[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 178351 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-30-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के सारो हल्ला हो???चौतारि को हल्ला हाम्रा किलास् सम्म पुगेको,सेता मिस्स् करायेर जात्रा छ,बल्ल बल्ल फुत्केर आये, लौ हौ सारो भोक् ला छ गाठे के खाम् अब,ये राहुल्दाइ कुखुरो भये खुकुरो खाम् चिलिम् भये चिलिम्,योमोरि नि गयेछ किलास् नत्र योमोरि नै खायिदिन हुन्थ्यो!!!क्याअरनु आफ्नो त भागय नै खत्तम्,जान्न हो आज त तेल् बेच्न पनि,बरु चौतारि मै येउटा नाग्लो पसल् थापम् कि जस्तो भाको छ ,चौतारि मा सदै बस्न नि पायिनि, गाम्लेहरु को सेवा नि गर्न पाइनि कि कसो???
 
Posted on 01-30-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ दिलु हो हो तेल् बेच्न नजाउ नाम्ग्लो पसल् थाप अनि तिम्रो नाङ्लो पसल् मा पुस्टकारि अनि रातो मिठाइ नि राख है बेच्न लाइ।
 
Posted on 01-30-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि कहिले पुस्टकारि राख्ला र सित्तै मा खाउला भनेर बसेका हुन्,जिम्माल् बा त येउटा काक्रा लिदा चौतारि थर्काउछन्, मैले पनि जान्या छ् क्यारि पुस्टकरि बेच्न पर्छ् भनेर,पुस्टकारि खदा खदा मान्छे कालो हुन लगिसकौ ,बिचार् छ कि छैन ह कि कसोहो???
 
Posted on 01-30-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बाल कबिता को शिर्षक छ, "हाम्रो चौतारी"

क्या चित्र क्या बिचित्रको छ हाम्रो चौतारी
अलिकति बाहिर अलिकति भित्र छ हाम्रो चौतारी

कोहि बाजा बजाउंदै छन् हम्रो चौतारीमा
कोहि खाजा खांदै छन् हाम्रो चैतारी मा

ठूलो स्वर् भएको कुखुरा चोर् पनि छन् हाम्रो चौतारिमा
कुखुरा चोर् लाई थुन्ने ठुलो खोर् पनि छ हाम्रो चौतारिमा

कसैको बिहे त कसैको जन्ती छ हाम्रो चौतारिमा
कसैको चिलिम् त कसैको अन्ती* छ हाम्रो चौतारिमा।

कोहि मुढो ताप्दै, कोहि बुढो सराप्दैचौतारिमा
कोहि सुसेलीमा प्रेम् गीत अलाप्दै चौतारिमा

कसैको तालुमा आलु फलेछ, चौतारिमा
कसको हड्डि पनि रड्डि भए छ चौतारिमा

सिंगान पुछ्न लाई बाहुला को कमि भए छ चौतारिमा
धेरै कन्ने नानीहरुको लागि बेहुला त दमि भएछ चौतारीमा


(* अन्ती= रक्सी राख्ने कलात्मक् सुराही जस्तो भांडो)


नोट: यो बाल कबिता का पात्रहरु कलापानिक भएको ले कसै सँग मिल्न गएमा संयोग मात्र मानिने छ । पुनश्च्: मिसलाई न देखाई यो कबिता प्रकाशित गरेकोमा, क्षमा प्रार्थी छु ।
 
Posted on 01-30-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.
मीन पचासको बिदा!
सिरक भित्र बस्दै राहुलभाइले
घामताप्दै एकहातले चिया पिउदैं
बाल कबिता कोर्दै गरेकोमा आफु
कौसिमा सुर्यलाइ चाख देखाइ पिंडालु
भएको कालो दाल र तातो भात सित
र चिसो थरथरे मासुको संझना भयो।
 
Posted on 01-30-07 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भको हो भन्छु यो चौपारि मा अचेल त आज बनाको चौपारि आज नै भरिने रहेछ भनेको गाम मा मान्छे को चल्खेल धेरै नै भयेको जस्तो छ ल ल गाम्ले हरु रमाइलो गर्नुस केरे । लौ मिस म पुनि आको छु , पढाइ कता पुगो कुन्नि । नया चौपारि बनाम्नि बेला पनि भै छ । ल त आज लाइ शुभ-रात्री।
 
Posted on 01-30-07 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ त के नाग्ला पसल् थापुम् हो येस्तरि त??कोइ गाम्ले आये त मार्दिम्,एक्लै चिलिम् तानेर आफै पुस्टकारि खाये मात्रै हो!!! कता गये हो सबै गाम्ले हरु,येसो सुत्ने बेलामा थुला बदा को बात् सुनुम् क्यारे कान् पबित्र हुन्छ भन्या खोइ कता हो कता सबै जना??????
 
Posted on 01-30-07 6:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलु, सानो कान्छा, पहिला यो बाल कबिता घोक, अनि खोक । अनि मात्र सुत्न जाउ । मिस् ले भोली बिहान पाठ सोधला फेरी, मुर्गा बन्नु पर्ला । भन्देको छु ।


मेरो बाल कबिता को शिर्षक छ, "हाम्रो चौतारी"

क्या चित्र क्या बिचित्रको छ हाम्रो चौतारी
अलिकति बाहिर अलिकति भित्र छ हाम्रो चौतारी

कोहि बाजा बजाउंदै छन् हम्रो चौतारीमा
कोहि खाजा खांदै छन् हाम्रो चैतारी मा

ठूलो स्वर् भएको कुखुरा चोर् पनि छन् हाम्रो चौतारिमा
कुखुरा चोर् लाई थुन्ने ठुलो खोर् पनि छ हाम्रो चौतारिमा

कसैको बिहे त कसैको जन्ती छ हाम्रो चौतारिमा
कसैको चिलिम् त कसैको अन्ती* छ हाम्रो चौतारिमा।

कोहि मुढो ताप्दै, कोहि बुढो सराप्दैचौतारिमा
कोहि सुसेलीमा प्रेम् गीत अलाप्दै चौतारिमा

कसैको तालुमा आलु फलेछ, चौतारिमा
कसको हड्डि पनि रड्डि भए छ चौतारिमा

सिंगान पुछ्न लाई बाहुला को कमि भए छ चौतारिमा
धेरै कन्ने नानीहरुको लागि बेहुला त दमि भएछ चौतारीमा


(* अन्ती= रक्सी राख्ने कलात्मक् सुराही जस्तो भांडो)


नोट: यो बाल कबिता का पात्रहरु कलापानिक भएको ले कसै सँग मिल्न गएमा संयोग मात्र मानिने छ । पुनश्च्: मिसलाई न देखाई यो कबिता प्रकाशित गरेकोमा, क्षमा प्रार्थी छु ।

 
Posted on 01-30-07 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कबिता खासा को छ दाजु ,हजुर् को कलम् मा सरस्वति ले बास् गरुन् ,क्यारे अब मुर्गा त के हाम्रो चौतारि को मिस्स् को लागि त म हास्, चरो, भगेरो, सब् बनिदिन्छु, आफ्नै मिस्स् त पर्नु भयो क्यारे,दाजु को ग्यान् अलि सिक्न पाये म् चल्लो को अलि भये नि दिमाग् बद्छ कि भनेरा नसुति बसेको ,ग्यान् बदने कुरो सिक्न पाइनछ भने त दाजु निन्द्रा त के म त ओबरटाम् नै त्त्यागदिन्छु के दाजु कि कसो हो????
 
Posted on 01-30-07 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलु, ज्ञान् बान को कुरो होइन, चिलिम् तानेर ध्यान गरे पुग्छ, कबिता सबिता रमिता बबिता सब् फुर्छ।
 
Posted on 01-30-07 7:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के खायेर चिलिम् तान्नु दाजु म??हुन त म नि शिव भक्त नै हो अजैइ घर् चै पसुपति मै परो क्य्रा ,बुटि को महात्मय बुजि नसक्नु छ दाजु के गर्ने सुन् भन्दा महङो छ यहा चिलिम् प्रभु ,बरु दाजु ले चै घर् कै गमला मा रोप्नु हुन्छ कि क सो??? ,मिल्छ भने वदा न्मबर् सहित् को थेगाना पथाम् छु क्यारे,हजुर् ले तान्ने बुटि पाये त प्रभो यो साल् नि ४ गजेदि प्रसाद् आनन्द माने ४जिपिये त कतै नजा के दाजु कि कसो??????????????????
 
Posted on 01-30-07 8:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्लेहरु, को को छ??
 
Posted on 01-30-07 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!
सन्ध्याकालीन अभिवादन् यो बिर्खे माईलाको!!
 
Posted on 01-30-07 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ, हिम्माल बा । मिसले बाल कबिता घोक्नु अनि मात्र खोक्नु भन्नु भएको छ ।
 
Posted on 01-30-07 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे ठुल्दाई! बाल कविता पढेर सपै बाल बालिका हराए अस्तो मानिछु!
जे होस मजाले चौतारीमा हुने गतिबिधि कविताको रुपमा लेख्नुभयो!

हन आज गोताएँ बुडा कता अन्मरिएछन्? अइपछि त एतिबेला फत्फताम्दै हुन्ते!
 
Posted on 01-30-07 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठूल्दाइ, के कुरो गरेको, मैले त बाल कबिता भनेको भएर कागतमा सारेर बाल्दें, अब कसरी घोक्ने??
 
Posted on 01-30-07 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु भान्जो, हेरि आज ब्यान देखुन मुइँले पालेओ मजाओ रातो भाले तिमि र तो ग्वाँचे डाँका मिलेर हसुरेउ भन्ने कुरो गाईगुईँ सुनेओ छु। कुरो के हो खुरुक्क याँ रउसिको रउसि पानी को पानी पार त लु!
 
Posted on 01-30-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, के गरेको त्यस्तो ? चिलिम नपुगेको हो कि बढी भएको ?
 
Posted on 01-30-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्यरि चैं पक्कै खुकुरो बन्ने भो भोलि :D
 
Posted on 01-30-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(उफ, यो ठूल्दाइले गरेर बुडाले थाहा पाइहाले नि)

खास कुरो चैं मामा, तपैंको भाले चैं ग्वाँचेले उछिठ्याएछ। भोलिपल्ट एसो काजु खुवाउन भनेर खोराँ हेर्या त थेन। (अब उछिट्याउन गा त कसरि भनुम) अनि पछि ठूल्दाईलाई लिएर घुम्दै सान्नानीको हजुरबाकाँ गा'को, बुडाहरु बाहिर गफ गर्दै थे, फिलिम र चिलिमको। मैले त बुडाको खोरबाट पुरस्कार लेर आको। अनि हामी तीन जाना बसेर खाको, आधा चै ठूल्दाईले उडाए हिजो, आज त चिलिमको सुरमा फलाक्देचन चौतारीमा बसेर।

उफ, के गर्ने मामा, अब कता पाईन्छ आर्को कुखुरो पुरस्कार ल्याईदिने भा छम तपैंलाई, ग्वाँचेले कुन्नी कस्को घरबाट हो पुरस्कार ल्याउँचु भन्दै थ्यो। गोताएँको घरबाट पो हो क्या हो, एउटा मज्जको छ रे।

:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters