[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 146966 TIMES]
SAVE! for ease of future access.
Posted on 01-11-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नमेले भनेको सत्ते हो है, खासमा नेपे र नेपेसिला लाइ एउटै नामले सम्बोधन गरिएको हो। बोरु, सजिलोको लाइ फेरि न्वारन गराउनि होकि। कता गए सिरे, गतिला पन्नित छन गांठे, न्वारन, स्वारन, जापुटक, रुद्रि सप्पैलाइ पक्का छन!! तेसो भ'सि अलि सजिलो हुन्तोकि।
 
Posted on 01-11-06 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि, लाले ले बल्ल मेरो कुरो बुज्यो । अब तेस्तो किलियर न भे सिरलाइ ल्यार न्वारन अरार भिन्नै भिन्नै नाम राख्नु पर्यो । अब सानो तिनो रुद्री त तेसले एकै मिलेटा सक्च के रे । बोलेरै सन्सार बैच्च तेसले, आकाशका तारा पातालै झार्च के रे ।
अस्ति त्यो कस्को हो रुद्रि अरेको मैले नै देखेको हु के रे, मन्तर त के के पो भन्थयो -

ए बागमाति खोलो तिरपन्ताम
बिस्नुमति तिरपन्ताम
पैसा जति मलाइ तिरपन्ताम
चामल पनि मलाइ तिरपन्ताम

 
Posted on 01-11-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त तेस्भे, सबै त्यै भन्चन र नमेले त्यो अरेका हुन् भने म पनि त्यति सारो अरठ्या त काँ थि र। चित्त नबुझ्या ठाममा प्याच्च भनिहाल्नि बानी मेरो था छँदैछ नी। जे होस् दम्तरी हो, त्यो नेपे नाम चैं मेरो भो हैन त? लौ त, अब जबानी मा यस्सो दायाँ बायाँ आँखा नलाए नर्क परिन्छ रे, दुइ चार दिन छड्के आँखा लाएँ भने, त्यै हो, तरुनीको कमाल हो भन्दिए।

हाजिरी चैं जनाइरन्छु म, हा टा रे क्या।
 
Posted on 01-11-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए नमे! सान्दाइले "खवरदार! आउलास्!" भन्दा भन्दै पनि क्यार्न तो पुरानो चौतारीतिर घरिघरि गईरा' भन्या! अब यै चौतारीलाई पो सजाउने, स्याहार्ने गर्नु पर्यो ! बरु एउटा दोटा कथाका बुटा लगाउ न यार!
 
Posted on 01-11-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु एस्तो राम्रो चऊतारो बनाई सके छन् ठिटा हरुले, आफु गाम को मुखिया भएर पनि थाह नै नाई । आज है मुख्खिनि बजै साह्रै कराइ र येसो गाम डुल्न पर्यो भनेर निस्केको त गरेछन् है ठिटा हरुले ।ल ल केटाहरु गरो गरो।म पनि सक्दो सहयोग गरुमला नि ।
 
Posted on 01-11-06 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेसाइलाले कुर ठ्याक्कै बुजि अइले त , मइले भनेको तेइ नै हो ।
गोतामे चोरेर लाको माया र खाको रमाइलो हुन्च अरे क्या । फेरि पनि झुल्किन बिचार छ मेरो ।
ल है मुखिया भा जदौ अरे चौतारिमा आकोमा । फेरि पनिआउदै राखे है ?
 
Posted on 01-11-06 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्चु नि किन आम्दैनहुम ठिटाहरु ले बनाएको यस्तो राम्रो चौतारिमा पनि, अहिले सम्म त थाह नै नभएर पो त
 
Posted on 01-12-06 4:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैना:

ए आँधीखोला उर्लेर आयो
आउने थे न मायाले बोलायो!

आँधीखोला उर्लेर आयो
आउने थे न मायाले बोलायो!

यो मायाले बिर्स्यो कि डारयो!
आजभोलि भेट हुनै हरायो?

आँधीखोला उर्लेर आयो
आउने थे न मायाले बोलायो!

चित्रे तिम्ले पिर गर्छौ किन?
माया भए भेट हुन्छ दिन दिन।

आँधीखोला उर्लेर आयो
आउने थे न मायाले बोलायो!

मया गर्छु भन्छौ नि जहिले नि
एक कल फोन गर्देनौ कहिलै नि।

आँधीखोला उर्लेर आयो
आउने थे न मायाले बोलायो!

हे अन्तैतिर लाछौ रे हित
भैगो ठिक्क नपार मैसित!

आँधीखोला उर्लेर आयो
आउने थे न मायाले बोलायो!
आउने थे न मायाले बोलायो!


 
Posted on 01-12-06 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे -

सिरमा फूल ए मैना गाजलु आँखैमा
लाइदेउ माया ए मैना यहि भिर पाखैमा
मेचि दोभान, ख्याल ख्यालैमा जाला जोबन

मैना -

हातमा घडि ए चित्रु आंगैमा कालो कोट
माया लाउँदा ए चित्रु मन भरि हुन्छ चोट
मेचि दोभान, ख्याल ख्यालैमा जाला जोबन

चित्रे -

तिम्रो लागि ए मैना उकालो धाएको
माया लाउन ए मैना भनेर आएको
मेचि दोभान, ख्याल ख्यालैमा जाला जोबन

मैना -

चौतारिको ए चित्रे छेवैमा बाँसघारी
माया लाउना ए चित्रे नाआउनु आश गरी
मेचि दोभान, ख्याल ख्यालैमा जाला जोबन
:)
 
Posted on 01-12-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नभए नी मेरो आस्कोट तइँ बुटा झुण्ड्या'र हिन्यो छु है ! अड्डाँ जाँदा हाकिम नभे नि हाकिमको कोट कुर्चियाँ टाँग्या त देखिन्च नि ! हो तेस्तैअरी ! हाटा आरेँ आजलाइ ! :)
 
Posted on 01-12-06 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चौतारी त सुन्ने पारेर कता लाएचन् यी गाम्लेअरु??
चित्रे उता आफ्नो वरिपरी मुन्चे जम्मा पारेर " यो नऊशा काँको हो?" भन्दै खेलाउँदै च, मैनालाई नि बिर्से जस्तो च। यो समून्द्रे नि कोट झुण्ड्याएर कता लागो कुन्नि। साईँला कैले हिन्दी बोल्दै हिन्चन कैले पिरेममा हार खाकोलाई अर्ति बुद्धि दिँदै हिन्चन, त्यति जाबो नाउँको कुराले नि के चौतारिआँ आम्न छोड्या होलान्।दादा मस्त निद्रामा होलान। गौताएँ याउँकली सित छिल्लिँदै होला। सिरेको चाला चाई "तिन दिन भेट भो निरमाया तिन बर्खै हराम्ने" भने जस्तो च। एउ दिन आम्च बोल्या बोल्यै अर्च अनि चार दिन हराम्च, दैब जानुन कुन ध्याउन्नाँ छ।
भौतेको कुरै नअरुम लाले सअँ बसेर सिलोक हाल्दै 'तुच्च तुच्च' पारिरा होला। गाममा मुखिया बा नि आएचन्। नमे त एउचिन पचि आइआल्च। खै को को कता हुन्। म यसो घराँ गएर तमाखु खार आम्ला। खुईय.......

हे.....अहिले पो बुढो भयो रे
हो सई सई
सोर बर्षे जवानीमा
मै पनि झिल्के हुँदोहुँ
अहिले पो बुढो भयो रे

 
Posted on 01-12-06 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, यो नयाँ चौतारीमा त आउनै भुलिरा' भन्या, बिर्खे दाइले बोलाएर पो झसंग भएँ, नयाँ चौतारा बन्या पनि था' पाएँ। नक्साको खेल खेल्दा खेल्दा मैनालाइ ईमेल लेख्न नि भ्या छैन। भोलि पर्सि तिर लेखौंला नि, कविता सहित(चोरेर भए पनि)। ल, अब त सुत्न परो, हाऽऽऽऽईऽऽऽ
 
Posted on 01-12-06 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गरेका हुन् यि ठिटाहरु ले म बुढो पनि केटा हरुले राम्रो काम गरेछन् भनेर आको त केटाहरु नै आम्नै छाडेछन् बा
एस्तो नगरन ए ठिटा हो, चउतारो लाई मायाँ नमारो न
 
Posted on 01-12-06 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ मुखीया बा, आज सप्पैको व्रत छ जस्तो छ। मेरो मात्तै दिनभरि काम भएन, क्यार्नु ४-५ चोटि चौतारिआँ आइसकेँ चरो मुसो कोइ भेटे मरिजाम।
 
Posted on 01-12-06 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसरि बनाउनु भाको नि चित्रेलाइ ठ्याक्कै मिल्ने गित ,,,,,,,,, बिर्खे माइला जी!!
 
Posted on 01-13-06 3:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखिया बा र मास्टर्नी नानी!() नयाँ मान्छेले पो कुरा उठाउनु प-यो त। काँ देखि आउनु भो कुन्नि? अनि सन्चै होला केरे उतातिर सबैलाई। कोसेली छैन चौतारीमा यसो गित सित, खिस्साहरु। अनि पो कुरोले बाटो लिन्छ त। ऐया! उता सर न जिम्माल एकछिन वरको फेदमा म अडेस लाउँछु।
 
Posted on 01-13-06 5:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँलि नानी आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।

दम्तरीहुर, मेरो त अब मुसिर ला्'छ है ! घराँ यसो हातसारो अर्दिनी नि कोइ छइन् । जता अरे नी आफैँ ! त्यै
भ'र चौताराँ आ'र दामलीहर सँ सुख दुखआ कुरा अर्नी नी ट्याम भ'न मलै त !जे भा'नी सम्जिँदै गरे मया नमारे के रे !

ए साच्चैँ ! हाम्रा चित्रे सँ थरि थरी नउसा छन् अरे भन्नी सुन्चु ।मेरो खेतओ नउसा कता परेच कता खोजिमोर्दा नि पाइन ।सँदियारो अगतिलो परेसी दुख पाइनी र'च अमिन ल्यार साँदाँ किलो नगाडि भ'छैन ।लौ न चित्रे, मलै त्यो नेपालटार (नेपाल) को यौटा गतिलो नउसा ल्याइदिन सउचउ भने ल्याइदेउ तो ! आउनी बुदबा'र अमिन बोलाइचु, नभै भ'न !

लौ त नि ! कैले कसो यै बाटो हिन्चु के रे खेताँ जाँदा, आम्दा जाँदा लाम्ला पिरती ! :)
 
Posted on 01-13-06 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे:

रातै बिझायो, दिनै बिझायो
कसको सम्झनाले बरै सिरानी बिझायो!
रातै बिझायो, दिनै बिझायो
कसको सम्झनाले बरै, सिरानी बिझायो!
कसको सम्झनाले बरै, सिरानी बिझायो!

कस्तो होला उनको रुप
कस्तो होला बोली
कस्तो होला उनको रुप
कस्तो होला बोली
लौ न मेरो मुटु खायो
निद्रालाई खोली

वनै बिझायो मनै बिझायो
कसको सम्झनाले बरै सिरानी भिजायो
कसको सम्झनाले बरै सिरानी भिजायो

कहाँ होला उनको घर
हिमालचुली पऽर
कहाँ होला उनको घर
हिमालचुली पऽर

लौ न मेरो आँखा बर्स्यो चढ्दो झरझर
आसै बिझायो सासै बिझायो
कसको सम्झनाले बरै सिरानी भिजायो
कसको सम्झनाले बरै सिरानी भिजायो

रातै बिझायो, दिनै बिझायो
कसको सम्झनाले बरै सिरानी बिझायो!
कसको सम्झनाले बरै, सिरानी बिझायो!
कसको सम्झनाले बरै, सिरानी बिझायो!
... ... ...

 
Posted on 01-13-06 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैना:

कहाँ तिम्रो मायालुलाई छोडेर राख्यो
तेइ गोरेटोमा तेसको माया छ कि छैन

गागरीमा थापेको पानि पानि
आँगनीमा गोबरीले लिपेको पानि
अँगेनामा दाउराको धुवाँ
आँसु पुछ्ने कुसुमे रुमाल
फर्की आउने हो कि हैन मोटरको धुवाँ उडाउँदै

कहाँ तिम्रो मायालुलाई छोडेर राख्यौ?

गीत गाउँछु सुन्दरी खोलाको तिरैमा
माया लाउँछु डाँडापरिको गाँवैमा गाँवैमा
गीत गाउँछु सुन्दरी खोलाको तिरैमा
माया लाउँछु डाँडापरिको गाँवैमा गाँवैमा

फर्की आउने हो कि हैन मोटरको धुवाँ उडाउँदै

कहाँ तिम्रो मायालुलाई छोडेर राख्यौ?
तेइ गोरेटोमा तेसको माया छ कि छैन
कहाँ तिम्रो मायालुलाई छोडेर राख्यो
छाडी राख्यौ?
छाडी राख्यौ?
छाडी राख्यौ?

 
Posted on 01-13-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहोऽऽऽ! याँ त दादाले मैले र मैनाले गाएका गीतहरूको टेपरिकट (tape recorder) घन्काएर सबैलाइ मनोरन्जन गराइरहनु भा' रैछ। मलाइ नि नाचूँ नाचूँ लाग्यो, तर खेतको काम अलि सिध्याछैन क्या, दुइचार घण्टा पछि आएर कविता लेखुँला नि मैनाको लागि। याँ फेरी नयाँ मान्छेहरू नि आइपुग्नु भा'रैछ, स्वागत छ है मुखिया बा र मास्टर्नी दिदी (miss_me) लाई! अनि गामको ईस्कुल कस्तो चल्दैछ त? लौ न, मास्टर्नी दिदी, मैना तपैको पुरानो विद्यार्थी भन्या हैन? मलाई सिकाई दिनु परो, कसरी मैनाको मन जित्न सक्ने कविता लेख्ने भनेर।

त्यो मुन्द्रे साथीले चैं नेपालटारतिरको उसको जग्गाको नउसा चाइयो भन्दै थ्यो, लु ल्याइद्याछु, भेट्यो कि भेटेन तिम्रो जग्गा याँ हेरम् त मुन्द्रे!

अनि बिर्खे दाइ, पछि त्याँ नउसाको ग्याम् खेल्न आम् है!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
whats wrong living with your parents ?
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters