नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
बिर्खे, उबेला हाम्रा हजुर बा ले भन्थ्ये कि उमेर त चरित्रले देखौछ। अब क्या भन्या हो तिमीनै भुज। म त्यो कुरा , लौलौ, प्रौद कक्ष्यामा मास्टर साब लाई सोध्नु पर्ला। लौलौ बरु तिमी चै कुन उमेरको पर्योउनि कुन्नी!
हेरि तेसो हो भन्देखुन त म नि तिमि अस्तै ठिटो परेँ माकुरे! चाइन्जो मनकै कुरो अर्ने हो भने, लु हेरि यो चौतारि भरि कसको मन हाउँरो भन्दा कान्छो छ हामि नि हेरम्ला!
दारेलिङ्गबाट आम्दै गर्या है एउटा पासा र म-- काउरभिट्टा बाट उम्किदा उम्किदै म राम पासा दुन गिलासाँ -- हेरी के भो के भो ईटरी नाहेसी त पासा पन्चट भा पाउँरो अस्तो भो -- पोल्यो पोल्यो छाती पोल्यो पेट पोल्यो भन्छ बालुबामा माछा जस्तो गर्छ मुख छोडछ --- कोसी ब्यारेज हेर्छु भन्थ्यो तीँ झारेर पोल्नु पर्ने हो कि जहतो भो -- मुख फेरी छोडेर छोडेर प्याहेन्जर डाईभर खलाँसी जम्मै बिच्केर छुट्टी -- तेई दुई गिलाहैले माई त यहतो नहुनु पर्ने भन्छु म तर पासा सिध्धेला जहतो गर्छ। कोई अहपताल लैजा लाहानाँ भन्सन कोई ओराल इनेरलाई हीँ ओराल भन्छन -- लाहान नेर नेर आएसी पासा अलि मत्थर् भो -- भात नहानी म दई रोटी हानी भन्यो --- म भात हान तिर लाईँ उ रोटी खान अन्तै लाओ। डाईभर पासालाई लान्न भन्छ -- मैले अब मनपरी बोल्दैन भनेर सम्झाएँ पासाले नी मरीजाउँ बोल्दीन चुरीया माई भस्म थप्यो। टरकाँ देहेस के रे "चुरिया माई कि जय"। अब हैटौडामा मकै र ब्लेन्डराँ घोल्या कफी थप्नु पर्छ भन्दै बाटो लागियो। मटर अलिबार गुडेसी त पासा फेरी छटपटायो --- मुख त फेरी उही हो -- मेरो त पासा अब --- सुनी नसक्नु गर्यो कैले कैले त। जउँगलाँ जादै थिम के रे पासा मटर रोक मटर -- बाथरुम जानु पर्यो भन्न लायो। एउ त जउँगलको बाटो तेहमाथि पासाले कुन भन्या मान्या थ्यो र -- अब हेटौडामा जानी हेटौडामा खलासीले बेबास्ता गरेर भन्यो। पासाले झ्यालै बाट निकाल्यो मुखबाट निकाल्ने जती। तेसपछी पासा निदायो -- म नी सुतेँ --- ड्याम्म! आबाज आयो -- बस रन्थनियो -- पासाले एक्कैचोटि भन्यो हान्यो डाँकाले गोली। खैला बैला भो -- बस रोकियो --रातीको झन्नै एघार बज्या रे छ। जउगल सुनसान छ -- पन्चट भा रे छ पाउँरो। खलासीले पाउँरो फेरुन्जेल् पासा डाँकाको कुरा गरेर बस्यो -- अनि ए! म नी एई बेलाँ पेट खाली गर्नु पर्यो भनेर हिन्यो पासा खलाँसी पाउँरो फेरी सकेसी-- खलासी रिसायो -- म उस्लाई लिन गएँ, बस यता कुदायो अब भो की! आधा राताँ जउँगलाँ परेन फसाद? कति कराउदै कुदनु? दुई किलोमिटर पर लगेर रोक्यो वस --रीस फेर्या होला-- आधाराताँ दुईकिलोमिटरको नाईटवाक गरीयो पासाको सङगतमा।
तो अन्तरे र कुम्लेलाई भरे बेलुको मास्तिर ठेल्ने हो चतुरे काइँला! हेरि अइले के जाति भोट खसाल्न नमिले'र मात्तै हो! नत्र हाम्लाई नि आउँछ बुथ क्याप्चर अर्न! कि कसो??
हो हो बूथ क्याप्चर् भएकै हो। मतदान अधिक्रित संग मिलेमतो छ। उहिले जमानामा हामी पनि मतदान अधिक्रित भएकै हौं क्या र, सब् टिरिक था छ , बूथ क्याप्चर् गर्ने।
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.