[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ++चौतारी - भेला विशेषांक++

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 168402 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 12-18-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - भेला विशेषांक --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 91 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



जन्मदिनको हार्दिक शुभकामना!
 

जन्मदिनको संगीत


डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी
(पल्लाघरे अन्तरे, अन्तू)
 
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी
(जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)

डिसेम्बर १८: श्री हरि हर हाडा
(हरितालिके, ह्यारी पोट्टर )

डिसेम्बर २१: श्री भउत भाइ भण्डारी
(भौतेकाजी, भ्यागुते महाराज )
 
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
 
डिसेम्बर ३१श्री दान बहादुर दवाडी
(दाने, दानव, डाउनटाउन गाइ)
 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क

शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे
समापन:- डिसेम्बर २५, दिनको १२ बजे
प्रमुख अतिथि:- भउत भाइ भण्डारी


 
Posted on 12-19-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हरु।

प्रमुख अतिथि भौत भाइ भन्डारि लाइ हर्दिक् बधाइ
फुल माला कस्ले हो नि पहिर्याउने?
अफु त live update कुरि बस्ने हो है।


 
Posted on 12-19-07 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्लेहरु!
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ!
(बि)चरा भउते गुरुलाई कसैले न सहने भयो। फिस्टे चित्रेले समेत, पूण्टेदाको टेउसीमा सिङल फाइटको निम्तो दिए छ।  शनिबार सेन्ट्रल पार्कको धोबि पछाड कार्यक्रम सम्झेर कामजोरो आएको भउते माथि अर्को बज्रपात?
न डराउ, भउते भौतिक न भए नि, नैतिक समर्थन छ मेरो र मेरो ग्रिह मन्त्रीको।

 
Posted on 12-19-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा राहुलदा', तारेमाम! छ है। नैतिक समर्थन रे ! झण्डै आलोचनात्मक समर्थन आएनछ।  जे होस हजुर र गृहमन्त्री दुबैजनालाई धेरै धेरै धन्यबाद।

हे भगवान ! यो धोबि-पछाड भन्ने शब्द सँग नै जिन्तखी भरी तर्सिएर बस्नु पर्ला जस्तो हुन लागिसक्यो।

सुन्तले, जदौ !

 


 
Posted on 12-19-07 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sह्म अsह्म
स्वाssssssssssss
दोश्रो राउण्ड को जदौ है सबैलाई
प्र.अ. भउत भाई भण्डारी लाई नि नमस्ते
लौ जिन्दगीमा पहिलो पटक कतै नभको सिङल सिङल ग्याङ् फाइट नि देख्ने भइयो
भउतेले हिजो अन्तरेदाई र मेरो भाजो हाल्ने कुरो गर्या रहेछ
भाजै हाले नि डर छैन, सेन्टल पार्कां छुट्टा छुट्टै अर्को अर्को बाटो भएर
गये पनि धोबी पछाड् चाँही सँगइ लाउने २ बुदें सहमति  भईसक्या छ हाम्रो दुईभाई को
तारेमाम !


 
Posted on 12-19-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यसो कुरो को छुरो बुझ्दा, चौतारी भेला को नाम नै परिवर्तन गरी, भउत भाइ भण्डारी भेला ( भभाभ भेला) गर्नु पर्ला जस्तो छ। सबैले भउत भाई लाई खेद्ने? भएन नि। भलादमी भउत भाइ माथि यस्तो भाँडभैलो?
हुंदा हुंदा धोबी पछाड कार्यक्रम को लागि २ बुंदे सहमती रे?
लौ पर्भू, भउतेको रक्षा गर्नुस्। म चाहि नसक्ने भएं। तारेमाम्।

 
Posted on 12-19-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो भन्या ठुल्दाइ भेला को नाम नै परिवर्तन गर्ने बेला हुन्लाओ
ठुल्दाइ को कम्प्युटर अब ठीक ठाउँ मा आयो?
झ्याल ढोका, रङ रोगन, खाक्सी सबै भयो?


 
च्याँङवा
Posted on 12-19-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मोइच्याँङ..............


मोइच्याँङ...........

मोइच्याँङ..................


तुइँले हिजु देखि घोक्रो सुकार काराकु देखेरा लु मो दुकुर्दै आयु है। बोरु तेरो कोइलिकु जास्दु सुरिलो स्वोर छा, घोग्रो फुट्ने गारि कारार यो लोलको जास्दु स्वोर भायु भानि के गार्ने? तोइंले बोलायु कि मेरो खाच्चारले बोलायु भानेरा मोइले चिन्दाइना फेरि, तेस्दो नागार मोइच्याङ......

आनि तोँ काँ गाकु थियु याद्रो दिन? मोइले ता तोँ धातुरे साँगा पो साल्कियु कि भान्ठानेकु। तेस्को खाप्पारमा बाजाउंजा भानेको, तेल्लाई नाभेटेरा आरुलाइ नै बजाइदियु मोइले......गाउँ भारिको घारबाट साप्पैकु डाम्फु निकाल्ना लागायु मोइले आनि साप्पै डाम्फु बाजाइदियु।

यो पालि मोइले धातुरेलाई जानिकु छा....... खार्कमा पुन्टे भान्निले निम्तो देकु छा रे साप्पाईलाई आइजा मोइले मोमो ख्वाउंजा भानेकु छा रे। धातुरे पोनि जाने भानेर हाल्ला गार्दाई छा..... यहि बेला हो मोइले तेल्लाई ठिक पार्जा। यै डाम्फु लागेर तेस्को खाप्पार मा बाजाउंजा मोइले। डाम्फु पोनि बाज्ने धातुरेको खाप्पार पोनि बाज्ने कास्तो माज्जा हुन्जा......

तेसाइले मो पोनि खाच्चार, च्याँङ्ग्रा सप्पाई पासाँङकु आप्पालाई जिम्मा लागार झार्जा खार्का तिर यो पालि। सुद्नालाई च्याङ्ग्राकु छाला लेरा जान्जा......त्याँ धातुरेको लुँगी मोइले खोसि हाल्जा। आलि आलि जिम्बु रा छुर्पि पोनि खोज्दाइ छा मोइले कुसेलि लानालाई। छुर्पि बानाउना बोरु त्यो दुहुनु पार्ने खाच्चार्नि कादा गाइचा......

बोरु तुइंले नि मेरो खाच्चार, च्याँग्रा, भेंडा सप्पाइको काइले काइं तुँलाई फुर्सद भाकु बेला हेरबिचार गार्दे ल मोइच्याँङ। बोरु त्यो लोल भान्नि खाच्चारले साराइ साम्जिन्जा तोँलाई.....आचेल मोइच्याङले मोइ पोनि खाँदाइना भान्जा काराउँजा...... रातभारि सुद्नाइ दिंदाइना। बोरु तोइंले यसो मोइ खार तेल्लाई साम्जाउंदाइ गार..... मो खार्का गाइरा धातुरेलाई ठिक पारेरा आउँजा। त्यो झिद्रे भान्नि पोनि जान लाकु छ रे...... बोरु त्यो बिरे, ज्यालगुमार, काले, हार्गेहारुलाई पोनि खार्कामा पाठायु भाने मोइले जानेकु छा...... सप्पाइको खाप्पारमा डाम्फु बाजाइदिन्जा। 

लु मो आबु तोम्बा खान बास्यु। काद्दी हाल्ला गार्जा तोम्बा नाखारा भानेरा खाच्चार रिसाउनु लाग्यु, तों झाट्टा आइजा होइ आनि गाफ गार्ना पार्जा।

 


 
Posted on 12-19-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब भो नि रिट्ठे। नयाँ झ्याल जडान गर्दा कुनै पनि भित्री सम्पति सार्नु पनि परेन, हराउनु  पनि हराएन।
अब शब्द, शक्ति बिन्दू, एक्सेल मात्र जडान गर्नु बाकी छ। अन्तरजाल सन्तरजाल नि झिलिमिलि भयो।

 
Posted on 12-19-07 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

त कौन सुसरा हमिलाई धोबिपछाड लगावने बात करेछ? हँ? उ डम्फू करके कोहि चिजले हमरो माथा बजावने बात करेछ। हँ? त थोडै हमि चयाङवा वयानङवाके डम्फू खानेको नइँ योरकमा जानेको लगेछ? हँ? त उ जो करेजी छ उलाई हमि आजकल आँख भि मारनेको पाएछेन, पर दोस लगावँछ कि हमि उसको लाँव करेछु। हँ? त चयाङ्गवा जो आरोप हमिलाई लगायो हमि सोचेछुँ सला आम खाए बिना चोर दोश कोहि लगावँछ त थोडै नखानेको छ? हँ? त किधरको छ रे करेजि तिमि? आइहाल सरपट हमि नहाइके, नवाँ धोति लगाइके, मिठा पान चबाइके बन्टिके फोटो अस्टुडियोके बाहर तिम्रो इन्तजार करेछ। खेँ... खेँ.. खेँ..


 
Posted on 12-19-07 4:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol

मदनवा, सही बात। सला हम्रो  पनि सौ फिसदी समर्थन  छ।
खें खें खें।


 
Posted on 12-19-07 4:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फरम्याट नगरि हाल्नु भएको नयाँ झ्याल? किरा फट्याङ्रा त जिउदै होला नि फरम्याट नगरि हाल्दा त
लौ अब ओरालो लाग्ने बेला नि भयो
सारङि  रेटौला मौका मिले फेरी भेटौँला
जदौ !


 
Posted on 12-19-07 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कौन नवाँ खिड्कि लगाएछ घरमा? राहुल भैया?


 
Posted on 12-19-07 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे तोरी के, मदन्वा भैया आइ लिएछ। अरे तिमि कता हरएको थ्यो रे? सुनेछ कि आज्कल तिमी कम्पाउन्डर को जागिर छोडेर डाइभर भै गको छ रे। के बस किनिलियो छ रे?
 
Posted on 12-19-07 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे नेपालके छोरा जि, कहाँ हुजुर उ सला बस टरक खरिद करनेको पेसा छेन हुजुर।

हमि हुजुरके इन्डियाके टरिपके कहानि पढिरहेछुँ हुजुर! बढियाँ लिखेछ हुजुर। हमि पहलि बार हुजुरले लिखेको पढनेको मोका पायो। सब कुस्ले मङ्ग्ले छ हुजुर??


 
Posted on 12-19-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी तो बढिया छ रे। तिमी कहा हराएछ रे ?
अरे तोरि के हामी के लेख्छ रे। तिमि त और बढिया लेख्छ रे। तिम्रो त्यो सयारी-वायरी सुनेर सला हटियामे सब को खाट खडी भै हाल्थ्यो रे। पुरानो बात सब बिर्सेछ के?


 
Posted on 12-19-07 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल यसो भेला आयोजनको मेसो मिल्न थालेछ के रे। अझ नि निम्तो जारी नै छ सबैलाई, आम्ने हो भने, तर शनिबार, आईतबार र सोमबार रातीको सुस।ताम्ने बन्दोवस्त चैं आ-आफैं अर्नि हो थप पाहुनाहुरले। भोजाँ ख्वाम्ने, पियाम्ने, रमईलो गराम्ने जिम्मा चैं मेरै भो, ल! भए जति ठाम हाउस फुलका साथ प्याक भयो, सुत्नलाई चैं। तारेमाम्!

भेलाको प्रमुख आकर्षण शनिबार रातीको "चौतारी साँझ" को मेनु पनि तयार भो। कसैलाई तपसील बमिजिमका खाना नपच्ने भए तुरुन्तै खबर पाम्!

ऐपेटाईजरवाँ:

१. चिकेन सुकुटी साँध्या

२. हाँसको सेकुवा

३. मुरही साँध्या (भेलपुरी)

४. स्पाईसी पापड चिप्स वीथ मेङ्गो साल्सा

आन्टरवाँ:

१‍. तनहुँ पहाडे घिऊ भात

२. गुन्द्रुक, मसेउरा, भटमासको झोल

३. "ओईस्टर च्याऊ" तरकारी

४. पोल्या गोलभेंडा/सिद्ध्रा अचार

५. रहु माछा लेदो

६. (रुची हुनेलाई): कोदाऽ ढेंडो

पिउनलाई:

विभिन्न बिदेशी रउसी, बियर (अनि नोन-अल्कोहोलिकलाई बोन भिटा, दुध, जुस, पानी, ट्याङ्) को साथै:

नेपाली स्वदेशी:

१. खुकुरी रम

२. कोदाऽ रउसी

३. छ्याङ्

आईतबार साँझ: रेस्टुराँ नेपाली गाना सुन्न जानी

सोमबार: ठुल्दाई बिशेष "पैंतिस बर्ष अनुभवे स्पेशल म: म:" नाईट 


 
Posted on 12-19-07 5:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ हमरो तबियत सला खुस भइलियो जब हमि थाहा पायो कि पुनटे बुह्रो भेलपुरी भि रखेछ आइटमवामे।


 
Posted on 12-19-07 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे सला मदनवा! आँख रामरी देखिलिएन कि? तिमरो दिल रखनेको लगि हमि बहुत मिहिनत करेर जनकपुरवाँ से रुहु माछा पनि ईम्पोर्टवाँ करिलिएछु!


 
Posted on 12-19-07 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-19-07 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेरो याक त तेहा हो राइच च्याङ्बा


च्याङ्बा,

कादि दिन् पोछि भेट्यो तोंलाइ मोइले। डोल्मासङ नाम्चे घुम्न गाको हो तों? मों केहि गार्दैना तोंलाइ। तेरो मुया लाग्जा सबाइको भन्दा धेरै लाग्जा नि त मोलाइ। आस्दि तेरो फोटु हेरेरा रोकु मों। कास्दो नियास्रो लाग्यो मोंलाइ यो गाँउ। फेरि खार्का जाने भान्छा। एक्लै नोजा भानेकु। धातुरेले फेरि बोरामा हालेर लैजान्चा तोंलाइ। तोङ्बा खान्दिन्चा अनि लाद्दाले हानेर बोरामा राख्चा रे।
लोललाइ मेरो माया गार्दे तोंइले होइ

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters