nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 148353 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 10-27-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?

 
Posted on 11-02-05 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बुबाले गाँउमा ४ घरमा मात्र द्यौसी भट्ट्याएर उज्यालो पार्नु भाथ्यो रे म पेटमा भका बेलाँ। सबै देवीदेउता र पहिले पहिलेका राजाका कथा हालेर। बाहिर निस्किसकेको भा पनि त सबै कण्ठ पारेर राख्थेँ नि यहाँ लेख्न। के गर्नु? पछि ६/७ कक्षा तिर पढ्दा "बाउको छोरो होस् भने बाउकै जस्तो देउसी भट्ट्याएर देखा" भनेर खुब रीस उठाए मलाई गाउँलेले। फेरी आफूलाई त न राजा मन पर्छ न देवीदेउता नै। झनक्क रीस उठेर आयो। रीस त खुप छिटो उठ्छ नि मलाई। के गर्ने गर्ने? मेरो पालो पनि आधुनिक द्यौसी भट्ट्याएर मैले नि ४ घरमा त हैन, ५ घरमा उज्यालो पारेको। अहिले त त्यो पनि सबै बिर्सेँ, सरी है!

एउटा अर्कै प्रसँग:
ओके, सिरि५ र भउतेको एकल साँझ (जाँड खाने नि फेरी, गीत गाउने हैन) छिटै नै हुने छाँटकाँट देख्दैछु म त। आखिर एकै खलक त परे, मोराहरु बर्ष्याउने हुन् नि फेरी। बरु समय र ठाँउ चाहीँ यहि साझाबाट निर्क्यौल गरौँ। बिचतिर पारिउँ भने सबैलाई सजीलो नि। ल है सबैलाई पाएक पर्ने थलो र ट्याम मिलार एकरात जम्नु पर्छ चौतारीको छेउकै भट्टीमा।
----
ओके
 
Posted on 11-02-05 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओके,
अरम, अरम, तेस्तो कुरो त अरिहाल्न पर्च । नमेले पुनि आरनको काम छोडेर आम्चु भनेका थे । यी ओकेको भनी तिहाराँ बल्ल चईनी केरे दिमाख पलाम्दो र'च कि क्या हो, बल्ल रमाईलो अर्नी कुरा अर्न थालेचन । नत्र त चईनी कता कता हरिताल अर्नी, झेलखाना जानी भन्थे, बल्ल आएच दिमाखमा चईनी भट्टी तिर जानी कुरो । बल्ल लईनमा, चईनी ठेगानमा आएचन । गोताएँ पुनि आम्नलाई जमक जमक अरि राका छन, उता बेँसिथानेले अस्तिन देखुन डुवाकेर बसिराका छन। भनेसि एउ दिन जम्न परो दह्रैसित ।

अनि मईले त तो बिजुली-हुलाक उघारेरै राखेको छु, तर केही फेला पारेको छैन केरे, के भओ कुन्नि ।

Keep rolling...
 
Posted on 11-03-05 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओकेदाइ, सिरेदाइ
सञ्जुको पोइले :p त मेरो धोति टोपि खुस्काइदिएछन् के रे उता तिर। :-)
अब त रउसि र तरुनिका गफ नअर्नी मुइले आज देखि। घर तिर नि साझा हेर्छन, नेपाल जाँदा फेरि एयरपोर्टमै झटारोले स्वागत पाइएला भन्ने डर भो के मुलाई त। :-)
 
Posted on 11-03-05 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए केटा हो! अचेल यो प्रतिगमनमा लाएसि फुर्सदै छैन मुलाई त। खेत सेत के भो होला कुन्नि मेरो? धोबिनीलाई नि कुन चईंले बजाई सको होला के रे। दशैं तिहाराँ नि गाम फर्केर चौतारियाँ भलाखुसारी अर्न नि भ्याईयेन, गाँठे!

नबिर्सम है यो बुढालाई नि! धोबिनीलाई म नारायणहिटीको गजुर टुकुचाँ मिलकाएसि नयाँ पेटिकोट ले'र आम्छु भन्ने खबर पु-याईदेओ।

बरु, चाईन्जो, त्यो भेला अर्नि नै भए, सिरे, ओमे र भउते म तिरै आएनि हुन्थो नि! ठुलो शहर घुमाम्ला, रउसि हाँडी नरित्तिन्जेल ख्वाम्ला, अनि ?विष्णु? लाई बेस्कन गाली चुट्दै गफ अरम्ला!

अरु नि को को आउने हो आए हुन्च नि। एकदम ?सिरियस? भेर देको हे यो निम्तो! घोरिएर बिचार अरम। अनि खबर पाम। :)

 
Posted on 11-03-05 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पुन्टेदाइ त राजनितिले पात्तियको छ भन्या । चौतारिया पनि राजनिति अर्नि चिया पसला पनि राजनिति अर्नि । कता राजाको गजर टुकुचा जानि हो, व्हा पारस दाइ कत्रो बडेमानको भटभटे चडेर हिडचन ।
क्यारनु सिरे मन त ततै पच जाड र तासमा तर टाडा परियो नि त । नत्र त भउते सिरे ओके सबैको खालको पैसा सोर्नु हुन्थयो ।
दादा त म सं रिसाहोलान केरे। कबिता पठाउनु पर्ने ढिलो भढ क्या । लेख्न त लेखेको नेपालिआ टाइप अर्न नै भुलेचु , आघु है त दादा ?

 
Posted on 11-03-05 7:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी भाइ सबैले चाइने जो बसौँ भने के गर्ने भनेर घरकी गोताइनीसंग चाइने जो सोधिहेरेको, सकेसम्म चाइने जो जाँदै नजानु, गएपनि चाइने जो रउसी खाँदै नखानु, खाएपनि चाइने जो बिएर मात्रै खानु भनेर भनी। हैन भने चाइने जो ढोकै खोल्दिन, रातभरि पिढीमै चाइने जो कुक्रुक्क हुनु रे!
 
Posted on 11-03-05 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

**** धोबिनीलाई म नारायणहिटीको गजुर टुकुचाँ मिलकाएसि नयाँ पेटिकोट ले'र आम्छु भन्ने खबर पु-याईदेओ। ****

खै के भयो के...यो हरफ पढे पछी गोपाल प्रसाद रिमाल याद आयो.....
.....आमा त्?यो आऊछ??
...हो बाबु त्?यो आऊछ...

हामि सगै छौ...पुन्?टे दाजु.....त्?यो दिन अबश्?य आउछ...
उही बिर्?खे माइला
 
Posted on 11-03-05 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी हो, गाँठे झन्?नै खुस्?केको औसी अगाडी। कुरो के भो भनी पुर्?नेको भोलीपल्?ट
मगर डाँडाको हाट गाथेँ यसो मगर गाँउको रौसी धोकौ भनेर। चाईन्?जो केरे त्?याँ
भेटीए दैब सन्?जोगले सिरेका मित बा। रौसी धोक्?न सम्?म धोकिउ। अब साँझमा
धङ्?धङिदै घर फर्?किदा भउतेको घरछेउको खोल्?सीमा चिप्?लियर खुट्?टो र ढाड त
ठनक्?कै। त्?यसैले त म चौतारीमा पाम्?पिलेट टाँस्?न नआको।
 
Posted on 11-03-05 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जमुनिले त "जे भा नि दाजी हुन, तिनैका निदाराँ तिहारको टिको लाईदिन्चु " भनी र मईले जमुनिलाई भउतेका घराँ
पु-याम्न गाको कुरो त अरि सके केरे । अब जे भा पुनि मया पिरीम बसेकी स्वास्नी, क्यारिछ भनेर जाद्रै हिरिक्कै हेर्न
मन लाओ र म त चईनी आज बिहानै फेरि भउतेका घराँ गएँ केरे ।

हिजो बेलुका त के के खतरा खतरा चईनी कुरा भाको रैच के । बिरामी छ भनेर भउतेले जमुनिलाई मझेरिमै सुत्न
पठाएछन केरे । त्याँसी त आधा राताँ चईनी घ-याक्क दैलो (ढोका) उघारेको आबाज आएछ केरे । त्याँसी त एउटा
लौनी मुन्छे (लोग्ने मान्छे) खुरु खुरु जमुनिका बिस्तारा तिरै आयो अरे । अब निस्लोट अँध्यारो केरे, जमुनिले तो
मुन्छेलाई त ट्वाक्कै देखिछ, तर तो मुन्छेले जमुनिलाई त ट्वाक्क देख्न सकेको रैनछ । जमुनिले येसो नियालेर
हेरिछ र भउते झै मानेर "दाजी, भउत दाजी" भनेको त तो मुन्छे त आईमाईको स्वर सुने पछि त झन सुरिएर पो
जमुनितिर आयो अरे । त्याँसी जमुनि त डराईच र हतपत यता र उता हेरेको त माथि दलिनमा सिउरेर राखेको चईनी
गुन्द्री बुन्ने हतासो भेट्टाईच केरे । जुमुनिका त हाताँ हतासो लिएर बसिछ केरे, तो मुन्छे त उसलाई समात्न पो आयो अरे,
जमुनिको पालो हतासोले जमाएर हानि दिईछ, तो मुन्छेले त्याँसी त "अयाऽऽऽ" भन्दै भागो अरे ।

त्याँसी बल्ल भउते उठेछन र पानस बाल्दै आईपुगे अरे । अब कुरो कानी सुन्दा बुझ्दा त तो हतासोको चोटले तो
मुन्छेको हात चईनी ठनक्कै भाँचिएकै हुन पर्च, अब गाममा को डुँडो भा को छ, तेही हो हिज आम्नी मुन्छे, हेर्नुस जवईँ"
भनेर भउतेले पुनि भन्थे ।

अब अपुर त हात भाँचिएका मुन्छे त कोहि पुनि देखिएनन केरे, बेसिथाने बाहेक । तर बेसिथाने त तेस्ता कपटी काम
अर्नी मुन्छे त हैनन । फेरि मेरा मीत बा कहाँ गएर रउसी खाएर फर्किदा खोल्सामा लोटेर (लडेर) तेस्तो भाको हो भन्छन ।
हैन, यहाँ कुरा कानी चईनी स्याल कराम्नी कुखुरा हराम्नी जस्तै भाको हो कि अपुर अपुर थोक पुनि भाको हो, म त सिदा
मुन्छे, भेउ नै पाम्न सकिन है । ल है गाम्लेहुर, कोही हाताँ खोट-चोट लागेको मुन्छे देखे त्यसलाई ठटाम है, हिजो तेस्तो
चईनी नचाईनी कुरो अर्नी सुर अरेको रैच ।

keep rolling...
 
Posted on 11-03-05 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैला त जमुनिले म पानी खान झरेको होला भन्ने ठानिछ के रे। अनि मुन्छे ठेँड्के ठेँड्के देखे
पछि भउते दाइ त हैनछ भनेर दायाँ बायाँ क्यै पाउँछुकि भनेर छामिछ। कताट तेस्का हात त
त्यै मु्न्छेको टाउकोमा परेछ के। टाउको छाम्छे त चिल्लै। अनि त "ए भउते दाइ, याँ त
दोख आयो, टाउकोमा पैताला भा'को " भुनेर कराइ। म झर्दा त तेसले हतासोले हानेर
लखेटिसकेकि रैछ।


अस्ति भर्खेर गरह कटाको, केको दोख आम्निहो याँ भनेर मैले भनेसि ए तेसो भा कुन खुइले
मुर्दार आको हो त, यस्तो बेलामा नि भनेर भनि। त्यस्तो उपद्रो अर्न खोज्नी मुन्छे गाम्मा
सारै धेरै छेनन् के रे। मलाई त अर्को मुन्छे पो सङखा लागिरा छ। अब बाटुलि भाउजु पनि
भाइलाई टिका लगाम्न गा'को रैछ, माइत तिर। उता धोबिनी पनि यो बर्ख मीत-भाइ लाइ टिका
लगाइदिनि हो भनेर सोलि बोकेर फिर्सेको उकालो लागेको देख्या थे, हिजो।

फेरि पुन्टदाइ नि अघि डहरबाटै के छ हउ भनेर चिच्याएर गए। खुट्टा पनि खोच्याउदै थिए।
सँधै मेरो घरमा पसेरै हिड्ने मुन्छे, आजै फेरि छलिदै किन हिँदेका हुन् कुन्नि। अब नदेखि

प्वाक्क बोल्ल्न नि भे'न। खोइ मेरो सङ्खा त अर्कै तिर छ है सिरे जवईँ। यसो उता तिर पनि
ड्वाक्दै अर्नुस न।


:-)
-भउते
 
Posted on 11-03-05 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर बिचरि जमुनिलाइ , धन्न केइ भनच । के रे त्यो ठाटिमाथि माइला पन्डित हेराउन चराउन जान्नि छन, यसो आखत लेरे गए मेसो लाउथे कि ? ल ज्वाइ , जेठान भर एक बिहान चामल, दाम पैसा लेर पन्डिता घर छिर्न पर्यो !
 
Posted on 11-03-05 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी हाम्रा पुण्टे दाजै त पोलिटिक तिर लागे भनेर चित्त बुझाको त के के कुरा पो अर्छन् है यि भउते त। हैन दिउसो दिउसो पोलिटिक राति राति घरघर धाउछन् कि क्या हो? धोबिनीले एकै रात छोड्दा पनि कस्तो औडाहा भको है यिनलाई त।

ल है सिरे, कुरा गा-हो भो। अर्काले हात हालेकी स्बास्नी त राख्नु हुन्न रे क्या। जुठो हाल्न भ्याएकी भएनन् भनेर छिटो छिनो फानो गर्नु प-यो। नत्र भोली सब गाम्लेहुरलाई बोलार भात-पानी बाहेक गर्नु पर्ला।

कुरो त अर्को पनि सुनिएको हो। सिरेले जमुनीलाई लगेको भउतेलाई मन परेकै थेन रे क्या। ठाँउ पाका बेलामा रीस फेरौँला भनेर स्यालले कुखुरा ढुकै झैँ बसिरारे भउते। धर्म भका मान्छे त हैनन् है यि भउते पनि। जोसमा आपछि त को नजीकको को टाढाको पनि छुट्याउँदैनन्। खै भगवान् जाने, कुरा के हो।

कुरा जे भे नि दुधको दुध पानीको पानी हुनुपर्छ है गाम्लेहुर। छिट्टै टुङग्याम्। नत्र त जोरीपारी ले हाम्लाई हेप्छन्। गाम कै बिजेत हुन्छ। माटोमा नमिलाम् है हाम्रो गाउँको नाक।

यो कुराको छोनोफानो, आज बेलुका भाईटीका पछि बस्ने भेलाले गर्छ। तेही नमेको चौतारामा बस्ने है भेला।
----
ओके

 
Posted on 11-03-05 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हावा नलाइ पात त हल्लिदैन तर मलाइ यि केटाहरुको पटक्कै बिस्वास लाउदैन भनेको । घरि कसलाइ झोसचन घरि कस्लाइ ? भेला त हुनि लास्टां त्यो दस किलासको नेपालि कितापको मसिनेको शंका होला जस्तो छ है ? चाइनो कुरो के रे भउतेले कस्लाइ कत सुताका थिए, झुकिएर तेता गका हुन कि ? अरु नै झुकिएर तेता गको हो ?
मैले सुनेको त खुट्टासुकेको कामिको छोरो ठुले कामि र घर्तिका बखतेकी छोरी स्यानि पल्केका रचन । कैले काइ भउतेका मेला जादा त्यो स्यानि भउतेकै भात खार जुठो भाडो अरि वरि पिढियां सुत्ति अरे । अनि तेस्तै मेसो पारेर ठुले कामि स्यानिलाइ भेट्न आउदो रैच । त्यो राति चै सेते कामिकां रौसि खार मरेच कामि ठुले अनि मेसो नपार मजेरिआं सुतेको जमुनि तिर पुएच । अनि त खायो नि बजियाले हत्तासोको दनक। हिजो किराखोर स्कुलतिर खुट्टो खोच्चाउदै हिड्दै थियो, मोराको त हात मात्रै होइन खुट्टा पनि भाग भेटेच।
खास कुरो त्यो हो के रे अब गाम नै किन मुछ्न पर्यो, जात जनाउनि गु गनाउनि ।
 
Posted on 11-04-05 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, हेर! बेईमानी केटाहरु! आफू चईं मरि मरि देशाँ ऊनेरु कै छोरो नातीका भलो होस् भुनेर लड्न तम्सि रा' छु, उता गाममा क-कल्ले के के बिसिद्धि अर्चन्, मुलाई पो दोष लाम्चन, गाँठे!

तो जमुनीले छामेको चिल्लो मेरो खप्पर होईन है, केटा हो! बरु, भउते कै कन्डो होला!

अस्तिन उल्ले जमुनीलाई के के बहाना पारेर नौतुन्वा सम्मुन पुरार पाप रचेको बिर्स्यो? अझ नि धोको पुराम्न पाईन छ के रे, अनि अँधेरोको मौका पारि कन्डो फर्काई फर्काई लम्किन्दो हो जमुनीको कोठा तिर!

बरु, कोईलाँ रन्केको ढुङ्ग्रोले डामी देउन हो कसैले उसको कन्डाँ!

:D

 
Posted on 11-04-05 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले रेला अरेको होला नि पुन्टे दाजी, चईनी तपै त झन मेरो ब्या अराम्नी कारणी मुन्छे, बराउनी
गराको नै पुन्टे दाजीले हो । गाम्ले हुरले पुनि जता पाच्छे कुरो अर्चन गाँठे । फेरि तो पैताला भेट्टको कुरो
अरेको पुनि भउते जेठानले मत्रै त हो नि, जमुनि आफैले जो त मलाई केही पुनि भनेकि थिईन केरे । आर्का
पल्ट भेटेसि सोधम्ला केरे नि, तेस्तो भाको हो कि हईन ।


तेस्तो भाको हो रैच, चईनी जमुनिले पैताला भेट्टको हो रैच भनि त्याहाँ माथि पुनि सङ्खा हटाम्नलाई चईनी
जमुनिलाई जो "गिलो थियो कि सारो थियो, मस्याईलो थियो कि अलि अलि झुस पलाको थियो नि " भनेर
सोधम्ला केरे नि ।

तर मलाई भनी नम्मेका कुराको आधार लायो है, नमेले भनेको कुरो सही हो जस्तो छ ।


keep rolling...
 
Posted on 11-04-05 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shree5 (Gyanendra?), so finally you surfaced again.. ha ha......

Why are you trying to degrade Nepalese girls? Beauty cannot be classified. You come here in Toronto.. perhaps your marriage problem will be solved here in Toronto. Who knows.

Where is the contacts of Yubaraj Budhathoki I asked you earlier? If you are not Dambar Tiwari.. then forget it, I am asking a wrong person. But boy, the way you disappeared almost convinced me you are Dambar..haha. So are you? Just say Yes or NO.. why to elongate this shit.

 
Posted on 11-04-05 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Preme, will you leave sire dai alone? What's your problem? I check Chautari-III mainly to read Shree5's stories. Needless to say, his writing is amazing and quite possibly the finest in Sajha. I earlier diagnosed you with a personality disorder on the basis of your posting in Sajha and later apologised thinking that I might have gone a bit too far. Well, I guess my diagnosis wasn't too far off. Now, get the hell out here and do not spoil this fine thread. And do not reply to this as no one wants shit in this thread.

My apologies to all of you guys for putting a not so nice comment here, but someone had to do it. I thought it rather be me than you fine guys who write lovely stories here.

Now, keep rolling bros.
 
Posted on 11-04-05 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PREM_DAI YOUR NAME IS SO LOVELY BUT IN VARIOUS THREADS YOU HAVE COMPLAINED FOR SHREE_5 IN SICK MANNER. I DONT HAVE ANY CONNECTION TO SHREE_5 BUT I CONSDER HIM AS A SAJHA FRIEND WHO IS HUMOROUS AND POSTS LIVELY THREADS. IF ANY CONCERN IS SERIOUS,YOU CAN DEAL IN WELL BEHAVED MANNER BUT IF YOU CONTINUE POSTING WITH ILL MENTALITY, OBVIOUSLY THERE IS A SOLUTION. TODAY ONWARDS IF YOUR ILL ACTION IS REPEATED, IT WILL BE TREATED WITH CORRECT CONSIQ

 
Posted on 11-04-05 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kICK thank you pointing the bad action.
 
Posted on 11-04-05 5:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I echo with Nepalean and Kick.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters