नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हो त नि जिम्माल बा। चौताराँ उभिएर हेरो भने तलतिर कालो पुल, टेकु सम्मै छ्यांग्छ्यांगति देखिन्तो, मास्तिर झम्सिखेल्, तो अहिले ग्यानोदय भाको शान्तभवन तिर जम्मै फाँटै फाँट त थियो नि। शान्त भवनाँ अझै हस्पिटलै थ्यो, ग्यानोदय इस्कूल चाँहि यता झम्सिखेल चोक तिर कतै थ्यो, त्याँ नि पढियो एक् दुइ बर्ष्, सानो घराँ चलाँउथे उतिबेला।
पिच बाटो कतै थेनन, हिलाँ लड्दै पड्दै इस्कूल पुगिन्थ्यो। बागमतिमा कालो पुल मात्तै थ्यो। खोलो दुबै तिर वारपारै बग्थो, अहिले पो पुरिएर भकुन्डो खेल्नि मैदान बनाईसके, आफु त्यो राजतिर्था छेउतिर पौडि खेलिन्थ्यो बागमतिमा, हाम्रा पालाँ अहिले जस्तो काँ हो र?
हो त नी, अझ २०३३ साल तिर अर्कै थियो सानेपा, स्याल कराउने खेत मात्र। स्याल को आवाज निकाल्ने कहिं चिप्ले र अन्तरे त परेन। बदमाश हरु। त्यतिबेला बुबा सङ राजतीर्थ मा नुहाउन जान्थे। बेची नून स्वादको पानी, धेरै रोग निको हुन्छ रे भन्ने भनाई थियो। कालो पूल मात्र, त्यो कालो पूल कै शिर्षक राखेर लेखिएको उपन्यास पढेको छु र त्यता तिरको राम्रो बखान छ। डा अरुण सायमीको हाकु तां: ( कालो पूल) उपन्यास चर्चित क्रिति मानिन्छ।
ठुल्दाइ लाई त बिहानै टक्र्याको थी नि हैन र? कि हिजो कै सम्झना आको मलाई ह? एनी वे, ठुल्दाइ लाई धेरै धेरै धेरै इलहाबादी सलाम ठुल्दाइ इलहाबाद मा हुँदा लम्बु दादा को कून सनिमा तातो थियो?
अहो! त्यतातिरको तर मलाई खासै याद छैन राम्रो संग, बेला बेलामा मात्र पुगिन्थ्यो किनभने धेरै नै सानो छँदा त्यो ठाउँ टाढा पर्थ्यो र अलिक ठुलो भए पछि कता कता लागियो। तर मलाई त्यो टेकु जोड्ने पुल याद छ। बागमति पनि त्यति घुमिएन उतिबेला। तर बिष्णुमतीको कुरो गर्ने हो भने चाहिँ माथि साङ्ग्ले खोला मिसिएको ठाउँ (शायद ठुल्दाईलाई थाहा होला) देखि, तल शोभाभगवति (भाचाखुसि) मिसिएको ठाउँ देखि लिएर तल ह्युमथ हुँदै परोपकार स्कुल सम्मको खन्डमा चाहिँ धेरै नै घुम्दै घुम्दै पुगिएको ८-१० वर्षे अनुभव छ। तारेमाम्।
तेइ त ठुल्दाइ तेस्तइ थ्यो सानेपा, दुई चार वटा घरहरु मात्रै थे, त्यतिबेला। कुरा ०२९-३० साल तिरको हुनुपर्छ मेरो कान्छो भाइ ललित्पुर नगर पंचायतको वडा सदस्यको चुनावमा उठेको थियो अनि केइ दिन सम्म चुनाव प्रचारमा लागियो, घर ब्यबहारतिर ध्यान दिन पाइयेन। चुनाव सिद्देसि' भाइको जमानत जफत भयो भयो मेरो घरमा पालेका सबै कुखुराहरु पनि सिद्दिए, केइ चुनाव प्रचार प्रसारमा जाने अौने कार्यकर्ताहरुको भोजन भने, बाँकि रहेका कुखुराहरु स्याल महोदयका। तेसपछि कैलेइ कुखुरा नपाल्ने, कुखुरा खाने मात्र कसम खाइयो।
अरे हामी इलाहाबादमा हुंदा लम्बू अमिताभ त्यति हट थिएन, कोल्ड नै थियो। शाहेनशाह, आजका अर्जुन चलेको थ्यो, खासै राम्रा सिनेमा थिएनन्। अनिल कपूर बडा हिट थियो। परिन्दा बडा अच्छा फिलिम छ। आवारगी पनि अच्छा थियो। सलमान र आमिर खान बालक हिरो थियो। इलाहबादी कालको अन्त्य तिर मनिषा को सौदागर रिलिज भएको थियो।
ठुलि कता गयीन ह? अघी त 1-800-thu-keti मा फोन गर्नु भन्थी, अहिले त सक्कियो होला तरकारी बेच्न, अब ढाकी टाउकोमा राखेर अली अली बाचेको तरकारी टाउकोमi लिएर घर घर बेच्दै हिन्दै होली
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.