[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Manju, Malai Maaf Gara Hai !--II

[Please view other pages to see the rest of the postings. Total posts: 316]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 125768 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-22-05 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिलो धागो:

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=21060

साथीहरु,

सुरुसुरुका दिनहरुमा लहैलहैमा लागेर सुरु गरेको मेरो कथा "मञ्जु, मलाई माफ गर है!" ले आजसम्मको दौरानमा मेरा ८,५०० भन्दा बढि पाठक (भ्रमणार्थी) हरुको न्यानो माया र सद्भाव पाएको छ। सानदाईको ३०० पोष्टको सिलिङलाई छुन सकेको छ। कयौँ साथीहरुबाट अमुल्य सुझाबहरु, प्रतिकृयाहरु र हौसलाका शब्दहरुले सुसज्जित भएको छ, मेरो यो पहिलो प्रयास। मेरो ब्यक्तिगत ठेगानामा आएका ईमेलका बर्षाहरु त झन् कति भावनात्मक र कति मित्रतापूर्ण छन् भन्ने कुरा यहाँ लेख्ने शब्दहरु नै पाउन सकेको छैन मैले। केहि साथीहरुले मलाई छपाई र गोपनियता लगायत अन्य महत्वपूर्ण बिषयहरुमा अमुल्य सल्लाहरु पनि दिनु भएको छ। यहाँहरुका सुझाबहरुलाई मनन् गर्दै यहाँहरु सबैमा हार्दिक कृतज्ञता टक्राउन चाहन्छु।

प्यारा पाठकहरु,

बिशेषत: पछिल्लो समयमा आएर आशुदाईको अर्कै धागोमा यो धागो संम्बन्धि अ-प्रासांगिक चर्चाले हामी केहि साथीहरु बिचमा केहिसमय सानोतिनो खटपट पनि भयो। सायद मैले उहाँको लेखाई बुझ्न सकिन होला अथवा उहाँले पनि आवेशमा आएर लेख्नु भयो होला। मैले पनि आवेशमै उहाँलाई बिजाउने केहि कुरा गरेँ होला। नठाँटिकन भन्नु पर्दा उहाँबाट मैले सिक्ने कुराहरु निकै छन्। उहाँले पनि सिक्ने कुरा होलान्, पक्कै पनि महसुस गर्नु भएकै होला। अहिले त यी सबकुराहरु बिगत भैसकेका छन। मेरो बिचारमा त यस्तै खटपटहरुबाट त छिटो सिकिन्छ नि, अनि हामी बिचको घनिष्ठता पनि मजबुत हुँदै जान्छ। सबै राम्रैराम्रो कुरा मात्र गरेर त हामी अर्धज्ञानी भैहाल्छौँ नि! भनिन्छ, लोग्नेस्बास्नीबिच झगडा नभएको घर मसानघाट हो। सायद साथीसाथीमा पनि त यो नियम लागू होला नि। यसपाली दशैँताका म काठमाण्डौ जाने कुरा मिलाउँदै छु। यदि सबै कुराले साथ दियो भने र आशुदाईले समय दिन सक्नु भो भने प्रत्येक्ष भेटघाट गरेर नै हाम्रो मित्रतालाई अझ बलियो बनाउने आस पनि छ कताकता। हेरौँ के कस्तो हुँदै जान्छ?

धागोको अन्तिम पोष्टमा जिओगुरुजीले मेरो तर्फबाट सबैलाई दिनु भएको धन्यबाद र मलाई दिनु भएको हौसलालाई म धेरै धेरै धन्यबाद दिन चाहन्छु। पिसेसजीले नयाँ धागो खोलेर मलाई अझै लेख्न घच्घच्यानु भएकोमा पनि धन्यबाद। हुन त पिसेसजी कै धागोमा सुरु गरे पनि हुने हो, तर पनि मेरो आफ्नै नामबाट सुरु गर्दा सानदाईको कन्टेनरमा छिरिसके पछि पनि खोजेर पढ्न सजिलो होस् भनेर मेरै नाम बाट नयाँधागो शुरु गर्दैछु, यसै कथालाई निरन्तरता दिन। समयको क्रमसँगै कथा त निकै नै लामो भयो। अझै पनि लामै लेख्ने बिचार गरेको छु। नेपालमा रहँदासम्मका कुराहरु समेट्ने प्रयास छ मेरो। केहि फूर्सदको समय कटाउन लामै भए पनि मेरो कथाले केहि काम गर्नेछ भन्ने आसा लिएको छु। पहिलेको कथा नपढ्नु भएका नयाँ साथीहरुले फुर्सदको समय कटाउन शुरुमा दिएको लिंक्कमा क्लिक गर्नुहोला।
------
ओके
 
Posted on 04-13-06 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-14-06 12:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सकियो पढेर, लेख्न कति दिन लागेको थियो होला :)
मन्जुको दोस्रोभागको शुरुवात पनि मार्मिक र हाँसो उठ्दो .....:)
 
Posted on 04-14-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-02-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है!
आत्मकथा-ओके
भाग २
खण्ड ३६

-----------

“अब दिनभरी काठमाण्डौ शहर घुमौँ केटा हो, अनि बेलुका मेरो दिदीकोमा गएर बसौँला” डम्मरेले काठमाण्डौ शहर धीत मरुन्जेल हेर्ने विचार गर्यो। हामीले पनि डम्मरेको कुरामा सहमति जनायौँ। हामी पुरानो बसपार्कबाट बाहिर निस्केर यताउति हेर्न थाल्यौँ।

“आहा, कति अग्लो घर? टुप्पाको तलामा बस्नेलाई त कति डर लाग्दो हो?” हेमेले धरहरातिर हातको चोरी औँलाले देखाउँदै भन्यो। डम्मरे र मैले उतैतिर हेर्यौँ र छक्क प-यौँ। हामी फेरि फुटपाथबाट हिड्न थाल्यौँ।

“राम राम, कत्रो घडि, ए ओमे हेर त कति बजेछ, अहिले?” डम्मरे चिच्यायो, घडि भएको घरलाई हेर्दै। मैले पनि पिलिक्क त्यतैतिर हेरेँ। हेमेले पनि आँखा पु-यायो। फुटपाथमा हिड्ने मानिसहरुले हामीलाई हेर्दै हाँस्थे, अनि आफ्नै बाटो लाग्थे। हामीले उनीहरु हाँस्नको कारण बुझेनौँ। आफ्नै तालमा मस्त थियौँ हामी। काठमाण्डौ शहर हेर्दै रमाउँदै थियौँ।

हामी घण्टाघरतिर लाग्यौँ, छेउमै गएर ठूलो घडि हेर्नलाई। हाम्रो कुनै निश्चित गन्तब्य थिएन। बाटो र ठाउँ पनि चिन्दैनथ्यौँ। जताजता अचम्म लाग्दा चिजहरु देखिन्छन्, त्यतैतिर लाग्थ्यौँ। सबैले हात्तीछाप चप्पल लगाएका थियौँ, पुराना झोलाहरु बोकेका थियौँ। कपडाहरु पनि फोहोर भैसकेका थिए। अनुहारहरु पनि धुस्रे र फुस्रे थियो। आफ्नै गाउँमा जस्तो सबैले सुन्नेगरी ठूल्ठूलो स्वरले बोल्थ्यौँ। मोटरबाटो काट्दा पनि गाडीले किच्छ भनेर अरु मानिसहरुले काटेका बेला बीचबीचमा पसेर कुद्दै काट्थ्यौँ।

घन्टाघरको छेउबाटै ठूलो बाटो काटेर पारी पुग्यौँ र सिधै अगाडि गयौँ। छेवैमा बारले घेरेर राखेको पोखरी रहेछ।

मैले केटाहरुलाई देखाउँदै भने " हेर त केटा हो, कत्रो ठूलो पोखरी? हैन यत्रो ठूलो पोखरीमा आहाल बस्ता भैँसी डुब्दैनन् कि क्या हो?"

“खै भैँसी पस्ने बाटो त छैन। यो त हात्तीको लागि होला?” हेमेले बिचार पु-याएछ। “हात्ती पस्न पनि त बाटो त चाहियो नि” डम्मरेले दिमाग लगायो। हामीले त्यो पोखरीलाई एकफन्को लगायौँ। केही ठाउँमा बारको बीचबाट पोखरी देखियो, अरु ठाउँबाट चाहिँ देखिएन।

घुम्दाघुम्दै हामी “त्रिचन्द्र कलेज” लेखेको ठाउँमा पुग्यौँ।

“ल हाम्रो क्याम्पस पनि आईपुगेछ, ए केटा हो, कहिलेबाट पढाई शुरु हुनेरहेछ, सरलाई सोध्न जाउँ” छिटो बोल्न त डम्मरेलाई कस्ले भेट्ने!

“नाईँ, नजाँउ केटाहरु हो आज। मलाई त डर लाग्छ” मैले डर माने, नचिनेको ठाउँमा एक्कासि जान। मलाई नयाँ नौलो ठाउँमा जान भनेपछि निकै डर लाग्थ्यो, सानोछँदा देखिनै।

“यो ओमे त कस्तो डरछेरुवा। म गएर सोधेर आँउछु” डम्मरे सुरो बनेर तम्स्यो।

“झोलाहरु बोकेर के जानु यार, बरु भोलि जाँउला” हेमेले सबै सामान बोकेर सरलाई भेट्न अप्ठ्यारो मान्यो।

“ल ल हिड त्यसो भए” डम्मरे अल्पमतमा प-यो।

हामी फेरि बाटो लाग्यौँ।

हामी हिडेको सिधै अगाडि अग्लो घर देखाउँदै मैले भने “ए केटा हो, ऊ पर हेर त, कस्तो बाटाको बिचैमा छ यार त्यो घर त? जाउँ हिड हेर्न”। उनीहरुले पनि उतै हेरे र त्यहिँ जाने कुरा गरे। हामी छिटोछिटो त्यतैतिर हान्नियौँ।

हामी राजदरबारतिरको बाटो लागेछौँ। त्यहाँ पुग्दा त त्यो हामीले शुरुमा देखेको घरलाई त अग्लाअग्ला फलामका घोचाले बारेर राखेको रहेछ। गेटमा बन्दुक समाएर सैनिकहरु बसेका रहेछन्। हामीलाई तिनीहरुका छेउ पर्न पनि डर लाग्यो। “बाहिरैबाट हेर्ने” भनेर हामी घुम्न लाग्यौँ, भित्र जान खोजेनौँ।

“अर्को ठाउँबाट भित्र पस्ने ठाउँ रहेछ भने जाने, नत्र भने बाहिरबाटै हेर्ने” मैले मेरो मनमा भएको डरलाई साथीहरु बीच राखेँ। उनीहरुले माने, मैले भनेको । हामी वरिपरि घुम्न थाल्यौँ। ठाउँठाउँमा बन्दुक लिएर बसेका सैनिकहरु भेटिए।

“केटा हो, यो त मान्छे बस्ने ठाउँ हैन पो जस्तो छ। ऊ हेर त बन्दुक बोकेर बसेका सैनिक। मान्छेलाई त बन्दुक लिएर रुँघ्नु त पर्दैन होला नि। बाँस पनि रोपेका रहेछन्, बोटबिरुवा पनि टन्नै रहेछन्। यो त चिडियाखाना पो हो क्या हो। जनावरहरु बाहिर निस्कन्छन् भनेर वरिपरि बन्दुक लिएर बसेका होलान् मान्छे” मैले निकै बिचार पु-याएर बोलेँ।

“होला खुप, जनावारहरुलाई पनि घर बनाएर राख्छन् त?” डम्मरेलाई मेरो विश्वास लागेनछ।
“यो त काठमाण्डौ पो त केटाहरु हो, यहाँ त जनावरलाई पनि घरभित्र राख्छन्” मैले कति न जान्ने भए जस्तो गरेँ।

केटाहरुलाई मेरो यो कुरा चाहिँ चित्त बुझ्यो। जनावारहरुले आक्रमण गर्ला भनेर हामी भित्र पस्न खोजेनौँ। घाम पनि छकाल हुन लागे। हामी निकैबेर हिड्यौँ।

साझाल्याण्ड
१७ साउन २०६३
 
Posted on 08-02-06 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-06 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-03-06 7:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba balla khushika aashu jharna thale omji tapaiko jiwan katha padhera. ashadhyai ramro chha.
 
Posted on 08-03-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Naya thau naya anuhave ani katha ma naya moodharu dherai ramro..

Dherai pachi naya khanda post garnu vayo, dherai nai busy hunuhunthiyo jasto chaa?
Aarko khanda post garna yati dherai samaya nalaagos vanne hope gardachu..

Ma Chameli
 
Posted on 08-03-06 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है!
आत्मकथा-ओके
भाग २
खण्ड ३७

-----------
“मलाई त भोक लाग्यो यार। कतै बसेर मकै-भटमास खाँउ” मलाई पेट खाली भएर हिड्दा पनि रिँगटा लाग्न थालिसक्यो। हामी हिडेको गन्तब्य विनाको बाटो ओरालो लाग्यो। अलिक पर एउटा पुल देखियो।
“उ पर पुल रहेछ। त्यहाँ पक्का पनि खोलो छ। त्यहि खोलाको छेउमा बसेर हातमुख पनि धुने, त्यहि खाजा खाने खोलाको किनारमा। पिकनिक गए जस्तो पनि हुने” हेमेले गरेको कुरा हामी दुबैलाई चित्त बुझ्यो।
हामी पुलको छेउमा पुगेर खोलो हे-यौँ। खोला त के भन्ने फोहोर जमेको पानी रहेछ। अलिअलि बगेको जस्तो मात्र।
छ्या, यो त खोलो हैन यार। हेर त पानी पनि कस्तो फोहोर! हाम्रा गाउँका भैँसी पनि आहाल बस्न मान्दैनन् यस्तो फोहोर पानीमा त। काठमाण्डौमा त फोहोर पानीलाई पो खोला भन्दा रहेछन्” मैले हाम्रो गाउँ र काठमाण्डौका खोलामा फरक छुट्याएँ।
“यहाँ त हुन्न। अब पँधेरो खोजेर मकै-भटमास खाने” मेरो यस कुरामा दुबैले सहमति जनाए। हामी उकालो लाग्यौँ। एक ठाउँमा एउटा पधेँरो रहेछ, पानी चाहिँ सानु तुरुरु मात्र। हुलका हुल मान्छे गाग्री र गेलिन लिएर लाईनमा रहेछन्, पानी थाप्न।
“ए दिदी, एकछिन हातमुख धुन पाईन्छ। हामी खाजा खाने क्या” डम्मरे माथ्यो डिलबाटै करायो।
सबैजना छक्क परेर हामीलाई हेरे। खै त्यहाँका मान्छेहरु के भनेर फत्फताए हामीले बुझेनौँ। अलिक टाढै थियौँ हामी। डम्मरे सरासर तल धारामै गयो। आधा भरेको गाग्रीलाई झिकेर एउटी दिदी अलिक पर गईन् र धारो खाली बनाईदिईन्।
“कस्तो है यो मान्छे त? लाज पनि नभको नकच्चरो” छेवैमा लुगा धुँदै गरेकि दिदी फतफताईन्।
“पानी खाँदा के-को लाज?” डम्मरे झन् के कम।
“छोड्नुस् दिदी, यी पाखेहरुसँग के कुरा गर्नु?” अर्की बहिनी सानो स्वरले बोली। हामीलाई पाखेको अर्थ थाहा थिएन। राम्रै भनेको होला भन्ने सोच्यौँ।
घरबाटै प्लास्टिकको एउटा सानो थैलो बोकेको रहेछ डम्मरेले, बाटामा पानी थापेर खानु हुन्छ भनेर। त्यसैमा एक थैलो पानी थापेर ल्यायो। हामीले त्यहि पानीले हात धोयौँ र धाराछेउमा बसेर मकै-भटमास खायौँ, काठमाण्डौ शहरका रमाईला रमाईला गफ गर्दै। धारामा पानी लिन आउनेहरु हामीलाई हेर्दै हाँस्तै गर्थे। छेवैको सडकमा हिड्ने मानिसहरु पनि हामीलाई हेर्थे, हाँस्थे र बाटो लाग्थे। केटाकेटीहरु पनि हामीलाई छेउमा आएर जिस्काउँदै, भाग्दै गर्थे।
“ए दाइ कति बज्यो अहिले?” बाटोमा हिड्ने मानिसको हातमा घडि देखेर समय सोध्यो हेमेले। हामी गाउँमा घडि बाँधेको मानिसलाई सोधेर समय थाहा पाउँथ्यौँ। त्यो मान्छेले त हामीतिर छक्क परेझैँ गरेर पुलुक्क हेर्दै भन्यो “बाह्र बज्यो”। अनि ऊ सरासार आफ्नै बाटो लाग्यो।
हामी मकै-भटमास खाईसकेर झोला बोक्यौँ र फेरि बाटो लाग्यौँ। एकछिन हिडेपछि डम्मरेको चप्पलको फित्ता चुँडियो। सलाईको काटीँ कोरेर जोड्न खोज्यौँ, तर जोडिदैँ जोडिएन। डम्मरेले नयाँ फित्ता किनेर हाल्ने बिचार ग-यो र हामी नजिकैको पसलमा गयौँ।
“ए साउजी, एकजोर फित्ता दिनुस् त?” डम्मरेले पसलमा फित्ता माग्यो।
“के को फित्ता?” साहुजीले कुरा बुझेनन्।
“फित्ता क्या फित्ता” डम्मरेले चप्पल हातमा लिएर देखायो।
“छैन। फित्तासित्ता। के तालका मान्छे पनि हुन्छन्?” साहुजी रिसायो।
“काठमाण्डौको पसलमा पनि जाबो फित्ता पनि छैन” डम्मरे छक्क प-यो।
“यो कपडा पसल हो भाइ। यहाँ फित्ता पाईन्न” साहुजी कपडा मिलाउन थाल्यो।
“हाम्रो गाउँको पसलमा त सबैचिज पाईन्छ त! के काठमाण्डौको पसल भन्नु नि, एउटा जाबो फित्ता त नपाईने पसल” डम्मरे फतफताउँदै अर्को पसलमा सोध्न गयो। साहुजी पनि छक्क परेर हामीलाई हेरिराथ्यो।
अर्को पसल रेस्टुरेन्ट परेछ। अनि अर्को घडिपसल। केही पार नलागेपछि डम्मरेले अर्को खुट्टाको चप्पल पनि फुकालो र हातमा बोक्यो, अनि खाली खुट्टा हिँड्न थाल्यो। हामी एउटा ठूलो बाटोको चोकमा आईपुग्यौँ। गाडी नै गाडी भको ठाउँमा।
हामी धेरै थाकिसकेका थियौँ।
“अब हामी मेरो दिदीको कोठा जाने है। कता हो कता?” डम्मरेलाई पनि थकाई लागेछ।
“कसैलाई सोधौँ न” हेमले भन्यो।
“ए दाइ, मेरो दिदीको कोठा चिनेको छ?” सडकमा हिडिरहेको एउटा अधबैँसेलाई सोध्यो डम्मरेले।
“छैन” त्यो मान्छे सरासर आफ्नै बाटो लाग्यो।
अरु एकदुई जनालाई पनि सोध्यो डम्मरेले। तर केही पत्तो लागेन। सबैले “छैन” भने।
त्यसपछि भने हामीलाई डर लाग्यो, हराउने हौँ कि भनेर।
“भरे बेलुका काँहा सुत्ने होला हरायौँ भने” हेमलाई सुत्ने कुराको पीर लागेछ।
“तैँले ठेगाना लेखेर ल्याको छ भनेको हैन, निकाल्त” मैले बुद्धि लगाएँ।
“ए साँची हो त है” डम्मरेले ठेगाना निकाल्यो।
“शेर्पा गलैंचा उद्योग, बौद्ध-जोरपाटी भनेर लेखेको रहेछ। हामीले नजिकैको साईनबोर्डमा पढ्यौँ। हामी त त्यसबेला "चाबहिल" मा रहेछौँ।
"अब कतातिर प-यो होला त वौद्ध-जोरपाटी?" मैले ठाउँ पत्ता लगाउन उपाय निकाल्न थालेँ "ए केटाहरु हो, कसैलाई यो ठेगाना देखाएर सोधौँ न, हुन्न?"
दुवैले मेरो कुरामा सहमति जनाए। हामी नजिकैको पसलमा गयौँ, जुत्तापसल रहेछ। डम्मरेले त्यहाँ पनि चुँडिएको चप्पल देखाउँदै फित्ता माग्यो। त्यस पसलमा फित्ता रहेछ र उस्ले किनेर चप्पलमा लगायो। पैसा पनि दियो पाँच रुपैँया।
पसलेलाई हाम्रो ठेगाना देखायौँ र भन्यौँ “साहुजी, हामी यहाँ जाने भनेको। बाटै चिनेनौँ”। पसलेले ठेगाना हेर्दै छेउको फोन हामीतिर फर्कायो र “फोन गरेर सोध” भन्यो।
हामी कसैले पनि फोन गर्न जानेका थिएनौँ। हामी मुखामुख गर्न लाग्यौँ।
“साहुजी, हामीलाई फोन गर्न आउँदैन, तपाईँ नै गरिदिनुस् न है” मैले साहुजीलाई अनुरोध गरेँ।
पसले पनि राम्रै मान्छे परेछ। उसले फोन हातमा उठाएर नम्बर हेर्दै फोन घुमायो। पसलेले फोनमा केहीबेर कुरा ग-यो। एकोहोरो मात्र बोल्यो, अनि फोन हामीलाई दियो। मलाई त डर लागिसकेको थियो, फोनमा बोल्दा के-हुने हो के-हुने हो भनेर। डम्मरेले फोन समायो। उस्ले उल्टो पारेर समाएछ, कानमा राख्नु पर्नेलाई मुखतिर र मुखतिर राख्नु पर्नेलाई कानतिर। साहुजीले मिलाईदिँदै भन्यो “ ल हेलो भन अब”। डम्मरेले “हेलो” भन्यो।
खै डम्मरेले फोनमा के सुन्यो त्यो त थाहा भएन, उसले फोन तल टेवलमा हत्तनपत्त राख्दै दुबै हात जोडेर भन्यो “नमस्कार”।
साहुजीले डम्मरेले राखेको फोन छिट्टै उठाएर बोल्यो। उसले धेरैवेर कुरा ग-यो, हाम्रो ठेगाना हेर्दै। अनि फोन राखिदियो।
त्यसपछि हामीलाई नजिकै रोकिराखेको बस देखाउँदै भन्यो “ ऊ त्यो बस चढ्नु, अनि जोरपाटी भन्ने ठाउँमा झर्नु। त्यहाँको पसलेलाई यो ठेगाना देखाउनु, उस्ले देखाईदिन्छ। हामी बसभएतिर कुद्यौँ।
साहुजी करायो “ए भाइ, पैसा-पैसा”
हामी फर्केर साहुजीलाई हे-यौँ। साहुजीले फोनको पैसा माग्यो, दुई रुपैंया। डम्मरेले पैसा दियो। हामी गएर बसमा चढ्यौँ र खलाँसीलाई “हामीलाई जोरपाटी भन्ने ठाउँमा झारीदिनुस् न है” भन्यौ। खलासीले “ल हुन्छ हुन्छ, अलिक भित्रभित्र जाओ”। खलासीले हामीलाई भित्र घँचेट्यो। केही समयमा नै जोरपाटी भन्ने ठाउँमा झारीदियो। बसभाडा भनेर दुई/दुई रुपैंया लियो, हामी सबैसँग।
“एकैछिन् हिडेका भए र पैसा नै नलाग्ने” डम्मरेलाई बस चढेको अलिक परतिर मात्र हो जस्तो लागेछ। हामीलाई पनि त्यस्तै लाग्यो।
हामी बसबाट झरेर यताउता हिड्न लाग्यौँ। नजिकैको पसलमा गएर ठेगाना देखायौँ। दुई तीनवटा पसलेले “थाहा छैन” भने। एउटा पसलेलाई गलैँचा कारखाना थाहा रहेछ। उसले देखाईदियो कारखाना जाने बाटो। कारखानामा पुगेपछि डम्मरेकी दिदीसँग भेट भयो। साँझ पर्नु केही अगाडी हामी डम्मरेकी दिदीको कोठामा पुग्यौँ।
----------------------
साझाल्याण्ड
१८ साउन २०६३
 
Posted on 08-03-06 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई मन् पर्छ के यो कथा त्यसैले देख्ने बितिकै पढ्न बसिहाल्छु :)
ओकेजी,
'गाउँबाट शहर पसेको मानिस केहि नबुझेको त पक्कै पनि हुन्छ तर मन्जु मलाई माफ गर है मा यि पात्रहरु जो तपाईले राख्नु भएको छ उनिहरु अलि बढि निर्दोष भएनन् र? त्यो पनि १० कक्षा पास पछि पढनलाई शहर पसेका '

छुच्चो मुखले प्याच्च बोल्नेबानी छ के, जान्ने भएकोमा माफ पाम् है
 
Posted on 08-03-06 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

M_M Jee,

Thanks for your comments. I agree with you that all the events described in this episode are not common for all and, a person or a group of persons may not pass through all these huddles. However, I am quite sure that these are not uncommon/exaggerated events for a SLC pass from the rural village. I presented this episode as a summary of all possible events that can happen for a stranger when he/she goes to KTM for the first time, no matter how old or educated he/she is, that put the episode somewhat at the extreme.

Many thanks. Actually I am happy to get more of such comments than just to get WAH WAH!
---
OK
 
Posted on 08-04-06 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-04-06 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Interesting real story.
 
Posted on 08-09-06 2:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sounds asif it`s a real story.
I have seen a student whom I helped find BagBazar in the 90`s. He was just like OK has described here. He was looking for his Kaka ko dera (subba in an office in Kathmandu), where he said he would stay for a week (looking for admission in a college), and go back to his village in Bhojpur. A year later, I saw him studying in ASCOL(Biology group). He was so happy to see me there, and thanked for what I did for him a year ago. Three years later, I saw him listed in the merit list of Ministry fo Education for scholarship. I can`t remember which subject he was selected for scholarship.
 
Posted on 08-09-06 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मञ्जु, मलाई माफ गर है!
आत्मकथा-ओके
भाग २
खण्ड ३८

तीन दिन डम्मरेकी दिदीको कोठामा बसेपछि हेम उसकै गाउँको आर्मी साथीसँग ताहचलमा बस्न गयो। सँगै कोठा लिएर बसे दुबैजना। हेम पनि आर्मीमा भर्ति हुन कोशिष गर्ने रे। डम्मरे चाहिँ दिदीकैमा बसेर पढ्ने योजना बनायो। हुन त दिदी-भिनाजु दुबै गलैँचा कारखानामा काम गर्थे र आर्थिक स्थिति पनि राम्रो थिएन, तरपनि डम्मरेलाई उसका बुबाले थोरबहुत घरबाट पैसा पठाउने भएकाले त्यहिँ बस्ता झन् सजिलो हुने भो उसलाई पनि, दिदीले भात पकाई दिईहाल्ने। मेरो चाहिँ कोही चिनजानको मान्छे पनि थिएन, बस्ने ठाँउको ठेगान पनि थिएन। एक दुई दिन त डम्मरेकी दिदीकोमा जसोतसो बसेपनि लामो समयसम्म बस्ने कुरा भएन। एउटै कोठामा दुईवटा खाट साँगुरो गरी मिलाएर छेउमा किचेन गरेकोले कोठाभित्र फर्कन मिल्ने जति पनि ठाँउ बाकीँ थिएन।

डम्मरेलाई थाहा थियो, मेरो काठमाण्डौमा कोही आफ्नो मान्छे छैनन् भन्ने। सायद उसैले दिदीलाई भनेछ क्यारे, एक साता बितिसक्ता पनि मलाई कसैले केही भनेन, निस्केर जा भनेर। न त कसैले म बसेकोमा घन्चमन्च मानेको जस्तो नै देखियो। हुन त म आफैंले समस्या बुझेर निस्किनु पर्ने हो तरपनि कुनै उपाय नभए पछि त के गर्नु र? सडकमा गएर सुत्नु भन्दा त कसैले केही भने पनि सहेर बस्नु नै बेश भन्ने लाग्यो। तरपनि “सकेसम्म छिटो म यहाँबाट निस्कनु पर्छ भन्ने” मनमा राख्दै संभावित उपायहरु निकाल्न प्रयास गरिरहेँ। आफूसँग भको पैसाले अलिअलि तरकारी पनि किनेर लग्थेँ, दिनभरी घुमेर बेलुका फर्कँदा।

बिहान जुरुक्क उठेदेखि बेलुकासम्म म कामको खोजीमा हिँड्थेँ। त्यो नचिनेको र नजानेको ठाँउमा काम पनि कसरी खोज्ने भन्ने कुरा थाहै थिएन। एकदुईवटा पसलमा त गएर सिधै सोँधे, केही काम पाईन्छ कि भनेर। कसैले पनि पत्याएन मलाई। म जस्तो झुत्रेझात्रेलाई कस्ले काम दिओस्? आफूले गाउँबाट ल्याउँदाको अलिअलि पैसा पनि सकिँदै जाँदा क्याम्पस पढ्नु त परैको कुरा, अब त वाँच्नको लागि जस्तोसुकै काम पनि गर्नैपर्ने भैसक्यो। दिनभरी घुमेर बेलुका फर्कँन्थेँ, डम्मरेकी दिदीको कोठामा। दिनहरु वित्दै जाँदा पनि केही उपाय ननिस्केपछि म निकै नै अधैर्य हुँदै गएँ, दिमाग पनि कन्ट्रोल हुन छाड्यो। समय वित्दै जाँदा मेरो दिमागमा खेल्ने विकल्पहरु पनि कम हुँदै गए। चोरी गर्ने जस्ता आपराधिक कृयाकलापतिर पनि दिमाग खर्च गर्न थालेँ। कहिले काहिँ त हिड्ने बेलामा आमाले भनेको सम्झेर फर्केर घर जाँउ जस्तो पनि लाग्यो. फेरि आफ्नो घरको गरीवी, आमाको नांगो शरीर र भाइबैनीको पढाई सम्झेर फर्कन पनि सकिन।

काठमाण्डौ छिरेको चौथो दिन मञ्जुको मामाको घरमा मञ्जुको चिठी र मञ्जुको ममीले पठाएको सामान लिएर गएँ। चिठीमा लेखेको ठेगाना ठाँउठाँउमा देखाउँदै बल्लबल्ल घर भेट्याएँ। गेटमा पुग्ने बितिक्कै बेजोडले कुकुर भुक्यो, कानै खाने गरी। केहिबेर पछि एकजना मान्छे आएर सोध्यो “को हो? किन आको यहाँ?”

मैले सबैकुरा भनेँ।

“एकछिन बस्तै गर। म हाकिमनीलाई सोधेर आँउछु” भन्दै त्यो मान्छे फेरि भित्र पस्यो। म बाहिर ढोकाको छेउमै उभिईरहेँ। कुकुर भुकेको भुक्यै थियो। केहीबेर पछि एकजना अधबैंसे आईमाई आएर सोधि “को हो, के भनेको?”

“मलाई मञ्जु र मञ्जुको ममीले सामान लगेर दिनु भनेर पठाउनुभको छ” मैले भनेँ।

“को मञ्जु?” त्यो आईमाईले मञ्जु चिनिन।

“यो रामपुरकी मञ्जुको मामामाईजुको घर हैन? मैले घर पो विराएँछु कि क्या हो? यो ठेगानाको घर यहि हैन?” मैले त्यो आईमाईलाई ठेगाना देखाएँ।

“ए, यहि हो, म नै हो मञ्जुको माईजु” त्यो अधबैंशे आईमाईले सम्झे जस्तो गरि बोली।

मैले नमस्कार गरेँ।

“अनि तिमी चाहिँ को नि? मञ्जुको को पर्ने?”

“म मञ्जुको साथी। मञ्जु भन्दा एक कक्षा अगाडि एउटै स्कुलमा पढेको”

“ल धन्यबाद सामान ल्याईदेकोमा। ओखल्ढुंगा जाँदा यहाँ निस्केर जानु। अलिअलि सामान लगिदिनु। अनि कहिले फर्कन्छौ त?”

“खै थाहै छैन। क्याम्पस पढ्न भनेर आको म त”

“दशैँतिहारमा त जाउला नि। त्यतिखेर चाहिँ यहाँ पसेर जान नबिर्सिनु। ल जाउ” उहाँले गेटको ढोका लगाउनुभयो।

म पनि फर्किएँ। मञ्जुका मामामाईजुसँग जागिरको लागि अनुरोध गर्ने विचार थियो, त्यो पनि अधुरै रह्यो, भन्ने मौकै पाईन। उहाँहरुको कम्पाउन्ड भित्र खुट्टै राख्न पाईन।
-------------
साझाल्याण्ड
२३ साउन २०६३
 
Posted on 08-09-06 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OK you are forgive.
 
Posted on 08-09-06 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :) :)

huh !!!!
कस्ति माइजू?! :(
 
Posted on 11-01-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have seen OK jee in Sajha these days posting in some others thread. I am just digging out this thread hoping that OK jee will remember to continue the story. So, Ok jee, Manju ko maijule gate banda garepachhi tapaichai kata tira lagnu bhayota?
 
Posted on 11-01-06 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice

huh !!!!
कस्ति माइजू?! :(
:P
 
Posted on 11-01-06 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*Thank you for bringing this thread back!*

मञ्जु, मलाई माफ गर है!
आत्मकथा-ओके
भाग २
खण्ड ३९

दुई हप्ता बितिसक्ता पनि कामको केही अत्तोपत्तो नलागेपछि मैले पुरै आस मारेँ। अन्त केही सिप नलागेपछि अन्तिम विकल्पस्वरुप डम्मरकी दिदी-भिनाजुलाई “मलाई पनि गलैंचा कारखानामा काम लगाईदिनु न” भनेर अनुरोध गरेँ। शुरुमा त “क्याम्पस पढ्न आको मान्छे काहाँ गलैंचा कारखानामा काम गर्ने, हामी पो वेलैमा पढिएन र यस्तो विजोकले काम गर्नु परेको छ” भनेर भिनाजुले गाली गर्नुभयो। तर मैले “बाँच्न नै नसक्ने अवस्था आएपछि त गर्नुनै प-यो भनेर” भनेपछि गलैंचाको साहुलाई भनेर काम खोजीदिनु भयो।

काठमाण्डौ आएको दुईहप्ता पछि गलैंचा कारखानामा काम गर्न थालेँ। शुरुमा गलैंचाको काम सिक्न निकै गाह्रो भयो। शुरुको १ हप्ताको पैसा दिएन साहुले, सिकेको भनेर। त्यतिखेर सम्म म काठमाण्डौ आँउदा लिएर आएको पैसा पुरै सकिईसकेको थियो। दिउँसो खाजा खाने पैसा पनि हुँदैनथ्यो। गलैँचा बन्ने साथीहरु खाजा खान भनेर निस्किन्थे, म चाहिँ गलैँचा बुनिहरन्थेँ। गलैंचा बुन्न जानेपछि चाहिँ दिनको ३० रुपैंया दिन थाल्यो, साहुले। अलिअलि आफूलाई खाजा खान राखेर बाँकी पैसा सबै लगेर डम्मरेकी दिदीलाई दिन्थेँ।

एक महिना गलैँचा कारखानामा काम गरेपछि बजारमा उनको धागो सकियो भनेर कामदार निकाल्ने कुरा ग-यो साहुले। पुराना र सिपालुलाई प्राथमिकता दिने भनेर शुरुमै म निकालिएँ। कारखानामा सबभन्दा पछि काम गर्न थाल्ने म नै थिएँ। म भन्दा अगाडि काम शुरुगर्ने दुई जनालाई पनि निकाल्यो साहुले। त्यसपछि पनि भिनाजुले नै एउटा ठेकेदारसँग काम खोजिदिनु भयो, घर बनाउने ईटा बोक्ने काम। सडकको छेउमा ट्रकवाट झारेका ईँटालाई डोकामा बोकेर घर बनाउने ठाउँसम्म पु-याउँथे।

काठमाण्डौ उपत्यका दिनप्रतिदिन चिसिँदै गईरहेको थियो। काठमाण्डौ गएर क्याम्पस पढ्ने सुनौलो सपना बोकेर आएको एक युवक विहानै उठ्थ्यो, उसँगै सुतेका अरुहरु नबिउँझिदै। सिरानीबाट नाम्लो निकाल्थ्यो र कोठाबाहिर सागबारीमा हिजो बेलुका अवेला फर्कँदा आफैँले राखेको डोकोलाई बोकेर बाटो लाग्थ्यो। चिसिँदै गएको भूइँमा खालीखुट्टा दिनभरी ईटा बोक्थ्यो। बेलुका उसैगरी फर्कन्थ्यो। साहुले पैसा दिएको दिन उसले आफैलाई सबभन्दा भाग्यमानी सम्झन्थ्यो। त्यो युवक म नै थिएँ र मेरो दैनिकी यहि थियो। तर यो पनि क्षणिकमात्र भयो मेरा लागि। पन्ध्रदिनपछि नै एउटा घरको ढलान गर्ने दिन आयो र मलाई पनि अरु कामदारसँगै घरको ढलान गर्नु भन्ने उर्दि ग‍-यो ठेकेदारले। पहिलोपटक मेरा ति हातले सिमेन्टको कराई उचाले। बेलुकादेखि हात पोल्न थाल्यो। भोलिपल्ट बिहान त सुनिएर कोलजत्रै भए दुईटै हात। दुईदिन काममा जान सकिन। ठेकेदारले निकालिदियो, कामबाट।

शुरुमा काम गरेको गलैंचा कारखानामा केही साथीहरु बनाएको थिएँ, उनीहरुलाई कुरा गरेँ, काम नपाएको। एकजना साथीले उन कारखानामा काम खोजिदियो, चर्खा चलाएर गलैँचाको लागि उनधागो कात्नु पर्ने। बजारमा फेरि ऊन अलिअलि देखापर्न थाल्यो। उनको चर्खा चलाउन चाहिँ गलैंचाको तान भन्दा सजिलै लाग्यो। छिट्टै सिँके त्यो काम चाहिँ। त्यसपछि भने मलाई अलिक सजीलो भयो। नयाँ ठाउँमा नयाँ साथीहरु बनाएँ। काभ्रेपलाञ्चोकको बिकट गाउँबाट आएको त्यहि उन कारखानामा काम गर्ने मोहन बस्नेतसँग चिनजान भयो। दिनहरु बित्दै जाँदा हामी दुबै निकै घनिष्ट भयौँ, सबै कुराहरु सेयर गर्यौँ।

२०४८ साल मंसिर १ गते आईतवारबाट म पनि उसँगै बस्न थालेँ, चुच्चेपाटीको भित्र एउटा सानो कोठा लिएर। कोठाको मासिक भाडा ४०० रुपैंया तिर्नु पर्थ्यो, आधि-आधि तिर्थ्यौँ। व्यक्तिगत खर्च बाहेक दुबैले एउटा कपीमा लेखेर राख्थ्यौँ र महिनाको अन्त्यमा हिसाब गरेर पैसा मिलाउँथ्यौँ। अब फेरि काठमाण्डौमा बाँच्न सक्ने वातावरण बन्यो, कमसेकम खान र बस्न नपाएर सडकछाप हुनु त परेन।

साझाल्याण्ड,
१४ कार्तिक २०६३
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters