world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - शतकांक विशेष ~~

[Please view other pages to see the rest of the postings. Total posts: 713]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 264993 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 02-13-08 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM

 
Posted on 02-15-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा
४९)श्री नेत्र नाथ नेपाल

५०) सुश्री चेलिमाया चाम्लिङ

५१)श्री सोमनाथ सापकोटा

५२) श्री हर्क बहादुर हमाल



 
Posted on 02-15-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mero Photo chhin yo ho kyare!! Sadasyata card ma rakhdina milchha bhane rakhdinu hola.

 
Posted on 02-15-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau hera ani hamro gam khai ni!!! Nai k malai ni naam gam sabai chahiyo!! natra ta bholi amrika ma aandolan hola, sadak tatla!!

 
Posted on 02-15-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के अब माफ पाम है। ब्लु सर्त लगाउनेलाइ आखा तन्काउद तन्काउदै हजुर नजिकै भकोलाइ च देखिन चु।


 
Posted on 02-15-08 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


cheli timi kun gaamko ho lu bhani deu

 
Posted on 02-15-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थर सच्चिएर आउन्जेल काशी जाने बेला हुन्छ,प्रवक्ता ज्यू। नेपाल सरकारको भन्दा नि घुमाउरो सिस्टम। लौ जा भनेर त्यसै सच्याइदिन मिल्दैन, सांसदबाटै ? कस्तो कस्तो कुरा त घोषणा गर्न मिल्छ।

नेत्र नाथ नेपाल ( यही राम्रो देश भक्त पनि देखिने)

सोम शरण सापकोटा

चेली चुइंया चापागाई

सल्लाह हो धेरै हल्ला नगरनु गाम्लेहरु।


 
Posted on 02-15-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma cheli maya chamling, Chitwan gam


 
Posted on 02-15-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्ती राम्री देखिएकी हाम्री चेली त। नेपे दाईले पक्का नयाँ गजल लेख्नु हुने छ।

तसबिर चेलीको।
तकदिर चेलाको । 


 
Posted on 02-15-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे, तारेमाम । त्यो गीतसङीत कार्यक्रम सुनेर मलाई नि गाउ गाउ लागेर एउटा एसो गाको नि।
ठुली, मैले नि दर्शन गरे है। हिजो को डिनर कस्तो लाग्यो त?
जिम्माल बा को प्याकिङ सकियो?

ओहो, चेली त कता कता काजोल जस्तो पो लाग्यो त मलाई त। जमाना मा काजोल भनेसी आफु त फेरी भुतुक्कै। 

 
Last edited: 15-Feb-08 10:53 AM

 
Posted on 02-15-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chamling bhanda ta Chapagai nai thik chha la. Chamling sanga ta nal mukh aakha kehi mildaina mero. Photo ma dekhihalnu bho hola ni!
 
Posted on 02-15-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेर हेर यो नेप्चे कस्तो लाज नि नभाको दिनरमा मेरो नि पैसा तिर्दिन्चु भनेर लग्न सम्म लग्यो पचि त पैसा तिर्ने बेला पाइखाना गाको जस्तो गरेर सुतुका भाकेको। उल्तो मैले उस्को नि पैसा तिर्दिनु परेको के। लोभि केता


 
Posted on 02-15-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Chitwan gaam re

 
Posted on 02-15-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुचिङ ठुल्ली लोभिलाई ठिकै पर्‍यो,
मलाई आलु नदिएको होइन, तरकारी बेची बेची जम्मा  गरेको पैसा
सबै तिर्नु पर्‍यो,
 
Posted on 02-15-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे मार्दिम अरुलाइ खुचिन भन्दा।


 
Posted on 02-15-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्यन्त जरुरि सुचना:

आदरणीय चौतारीबासिहरु, सबैलाई थाहा भएकै कुरा हो, चौतारीका दुई हस्तिहरु, सुश्री ठूल्नानी ठकुरानी र श्री राहुलभाई राजभण्डारीको सुझाव, सल्लाह  वा भनौँ भिटो सदैव चौतारी मन्त्रिपरीषद्लाई मान्य हुँदै आएको छ। तसर्थ यिनी दुई सदस्यको सल्लाहले माथि उल्लेखित नाम सच्च्याउने सम्पूर्ण प्रकृया पुरा भएको मान्यता प्राप्त गरेको कुरा अवगत गराउँदै 'श्री नेत्रनाथ नगरकोटी' आजदेखि 'श्री नेत्रनाथ नेपाल' का नामले चिनिनुहुनेछ। निजले पेश गरेको दुबै कान देखिने पासपोर्ट साइजको फोटो यो मन्त्रिपरीषदका संवाददाताको जालि लागेको आँखाले ठम्म्याउन नसकेकोले परिचयपत्रको लागि अर्को फोटो बुझाउनुहुन पनि अनुरोध गरिन्छ। साथै नयाँ सदस्य सुश्री चेलिमाया चाम्लिङ्ग को फोटो देखेर मन्त्रीपरीषद लगायत सम्पूर्ण चौतारीका सदस्यहरु चौतारीमा पनि हरियाली आएकोमा अत्यन्त हर्षीत भएको र फोटो हेरेरै चौतारी मन्त्रिपरिषद्ले निज चाम्लिङ्लाई 'चौतारी सुन्दरता तथा कोमलता बचाउ अभियान' को अध्यक्ष पद दिने निर्णय गरेको छ।

धन्यवाद्

चौतारी मन्त्रिपरीषद्


 
Posted on 02-15-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल नाम मे क्या रख्खा है, नेत्र नाथ नेपाल  नै भो मेरो नाम। गाम चाइने  हल्ली डाँडा हो हाउँरो। 
 
Posted on 02-15-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, अब तिमी जस्तो तरकारी बेच्ने जागिर हाम्रो छैन।  अली अली कमाको ले त खान पनि राम्रो सँग पुग्दैन। तेही क्रेडिट कार्ड भए पनि घोटुला भनेको त फेरी हिजो त वालेट नै लैजान बिर्सेंछु।  तेही भएर हो हिजो पुछ्छर लुकाएर भागनु परेको। अब अर्को चोटी म तिर्छु है त। 

मलाई पनि चेली चापागाइ नै राम्रो लाग्यो।


 
Posted on 02-15-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हल्ली ??????????????????

 
Posted on 02-15-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज टाइप गर्न गाह्रो भैराछ, अड्डाको कीबोर्डमा सजिलो थियो। अँ, हिजो हो कि कहिले गोतामेज्युले भन्नुभए 
जस्तो ठूलीलाइ चौतारीकि सकृय सदस्यको हैसियतले 'लाइफ ट्याम याचिभमेन्ट' अवार्ड प्रदान गर्नुपर्नेमा मेरो नि
समर्थन छ। 

चेलिको कपालमा किन अतुल्स लेख्या नि?

नेत्रे भन्ने नाम देख्यो कि म त चित्रे भनेर झसंग हुन्छु, उस्तै उस्तै भएर होला!


 
Posted on 02-15-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेर हेर यो नेप्चेले कति कुरा जानेको। अब देखि मरेनि जान्न तपाइ सङ दिनरबरु मेरै हरि सङ जान्चु।

नाइ नाइ नाइ खै त गोताने दा  मैले देख्दै देखिन। गोतामे दाअाअाअाअाअाअाअाअाअाअाअा

60 post bhayo re :(

मेरो प्यारो अन्तरे दा,
मलाइ सन्चै च ताअाअाअाअा। अनि हजुरलाइ नि सन्चै होला भन्ने आशा गर्द चु। हिजो भाउते दाले पथाइदेको भिदियो पाए। अनि हजुरले बाखरि बाखरि भनेर गीत गाउदै नाचेको भिदियो जति हेर्दा नि हेर्न नपुग्ने। अब यति भन्दै मेरो किबोर्दमा ताइप् गर्ने हात बन्द गर्दचु।

उहि हजुरकि

थुल्बुइनि

 
Last edited: 15-Feb-08 11:17 AM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters