|
|
|
if you have time please click on this one too. http://revver.com/video/1251646 शान्ति निर्माण प्रत्रियामा प्रवासी नेपाली अनिल पाण्डे Anil Pandey with P M Dahal नेपालीको अन्तस्करणमा रोपिएको एक मात्र भावना के हो भनेर कसैले स्ााेध्योभने निसङ्कोच भन्नसकिन्छ- स्थायी शान्ति । नेपालीहरु शान्तिका लागि समर्पित छन् । उनीहरुका लागि जसले शासन गरोस् केही छैन । तर शान्ति चाहिएको छ । राष्ट्रपति र प्रधानमन्त्री जो बनोस् वास्ता छैन अमन-चयन भए पुगेको छ । राजनीतिक व्यवस्थामा पनि खास चिन्ता छैन केबल चिन्ता छ त- रक्तपातरहित परिवर्तनमा ।यस पक्तिकारले एक साता लामो नेपाल बसाइबाट हालै आर्जन गरेको ज्ञान हो यो । यस बसाइमा यसले हिजोका खतरनाक विद्रोही नेता प्रचण्ड वा आजका हँसिला प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पत्रकार कलाकार सामान्य नागरिक सबैलाई भेट्यो । सबैमा शान्तिको चाहना शीर्ष स्थानमा रहेको पायो । उनीहरु सबै नै कथंकदाचित शान्ति भंग भयो भने मुलुक र जनताले पाउने भयानक दुखप्रति निकै संवेदनशील थिए । यो पक्तिकार काठमाडौं छोडेर िसंगापुर हुँदै क्यालिफोर्निया आइपुग्दा नपुग्दै शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जिल्लास्तरमा मात्र होइन गाउँ स्तरमा पनि शान्ति समिति गठन गर्ने घोषणा गर् यो । स्थानीय समितिमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने गरी सरकारले नियम बनायो । पहिला बनिसकेका र महिलालाई सम्मानजनक स्थान नदिएका समितिहरु पुनर्गठनमा पर्नेभए । पचहत्तरै जिल्लामा शान्ति समिति गठन हुने संविधान निर्माण सत्य निरुपण तथा मेलमिलाप आयोगलाई स्थानीय स्तरबाट सघाउने र नयाँ नेपालको निर्माणमा गाउँस्तरदेखि योगदान पुग्ने वातावरणको पूर्वाधार तयार भयो । यसमा मुलुकभित्र र बाहिरबाट भएका योगदानलाई बिस्रन हुन्न । जब अधिकारकर्मीहरुले शान्ति समितिमा आधा आकास तिरस्कृत भएको सन्दर्भमा पैरवी गरे त्यसलाई गति दिन साचारमाध्यम जुरुक्क उभियो । परिणामरुपम शान्ति स्थापनाका लागि देशभर समिति गठन हुने अवस्था सिर्जना भयो । यसमा एक थोपाको योगदान गर्न पाएकोमा पक्तिकार र यसको संस्था मदरल्याण्ड नेपाल दंग छ । प्रधानमन्त्री प्रचण्डसँग आधा घण्टासम्म कुराकानी भएपछि पाएको प्रभावले भने यस पक्तिकारको पूरापुर पुरानो धारणा नै परिवर्तन गरिदियो । लाग्यो अब नेपालमा केही सकारात्मक परिवर्तन भयो भने केबल माओवादीकै नेतृत्वमा हुन्छ अन्यथा कहिल्यै केही हुँदैन । किनभने माओवादी नेतामा परिस्थितिलाई हेर्ने दृष्टिकोण र सबै विचारधारका व्यक्तिहरु यदि राष्ट्रभक्त छन् भने उनीहरुलाई समेट्नुपर्छ भन्ने जुन भावना मैले पाएँ त्यसले मलाई माओवादी र त्यस पार्टीका नेता प्रचण्डको उच्च मूल्यांकन गर्न वाध्य बनायो । प्रधानमन्त्री प्रचण्डसँगको कुराकानीमा दुई विषयले प्रमुखता पाए- नेपालमा शान्ति स्थापनाका लागि मदरल्याण्डजस्तो प्रवासी नेपालीको संस्थाले के गर्नसक्छ र अमेरिकाको क्यालिफोर्नियामा नेपाली कन्सुलर कार्यालको आवश्यकता कति छ । यी दुवै विषयमा निकै आशाप्रद कुराकानी हुनसक्यो । यसका बारेमा केही सकारात्मक संकेत व्यवहारमा देखापर्नुअघि नै केही बोल्नु कुनै पक्षका लागि पनि हितकर हुनेछैन । त्यसैले आजै केही नभनौं । समय र परिस्थितिले केही काम हुन सघाएछ भने प्रवासमा रहेका खासगरी क्यालिफोर्निया तथा यस क्षेत्रमा रहेका नेपालीका लागि लाभ नै हुनेछ । मदरल्याण्ड नेपालको अध्यक्षका हैसियतले यस पक्तिकारले काठमाडौंमा एक अन्तरकि्रया कार्यक्रमको आयोजना पनि गर् यो । ुशान्ति प्रकि्रयामा प्रवासी नेपालीको भूमिकाु विषयक अन्तरकि्रयामा परराष्ट्रमन्त्री उपेन्द्र यादवले प्रवासी नेपालीलाई प्रोत्साहन दिने जुन अभिव्यक्ति दिनुभयो त्यसको पनि सराहना हुनैपर्छ । जसरी इजरायलका यहुदीहरु जहाँ रहेपनि आपुनो मुलुकको विकासका लागि सदा तत्पर रहन्छन् त्यसरी नै नेपालीहरु जहाँ रहेपनि नेपालको विकासका लागि लागिरहनुपर्ने आवश्यकता यादवले औंल्याएका थिए । उनको भनाइ थियो आज विश्वमा यहुदीको इज्जत यस कारण छ कि किनभने इजरायलको अस्तित्व छ । इजरायलले राम्रो प्रगति नगरेको अवस्थामा विश्वका विभिन्न कुनामा रहेका यहुदीलाई कसैले मान्ने छैन । यसैगरी नेपालले प्रगति गरे मात्र नेपाली विश्वको जुनसुकै कुनामा रहे पनि सम्मानित हुने छन् भन्ने तर्क मन्त्री यादवको थियो । त्यसैले प्रवासी नेपालीले आपुनो मुलुकमा लगानी बढाउनुपर्छ भन्ने धारणा उनको थियो । मन्त्री यादव प्रवासी नेपालीलाई मुलुकमा लगानीको अवसर दिनुपर्ने धारणा व्यक्त गर्दै थिए यसका लागि उनको प्रशंसा गर्नैैपर्छ । मेरो नेपाल बसाइका क्रममा मैलै प्रशंसा गर्नुपर्ने अरु व्यक्तित्वहरु पनि छन् जस्तो नेपाल समाचारपत्रका प्रधान सम्पादक तथा प्रकाशक पुष्करलाल श्रेष्ठ पत्रकार तथा मानवअधिकारकर्मी कपिल कापुले यति ट्राभलका मित्र हेमन्त आर कोलाक्षपति मदरल्याण्ड नेपालको नेपाल च्याप्टर प्रमुख जीवन पाण्डे माइ संसार ब्लगका साथीहरु गोविन्द शाही शेखर ढुंगेल ध्रुव थापा रचना िसंह नवीन अधिकारी नारायण बस्नेत र उहाँको समूह कमल रन्धवा रोजर जे रोसन युवराज तिमि_िल्सना भक्त थापा डा। आमोद पोखरेल गीता श्रेष्ठ ललित गुरुङ मनोज ज्ञवाली श्याम पाण्डे तथा उनको समूह रिना पाण्डे मनसुन पाण्डे ऋषि धमला सामन्झ गैरे दिनेश बढु पङ्कज श्रेष्ठ मधु लम्साल विदुर गिरी र उनका साथीहरु रेडियो अडियो समूह प्रधानमन्त्री कार्यालयका समिर दाहाललगायतका थुप्रै नेपाली साथीहरुको सहयोगका कारण मेरो नेपाल यात्रा निकै सफल भयो । उनीहरुको सहयोग नहुँदो हो त एक सातामा अत्यन्त व्यस्त प्रधानमन्त्रीदेखि आ-आपुनो क्षेत्रका सिद्धहस्त अन्य व्यक्तिसँगको सहयात्रा सम्भव थिएन । मित्र हेमन्तको कठोर प्रयासबाट मात्र प्रधानमन्त्री प्रचण्डसँगको भेटघाट सम्भव भएको हो भन्ने कुरामा पनि मलाई कुनै शंका छैन । जेहोस् सबैले मलाई सहयोग गरेको र मैले नेपालसम्मको यात्रा गरेको पनि अरु कुनै कारणले नभएर शान्ति प्रकि्रयामा सघाउने उद्देश्यले नै हो । हिजो मदरल्याण्डले भरियादेखि पत्रकारसम्म र बाढीपीडितदेखि स्वास्थ्यकर्मीसम्मलाई गरेको सहयोग पनि शान्तिकै लागि हो । अभाव पीडा र दुख अशान्तिका कारण हुन् भने सहयोग प्रेम र सद्भाव तथा आर्थिक विकास शान्तिका कारण हुन् । मेरा मित्रहरुले मलाई नेपालमा जाँदा जति सहयोग गरे त्यो पनि शान्तिका लागि हो भन्ने मैले विश्वास लिएको छु । ओम शान्ति !
[ posted by
motherland nepal @
04:25 PM ] | Viewed: 3419 times
[
Feedback]
|
|
: |
|