वाह!  सटिक! लाजवाव!


 
Posted on 01-08-08 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hmmm.... maile yo katha ko arko bhag ni bujhe bujhe jasto lagyo. katai tyo motorcycle chalaune maanchhe "rakesh" ta hoina?????? la hai ho bhane ni hoina bhane ni, arko bhag chhitai padhna payiyos...
 
Posted on 01-08-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एउटा को नामबाट सुरुवात अर्क को नाममा जुडुवात,लौ खतरै रैछ

जे होस् कथा चै सोमको खतरा रैछ, ल सोम अरु पनि जावोस् न त बरु जाने चै कहिले हो?


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Democrat lies revealed
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Business Ideas in Nepal?
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NEPAL TPS IS GONE
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters