[Show all top banners]

Arishna sainju
Replies to this thread:

More by Arishna sainju
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 विश्वास
[VIEWED 14631 TIMES]
SAVE! for ease of future access.
Posted on 09-20-20 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

कुनै पनि अाकृतिकाे भुमरिमा पर्नु भन्दा पहिले त्यसमाथि अध्ययन, अनुसन्धान गर्न जरूरि हुन्छ,
यहि अनुरूप काेहीँ अनजान मानिस माथि विश्वास गर्नु भन्दा पहिले उसकाे अाचरण बुझ्नु अावश्यक हुन्छ,
सुखमा हाँस्नेहरूकाे कमि कहिल्यै नहाेला तर दुख पर्दा कदममा कदम मिलाउने केहि मात्रै भेटिन्छन्,
साथ उसलाई दिनु जसले हरेक परिस्थितिमा एकरूपता कायम गरि पाइला चाल्ने काेसिस गर्छ ,
सम्बन्ध उ सँग मजबुत बनाउनु जसलाई तिमी हुनुकाे महत्व उसमा छ,
कदम उ सँग चाल्नु जसमा तिमी प्रति अास्था र विश्वास छ
साइनाे उ सँग गाँस्नु जसले छाेडि जाँदैन,
सम्मान उसलाई देखाउनु जसले अाफ्नाे भन्दा बढि तिम्राे सम्मान गर्छ,
ढाल उसकाे बन्नु जसले तिम्राे हर सुख दुख दुवैमा भागेदार बन्ने काेसिस गरेकाे छ ।।।
 
Posted on 09-20-20 10:54 AM     [Snapshot: 16]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आरिश्ना जी, तपाईंको लेखाइ मनपर्‍यो तर यहाँ साझामा यस्ता कुरा बिक्दैनन, तपाईंले देख्नुभएन कसरी निर्लज्जताको हद पार गरिन्छ यहाँ? तैपनी तपाईंले लेख्नुभयो, यस्तो पनि लेख्ने मान्छे रहेछन, मलाई खुशी लाग्यो। "कदम उ सँग चाल्नु जसमा तिमी प्रति आस्था र विश्वास छ" सही छ।
 
Posted on 09-20-20 11:08 AM     [Snapshot: 37]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बाँचिराख्नुपर्छ, के-के देखिन्छ, के-के!

अरे बेनेडिक्ट ब्रो, यो "आरिश्ना जी" हजुर कै अवतार हो भनेर जग जाहेर छ, अब आफ्नो पोस्टाँ आफैं तारीफ मारेर जग-हसाईको पात्र नबन्नु के प्लिज।
 
Posted on 09-20-20 11:34 AM     [Snapshot: 65]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्राइमजी
को को हो र को कसको रूप हो तपाईं भन्दा बढी कसलाई थाहा होला हजुर? तपाईंको माया अपरम्पार छ, बिगत केही दिनदेखी अरुलाई नभए पनि मलाई चै अवगत छ। एउटा अवतारले पोस्ट गर्ने, आफ्नै अर्कोले जिस्क्याउने, अनी आफ्नै अर्कोले सही थाप्ने, हजुर, यो लीला चलाई बस्नुस्, थपडी म पनि बजाइदिउला नि। साझामा ट्राफिक पनि कायम राख्नै पर्‍यो।
 
Posted on 09-20-20 12:08 PM     [Snapshot: 94]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 



उल्टा चोर कोत्वालको डाँटे?

हेर्नुस बेनेडिक्ट ब्रो, म हजुरको इज्जत गर्छु। अब पर्सनल्लि नचिने पनि साझामा हजुर्को साहित्तिक जमर्काहरु आक्कल-झुक्कल पढ्ने मौका पायेर, हजुरको कमेन्टहरु पढेर मैले हजुरलाई गहिराईमा गयेर चिनिसकेँ। फेरि आफु परियो कि त गहिराईमा पुग्दै-नपुग्ने, पुगिसकेको छु भने मोति नलियि नफर्किने टाईप । मैले हजुरले लेखाई, हजुरको औरा, हजुरको अन्दाज, सब चिनिसके। गाईको रगत खानु, अब त बेनेडिक्टले के खायो भने कस्तो रगंको हग्छ भन्न सक्छु।

एनिवे, साझामा बेनेडिक्ट र लोगन बाहेक कोहि पनि इन्टलेक्चुअल, सरिब्रल छैनन, कसैलाई साहित्य, ब्यगं आदिको ग्यान छैन। अनि जब यो "आरिश्ना जी" का शब्दहरुको मार्ग हुँदै जब भवनाका ज्वारभाटाहरु मेरो मानस्पटलमा परमाणु-बिघटन झैं बिस्फोट भये, जब मेरो ह्रिदयमा, मेरो अन्तरमनमा शब्दरुपि/भावरुपि विर्यहरु स्खलन भयेर मलाई चरमसुख तिर उन्मुख गराये, तब मलाई एहसास भयो कि यो रचनाकार लोगन वा बेनेडिक्ट नै हुनुपर्छ । फेरि सोचें कि लोगन जि त राज्नैतिक/ब्यन्ग तिर उन्मुख हुनुहुन्छ, येस्तो आध्यत्मिक लेखाई बेनेडिक्ट जि कै हो।

अब धेरै नाटक नगरुम हो सर। सबलाई थाह छ कि "आरिश्ना जी" को हो भनेर। बरु जाओस अरु। मुकर्-रर् !! मुकर्-रर् !!
 
Posted on 09-21-20 10:49 AM     [Snapshot: 223]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

खतरा कविता, पढ्न २० मिनेट लाग्यो, बीच मा दुई चोटी निदाएँ आनन्द आएर, अझै लामो हुनु पर्थ्यो अनि पढ्न मजा आउंथ्यो, यस् बारे म तीन वटा रिसर्च पेपर लेख्न सक्छु र दुइटा नेट्फ्लिक्स सिरिज बनाउन सक्छु.

हजुर को यो दिव्य कविता लाई म गरीब को त्यस्तै लामो हरफ भाको  मिल्ने कविता ले जवाफ दिने प्रयत्न गर्छु

बरालिएको यो मेरो जीवन मा यो कविता ले शीतलता प्रदान गर्‍यो
बाँकी को शीतलता साझा खोलेर सान प्रधान ले गर्‍यो
हिजो बिहान मेरो साली को सानो देखी पालेको सुगा मर्यो
कसरी मर्यो थाहा पाइएन शायद कोरोना सर्यो

हजुर जस्तो खतरा कवि अहिले सम्म देखिएकै थिएन
हजुर देखेर भानुभक्त को घांसी को कुँवा बाट पानी कसैले पिएन
हजुर को यो धाँसू कविता कुनै पत्रिका ले लियो की लिएन
त्यस्को साटो हजुर लाई एक मिलियन डलर दियो की दिएन
Last edited: 21-Sep-20 10:52 AM

 
Posted on 09-21-20 1:39 PM     [Snapshot: 295]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


साझामा येस्तो प्रतिभा पस्कने मन्च पनि रैछ, धेरै खुसि लगेको छ। धेरै दिन देखि थन्क्यायेर रखेको थिये यो कबिता भनौदो कसिन्गर,
सबैले आ-आफ्नो कथा-ब्यथा पोख्छन भने मेरो पनि सहिः
के तिमिलाई थाहा छ?

के तिमिलाई थाहा छ,
कि तिम्रो मुस्कान सबैभन्दा सुन्दर छ?
कि हामी अन्तरिक्षमा तैरिरहेका छौं?
कि खुसिले तिम्रो आँखामा आँसु ल्याउँछ?

के तिमिलाई थाहा छ?
कि तिमिले चिन्ने सबैजना एक्दिन मरेर जान्छन?
 त्यसैले,
 सबैसंग तिमि बिदाई लिने प्रयास नगर,
 बरु उनिहरुलाई थाह देउ कि तिमिलाई थाह छ
 कि जीवन छिटो बित्छ,
 कि सुन्दर चिजहरुलाई टिकाउन सकिन्न,
 कि तिमिलाई थाहछ कि शुर्यास्त हुदैन,
 बरु यो त प्रीथ्वि घुम्नाको कारनले सिर्जित भ्रम हो।
 
के तिमिलाई थाहा छ,
 कि तिम्रो मुस्कान सबैभन्दा सुन्दर छ?

जीवनमा धेरै उतार-चाडव आउन सक्छन,
 धेरै आत्तिनु हुदैन।
 कैलेकाँहि चाँहि चिट्ठा पर्न पनि सक्छ तर,
 धेरै मत्तिनु हुदैन।
 अन्तर्मनका कलहहरुले पिरोल्छन कैले,
 कैले भूतले तर्साउँछन,
 कैले तरुनिले मुटू संग मुटु साट्छन,
 धेरै पात्तिनु हुँदैन ॥
 
तिमि जमाना सगं नडराउ,
 भावीको खेला अचम्म छ।
 प्लेन चडेको बेला टाउको बहिर ननिकाल,
 बहिर प्रेसर र टेम्प्रेचर दुबै कम छ।
 अन्योल परिस्थिति आउला कैले, 
मायालुका हजार मायालु होलन,
 आफ्नै परिवारले धोका दिन सक्छन, 
तर तिमि मन दरो राख!
~~

Last edited: 21-Sep-20 01:41 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ICE kidnapping people off the streets over op eds
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Freedom of speech is dead in USA
Nepal TPS decision
Don’t Just Read—Join the Conversation
NEED TRADE SHOW HELP- LAS VEGAS
Travelling to Nepal with expiration less than 6 months
H4 Visa (99% approval rate) remains the Safest and Easiest Way to Come to US
Be the voice to Renew TPS
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters