[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 200]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10  
[VIEWED 115392 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 07-30-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~  चौतारी १९८ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९८ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !

 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 198 editions.

Last edited: 30-Jul-10 09:59 AM

 
The postings in this thread span 10 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 08-09-10 11:20 AM     [Snapshot: 1545]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hello hello

taaremaam :)

 
Posted on 08-09-10 12:21 PM     [Snapshot: 1572]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सालको पात टिपेर पानी खाउ
अभागीको कहाँ छ जाने ठाउँ
भमरा फूलको रसैमा
पर्खी बस मायालु मुग्लिङमा मै आउँछु रात्री बसैमा


सोमबारे जदौ सबै गाम्लेहरुलाई।


सबैको सप्ताहन्त सुखद भयो अनि आजको हसुराइ भैसक्यो वा हुँदैछ भन्ने मानिछु।  
थुतुने किताबमा रामे र ठुल्दाइको अन्तरक्रीया पनि देखियो। साँच्ची नै झ्याइँ पार्ने सूरमा हो कि कसो।
अनि बिष्ट्या छोरा पनि अरु औतारीसँग गफ गर्ने भैसकेछ। ठुल्दाइ, औतारीहरुको के कस्तो कुरा सुनियो त?   
पूरे, बाउचा, रिट्ठे, चेली, जीतेलाई तारेमाम, क्रेजीलाई नयाँ बर्षको शुभकामना। 


 
Posted on 08-09-10 12:56 PM     [Snapshot: 1581]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम चिप्ले, चेली अनी लहरे ।
चेली र लहरे त तारेमाम नमस्ते भन्दै टाप, बाफ रे बाफ, कस्तो गर्मी को राप......... ।


चिप्ले सर,
चौतारीको औतारी सँग हैन साझा को औतारी सँग २३-७=१६  घण्टा गफ गरियो । बिस्ट्या सुपुत्रले "बाबा अल्छि हुनु भाको छ, अहिले कसैलाई फोन सोन गर्नु हुन्न, त्यै भएर मैले नै गरेको, सञ्चै अंकल ?" भन्दै थियो।


यस्तो गफाडी यस्तो गफाडी के भन्ने । बाउ चाँही त्यती गफाडी लाग्या थिएन ।


 
Posted on 08-09-10 1:23 PM     [Snapshot: 1591]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै स्टाईलमा दोश्रो राउन्ड को जदौ तथा तारेमाम !


हो र ठुल्दाइ? जुनियर बिस्टे ले त्यस्तो गफ लडाउने भैसक्यो र? मेरो नि फोन न. छोडि राख्नु पर्‍यो फुच्चे  बिस्टे लाई तेसोभये ! भने पछी अब आगुन चौतारीमा गफ चुट्न आउने होला फुच्चे बिस्टे पनि !


माथि भएका दिग्गज हरु, पुरे, जिते, रामे, चिप्ले, चेली, बिस्टे, लहरे सबैको हसुराइ भईसक्या होला भन्ने मानिछु !


चिप्ले ब्रो के छ नयाँ नौलो हस्तिनापुर तिरको? गर्मी कत्ती को छ?


बैरे बहादुर लाई जन्मदिनको धेरै शुभकामना ! कता गायब हो मित्र खै


 
Posted on 08-09-10 2:03 PM     [Snapshot: 1599]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिते चेली चिप्ले रिट्ठे लहरे पुरे ठुल्दाई सप्पै लाई दोस्रो राउन्ड को ठोके है मैले नि हर्क्या इस्टाइल मा
हो भन्या नि रिट्ठे म त छोरो ट्याउ ट्याउ गफ गरिराछ एत्रो बेर को सँग भनेर एस्तो हेर्न गात ठुल्दाइ लाई गफ दिरा रइछ।
अनी रिट्ठे लाई फोन नगरनु को कारण चै,ठुल्दाइ को नाम ठुल्दाई भनेर राख्या छु फोन बुक मा पनि,रिट्ठे को चै असली नाम बाट छ् तेसैले होला,रिट्ठे भनेर राख्या भे त उहिले गर्थ्यो होला यो नि चौतारीयन्स हो भन्दै।

 
Posted on 08-09-10 2:15 PM     [Snapshot: 1604]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरेलाई जन्मदिनको शुभकामना मेरो तर्फबाट पनि।
बिष्टेलाई केही प्रश्न: १) छोराले ठुल्दाइसँग इलाहाबादी गफ चाँही कत्तिको सिक्न भ्याएछ नि?
२) फोनमा कसैको औतारी नाम र कसैको सक्कली नाम राख्नुको कारण के हो र चिप्लेढुङ्गाको नम्बर चाँही कसरी राखेको छौ?
३) अचेल अझै बतासेको काँठमा छौ कि पूर्वान्चल फर्कियौ?
रिट्ठे सर, हस्तिनापुर आज अलि शीतलै छ, ९५ मात्रै रे। अस्ति ९७-९८ सम्म पुगेको थियो, हिट इन्डेक्स जोड्दा त अहिले पनि १०० नकट्ने त होइन तैपनि अस्ति जस्तो पुष्पकमल दाहाल गर्मी भने होइन।
ठुल्दाइ, साझाको कुन औतरिसँग हो १६ घण्टा गफ?            
 
Posted on 08-09-10 2:28 PM     [Snapshot: 1602]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे दाई, म त बल्ल हुसुरेर सक्यो। काम ले तेल निकाल्न लायो लौ न
 
Posted on 08-09-10 2:31 PM     [Snapshot: 1612]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बैरे लाई मेरो तर्फ बाट पनि शुभकामना लौ,भनेसी आज बेल्का जम्ने होला नि त हैन बैरे साइली को मा,मा अड्डा बाट सिधै उतै आउँला।
ओहो चिप्ले प्रश्न को बर्षात गरेछ।
लौ सुन:
१)ठुल्दाइ ले बाउ लाई सिकाको जस्ताइ इलाहाबादी काइदा सिकौदै गर्नु हुँदा,मैले फोन लियेछु,अली बेर कुरा गर्न भ्या भे अरु नभए नि तालेमाम गर्न चाइ सिक्थ्यो,त्यो चै ठोकेरै भन्दिछु।
२) कारण चौतारी का औतारी हरु को नाम नक्कली र सक्कली भएको ले सोही अनुसार नाम,ठुल्दाइ त चौतारी मा नि ठुल्दाइ बाहिर नि ठुल्दाइ हुनुभा भर फुन मा नि ठुल्दाइ रख्द्या,तिउरो नाम नि सक्कली नाम नै राख्या छु।
३) अझै बतासे गाउमै छु,मकै भाच्ने बेला भाछ अचेल,अब बिस्तारइ पहेलिदै जान्छ। ढोड भाच्ने बेला सम्मा त पूर्वाञ्चल गैन्छ कि भन्ने मान्छु।
लौ यो मैना को अन्तिम तिर पुर्ब झर्दै छु भेट्ने भए भेटम क्यार ठुल्दाइ रिट्ठे।
 
Posted on 08-09-10 2:33 PM     [Snapshot: 1618]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले नि आज त ३ दिन को भा हैन,अस्ती सुक्र्बार शुभकामना द्या थे,देखेनौ। बैरे भन्दा ३ दिन ले मात्रा जेठो राइछु कि कसो।
पुरे बिरादर के खाइयो त आज खाजा? ठिकै छ् नि त्यो अली अली लाया बोसो निकालेकै बेस,डौडिन जान परेन नि।
 
Posted on 08-09-10 2:43 PM     [Snapshot: 1626]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भरखर पो देखें त बिष्टेको शुभकामना, यस्तै हो बुढेसकाल लागेछिन्। धन्यवाद है।
बैरेले त आज मासुमा सिंगै राँगो अनी जाँडमा सिंगै घ्याम्पो रित्त्याउँदै होला, के फुर्सद होस् चौतारी आउन पनि।
हो हो पूरे, झार बोसो जति, अनि पो तरुनीहरु पछि आउँछन् त। यसै त प्रतिस्पर्धा चर्को छ तिम्रो लागि। बाउचा र रामे त भैहाले, अरु पनि को को होलान्।   
 
Posted on 08-09-10 3:02 PM     [Snapshot: 1642]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह्हो कोम्पितिसनको त कुरै नगरौ न, खै केटी'रु के देख्छन कुन्नी त्यो लहरे बज्येमा, यसै पछी लाग्छन। कुरै गरेर खा छ मोरोले। आफुलाई कुरो सुरो बनाउन नि आउन्न केरे, तेइ भेर पछी पर्या छ। रामेको के भन्नु र, घुम्दै जाल हान्दै बस्या छ। तर माछो पर्नी भे पो।

त्यो बैरे मुलो चाइँ जालाँ कती माछो राख्न पर्नी हो केइ थाहा छैन, जता नि मुख टेर्साउँदै हिँड्छ। कत्ती भने सुध्रिनु पर्छ, म जस्तो ज्ञानी-गुणी हुन पर्छ भन्छु, अहँ, पटक्कै सुने पो

अनी रह्यो बोसोका कुरा, त्यो चाइँ आँफै लाग्छ भन्या, एस्तो खेतमा पेल्दा नि झर्दैन त। अब हर्के दाई जतो जिम धाउन पर्ला भन्ने मान्या छु, हुन त यो मान्या नि झन्नै २ बर्ख भो ब्यारे, उफ्फ्फ्फ्फ जिँदगी!
Last edited: 09-Aug-10 03:23 PM

 
Posted on 08-09-10 3:38 PM     [Snapshot: 1658]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hi, hello, namaste, jadau, taremam



 
Posted on 08-09-10 3:48 PM     [Snapshot: 1664]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

no offense to anyone.. a gud vdo 4 share.. 


 
Posted on 08-09-10 9:05 PM     [Snapshot: 1694]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-09-10 9:18 PM     [Snapshot: 1695]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-09-10 9:19 PM     [Snapshot: 1700]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-09-10 9:19 PM     [Snapshot: 1701]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lu sakyo geetaanjali.. gutumutu nite


 
Posted on 08-09-10 10:09 PM     [Snapshot: 1710]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-10-10 8:11 AM     [Snapshot: 1751]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


मंगलबारे गन्नुमय जदौ ।


मंगल बार हो आज, जाम बिस्टे बगलामुखी। अल्लारेहरु कमलादी , चाबहिल जान्छन । उअही मौकामा चौका हानुम। 


नोट:  नयाँ चौतारी खन्ने जिम्मा यसपछी आउने औतारिको हुने छ ।


 
Posted on 08-10-10 8:16 AM     [Snapshot: 1752]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गु ड् मर्निङ चौतारी
लौ मैले ढोका खोले है, ठुल्दाइ को भाले आज बासेन जस्तो छ्,खै अजै आईपुग्नु भा छैन।
त्यो धुर्ब्या पसला नि कत्ती जानु आज एतै चिया बसाल्नु पर्‍यो। लौ आगो बाल्न लाए म।
सबै गणेशथान हिन्या होलान आफु त बिहानै बगलामुखी दर्शन गरेर आईयो।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS for Nepal likely to extend next week
सालीको चाक
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Venezuela TPS lawuit
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Best Consultancy for H1 sponsorship in USA.
Trump admin revokes 18 months TPS extension for Venezuelans
What is the purpose of an F1 student visa in the U.S.?
#MAGA#FAFO is delicious
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Homeowner Charged renting to illegal migrants
Measles vax deaths vs measles death in USA
Why some Nepali people pull each other's legs???
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Travelling to Nepal with expiration less than 6 months
ICE kidnapping people off the streets over op eds
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters