[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !--II

[Please view other pages to see the rest of the postings. Total posts: 316]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 125740 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-22-05 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो धागो:

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060

साथीहरु,

सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु।

प्यारा पाठकहरु,

बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ?

धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला।
------
ओके
 
Posted on 03-04-06 1:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओकेजी, साझमा टुक्रे तालले पढेपनि पछि किताबको रुपमा निक्लेपछि सिंगो-सग्लो रुपमा पढन पाउनुको आनन्द त अर्कै हुन्छ नि!
अनि दोश्रो कुरो, ओकेजीका पाठकहरुको समुदाय साझा बाहिर पनि बिस्तार हुन्छ नि होईन र?

माइला नानी, माष्टर्नी नानीको प्रशंशा र सुझावमा मैले पनि सहि थपें है!
 
Posted on 03-04-06 2:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो फोटो त प्रिती जिन्टाको जस्तो छ नि माइला नानी ।
 
Posted on 03-05-06 11:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है!
आत्मकथा-ओके
खण्ड ३२
अब फेरी मेरो घनिष्टता घनश्यामसरको घरसँग बढ्दै गयो। मञ्जु मेरो कोठामा आउनुजानु तथा म मञ्जुको घर आउनुजानुमा कुनै समय र बार कुर्नु परेन। घुलमिल, आउजाउ तथा खानपिनमा पनि कुनै छेकाबार थिएन, मलाई उनको घरमा। मञ्जु पनि मेरो कोठामा आईनै रहन्थिन्। कहिलेकाहीँ त रातै पनि बस्थिन्। मेरी बहिनीसँग खुब कुरा मिल्थ्यो उनको। उनीहरु रातभरी गफ गरेर हैरान पार्थे मलाई कहिलेकाहिँ, एसएलसी बेलाको पढाईलाई नै डिष्टर्व गर्ने गरी। घनश्यामसरको घरमा केहि मीठो कुरा पाक्यो कि मञ्जु ठूलो ओढ्नेले छोपेर मेरै कोठामा ल्याईपु-याँउथिन्; चाहे पकाएको खिर होस् या सेलरोटी, चाहे दहिको ठेकी होस् या दुधको कुराउनी। हुँदाहुँदा भाईबैनी पनि जान्थे कहिलेकाहिँ मञ्जुको घरमा। मेरी आमालाई पनि कहिले के कहिले के पठाईरहनु हुन्थ्यो, मञ्जुको ममीले। आमा पनि आफ्नो गच्छेले भ्याउने चिजहरु जस्तै सागको गुन्द्रुक, निबुवाको अमिलो, परपर्याउने टिम्मुर पठानुहुन्थ्यो मञ्जुको ममीलाई। देखादेख र भेटघाट नभएपनि मेरी आमा र मञ्जुको ममी निकै नै नजीक भैसक्नु भयो। २०४६ साल चैत्र २४ गते जनआन्दोलन सफल भैसकेपछि त हाम्रा गाँउका ठूलाठालुका पनि नुर गिरे। कसैले काँचुली फेरेर काँग्रेसतिर लागे, कोही मदन भण्डारीको तात्कालिन मालेतिर लागे, कोही राष्ट्रिय प्रजातन्त्र पार्टीतिर पसे। कसैले पनि हामीलाई हेपेन, बरु डराए सुरुसुरुमा त।
रमाईलोसँग बित्यो त्यो बर्ष हाम्रो। मंसिर महिनामा सञ्चालित मेरो टेष्टको परीक्षा पनि राम्रै भयो। सबभन्दा सजीलो लाग्ने गणितको चाहिँ अंकगणितका २ बटा प्रश्नमा नराम्रोसँग झुक्किएँछु। रिजल्ट पनि त्यस्तै भयो, जेनतेन फष्ट डिभिजन आयो। त्यो बर्ष पुसमा नुनतेल लिन कटारी गईन, माघ महिनाको एसएलसी पछि हुने फूर्सदमा जाउँला भनेर। दुईतिन महिनाका लागि पैँचो मागेर काम चलायौ। सँयोगबस एसएलसीको केन्द्र पनि हाम्रै स्कुलमा तोकियो। ओखल्ढुंगा बजारमा कोठाखोज्दै चाहर्नु परेन, सायद जनआन्दोलनको सफलतामा दर्जनौँ सहिदहरुको रगतले रँगिएको माटोलाई तिर्नैपर्ने रीनले गर्दा होला, यसपाली रामपुरमै केन्द्र दिएको। आफ्नै कोठामा बसेर एसएलसी दिन पाएँ। टेष्टको तुलनामा एसएलसी चाहिँ राम्रो भयो, राम्रै फष्ट डिभिजनको आसा गरेँ। एसएलसी सकिएको बेलुका घनश्यामसरको घरमा बस्नेगरी जाने कुरा पहिले नै मञ्जुले मलाई मनाईसकेकी थिईन्। मैले नाईँ भन्ने हिम्मत नै गर्न सकिन। भाईबहिनीचाहिँ एकदुईदिन अघिदेखि नै घरै बाट धाउथेँ, आमाले गाईभैसीँ दुहुन महिनामारीले छेकेको हुनाले। म चाहिँ मञ्जुको घरमा नै बसेँ, परीक्षा सकिएको दिन बेलुका।
क्रमश:
 
Posted on 03-05-06 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निकैथरीका गफगाफ भए त्यो बेलुका। “अब के गर्छौ त ओम?” घनश्यामसरले मेरो भबिश्यको बाटोबारे जान्न चाहनुभयो। “अब पास भएँछु भने एउटा मास्टरको जागिर खाने धोको छ सर। आमाको पनि मलाई एसएलसी सम्म पढाएर ठूलो माष्टर बनाउने मन छ” मैले उत्तर दिएँ, आफूले थाहा पाएको। त्यतिखेर एसएलसी पास गरेर प्राबि शिक्षकको तलब १२५० रुपैँया तलब आँउथ्यो, भर्खरै ९०२ रुपैंयाबाट बढेर त्यति भको। “त्यत्रो तलव भएपछि त हामी धनि भैहाल्छौँ नि” त्यत्रो धेरै तलबको कुरा मात्रै गर्दा पनि मनै खुशि हुन्थ्यो। “मैले भन्ने त काठमाण्डौ गएर अझ धेरै पढ भन्ने हो, तर घरब्यबहार पनि त हेर्नु प-यो, आमाको कुरा पनि सुन्नु पर्छ” घनश्यामसरले ब्यबहारिक हुन सिकाउँदै उहाँको कुरा पनि राख्नुभयो। “बाबु, यत्रो बर्ष आवतजावत भयो। निकै घुलमिल भयो। एकैघरको परिवार जस्तो भएर बसियो। अब फेरी हिड्न लागेउ। चिनजान भएपछि फेरि छुट्टिने बेला हुँदा नरमाईलो लाग्दोरहेछ” मञ्जुको ममीका छुट्टिने कुराले मेरो मनमा पनि कताकता अप्ठ्यारो लाग्यो। मञ्जु त गत एक हप्तादेखी नै सिरियस भैसकेकी थिईन। जतिबेला भेटहुँदा पनि ‘अब त यति दिन मात्र बाँकी छ है तपाईलाई देख्ने्, भेट्ने’ भन्दै दिन गनेर मुखलाई अँध्यारो बनाउँथिन्। “अब फेरी भेट हुने हो कि हैन?” उनको मुखमा नै यहि बसेको थियो, जतिबेला पनि। “के भनेको तिमीले त्यस्तो, भैहाल्छ नि मञ्जु, कति नै टाढा छ र, जाबो तीन घण्टाको बाटो त हो नि” मैले उनलाई सम्झाउँथे। “खै के हुन्छ, के हुन्छ?” उनको अनिश्चितता अनि निराशा कायमै रहन्थ्यो। “एसएलसी पछि त फूर्सद हुन्छ तपाईँलाई, कहिले काहिँ आउनोस् न है हाम्रो घरमा” उनका सधैँजसो भेट्दाका यस्ता अनुरोधहरुमा कुनै बनावटीपन थिएन, केवल चोखोमनबाट नलुकाई पोखिएका आत्मिय सोचहरु मात्र थिए।
भोलिपल्ट बिहान खाना खाईसकेर घनश्यामसरको घरबाट बिदा मागेँ। मञ्जु पनि मसँगै मेरो कोठामा गएर उनलाई चाहिने एसएलसीका नोटकपी, किताब ल्याउन एउटा ठूलो झोलाका साथ तयार भईन्। मलाई निकै नरमाईलो लाग्यो, हिड्नेबेलामा। हर्के घाँस गैसकेछ बिहानै। ‘ओमबाबु म आएपछि मात्र जानु हुन्छ होला’ भन्दैथ्यो रे बिहान त। तर उ म हिड्ने बेला सम्म पनि आईपुगेन। मञ्जु त भित्रभित्रै रुन लागिसकेकी थिईन्। बाबाममीलाई नदेखाउन सकेसम्म आँसुरोक्नु र झरिहाले पनि ओढ्नेले छोपेर पछाडि फर्केर पुछ्नु नै उनको नियमितता भैसेको थियो, हिँजो बेलुकैदेखि। घनश्यामसर र ममीलाई नमस्कार गरेँ “सर, हजूरले मलाई यत्रो सहयोग गर्नु भो, जेलबाट सहित झिकेर ल्याउनु भो। हजूरको सहयोग बिना त म कहिलै पनि यत्रो पढ्न सक्तिनथेँ होला। थाहाछैन, म हजुरको यो सहयोगलाई कुनै रुपमा फिर्ता गर्न सक्छु कि सक्तिन। ममी अब म जान्छु है...” म त निकै नै भाबुक भएँछु। “त्यस्तो केहि नसोच, अब पछिका दिनमा पनि तिम्रो प्रगतिको खबर सुन्न पाउँ, त्यति भए पुग्छ हामीलाई” घनश्यामसरले आफ्नो उदारतालाई कहिलै तल पार्न दिनु भएन मेरो अगाडि। मञ्जुको ममीले हिड्ने बेलामा “ल यो लगेर आमालाई देउ” भन्दै एउटा सानो झोला दिनु भो र भन्नु भो “आँउदै गर है बाबु, हाटतिर आँउदा पनि यसो निस्कनु नि कहिलेकाहि”। मञ्जु पनि “नोटकपीहरु लिएर आँउछु है” भनेर मसँगै पछि लागिन्। छेकिनेबेलामा एकपटक पछाडि फर्केर हेर्दा घनश्यामसर र मञ्जुको ममी मुलढोका नजिकै दलिनमा उभिएर हामीलाई हेरिरहनु भाथ्यो।
क्रमश:
 
Posted on 03-05-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाटामा मञ्जुले पनि केहि भनिनन्, मैले पनि केहि भन्नै सकिन। सायद छुट्टिनेबेला कोमल भएका आ-आफ्नै मनलाई कन्ट्रोल गरेर बोल्ने हिम्मत आएनछ क्यारे, चुपचाप रह्यौँ बाटैभरी। कोठामा पुगेपछि म किताब कपि छुट्याउन थालेँ र मञ्जुलाई पनि आफूलाई चाहिने छुट्याएर झोलामा हाल्न भनेँ। मञ्जु चुपचाप झोलामा हाल्न थालिन्। भेटेको बेला जहिले पनि विछोडको कुरा गर्ने मञ्जु त्यो दिन केहि पनि बोलिनन्। धेरैबेर पछि मलाई साह्रै अप्ठ्यारो लाग्यो र सोधेँ “किन के भयो मञ्जु तिमीलाई आज, बोल्दा पनि बोल्दिनौ?” उनले झ्बाट्टै उत्तर फर्काईनन्। निकैबेर पछि भनिन् “ओमदाई, अब हाम्रो भेट कहिल्यै हुन्न होला है?” “किन नहुनु नि, भैहाल्छ नि। एसएलसीको रीजल्ट राम्रो भएछ भने माष्टरको जागिरको लागि एकपटक हेडसरसँग कुरा गर्छु। रामपुरमै मिल्यो भने त सधैँ भेट भैहाल्छ नि” मैले भविश्यको आसा देखाँए उनलाई र म आफैँलाई पनि। मैले त्यसो भनिरहँदा उनि मुसुक्क मुस्काईन् “अहा! त्यस्तो भैदे त कस्तो मज्जा हुन्थ्यो हगि। त्यसपछि चाहिँ तपाईँ हाम्रै घरमा बस्ने ल सधैँ”। तर उनको हाँसो छिट्टैनै हरायो। मैले पनि अन्य के के गफ गरेर उनलाई विछोडको बेला भावुक हुनबाट जोगाउने कोषिष गरेँ। सम्पूर्ण रुपमा त सफल भइन, तर आंशिक रुपमा भएपनि उनलाई बोल्नसक्ने चाहीँ बनाएँ। एक घन्टा जतिमा सबै समान हालिसक्यौँ। मैले घर लिएर जाने समान पनि धेरै थिएनन्, भोलीदेखि त्यहि कोठामा आईहाल्छन् भाईबहिनी।

मञ्जुले आफ्नै झोला बोकिन्, मैले पनि आफ्नै झोला बोकेँ र हामी कोठाबाट निस्कियौँ। उनि रुन लागिसकेकी थिईन्। म पनि केहि बोलिन, आफ्नो पनि हालत करीवकरीव उस्तै नै थियो, के भनेर बोल्ने भन्ने लागिरह्यो। मञ्जुको घरजाने बाटो छुट्टिने बेलामा भनेँ “मञ्जु, ल राम्ररी बस। राम्रो सँग पढ है। तिमी ठूली मान्छे बन्नु पर्छ। त्यस्तो राम्रो घर छ तिम्रो, तिमीले त चाहेजति पठ्न पाईहाल्छेउ नि! तिमीले गर्दा मैले पढ्न पाएको सहयोग कहिल्यै पनि बिर्सने छैन”। मैले यति भनि सक्न नपाउँदै टक्क उभिएर उनि त सुंक्क सुंक्क गरेर रुन थालिन्। उनका आँखा टिलपिल भरिए। हतारहतार ओढ्नेले पुछेर नदेखाउने कोषिष गरेपनि आँसु रोकिएनन्। बेकारमा भनेछुँ भन्ने लाग्यो मलाई, वरिपरीका मान्छेले देखे भने के भन्लान्? “ल है त बस” म बाटो लागेँ। “ओमदाई, म उ मास्तिर डिलसम्म तपाईँसँगै पुगेर फर्कन्छु नि है?” उनि पनि म सँगसँगै आईन्। मैले केहि पनि भनिन। डिलसम्म पुग्दा पनि खासै केहि गफ भएनन्ए। रामपुर डिलको ठूलो ढुंगामाथी एकछिन् बसौँ न भनेर उनले नै अनुरोध गरिन्। आज्ञाकारी म उनले भनेको कुरा मान्दै गएँ। म घर जाने बाटो हेर्दै र बिछोडका कुराहरु गर्दै निकैबेर बसिउँ हामी त्यहाँ। धेरै नै बेर भएपछि “म जान्छु है, जाउ तिमी पनि अब घर। तिमीलाई खोज्ने बेला भैसक्यो घरमा!” भन्दै झोला बोकेँ र ओह्रालो लागेँ। उनि त्यहि ढुंगामाथि उभिएर विस्तारै वाईवाईको हात हल्लाईरहेकी थिईन्। तलको वरपिपल चौतारोको अन्तिम देखिने ठाँउबाट यसो उभो फर्केर हेर्दासम्म मञ्जु त्यहि ढुंगामाथी बसेर हात हल्लाई रहेकी थिईन्।
साझाल्याण्ड
फाल्गुन २१, २०६२
 
Posted on 03-05-06 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok ji
when is your birthday?
 
Posted on 03-05-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lfc123,

Oh, it is in November according to my passport and in Kartik according to Nepali Calendar. Do you have any plan? hehe
---
OK
 
Posted on 03-05-06 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK dai,

Katiko batch ho BE ko?
 
Posted on 03-05-06 11:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको छोराजी,
ठ्याक्कै चाहिँ नभनम् होला, तर लगभग चाहिँ ४९-५२ तिर पर्छ। बुढो भएँ नि हौ अब त!
---
ओके
 
Posted on 03-05-06 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-06 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

the day and month dos not matter. it is the year that makes all the difference. kun year ma birthday, tyo bhanam na....
 
Posted on 03-05-06 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस-मीजी,
सुत्ने बेला भएन र भन्या? अहिले सम्म साझामा बस्यो, भोलीविहान फेरी जागिर खाईदिन जान उठेर नुहाउन कस्तो गाह्रो हुन्छ! एकछिन अरु सुत्नु पा पनि हुन्थ्यो जस्तो लाग्छ फेरी। म चाहिँ सुत्न गएँ, बुढो भएँ के अब त। पहिला पहिला पो तन्नेरी हुँदा बिहान ५ बजे सुत्दा पनि ९ बजे क्याम्पस सजिलै जान सकिन्थ्यो!! अहिले त भो बा....
---
ओके
 
Posted on 03-05-06 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok Dai,

J hos..maile DAI vaneko..dai nai parnu vayecha...BE ko batch anusar pani ..
:)

La ta dai lai good night...afu ta ajahi jawan nai chau kyare. Ekchin pachi lagnu parla bed sanga wresting khelna.
Feri dai ko katha pade pachi nindra kaha bata lagos kunni..
:)
 
Posted on 03-05-06 11:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ok
why didn't u answer my question?
 
Posted on 03-05-06 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK ji thanks for caring me :)
जानु नि पर्यो ।गाली शुरु हुनथाल्यो भन्या यँहा पनि ।सधै किच किच के ।
 
Posted on 03-05-06 11:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lfc123 जी

I was waiting for a gift when you asked me my BD :)

मेरी आमाले म कहिले जन्मेको आमा भनेर सोध्दा यसो भन्नु हुन्थ्यो "उ त्यो तारी गाई र तँ १ दिनका जेठाकान्छि। तँ एकदिन अगाडिको"। म जम्मेको साल सहकाल (राम्रो अन्न उब्जेको बर्ष) पनि थियो रे। पछि नौ क्लासमा एसएलसीको रजिश्ट्रेशन भर्दा थाहा भो, त्यो त ३० साल रहेछ।
हेहे
---
ओके
 
Posted on 03-05-06 11:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oh...not as old as i thought.
 
Posted on 03-05-06 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझा को वहियत threadहरु पढ्दा पढ्दा दिक्क लागिरखेको बेला, तपाईंको thread ले दिल खुश बनायि दियो ओक दाई । अज को कथा पढेर नेपाल को पञ्चायत ब्यवस्था को research गर्न मनलाग्यो । त्यस्तो नराम्रो थियो राजा Birendra को शाशन? पञ्चायत काल को कुशाशन को बारेमा जान्ने मन लाग्यो ।
 
Posted on 03-05-06 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भए बूढेसकाल लाग्न थालेकै रहेछ :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
जाडो, बा र म……
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters