आज धेरै दिन पछी साथी सन्तोष सापकोटा लाई च्याट मा भेटे । निकै खुशी लाग्यो । मन मा परदेश बस्नु को पिडा पोखिएकै छ । धमिलो छ मन,जती आन्सु ले धोए पनि पखालीदैन । केही सुकेका घाउ बल्झिए केही खुशी का त्यान्द्रा सल्बलिए मन भरि । म नेपाली साथी हरुलाई कमै मात्र भेट्छु, आज उसलाई भेट्दा एक पल्ट फेरी म्याग्दी क्याम्पस म बेलाउती अनि आप खाएको सम्झना रु मल्लियो मन भरि । कछा कोठा मा क्यारेम खेलेको अनि बोगटी सर ले गाली गरेको भर्खरै जस्तो लाग्यो । आज म टाढा छु आफ्नो माटोदेखि, परिचित बाटो देखि, अनि ति साथीहरु क सुकिला मुस्कान केवल आँखा बन्द गरेर मात्र देख्न सक्छु । त्यसैले त आज को खुशी मा पनि रुन मन लगेको छ ।
कैले कही त साथीहरुलाई सम्झिदा पनि दु:ख लागेर आउछ । आफुले केही गर्न सकिएन भनेर उनिहरु देखि डाहा लाग्छ कैलेकही ।
म कहिल्यै राम्ररी बोल्न अनि नजिक हुन सकिन सँगै हुँदा । तर आहिले याद म निकै मन पर्छन ति दिन हरु । क्याम्पस माथि को त्यो डाँडा मा बुटवल को साथी लाई लगेर गए गएको असारमा । रुन रुन मन लगेर आयो । सानो भाई, सुमन्, सन्तोष, मायालु, ज्योती, बाबुराम, मन्जु, सुनिल, इक्रम, बिमल,रमा, हिमाल , अनि चिरन कस्लाई बिर्सेको छु र? चिरन्जिवी, सँगै पढ्ने साथी त्यसरी संसार छोडेर गएको देख्दा निकै मन रोएको थियो । के गर्नु? सोचेजस्तो कहाँ हुदो रहेछ र?
कार्की सर्, नेपाली सर अनि बोगटी सर मैले बिर्सन नहुने मान्छे हुन जस्तो लाग्छ । बितेका दिन नफर्किने रिती छ संसार को त्यसैले त मात्र याद सँगलेर बसेको छु । बस्
ईन्डिया पस्नु मेरो लागि मात्र बिवसता हो । लक्ष हिना यात्रा को टुङो नहुदो रहेछ । अनि त एक्लोपन को पिडा मेट्न वेब साईट को आस्राय लियको छु । सबैलाई म कैले रुदिन भनेर ढाट्छु अनि एक्लो हुँदा रुन्छु । बाच्नु बिवसता त होइन तर रोएको मन लिएर हाँस्दै बाच्नु पर्दा साचिकै हासो लाग्छ ।
भन्छन्, तिमी हाँसे संसार हास्छ, तर तिमी रोए संसार अझ बेसारी हास्छ । क गर्नु त? हाँसि रहेछु । बाची रहेछु ।