[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 137120 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-28-07 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो मामा, बबाल गरें नि। मामा नि आउनुहोला भनेर तमाखु भरेर बसेको, झर्नु भएन क्यार। अनि यसो अरु २-४ जना जुटा'र तानेको। लु फुटाँ हेरेर चित्त बुझाउनुस ;) धमिलो देखिएको भए चश्मा फेर्ने बेला भओ है।

 
Posted on 01-28-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका, के तमाखु तानेको होला, फोक्सो मात्र बिगार् गर्न। चिलिम् ले केहि बिगार् गर्दैन् ह्यारि, स्वर्गीय आनन्द् आउछ।
 
Posted on 01-28-07 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज २८ तारिख आइतबार! आबुई--------
:D:D:D:D:D:D............

त्यही भएर पो सुनसान र'च त! कोही छ अहिले???

आइतबारे जदौ!

© माथि हेरुम्!
 
Posted on 01-28-07 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu ho taaaaaaaaaaaaaaaaaa
 
Posted on 01-28-07 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई, तारेमाम्, जदौ, नमस्ते, जय नेपाल, शुभ प्रभात, रात्रीकालिन अभिवावदन, सन्ध्याकालनि अभिवादन। आ-आफ्नो हिस्साको र भूगोल अनुसारको अभिबादन स्वीकार्नु होस्।

नयाँ चौतारी बनाउने बेला भएछ ।
 
Posted on 01-28-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kyare ko photo ho tyo? tumma tanyaasto raicha
 
Posted on 01-28-07 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई, तारेमाम्, जदौ, नमस्ते, जय नेपाल, शुभ प्रभात, रात्रीकालिन अभिवावदन, सन्ध्याकालनि अभिवादन। आ-आफ्नो हिस्साको र भूगोल अनुसारको अभिबादन स्वीकार्नु होस्।

नयाँ चौतारी बनाउने बेला भएछ ।
 
Posted on 01-28-07 6:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaalu as usual greatttttttttttttttttttt taaaaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 01-28-07 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो प्यालाको "बिश" खानौने बेला भएछ
नयाँ चौतारी बनाउने बेला भएछ
चौतारीका सारा गाम्ले खै कता गएछ न
हामीलाई वीरसने कति निश्थुरी भएछन
यो प्यालाको बिस्,,,,,,


धेरै दिन भयो चौतारीमा शितल ताप्न न आको
काम्को च तारोले बोल्न'नी नपाको
अब त बिदा पनि जनाउने बेला भएछ
फेरी नयाँ चौतारी बनाउने बेला भएछ



Rahulvai, ratamakai, sumima, hetterika, harke sante mante vante lagaayet sabailai, NAMASKAAR !!!
 
Posted on 01-28-07 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि चौतारी को सबै लाई नमस्कार!! :)
:D
 
Posted on 01-28-07 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि चौतारी को सबै लाई नमस्कार!! :)
 
Posted on 01-28-07 7:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई, तारेमाम्, जदौ, नमस्ते, जय नेपाल, शुभ प्रभात, रात्रीकालिन अभिवावदन, सन्ध्याकालनि अभिवादन। आ-आफ्नो हिस्साको र भूगोल अनुसारको अभिबादन स्वीकार्नु होस्।

नयाँ चौतारी बनाउने बेला भएछ ।
 
Posted on 01-28-07 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सबैलाई यो गोताएँको तर्फबाट! अर्को एक धमाकेदार सोस्तानीको लागि गाले बज्जेलाई धेरै धेरै धन्यबाद! सौंवारे दशा शुरु भईसकेपनि गालेको सोस्तानी पढेर हाँस्दै शुरु गरन पाईयो, गालेको जय होस्!

चौतारीमा कपेर पाष्टिने सुगा रोगको महामारीनै फैल्या' रच! खै डाउडर्नी कता गईन्? सप्पेलाई तितेपातीको झोल एक-एक गिलास प्याएसी' छोड्थ्यो कि सुगा रोगले?
 
Posted on 01-28-07 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घरभन्दा ठूलो फोटु टाँसेर क्यार्न खोज्या हो यो हरि मोरोले!?
 
Posted on 01-28-07 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि भन्या त गोताँएदाइ बिहान एकफेर आ'थि चौतारी मा मलाइ नि कपेर पास्टिने हैजा ले छोएछ हरे ...
यो हैजा ल्याउने लाइ चाइ पक्रेर तितेपाति को झोल् खुवाउनै पर्ने भयो। :D
 
Posted on 01-28-07 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहि भन्या त गोताँएदाइ बिहान एकफेर आ'थि चौतारी मा मलाइ नि कपेर पास्टिने हैजा ले छोएछ हरे ...
यो हैजा ल्याउने लाइ चाइ पक्रेर तितेपाति को झोल् खुवाउनै पर्ने भयो। :D
 
Posted on 01-28-07 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !!

हैजा नै हो कि पखाला मात्रै हो ??
नत्र नुन चिनी पानीले पनि सन्चो हुन्छ भन्छु र । खाओ न बरै सप्पैले । नत्र सप्पै जना सिनित्तै माथि तिर जान थाले भुने मुइले मत्रै क्यारी बस्नु ..त्यो सानो नातिपुनि कइले के कइले के भन्च । सप्पैलै हैजा लाओ भुने म :(:(:(
 
Posted on 01-28-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैजा नै हो कि पखाला मात्रै हो ??
नत्र नुन चिनी पानीले पनि सन्चो हुन्छ भन्छु र । खाओ न बरै सप्पैले । नत्र सप्पै जना सिनित्तै माथि तिर जान थाले भुने मुइले मत्रै क्यारी बस्नु ..त्यो सानो नातिपुनि कइले के कइले के भन्च । सप्पैलै हैजा लाओ भुने म :(:(:(
miss haju ko nun chini paani le ni bhaena la hernus :(
 
Posted on 01-28-07 8:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अइले बल्ल अन्मरिएछन अलि अलि हुल!

जदौ! ठुल्दाई, गोताएँ, तित्तौली, माष्ठरनी नानी लगायत सपैलाई!
 
Posted on 01-28-07 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम!राम!! राम!!! नेपालभरिकै तितेपाती चाहिने भो गाँठे! रोग पनि भुराभारीलाई मात्रै लाग्या' हो र? हाम्रा राहू बूडालाई पनि छोएछ! भुराभारी त कता जान्छन्, के खान्छन् थाहा हुन्न, तेसैले सर्यो होला, तिम्लाई कसरी लाग्यो ए बूडा!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters