[Show all top banners]

businesstycoon

More by businesstycoon
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 यो वर्षको शिक्षा पत्रकारिता पुरस्कार खड्कालाई
[VIEWED 5172 TIMES]
SAVE! for ease of future access.
Posted on 12-04-15 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लामो समयदेखि नेपाली पत्रकारितामा क्रियाशिल गगनशिला खड्का यो वर्षको शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको पत्रकारिता मार्फत समाज रुपान्तरण   शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै खड्कालाई शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो

नेपाल पत्रकार महासंघले पत्रकार खड्कालाई विशेष समारोहका बीच यो पुरस्कारबाट सम्मान गरेको हो काठमाडौमा आयोजना गरिएको पुरस्कार वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पत्रकार खड्कालाई एक लाख रुपैयाँ नगदसहित प्रमाणत्र प्रदान गर्नु भएको हो लामो समयदेखि नेपाली पत्रकारितामा क्रियाशिल पत्रकार खड्काले मुलुकको शान्ति प्रक्रिया, शिक्षाको विकास समाजिक रुपान्तरणका क्षेत्रमा विशेष योगदान पु¥याउनु भएको भन्दै कार्यक्रममा प्रशंसा गरिएको थियो पुरस्कार वितरण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उच्च ओहोदाका कर्मचारी, बरिष्ठ पत्रकार एवं विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो

नेपाल पत्रकार महासंघले यहिं वर्षदेखि स्थापना गरेको यो राष्ट्रिय पत्रकारिता पुरस्कारको छनौटका लागि बरिष्ठ पत्रकार गोकुल श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय पुरस्कार छनौट जुरी गठन गरिएको थियो पुरस्कारका लागि महासंघले एक महिना अघि देशभरबाट आवेदन आव्हान गरेको थियो आवेदन दिनका लागि सामाजिक रुपान्तरण, शिक्षाको विकास, शान्ति प्रक्रिया जनचेतना सम्बन्धि समाचारहरु राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित वा प्रशारित भएको प्रतिलिपि सम्बन्धित सञ्चार माध्यमको सिफारिस अनिवार्य गरिएको थियो त्यसका लागि आफ्नो क्षेत्रमा रहेको नेपाल पत्रकार महासंघको जिल्ला शाखाबाट प्रमाणित गरि महासंघको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको महासंघले जनाएको यो पुरस्कारका लागि देशभरबाट तीन सय ६७ वटा आवेदन परेको पुरस्कार छनौट जुरीका संयोजक श्रेष्ठले जानकारी दिनुभयो उहाँले भन्नुभयो– ‘हामीले तोकेको मापदण्ड अनुसार परेका आवेदनमाथि छानविन गरी खड्कालाई पुरस्कार दिने निर्णय गरेका हौं उहाँले शिक्षा क्षेत्रको विकासका साथै सामाजिक रुपान्तरणमा कलम चलाउन पत्रकार खड्काबाट धेरै पाठ सिक्नु पर्ने भन्दै खुलेर प्रशंसा गर्नुभयो शुभकामना मन्तव्यका क्रममा बरिष्ठ पत्रकार एवं जुरीका संयोजक श्रेष्ठले भन्नुभयो– ‘यो संक्रमणकालिन अवस्थामा समाज रुपान्तरणका लागि पत्रकार सञ्चारमाध्यमले सधै सकारात्मक भूमिका खेल्नु पर्छ समाजलाई सहि सूचना दिंदै मुलुकलाई नै सहि दिशामा अघि बढाउन हामीले भूमिका खेल्नै पर्छ त्यस्तै कार्यक्रमका प्रमुख अतिथि संविधानसभाका अध्यक्षले शुभकामना मन्तव्य व्यक्त गर्दै पत्रकार खड्काको प्रशंसा गर्नु भयो उहाँले भन्नुभयो– ‘पत्रकार खड्काले सम्प्रेशण गरेका समाचार रिपोर्टले समाज रुपान्तरणमा उल्लेखनिय भूमिका खेलेको मात्र छैन, सिंगो सविधानसभालाई पनि धेरै कुरामा सचेत बनाएको यस्तो पत्रकारितालाई हौसला प्रदान गर्नै पर्छ त्यस्तै पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकार मरहठ्ठालाई बधाई दिदै आगामी दिनमा पनि महासंघले पत्रकारहरुको हौसला बृद्धिका लागि विभिन्न कार्यक्रमहरु ल्याउने जानकारी दिनुभयो उहाँले सामाजिक रुपान्तरका क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई हौसला दिने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा यो राष्ट्रिय पत्रकारिता स्थापना गरिएको जानकारी समेत दिनुभयो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए  



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
#MAGA#FAFO is delicious
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Democrat lies revealed
मुद्दा हाल्छन होला र ?
A legit Non-Profit organization "United For TPS Nepal "
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters