nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 142464 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-27-06 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो आइते को अत्तो-पत्तो छैन। विदा भनेर रमाइलो गर्न गयो होला।

लौ त आज म घासमा जान्न गाइले खाए खान्छ नभए खादैन। कस्तो जाडो पनि छ। जे हुन्छ हुन्छ।
 
Posted on 01-27-06 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ये फेरि कैली गाई पालेर नि कतै दुध देला त? त्यो कैले खुईरे हरुले के जाती स्टेक बनाएर खाने गाई ले दुध दिन थाले त कुखुराले नि मुत्थ्यो है, खडे खडे। के जाति खाँटी जर्सि गाई पो पाल्नु पर्छ, थुन हेर्दै एक पाथि एक सट्मै दिने खालको!! फेरि चाहिने-जो बुढालाई हकार्या जस्तो गाईलाई हकारिदिने होला टाईम टाईममा - बिहान बिहानै!! अब बुढाले पो दुध दिन्न, जत्ति हकारे-नि भो, गाईले गाली खाएर नि दुध देला त कतै? बरु जानी जानी थुनमै च्यापेर बस्ला पिसाप च्याप्या जस्तै गरी!! ::P यसो माया गरेर गाई लाई सुम्सुम्याम, टाउको कन्याम्, टेलिभिजनमा २-३ वटा के जाती भारतीए टिभि सिरियल देखाम। भोली देखुन दुध तिम्रो गाईले दुध नदिए मेरो यो सल्सलाउदो कपाल नै चार-पाटे मुड्याईदिनु ल जा त। आखिरमा गाईपनि त कन्या नै हो नि, तरुनी हरुले भाउ खा जस्तै छिन - छिनमा भाउ नखाने कहाँ हो र? भाउ खाए भाउ दिनु पर्यो नि, हैन भने बिर्खेलाई बोलाए हुन्छ, hehe, गाई संग गफ गरि गरि रनभुल्ल बनाईदि-हाल्छ नि, कि कसो?? eheh.
 
Posted on 01-27-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कैली गाइलाई घास ल्याउन गाह्रो छ झन यो जर्सि गाइलाई कसारी चाकर पुर्याउनु? कती खान सकेक होलान्? अब केहि दिनम यसलाई बेचेर ढुक्क भएर बस्नु पर्यो।
 
Posted on 01-27-06 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्ली फुपूऽऽऽऽ,
क्या हो तपैंलाई गाईले दु:ख दियो कि भाईले? कि दुबैले? अनि कपाल बनाम्न नि भुल्नु भएछ। गाइको मामलामा चैं बिर्खे र कैलेकै सुझाउ मान्नुस्, यिनीहरू त पुराना जे टि ए हुन् नि। त्यो आइते पनि गाममा चैं छिरेको रैछ, मैले चौतारीमा बोलाछु, आउँदै होल।
 
Posted on 01-27-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे भदहा, कुरा के हो भने नी, यो गाइलाई बेचिदिनु पर्यो र अब छोरालाई डिब्बाको दुध खान दिनु पर्यो। घर-परिवार, साझा, चौतारी, कपाल्, श्रीगार्, श्रीमान्, गाइ, भान्सा-चुल्हो, हाट्-बजार्, तरकारी, स्कुल सबैतिर भ्याउन गाह्रो भयो के।
 
Posted on 01-27-06 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भैराछन एता? बिर्खेले हिलेको तुम्बा सम्झाएर त मुखै रसायो गाँठे। उहिले जवानाँ गजुर होटलाँ तुम्बा र सुंगुर्को मासु खाई भोलिपल्ट ब्यान उठी मकालुको दर्शन गरियाथ्यो। पाख्रीबास र लेगुवा त जान पाइएन तर बसन्तपुर चाहिं गइएको थियो।

अनि कलंकी त के हो, दूध दुहुने काममा त पोख्त छन कि कसो? साहूनीको पसलाँ दूध बेच्न जांदै लब पर्या हो कि कसो?
 
Posted on 01-27-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओऽऽऽहोऽऽऽ!
चिप्ले जी पनि चौतारीमा, लौ आज त साइतै पर्या रैछ नि। अस्ति दोहोरी गाम्दा त खूब मज्जा आ'थ्यो है? पछि त भौते, कैले सब जना पून्टेदाईको सालीको पछि ला'र हैरान। अनि तपैंले धनकुटातिरको कुरा गर्नु भा' हो कि क्या हो, आफू पनि धेरै पैले बच्चामा चैं पुग्या हो त्यतातिर।
 
Posted on 01-27-06 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारिमा त सबै जनअ मस्तिमा रहेचन।
 
Posted on 01-27-06 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देखेउ त डल्ली ? पुच्छर घुम्र्यो कि ढुङ्रो? मैले त भङ्कुरी जस्तो भन्याथेँ , तिमी त कर्नाल नै भै
सकिछौ ल। बधाइ छ। लास्टा पालियाँ आफैले सप्पैलाई भदाहा भन्न थालिछन यिनले त। :-)

के भन्नी, के नभन्नी भएछ यहाँ त। चौतारी त कहाँ पुगेछ कहाँ। अब त पढेरै पनि नसकिने
भएछ। सप्पैको बासै यतै हो कि के हो? ओड्नी ओछ्याउनी सप्पै बोकेर चौतारीमै बस्न
थालेछन जस्तो छ सईँहुर। :-)

:-)
-भउते
 
Posted on 01-27-06 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु चिप्लेजी ले गजूर होटल को कुरो अर्नुभो। मु पनि त्यै बस्ने अर्थेँ गा बेलाँ। अनि बसन्तपुरमा चाहिँ याक होटल भन्ने थियो। अब पुर्बको यात्रा लेख्ने हैन चिप्ले जी? :)

आइते के भयो भनेको उता अर्को धागोआँ? अब इउरोपे हरु मात्तै जान पाम्ने हो कि भनेर नगाको नि म।
क्यार्न चिन्ता अर्चौ, रिन लागो भनेर डराम्न हुन्न दिन लाए पो डराम्ने त
भौते नि आको च गाममा , चौतारिआँ झुल्कँदै होला एउछिना आम्च होला
:)
 
Posted on 01-27-06 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई फुफु भनेसि मैले भदहा त भन्नु पर्यो कि कसो भौते जी! हाम्रा चिप्ले दाज्यै पनि पो चौतारी म आउनु भएछ। अब कुनैदिन खसिको मासु खान चिप्ले दज्यैकहाँ जानु पयो।
 
Posted on 01-27-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लीले त कैलीगाई पनि पालेकी रचन। १-२ बेत ब्याइसकेको हो कि भर्खरको कोरेली बाच्छी
हो? कोरेली बाच्छी हो भने म लिन आम्छु के रे। तिम्लाई यो जाडोमा घाँस खोज्न जाने
टन्टो नि हराम्नी। फेरि यता ल्याएर ब्यायो भने मलाई पनि गोरस हुनी। :-)

यी शेर्पिनीले कति हर्केकै मात्र बाटो हेरेकी होलिन। अब हर्केले ७-जुनी बिताम्ला भनेको त
अहिले देखि हैन नि त। अर्को जन्म देखी सुरु हुनिगरी भनेको हो के। यै ताल ले त यो जुनी
तेसै खेर जाने भो तिम्रो। :p

म आइसके बिर्खे। तिम्रा आँखा कता छन् हँ? कि डल्लीको गाईलाई ल्याईदेको हरियो चस्मा
आफैले लगा'र बसको हो हँ?

:-)
-भउते
 
Posted on 01-27-06 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चौतारीमा किन भीड लाग्न थाल्यो भनेर यसो हेरी ल्याउँदा त हाम्री राम्री डल्ली आमै पनि आउन थाल्नु भा रहेछ अनि पो त!!
लाफ आउट लाउड !!

एउटा गाना गाउनु पर्‍यो लौ

डल्ली मगर्नी हे सुन माया पीर पर्‍यासी!!

खै अनि के के हो, बिर्सिएछ, लोल्!!
 
Posted on 01-27-06 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ कोरेली भन्ने कि के भन्ने, अस्ति मात्रै भर्ना भएको हो, यो पहिलो पट्क हो। हुन्छ गाइ बेच्न म त्यार छु। यसो दाम हातमा लिएर हाम्रा गाम आए हुन्छ। दहि-च्युरा ठीक पारेर राख्छु। अनि दुध हलेको चिया पनि चुल्होम बसाल्छु।
 
Posted on 01-27-06 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! डल्ली। अब तिमी सित गफ अर्न नसकिनी भो। पैला पैला हामी सँग डराएर भाग्दै
हिँड्थीन। अब यिनी सँग हामी डराएर भाग्नु पर्ने भो। हा हा हा :-)
 
Posted on 01-27-06 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो एक्ले Mr. Lonely बाबुले पनि मलाई आमै अरे। ठिकै छ, अब चाहि घर तिर लाग्नु पर्यो। अनि अब भोलितिर गफ गर्न आउला है।

भौते जी को गाम्म त म पनि पुगेकि छु एक पटक।
 
Posted on 01-27-06 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aunty aunty......malai chhodear najanu na.........please kya
 
Posted on 01-27-06 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक्साजी, लौ तपाईंसँग पनि चौतारीमा भेट भो, खुशी लागो। दोहोरीमा त त्यही एक चोटि गए देखि फेरि गा छैन म। तरुनी कोही थिएनन भौते मारुनी मात्रऐ थिए। अहिले तपाईंका मुलुकमा त रात ढलिसक्यो, तपाईं पनि दुई चारवटा Guiness लगाएर ढलिसक्नु भो होला। यता हुंदी भेट्दै गरम्ला नि।

बिर्खे, लौ मैले पनि त बसन्तपुरको याक होटलाँ तुम्बा र मम खाको थें। अनि संखुवासभा जिल्ला छुनैलाई मात्र अलि माथि गएको थिएँ। तेस्पछि कुहिरो छिचोल्दै बसबाट हिले झरिएको थियो। चौध बर्ष ठ्याम्मै बितेछ गाँठे। पहिला पश्चिमकै यात्रा सक्काम अनि पूर्वका बेलिबिसतार थालम्ला नि कसो?
 
Posted on 01-27-06 6:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यता पनि रमाइलो अर्दै मेलो सके पछि नया चौतारीमाआम के रे । हुन त सप्पैलाइ सन्सरबार आइतबार लागेको होला, को को तुच्च पार्न जानि हुन, को कता चिप्लेटि खेल्न जानि हुन, जे होस सप्पैको बिदा राम्रो होस । म नि लागे हइ तुच्च पार्न ।
 
Posted on 01-27-06 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी कति छिटो तन्केछ गाँठे!

पूर्वको कुराले मलाई इलामको याद आयो। त्यहाँ चार महिना बसेको थिएँ, पुवाखोलाको प्रोजेक्टमा काम गर्दा। गोलाखर्कमा डेरा थियो। प्रोजेक्टको इन्टेक दमाई साँघु (?) भन्ने ठाममा थियो। त्यति घुम्न भ्याइएको हैन। गोलाखर्क, इलाम बजार र फिक्कल गरेर समय बित्यो। नेपाल मैले धेरै घुम्न पाएको छैन, जति घुमें, तीनमा ईलाम असाध्यै मन परेको छ।

यो साहिलो काठमाण्डुको काँठे रे! म पनि त्यहि हुम् यार! इलाम पछि छ वर्ष जति पोखरा बसेकोले आफूलाई पोखरेली हुँ भनुम् जस्तो पनि लाग्छ। साहिलो कतापट्टिको काँठको? मेरो थातचैं कलंकी भन्दा अलिक भित्रतिर पर्छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
nrn citizenship
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters