डेढ वर्षअघि राजधानी आएका मुक्तिरामले सुरुका केही महिना नयाँबजारस्थित डेरामा सँगै बस्न पाएको र त्यसयता छोरा भेट्नै नपाएको गुनासो गर्दै आँशु बगाए रुबी रौनियार, काठमाडौं, चैत ४ भींडको माझमा वृद्ध आँखाले चारैतिर छोरालाई खोजिरहेको थियो। त्यतिकैमा उदघोषक प्रकाश न्यौपानेले ती वृद्धलाई देख्छन् र निम्त्याउँछन् मञ्चमा। यी वृद्ध अरु कोही नभई, एकीकृत माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालका पिता मुक्तिराम हुन्। ´ज्वाईंले आज छोरो कीर्तिपुर आउँछ भनेर सुनाएपछि भेट्न आएको हूँ´– उनले दैनिकीसँग कुरा गर्दै भने। त्रिविवि परिसरमा निकै बेर कुर्दा पनि छोरा नआएपछि उनी आँत्तिन थाले। कुर्दाकुर्दै खबर आइपुग्यो– ´प्रधानमन्त्री नआउने भए।´ वृद्धको दुबै आखा आँशुले भरियो। एउटा हातले आँशु पुछ्दै पिता मुक्तिराम दहाल भन्दै थिए– ´हतार हतार खाना खाएर बाबु यहाँ आउछ भनी भेट्न आएको थिएँ।´ कुराकानीका क्रममा उनले आफूलाई चुनाव र प्रचार प्रसारका बारेमा केही कुरा थाहै नभएको बताए। ´कसैले निम्तो पनि दिएको थिएन, छोरा यता आउँछ भनेपछि सरासर आएको हूँ´– उनले भने। कुराकानीका क्रममा उनी थुप्रै पटक आँशु झार्दै रोएका थिए। ´डेढ वर्ष अघि काठमाडौं आएपछि सुरुका केही महिना नयाँबजारको घरमा सँगै थियौं´, उनले भने, ´त्यसयता भेट्नै पाएको छैन।´ छोरा ´मन्त्री´ भएपछि नयाँ घरमा सरेको र आफूलाई त्यहा जान मन नलागेको बताउँदा उनको अनुहार दु:खी देखिन्थ्यो। केवल दुई छोरा मध्ये कान्छा छोरा पनि विदेश गएकाले सन्तानको मुख हेर्न पनि रहर लाग्न थालेको उनी बताइरहेका थिए। ´बुढो भएँ, कहिले संसार छोडिन्छ थाह छैन´ उनले हृदयविदारक स्वरमा भने, ´एक पटक छोरोलाई भेट्ने ईच्छा छ नानी।´ प्रधानमन्त्री भएपछि एक दुई पटक फोनमा चाही कुरा गरेको उनले खुसी हुँदै सुनाए। हाल उनी छोरी, ज्वाईं तथा नातिनीसँगै किर्तिपुरमै बस्दै आएका छन्।
कस्ता मुझी रुन्छे हरु रेइछ..... बाउ छोरो दुबै रुन्छे बाउ पत्रकारको अगाडी रुने ..... छोरो जनसेना को सामु रुने ....रुन्छे खानदान नै रइछ मुझीहरु त..... योगेश्वोर अमात्यको गीत सुनौनु पर्ने जाठोँ हरु लाई त
Dherai ka ama buba le pani asu bagayekai holan, dherai ka asu haru mala lagayeka phota ma wa kunai purano photo ma kehi khabar aula ke bhanera tolayeka akha ma holan.
yestai ho sansar, je ropyo tehi payencha, khoi ke khoi ke...
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
NEPAL TPS
Documents instead of Birth Certificate
Now, more than ever, is it a good idea to apply for advance parole?
What is the purpose of an F1 student visa in the U.S.?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.