gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४२ --

[Please view other pages to see the rest of the postings. Total posts: 552]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
[VIEWED 148466 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 28 pages, View Last 20 replies.
Posted on 01-16-07 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४२ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

अन्तमा,
  • मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ?
  • गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका"
    मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
    आज बल्ल देखें खाममा तिम्रो ठेगाना

    थाहा छ बजारमै खोसाखोस भएको
    दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

    थाहा छैन के छ भित्र, तर ढुक्क छु
    मैले आगत टेकें खाममा तिम्रो ठेगाना
  • त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु
    प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
    आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना

    अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ
    च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना
  • अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी
    धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना
    आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना

    आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा
    आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना


यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।

 
Posted on 01-17-07 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे भाउते क्यार्न ठाकठाक ठुकठुक पर्दो हो नि मेरो जिम्माल्नि सँअ। तिम्रा आँखा नै तेस्तै हुन कि टुटुल्को देख्ने! :)

हा हा हा ठुल्नानिले व्रत बसेको रे? तआआआआआआआअअअअअ
खुसुक्क भन त को हो त्यो राम्रो केटा जसलाई खोज्दै व्रत बसेको तिमि? :)
 
Posted on 01-17-07 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामा बुढाले हँसाए यार,

“ खित् खित् खित् …हा हा हा ….लोल…..आँच सोमलाई हर्रामि लागेर बबाल झ्याप भएछन्तनि हौ, कुन झारे हो झ्यापको सुरमा आफैँलाई महादेव रे फिरि..खित् खित् खित्”

खित् खित् खित् खित् खित् खित् खित् खित् खित्
 
Posted on 01-17-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे दाइ कान मा भन्छु पछी ल :P
 
Posted on 01-17-07 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मलाइ एउटा कविता फुर्यो :-


मुटुको टुक्रालाइ रूमालमा गुट्मुट्याई
तिम्रो नाममा पार्सल बनाई
पठाइदिउँ जस्तो लाग्छ

सागरको पानी सबै तिम्रो माया हो भने
एकै सासमा सबै पानी
पिइदिउँ जस्तो लाग्छ

आकाशको सारा बादल तिम्रो भाव हो भने
सारा बादल एकैचोटी
बर्साइदिउँ जस्तो लाग्छ

तस्वीरबाट सजीव भई निस्किदिन्छौ यदी भने
आँखामा नै सधैंभरी
टाँसिरहुँ जस्तो लाग्छ

 
Posted on 01-17-07 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राम्रो कबिता
 
Posted on 01-17-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेको कबिता मजाओ छ! बरु कसरि फुरेको होला कुन्नि :P

हस ठुल्नानि सुटुक्क भन ल :)

कता लागे अरु गाम्लेहरु? चित्रे त ठुल्नानि मात्तै रेछन चौतारिआँ त!
 
Posted on 01-17-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'आकाशको सारा बादल तिम्रो भाव हो भने
सारा बादल एकैचोटी
बर्साइदिउँ जस्तो लाग्छ '
कहिले काँहिको मनले कहिले काहि साच्चिकै मुटुछुने शब्दमाला गाँसिदिन्छ । एकदम मनपर्यो मलाई यो कविता । चित्रेभाइ यो राम्रो टुक्रा पढ्न दिएकोमा धन्यवाद है ।
 
Posted on 01-17-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ अरेँ माष्टरनि नानि!
सन्चै हुनुहुन्छ होला के रे!
 
Posted on 01-17-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजूर जिम्माल बा सन्चै छु । लु अब हउरले यस्तै मिठो कविता सुनाउनुस त ।:)
 
Posted on 01-17-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ताआआआआआआआआअ मिस् :D
 
Posted on 01-17-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् " हउर" भनेको के हो?
 
Posted on 01-17-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु माष्टरनी नानि हउर भनेको बुझाइदिनु पर्यो ठुल्नानिलाई :)

ठुल्नानि तिम्रो यो तआआआआआआअ गर्ने बानि कहिले देखि लागेको? :)
 
Posted on 01-17-07 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली,
धन्यवाद कविता मन पराइदिएकोमा, अरू पनि लेख्छु फुर्यो भने। ;)
'हउर' भनेको 'हजूर' हो।

जिम्माल बा,
मलाइ कविता चौतारीमा बस्दा बस्दै फुरेको हो। ;)

मास्टर्नी दिदी,
हो, मनले कहिलेकाहीं नजानिंदो ढंगले शब्द निर्माण गर्दो रहेछ।
 
Posted on 01-17-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'हजूर'लाई गाउले बोलीचालिको भाषामा 'हउर" भन्ने गरिन्छ के लाटी!!:P :D
। आफू भन्दा ठूलो मान्छेलाई सम्मान( respect)गरेर भन्ने शब्द। यो शब्द बोल्नलाइ मात्र हो । लेख्दा यसो लेखिदैन जस्तो लाग्छ मलाइ त ।बरु यो बारेमा जिम्माल बा लाइ नै था होला
 
Posted on 01-17-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.LOL....Gaalab ko swasthaani!! ha ha ha!! daami gayo feri.

Bhaute dear: No worries at all. I am kool. ;-)

Jimmal baa le feri arko dhamakaa haannu bhaechha ni..lol.

chitreko kabita jhan ke bhanne!! uttam!! chha taaaaaaaaaaaaaaaaaaaaa!!!

byasta bhaiyo!!

:P
 
Posted on 01-17-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद मिस् र चित्रु दुबै लाइ
 
Posted on 01-17-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालेको मोडर्न स्वस्थानी मनोरन्जनात्मक लाग्यो, हाँस्य व्यंग्य र कल्पनाशीलताको बेजोड संगम।

त्यै त जिम्माल् बा अनि हरी के के हुनि के के बिहेमा जाँदा मलाई।
ठुली मेरो त सानैमा बिहे गर्दिसके त, आफुले कहिले गर्नी भनेर सोच्नै परेन। ;)

मामा आफ्नो बिहेको कल्पनामा रे? त्यति बेला के को बिहेको कल्पना हुन्थ्यो होला र खै बिर्सेँ मैले त।
निशा चाहीँ निश् कै जुड्वा बुइनी हो जस्तो लाग्यो मलाई नि ल, तेस्तै देख्दा नि थि बुट् सुट् खुब् लाउँथी, उस्तैलाई त तर्साएर रुवाइदिन्थि।

ठुल्दाई तेस्तो शंका नगर्नुन।

चित्रे गिफ्ट् ट्याक्सी चढेर गएपछि के गिफ्ट हाल्ने, घर फर्किनी पैसा त थिएन।

ट्याक्सीको पछि पछि फेरि पेन्सिल् हिल् लाएर कता दौडिनी नि कुम्ले? तिमी पनि।।।

सबैलाई मेरो सम्झना पढिदिएकोमा धन्यवाद्।
 
Posted on 01-17-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा जिम्माल बाले कस्तो हसाँको नि त्यो चिलिम् conversation मा। :D

ठुली मलाई नि सुटुक्क भन त कस्को लागी बर्त बसेको?

चित्रेको कबिता नि राम्रो छ। :)
 
Posted on 01-17-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल सप्पै पढिसके नि मैले पनि ।गालबको कथा रमाइलो लाग्यो।
जिम्माल बा प्रितिको संस्मरण पनि रमाइलो रे'छ
बरु एउटा कुरो बुझीन अनि के जाती हाम्री ठूली 'पोइला जान पाम' भनेर स्वस्थानीको ब्रत बसेकि रे:-० :-०। । थाहा त छ ठूली 'पोइला जान पाम" भनेको के हो ??:)
फेरि अरु बेला क्यै नबुझ्ने यि ठूली त्यो चै कसरी बुझेकी नि ? ( नरिसाम है मजाक गर्या नि )
 
Posted on 01-17-07 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए गाम्लेओ! आज हाउँरि तिततौरी कता लाइछिन? कसैले देखो कि?
कुम्ले तिमीले देख्यौ कतै तितौरीलाई?
" जिम्मालबा पुस्टकारि खाने" भन्ति, अइ देखि गोजिमा ले'र हिन्या छु, खै देखा पर्दिन त!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
पाप न साप घोप्टो पारि थाप !!
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters