nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 133886 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
Posted on 01-03-06 1:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सायोनाराका २ थोपा आँशु
-----------------------------
सानो खलबल सुनेर च्याँके केटाहरुको भिडतिर नजिकियो।
"के भयो र भाइ? कसैले केहि गरे कि कसो, सिधासाधा देखे भने त दादा गिरी देखाउँछन् यो स्कुलका केटाहरु त, ए हगुवा तैँले हानेको होस्?"

कहाँ मैले हो, ऊ तेल्ले सर्टफिकेट हेरम् भनेर लगेर बटार्न खोजेर हैन?

गोबिन्दले सुंक्क सुंक्क गर्दै थियो तर केही बोलेन। च्याँकेले नजिकैको केटाको हातमा गोबिन्दको सर्टिफिकेट बटारिएको देख्यो। र सोध्यो।
ए रामेश्वरका छाउरा, क्यारेको होस्? अर्काआ स्कुलमा आएर दादा गिरी देखाउने ? तेरा बाउको सर्टिफिकेट हो र बटारेको छस्? दाँत साँत झार्दिम् तेरा?
"यी यता झार , च्याँके। ल हेरम् त तेरा बाउको तागत!" शिसिर भन्ने केटोले मूख छोड्यो।

च्याँकेले कलाठामा समातेर झ्याम् झ्याम २ झापड दिइहाल्यो । शिसिरले गाला छामेर रुनु न हाँस्नु भयो । च्याँकेको अर्को थप्पडले उसका आँखामा साउने बाढि आए जैँ आँसुको वर्षा आयो।
"साले च्याँके, साले पियुन! अर्कालाई हान्छस्? मा चिनी!पियुन्।"

"अर्काका स्कुलमा आएर तैँले दादा गिरी देखाउने? भर्ना हुन आआका केटालाई तैँले सोझो देखेर सर्टिफिकेट बटार्ने? तेरा बाउले तँलाइ तेही गर्न पठाको हो यहाँ?
पियुन भएँ त भएँ तेरा घरको भअ छैन। हाम्रा स्कुलको काम गरेको छु। यो स्कुल तेरा बाउका जग्गामा छ? साउकोटाले जग्गा नदिएको भए ला* यो स्कुल हुनथ्यो भन् त। यो स्कुल तेरा टाउकाँ राख्नीथिइस्? हाम्रो बाजेले बारी, खरबारी दिएर यो स्कुल बनेको हो, बुझिस्? तेरिमा चिनी , हाम्रा स्कुलको मायाले पियुन भइयो। क्यार्छस्? "

गोबिन्दका हाड हाँसे च्याँकेले सर्टिफिकेट सपार्दे गोबिन्दका हातमा दियो। स्कुलमा शिक्षक कोहि थिएन, भर्ना हुन मिलेन।
हुन त च्याँके यो स्कुलको पियन हो तर उसैले भने झैँ स्कुलको पियन हुनु पर्ने हैसियत भन्दा धेरै माथि छन् तिनीहरु कोही नपाएर उसका बावु च्याँकेले स्कुलको रेखदेख गरे । पछि छोरोले गर्न थाल्ने क्रममा उस्लाई पनि च्याँके भन्न थालेका हुन्।

च्याँके सोझो स्वभाबको छ तर सत्यको पक्ष लिन्छ। सज्जन नै त नभनम् किनभने 9 कक्षामा फेल गर्दियो भनेर हेडसरलाई ३ कान्ला फाल्ने ग्रुपको लिडर पनि उही हो, भन्छन्।

उसको तलब रु ४०० मात्र थियो। सुरुमा बावुको पाला तोकेको तलब दशकौँ बित्दापनि बढेको थिएन। शिक्षकहरुको तलब ५ पटक बढिसक्दा पनि निजी श्रोत कम छ भनेर उसको तलब बढाइदिएका थिएनन्।
--------------------------------------------------------------------------------
च्याँकेको शब्दमा तलब हेर्दा त काम गर्ने जाँगर चल्दैन तर आफ्नै बाजेले खोलेको स्कुल भएर मात्र गर्या हो।
दिनभरि आँपको रुखमुनि सुत्छ। घण्टि लाउने बेलामा गोरु चराउन तल आँधिखोलाको छेउमा पुगेको हुन्छ । कहिले तल खेतमा पानी मिलाउन पुगेको हुन्छ।
केटाहरुले पानी देऊ त कृस्ण दाइ! खाम्, भन्दा "छैन पानि सानी! खोलामा गएर खा, तल आँधिखोला देख्या छैनस्? "भनेर सातो टिप्थ्यो केटाहरुको।

अहिले पनि फेरि शिक्षकको तलब बढ्यो च्याँकेले केटाहरुलाई भन्यो, हरेआशिषतिमीहरु सदनका नेताहरु, तिम्रो कुरा त्यो चुच्छेले नि खान्छ यसपाली मेरो तलब झ्वाम्म बढाएर १००० नबनाई भएको छैन।यसो कुरामा कुरा मिलाऊ है, नत्र तिमीहरुलाई पानी ओसारेको के काम भयो आँधिखोलादेखि यो उकालो?

धेरै वर्षपछि हेडमासटरहरुको सरुवा हुने गाँइगुँई चल्यो। हाम्रा हेडसरको नि सरुवा हुने भयो।
यसपाली हेडसरको सरुवा पक्का भएछ स्कुल स्थापनाको २५ वर्षपछि हेडसरको सरुवा हुने रे! मिश्रित प्रतिकृयाहरु निस्के।
च्याँकेले भन्यो,
"जाओस् चुच्चे जाओस्।"
--------------------------------------------------------------------------------
"ए कृष्ण! घण्टी लाउने बेला भयो, कता गयो कृष्ण?"
हेडसरको आवाज आँपको रुखमुनि सम्म सुनियो।

"बोला चुच्चे बोला, घाँटी सुक्ने गरी बोला, तँलाई ९ कक्षामा हुँदा ३ कान्ला फालेको सम्झेको होलास् नि।"
च्याँकेले केटाहरुको अगाडि गर्व गर्दै हेडसरको कुरा काट्यो र बिस्तारै उठेर गयो। घण्टी लगाएर फेरि आँपको रुखमुनि पुगेर गफ दिन थाल्यो।

"मैले हुलाकीको जागिर पाऊँदा पनि गइन, यहाँ पानिको पँधेरो छोडेर कहाँ डोटी जानु यार, हैन ल भन त। यहाँ हल्ली हल्ली खाआको बानि! जान्न डोटी !"

"कृस्ण दाइ नगाएकै ठिक छ।" केटाहरुले स्याल भाका मिलाए।
"कृस्ण दाइले केटाहरुलाई तहमा राख्छन्। हेडसरले नि कन्ट्रोल गर्न नसक्ने केटाहरु कृस्णदाइ भनेसी थररररररर!"
--------------------------------------------------------------------------------
बैठक बस्यो हेडसरको सरुवा पक्का!
हेडसरले भने
"अब यो कृष्णको तलब मिलाउन पर्ने छ, बरा धेरै वर्ष सेवा गर्यो, निजि श्रित नपुगेर ४०० मा काम गर्दै आयो, आजबाट यसलाई थाइ गरिदिने अनि १५०० हुन्छ।मैले जिल्लाबाट सविकृत लिएर आइसकेको छु।
केटाहरु सबैबाट ताली आयो। हेडसरले मुखले गाली गरे पनि च्याँकेको २५ वर्षसम्मको मिहिनेत नेदेखेका त हैनन् नि।

भोलिपल्ट हेडसरको बिदाई! च्याँकेले नजिकैको देऊरालि पुगेर हेडसरलाई बिदाइ गर्न लाली गुराँस टिपेर ल्याएको थियो।
हेडसरले २५ वर्ष सेवा गरेको स्कुल छोडेर जाने बेला २ शब्द बोल्न अगाडी सरे , हेडसरका आँखाबाट आँशु आए। सबैले तल हेरे। सबे शिक्षकको १ महिनाको तलब जोडेर प्लास्टर गरेको ग्राउण्ड ... ... ...
१,२ जना अभिभावक घुँक्क घुँक्क गर्दै थिए।
--------------------------------------------------------------------------------

च्याँकेले हेडसरको झोला बोक्यो, तल जुग्ले बजारसम्म पुर्यायो। हेडसरले पेरि १ पल्ट स्कुलतिर फर्केर हेरे चिलाउनेको रुख, आवपको बोट र तल कलकल गर्दै झरेको आँधिखोला, यो बुढेसकालमा बिरानो लाग्यो ... ... ...
च्याँकेले हेडसरलाई जिपमा चढायो, खलाँसीले भन्यो, "ल जाम् जाम् स्यांग्जा, वालिगं, पोखरा!"

जिपले धुलो उडाउँदै घुम्ति काट्यो। च्याँकेले २ थोपा आँशु झारेर मनमनै १० वर्ष अगाडिका हेडसरका शब्द सम्झ्यो,
"ए कृष्ण, तैँले पढ्न नछोड् केटा, म नि:शुल्क गर्दिन्छु। बिहान, बिहान कोठा बढारे हुन्छ। तलब उती नै दिन्छु। घण्टी सण्टी हामी नै लगाम्ला ! "
---
अस्तु! (साथिहुरले नयाँ नलेखेकोले अर्को पुरानो कथा टाँसेको है मेलो सार्नलाई।)
 
Posted on 01-03-06 4:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाङ्गै खुट्टा हिन्नी मुन्छे हाम्रा चौताराँ के को आम्न सक्नी ? गोले सार्की (goldstar)ले सियका जुत्ताला'र आम्दा त काँडा तर्केर हिन्न गारो हुन्च ! आइयाले नी बुडालाइ दुबो त कसरी खाउ भन्नी र ! आलिकिति सातुको ब्यबस्ता अर्नपर्ला नी आइयालेचन् भने । तर के आम्ते ती खै ! लौ तो सिरेकाजी, बोला'र ल्याम्नोस तो एउदिन, चौताराँ बसेर बुडासँ गनतन्तरका कुरा अरम !

ओहोऽऽ दादाको किस्साले त केट्केटीबेलाको सम्जना आओ ! तेतिखेर आँपका बुटामुनी हाफ्छुट्टीयाँ खेल्नी अरेका राता, नीला, पयेँला सपै खाले गुच्चा पनि सम्झेँ मैले त ! घाममा भकुण्डो खेलेर आ'सी तिर्ख लाउनी अनि पानी माउदा पिउनले गोल्बेँडा जत्रा आँखा बनाउनी ! दादा सपै सम्झेँ मैले त आज ब्यान भोरी । अतिराम्रो छ लौ, अरु पनि यस्तै किस्सा कहानी छन् भने चौताराँ आम्दा सुनाम्नुओला !

बिर्खे माइल्दाइले चौताराँ आम्नी दम्तरीलाइ वास्तै अर्न छोड्या झैँ मानिचु मैले ! कि ससुरालितिरा'ट अइलेसँनी आ'का छैनन् र हो ?

मयालुले गरिनौ वास्ता
चौतारीको छेवैमा म बस्ता !
जिरा मरीच
मलै पर्नु पिर कल्लाइ परिच !

तिम्रो मया छ मलै कति
भरम् भने नौ मुरी तील जति
स्याउली पलाइच,
नरोउ निर्मयाँ सुख कल्लाइ छ ।

लौ आजलाइ यत्ती म झरेँ अब बेँसी तिर । भरे आम्दा एउछिन थकै मार्न पर्ला चौताराँ ।
 
Posted on 01-03-06 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिर्रर् पिप् पि पिर्र!
(चौपारीको बाटो म पात बजाम्दै झर्दो छु.)
 
Posted on 01-03-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले अस्तिन तरुनी देखेसि त मेरा त तीन खुट्टा हुन्चन भनेका थिए र मैले त ये होला त नि, मुर्रा जो हैचन् गाँठे
भन्ठानेको थिएँ केरे । खाँटी चईनी रस्से (रहस्य) कुरो त के हैच भनि तरुनी देखेसि उनको एउटा हात चल्नै छोड्दो रैच
कि के हुँदो रैच कुन्नि, तेसो भएर तीन पाउ भाका हैचन् कि क्या हो । तेस्तै केही तलबितल अरेर हो कि आफै जो हो
कुन्नि । कम्पुटराँ टईप अर्नै जो सक्दा रईन्चन् केरे ।

अब ल काका, बरु मुन्द्रे तिरै जो सोझ्याम्न पर्च कि क्या हो कुरोकानी ?

दादाले अपुरहुरलाई त केही केही कुरो भने कि भनेनन् कुन्नि । तो अहिले तीनको घर भाको मुन्तिरको के, थाप्ले पाटा भन्नी
बारीको पाटामा चईनी एउटा कटेरो बनाम्न परो भनेर भन्थे । मैले सोध्न त सोधेको थिएँ - कस्तो बनाम्नी हो, कति तले
बनाम्नी हो, कता फर्काम्नी हो, पाली हाल्नी कि नहाल्नी, के ले छाउनी हो, ढुङ्गा-माटाकै गारो लाम्नी हो कि सिल्मट्टीले ढलाई
अर्नी हो, चईनी काठ-पात, ढुङ्गा-माटो भन्या जस्तो चईनी कुरा सप्पै गाम्ले सित सल्लाह अरे पो हुन्च । चौपारीमा भन्नुस,
त्याँसी त दिमाख आम्च केरे नि सपैको सल्लाहाले भनेर भन्याथेँ । अझ चित्रेलाई लाएर चईनी पहिले जो नबनाम्दै जो कस्तो
देखिन्च हेर्न पाए बनाएर चित्त नबुझ्नी, मनखत लाउनी हुँदैन, उनले दुरुस्तै जो बनाम्चन भने । नमेले चौपारी बनाम्न जानि सको,
खास्साको बान्डो (पर्खाल) लाम्च, गारो लाम्न पनि तकडा जो छ भने ।

के कसो हो, दादाले आफैले जो भने भन्चन केरे, नत्र लाजै मानेछन् भने पुनि हामी गाम्ले हुरले सर-सल्लाहा अर्नी हो कि भनेर
नि ।


Keep rolling...
 
Posted on 01-03-06 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति हामी किट्टी खेलेको है. ५ जना थिएम्. ९ पटक किट्टी परेर हैन? १०औँ पटकमा बोटाँ २५,०००एन (अक्षरेपी एन पचिस हजार मात्र) जम्मा भा थ्यो.लास्टाँ त मैले खाएरा भन्या. जितौरी दिम्?
 
Posted on 01-03-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la hera , dada le ke ko katero banamni ho ta ni? yeskko estamet ma ta shere, bhaute tagada chan kere, falam salam ko kuro chaiyo bhane malai bhanum hai.
 
Posted on 01-03-06 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

asti $ 8 ko kitti ta maile pani parya ho suka bota, tara dada le ta ghaderi nai kinne banayechan.
 
Posted on 01-03-06 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नी है दादा !
जुवाडेरू सँ पैसो उठा'र चौतारा नेर यौटा पाटी बनाम्न पाएनी हुन्तो के केरे ! पानी पर्दा ओत बस्न त पाइन्तो !
 
Posted on 01-03-06 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-03-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेलाई अधम-पञ्च भा'को मा बधाई। :-)

डाह लाग्यो मलाई त। :-(

ए सान दाई अर्को बर्ख म अधम-पञ्च भैन भने साझा'ट राजिनामा दिन्छु है, अहिले नै भन्देको छु :-)

पेटै दुख्यो :-)))))))))))))) ऐया !
 
Posted on 01-03-06 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gotamelai ni banaye jasto manichu! 7-10 jana chhan re!
 
Posted on 01-03-06 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma ta yesai sala utheko ho kere tyo adham pancha ma...dada ta purana manche jasta chhan, gotame le feta guteko raicha pahila ta...
 
Posted on 01-03-06 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वधाई हो,
सबै नेपाली पञ्च भौँ सबै नै पँच नेपाली
मुकूटको छत्र छायाँमा बिरक्त हामी हिमाली !

पँचहरुका पनि पँच प्रधानपँच ! हेहेहेहेहे ।नमेलाइ बधाइ छ, भोजखान आम्दा भेटम्ला !:D
 
Posted on 01-03-06 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै नेपाली पञ्च भौँ सबै नै पँच नेपाली
मुकूटको छत्र छायाँमा बिरक्त हामी हिमाली !
-----------------------------------------------------
samundra le kura thyuakkai milayao..sabai manche padham pancha bho jasto chha...sappai lai danga pare sane dai le.............
 
Posted on 01-03-06 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई चार दिन यसो हिमप्रदेश घुम्न गाको त साझाँ सप्पै जना 'बर्ष पूरुष'!!!!
हैन के हो यस्तो??
 
Posted on 01-03-06 11:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Birkhe ...timi nai hau jimmal ta..aru sappai padham pancha ...aba gyanendra raja pani , pradhan muntari pani, ani sajha ka sappai chhai padham pancha .....
 
Posted on 01-03-06 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसो घुम घाम अर्न गाको त हाम्रो चित्रे त पूर्ब तिर गएर मैनालाई फकाउँदै रेच।

चित्रे -

भोक लाग्यो भाने भात खाउँला
तिर्खामा लागे मई खाउँला
जाडोमा लागे माड खाउँला
बैँशमा लागे कान्चिको पाखुरि समाई लैजाउँला

मैना -

(आप्पुइ नि हो च्याङ्बा)
दारिमा जुङ्गा केश फूल्यो
च्याङ्बाको बुद्धि आएन
भैँसिले पराल खाएन
च्याङ्बाले अर्थ लाएन
हाम्रो त केटा अर्कै छ
च्याङ्बाले थाहै पाएन

चित्रे -

ए डम्फुको ताल मा नाचेर
ए तेत्तिस कोटि बुझाउँछ
ए रुवाउनेलाई हँसाउँछ
ए हँसाउनेलाई रुवाउँछ
(के भन्छ हो च्याङ्बा)
बैमानी देखे भगाउँछ
तरुनि देखे फकाउँछ
ए तिमि है जस्तो कान्चिलाई
म डम्फू नै माथि सजाउँछ

मैना -

बरलाई पिपल चाहिन्छ
ए देबीलाई देउता चाहिन्छ
ए सबैलाई आफ्नो दौँतरी
ए जोडिमा एउटा चाहिन्छ
हामिलाई पनि मन मिल्ने
धन पनि मिल्ने चाहिन्छ हो
तिमि है जस्तो काँचको हैन
हिराको जोबन चाहिन्छ

चित्रे -

भोक लाग्यो भाने भात खाउँला
तिर्खामा लागे माई खाउँला
जाडोमा लागे माड खाउँला
बैँशमा लागे कान्चिको पाखुरि समाई लैजाउँला

 
Posted on 01-04-06 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल दम्तरी हो,
नँय सालको र कुइरे दशैको झोलले अर्दा आफ्नो त चौताराँ हेर्न मात्तै आउँछु, लेख्न त लायो कि थर् थर् हात काँप्ते गाँठे।
जे भे नी, हामी सप्पैले आ-आफ्लै बधाइ दिम, अब सप्पै बर्ख पुरुष रे, क्यार्नु नी त?
 
Posted on 01-04-06 1:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झण्डै मूर्ख भईएन आज! कस्सो "यो सम्मानका लागि धन्यवाद, धेरै धेरै आभारी छु। म जस्तो जाबालाई पनि यत्रो सम्मान दिनुभो। ........" आदि इत्यादि भनिएनछ। धैर्य राखेर तलसम्म पढिएछ, राम्रै भो।

सबै साथीहरुलाई वर्ष पुरुषत्वको बधाई (यो चौतारीमा प्राय: त परुषै छन् केरे।) ।

पुरुषत्वको 'चेक' हुन बाँकी साथीहरुले पनि पीर गर्नु पर्दैन, अर्को वर्ष बधाई दिम्ला, नमरी बाँचे कालले साँचे !
 
Posted on 01-04-06 1:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो गाममा अरु के के हुँदैछ नी हँ? भउतेले ब्या गर्ने भो कि भे'न माघमा?
चित्रे र मैनाको 'इलु-इलु' निकै 'गहिरो' तिर जाँदैछ कि क्या हो? हिजो पखराको बिन्दवासीनी हलअगाडि देख्या थेँ, बेरिएर हिँडिरा'थे।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
TPS Renewal Reregistration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters