चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औंसंस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारी - शतकांक विशेष
चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ
बधाइ! यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा-
१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या -- नमे --- २४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा --- ३ सान्नानी --- ३, नेपेसाहिंला --- १, चित्रे --- २९ गालब --- ८, कुम्ले --- ५, तितौरी --- १ दादा --- १, हरी --- ९, रामचन्द्रे ---६ रिट्ठे --- २, लहरे --- ३
२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।
३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।
४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
हुन्छ बा हजुरबा भने हुन्छ। एउटि तिमी जस्तै नातिनी थि मेरि, बेपत्ता भई, अस्ति कइले हो चिठि आ थो, अब त चिठि नि १०० भागमा पठाम्छु भन्छे, बाँच्छु कि बाँच्दिन तेतिन्जेल कुन्नि, अब जे भ नि एक्लै भा बेलाँ नातिनी भेटिओ मलाई त हर्क लाओ! एइ मौकाँ बरु तिम्लाई एउटा रातो धागो र हरियो पलास्टीको चुरा किन्दिम्ला! पिप्लामेट खान्छौ??? ल दुइ रुप्पेको पिप्लामेट किनेर खाऊ बा!
ग्वाँचेले कथा राखेछ म पडन लाएँ! मेरो चस्मा कता छ हँ???
गजब कथा छ ग्वाँचे! समसामयीक र कारुणिक! हाम्रो जस्तो देशमा एकपटक यस्तो किसिमको युद्ध सुरु भएपछि अब शायद अन्त्य हुन धेरै समय लाग्छ होला, मात्र नाम फरक स्वरुप उस्तै, दुख उस्तै, त्रास उस्तै र परिणती उस्तै!
ग्वाँचे-बुरो, साह्रै मार्मिक कथा गयो यार। कस्तो कारुणिक ! रुनै मन लाग्ने। चौतारी महोत्सब दिन दिनै आइदे हुन्थ्यो जस्तो पो लाग्न थाल्यो ल।
नमस्ते हर्के दाइ ! के छ खबर? अनि दाँतको के छ खबर? आज त शुक्रबार, त्यो अगेना माथि झुण्ड्याइ राखेको बुङ्गुरको सपेटो सकियो कि बाँकी छ अझै ? सकियो भने अर्को बुङ्गुर थुत्नु परो कि के हो खोर बाट !
अरु को को छौ हँ गाम्ले हो? आज त रोदीघर तिर छिर्न जाँगर चलेन। चौतारी मै एकछिन दोहोरी जमाउने भे' जमाम् के रे !
भौते खै मलाई त दोहोरी खेल्न आउँदैन सुन्न मात्रै आउछ।। लु दोहोरी जवोश म चै सुन्दै कम्मर हल्लाउछु। दात्को सबै ठीक छ आहिले, आझ चै बूङूर साधेको खाने बिचार छ। नून र खोर्सानीमा चोपलेर उशिनेको बूङूर चोप्दै खाँदै।
ग्वान्चेजि, ......यस्तो ब्यथा जस्को कथा लेखिएकैछैन.....यो मैले खै के प्रसङ मा सुन्या हो, यस्को अगाडि को पछाडि क सबै लाइन हरु बिर्सिएर यहि मात्र दिमागमा याद रह्यो खै किन हो - तपाइ को अलिखित कथा देख्ना साथ त्यहि लाइन फेरि याद आयो।
धेरै जन्मिए है, यस्ता अलिखित कथा हरु -हाम्रो दुर्भाग्य!
धन्यबाद यहा लाइ सारै मर्मस्पर्शि तरिका ले शब्द मा उतार्नु भयो, अब अलिखित कथा अलिखित रहेन। तर अझै धेरै बाकि छन लेखीइन ...... Please keep up the good work!
** Guys I just sneaked in here to comment on the wonderful story above. hope you guys won't mind. Thanks
आज त चौतारी सुन्य भएछ, बिहे पछी केटीको घर सुन्य भये झै भएछ। खै रोधी सुरु गर्नु पर्ने कता गये रोधी तोली भात खाँदै छन कि के हो, लु सुस्तरी भात खाम अनी आम हैत चौतारी तिर।
नयाँ सदस्यहरु देखेर कसले माइण्ड गर्थ्योहोला र ! यहाँ त हर्ख-बढाइ हुन्छ के रे नि। यहाँ त माइण्ड-साइण्ड बाहिरै राखेर छिरिन्छ। हाँसिन्छ, ठट्टा गरिन्छ। हजुरका रचनाहरु नि गुपचुप पढिराखेको थे', आफ्नो छुचो मुख प्वाक्क बोल्न डर लागेर मात्र हो। बरु चौतारी महोत्सबको लागि हजुरको तर्फबाट नि जावस न त एउटा।
हर्केदाइ, एकजनाले मात्र गायो भने त एकोहोरी हुन्छ के रे, के गाउनु र खै ! बरु मैले टेपरिकर्ड खन्काइदिन्छु, कम्मर मर्काउँदै अर्नुस।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.